“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Saturday, August 31, 2013

हेटौडाको एफएमको तीजगीत प्रतियोगिता सम्पन्न



नेपाली महीलाहरुको महाँन पर्ब हरीतालीका तीजका अबसरमा सुक्रबार हेटौडा ९६ दशमलब ६ एफ.एमले हेटौडाको पल्पसाहलमा तीजगित प्रतियोगिता गरेको छ । बिगत ६ बर्षदेखिबाट तिजका अबसरमा एफ. एमले तीज गित प्रतियोगिता गर्दै आएको हो । सुक्रबार हेटौडामा गरीएको कार्यक्रममा गायिका सोभा त्रिपाठीले गित गाउँदा दर्जर्नौ दर्शकहरु मन्च र हलभित्र नाच्न ब्यस्त देखिन्थे । गायिका सोभा त्रिपाठीले गायका अधिकांश गितमा महीलाहरु संगै पुरुषहरु पनि मुन्टो हल्लाएर रमाईरहेका थिए । त्यस्तै सिजन उप्रेतीको नृत्यले गर्दा रमाएर ताली बजाउने र्दकहरुको पनि उस्तै रौनकता देखिन्थ्यो । पल्पसा हलभित्र दर्शकहरुको खचाखचले निकै गर्मी भएर असीन पसीन भएपनि नाच्न र गाउनका लागि खुट्टा उचालेका महीलाहरुलाई गर्मिको कुनै पर्बाहनै भएन उनिहरु दिनभर पल्पसा हलमा नाचिनै रहे । यता प्रतियोगितामा भाग लिएका २० वटा सहभागि समुहले आफुलाई गाउँ घरमा महीला भएकै कारले परेका समस्या देखि लीएर आधुनीकता झल्कने पनि धेरै गित गाएका थिए । रातै सारी चोलीमा सजिएका, अनी झरीझुट्ट गरगहना लगाएर हेटौडा आईपुगेका मकवानपुरका गाउँगाउँका महीलाहरुलाई गित गाएर प्रतियोगितामा बिजयी हुन्छु भन्ने ठुलो आसा भन्दा पनि तिजको रौनकताका कारण गित गाएर नाच्नमा उत्साही देखिएका थिए । ६ घण्टा सम्मको लामो तिजगित प्रतियोगिताको कार्यक्रममा युवा, युवती, महीला, पुरुषहरुको उत्तिकै सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा आउनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्याल, सुपारेटार ब्यारेकका गणपती रोषन खड्कालाई समेत गायिका सोभा त्रिपाठीले नचाउँदा सबै दर्शकहरु पनि हास्दै ताली बजाउँदै कम्बर मर्काइ मर्काइ नाच्नमा ब्यस्त देखिन्थे । यस कार्यक्रममा बराईली सुनचाँदी पसल लगायएत अन्य संघसंस्थाहरुले तिजगीत प्रतियोगितालाई पायोजन गरेका थिए ।
 यसैबिच हेटौडा एफ. एमले गरेको तीज गित प्रतियोगितामा मकवानपुरको निबुवाटारमा रहेको बाराही महीला समुह प्रथम भएको छ । बिजयी यस समुहले नगद १० हजार रुपैया रुपैया, मायाँको चिनो र पमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो मकवानपुर गढीमा रहेको सृष्टी समुह रहेको छ । उसले ७ हजार ५ सय रुपैया हात पारेको छ । त्यस्तै हेटौडाको अन्तरदृष्टी समुह तेस्रो हुन सफल भएको छ । उसले नगद पाँच हजार रुपैया हात पारेको छ । बिजयी सबै टिमलाइृ हेटौडा एफ. एमका अध्यक्ष गणेशप्रसाद भेटवाल, प्रबन्द निर्देशक उज्वल चौलागाँई र गायिका सोभा त्रिपाठीले पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गर्नु भएको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले नेपाली महीलाहरुको महान पर्ब तिजलाई सौहार्दपुर्ण वातावरणमा मनाउन आग्रह गर्नु भएको छ । हेटौडा ९६ दशमलब ६ एफ.एमले हेटौडाको पल्पसाहलमा गरेको तीजगित प्रतियोगिताको उध्घाटन् गर्दै उहाँले तडक भडक गरेरभन्दा पनि सौहार्दपुर्ण वातावरणमा तिज गित प्रतियोगिता गर्न आग्रह गर्नु भयो । तीज लगायतका चार्डपर्बको समयमा बढी चोरी डकैतीका घटना हुने भएकाले यसमा सचेत रहन आग्रह गर्दै उहाँले भन्नुभयो 'महिलाहरुले मनाउने तीज सुखमयहोस, राम्रोहोस तर दुखका घटना सुन्नु नपरोस । त्यसैले तपाई महीलाहरु बढीनै सचेत रहनुस ।
 कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले महीलाहरुलाई तिजको सुभकामना ब्यक्त गर्दै महीलाहरुको उपचारलाई ध्यानमा राखेर हेटौडा अस्पतालमा स्टाप नर्स लगायतका डाक्टरहरु छिटै आउने भएकाले महिलाहरुको उपचारका लागि अब केही हद सम्म भएपनि सजिलो हुने बताउनुभयो । कार्यक्रममा हेटौडा एफ.एमका प्रबन्ध निर्देशक उज्वल चौलागाईले बषैपिच्चछे तीज गित प्रतियोगिता गरेर मकवानपुरका धेरै महीलाहरुलाई तिजको रौनकता दिन एफ. एमले पनि सहयोग गरेको बताउनुभयो । कार्यक्रम हेटौडा एफ एमका अध्यक्ष गणेशप्रसाद गणेश भेटवालको अध्यक्षतामा भएको हो ।

बालबालिकाको प्रतिभाको निम्ति साहित्य गोष्ठी


नानीमैया बिष्ट
हेटौंडा, १४ भदौं/बालबालिकाको साहित्यिक प्रतिभा प्रस्फुटित गर्ने
उदेश्यका साथ प्रगतिशील लेखक संघ, मकवानपुरले कविता प्रतियोगिता सम्पन्न
गरेको छ ।
        ‘साहित्य समाजको दर्पण होभन्ने शीर्षकमा प्रतियोगितात्मक कविता गोष्ठी
जनज्योति मावि चुरियामाई स्थित जनज्योति बालक्लवको व्यवस्थापनमा भएको हो।
कार्यक्रममा बालबालिकाले आआफ्नो सिर्जनात्मक प्रस्तुतीहरु राखेका थिए ।
प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष विवेक वाइवाको अध्यक्षता तथा संघका जिल्ला सल्लाहकार कौशल पाण्डेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा न्यायधिश
द्वय दिपेन्द्र अधिकारी, बासुदेव पौडेल, जिल्ला वार एशोसियशनका जिल्ला अध्यक्ष
अजमीर के.सी, अधिवक्ताहरु ललिता श्रेष्ठ, अमृत लामा, मुकुन्द अधिकारी, शिव
कोइराला, मदन दाहाल लगायतकाले बोल्नुभएको थियो।

पटकपटक चोरीबारे प्रजिअ अर्याललाई ध्यानाकर्षण


अशोक सुजन श्रेष्ठ
बेपत्ता पारिएकाहरुको अन्तराष्ट्रिय दिबसका अबसरमा सुक्रबार हेटौँडामा अन्तरक्रिया गरिएको छ । कार्यक्रम ईन्सेक र क्योक्यापको सहयोगमा न्यायको लागि द्धन्लपीडित समाज मकवानपुर शाखाले आयोजना गरेको हो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको प्रमुख आतिथ्य तथा न्यायका लागि द्धन्द्धपीडित समाज मकवानपुरका अध्यक्ष तेजप्रसाद चौलागाईको अध्यक्षतामा भएको थियो । मकवानपुरमा १६ जना बेपत्ता रहेको न्यायका लागि द्धन्द्धपीडित समाज मकवानपुर शाखाले जनाएको छ । जसमध्ये ११ जनाका परिवारले मात्र राहत पाएका छन् । स्थानिय शान्ति समितिलाई अनुरोध गरेको छ । शान्ति समिति मार्फत् प्राप्त नामावलीलाई काठमाडौँ पठाईएपनि अझैँ निर्णय आएको छैन ।

Wednesday, August 28, 2013

संस्थागत विद्यालय र शिक्षक–कर्मचारी आन्दोलन

 दीपक गौतम
वि.सं. २००७ सालपछिको राजनीतिक परिवर्तन पश्चात् वि.सं. २०३५÷०३६ सालबाट जब
देशव्यापी रुपमा रहेको समस्याजस्तै मकवानपुर जिललामा सञ्चालित संस्थागत विद्यालयहरुमध्ये एकादुई विद्यालयबाहेक प्रायः विद्यालयहरुले शिक्षा नियमावलीले तोकबमोजिमको ढाँचामा शिक्षक कर्मचारीलाई नियुक्तिपत्र दिएका छैनन् तलब भत्ता, सञ्चयकोष, बिदा लगायतका न्यूनतम सेवा सुविधा पनि शिक्षक– कर्मचारीले प्राप्त गर्न सकेका छैनन् । वर्षेनी सञ्चालकहरु लखपति करोडपति बन्दै जान्छन् तर त्यहाँ कार्यरत शिक्षक– कर्मचारीले हातमुख जोर्न पुगने सेवा सुविधा समेत प्राप्त गर्दैनन् । विना विज्ञापन शिक्षक नियुक्ति गर्ने, सकेसम्म कम सुविधामा काम गर्ने शिक्षक राख्ने सेवा सुविधाबारे त कुरै छाडौँ विद्यालयको भौतिक शैक्षिक सुधारका लागि सुझाव दिएकै आधारमा शिक्षक कर्मचारीलाई मनोवैज्ञानिक दास सिर्जना गरेर सकेसम्म दबाबमा राखिन्छ । केहीसिप लागेन भने निष्कासन गरिन्छ । यस किसिमको प्रक्रियाका कारण शिक्षक– कर्मचारी त प्रत्यक्ष रुपमा शोषित छन् नै परोक्ष रुपमा विद्यार्थी र अभिभावक समेत शोािष्त छन् ।
यी र यस्तै समस्याहरु बढ्दै गइसकेपछि श्रम शोषणको अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धताका साथ मकवानपुर जिल्लामा २०७५ सालमा ‘निजी विद्यालय शिक्षक युनियन’ नामक युनिय गठन भयो तर उक्त युनियनले त्यति प्रभावकारी रुपमा

गोलमेच बैठक केका लागि ?

इन्द्रबहादुर परियार 'नयन'
नेपालका ठूला भनिने चार दलका प्रमुख नेताहरूले सामन्त, दलाल, नोकर शाही पुँजीपति वर्गको पक्षमा संविधान बनाउन नसकिने भएपछि संविधान सभा नै भङ्ग गरिदिए । यो प्रक्रियामा सीमित मुट्ठीभर राष्ट्रघाती दलालहरू अति खुसी भए तर बहुसङ्ख्यक स्वाभिमानी नेपाली जनता अत्यन्त दुःखी भए । राणाकाल, पञ्चायतकाल र बहुदल कालमा बनेका संविधान पनि जनताको पक्षमा हुन सकेन । तैपनि गणतन्त्रसहितको संविधान सभाबाट जनताको संविधान बन्ने कुरामा आम जनता ढुक्क भएर बसेका
थिए । तर २ वर्षको ठाउँमा ४ वर्ष लगाउँदा पनि संविधान नदिएर दलका नेताहरूले संविधान सभा नै भङ्ग गरिदिए । त्यसपछि मुलुकमा भएका मुट्ठीभर विदेशी दलालहरू एकातिर र बहुसङ्ख्यक स्वाभिमानी जनताहरू अर्कोतिर उभिएका छन् ।
राष्ट्रघातीहरूको नेतृत्व पुराना संसदवादी पार्टी र जनयुद्धको बेला नायक बनेका र अहिले जनयुद्धलाई तिलाञ्जलि दिई भारतीय विस्तारवादका सामु घुँडा टेकेर आत्मसमर्पण गरी खलनायक बनेका प्रचण्ड एन्ड बाबुराम कम्पनीले गरिरहेका छन् । बहुसङ्ख्यक स्वाभिमानी देशभक्तहरूको नेतृत्व नेकपा–माओवादीसहितका ३३ दल लगायतले गरिरहेका छन् । राष्ट्रघातीमा दर्ज भइसकेका ठूला भनिने दलका मुख्य नेताहरू सरकार सञ्चालन र संविधान निर्माणमा असफल भइसकेपछि संविधान सभाका अन्य अग्रगामी राजनीतिक पार्टीहरूलाई ठाउँ छोडिदिनु पथ्र्यो । तर त्यसो नगरेर विदेशी प्रभुहरूको इसारामा चार दलका मुख्य नेताहरू Þिवस्कीको तालमा नाच्दै अन्तरिम संविधानको गला रेट्न ११ बुँदे सहमति गरे । राष्ट्रपतिलाई पनि भारतको मतियार बनाएर २५ बुँदे बाधा अड्काउ फुकाउन लगाए । अन्ततः बहालवाला प्रधान न्यायाधिसलाई निर्दलीय सरकार प्रमुख बनाई छाडे ।

बर्डफ्लुको असर

पहिलोपटक हेटौँडामा बर्डफ्लुको संक्रमण देखा परेपछि कुखुरा पालक किसान, बेचविखनमा संलग्न व्यवसायी र उपभोक्ता मारमा परेका छन् । किसानले पालनका लागि गरेको लगानी, बैँङ्कको ऋण तथा निर्माण गरिएका संरचनाको खर्चसम्म उठाउन नसकेर मारमा परेका छन् । कुखुरा बिक्री गर्ने र मासु पसल सञ्चालन गर्ने व्यवसायीले सो पेसा नै परिवर्तन गर्नुपर्ने भएको छ । होटलहरुले समेत कुखुराको मासु प्रयोग गर्न नसक्ने अवस्था आएको छ । कुखुराको मासुका पारखी उपभोक्ताले मासु खान नपाएको भात्र होइन खसीको तुलनामा सस्तो मासु प्राप्त गर्न सक्ने अवस्थाबाट बञ्चित भएका छन् । कुखुराजन्य उत्पादन मानिने दाना लगायतका आश्रित उद्योगहरु पनि नराम्ररी प्रभावित बनेको छ ।
मकवानपुरको हेटौँडास्थित कमाने र चौघडामा बर्डफ्लुको सङ्क्रमणमा देखा परेको हो । त्यसको आसपासका करिब ५ सय मिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी सर्न सक्ने भन्दै करिब साढे १० हजार कुखुरा नष्ट गरिएको छ । मानव स्वास्थ्यमा पनि असर गर्न सक्ने ठान्दै त्यसको पनि अध्ययन भएको छ । बर्डफ्लुबाट मकवानपुर करिब ५० करोड बराबरको लगानी जोखिममा परेको छ । सरकारले दिने भनिएको क्षतिको कुनै ग्यारेन्टी छैन । क्षतिपूर्ति पाए पनि किसानलाई सामान्य राहत मात्र हुनेछ ।
मकवानपुरसहित, काठमाडौँ, मक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्युको संक्रमण देखिएको हो । मकवानपुरकै कमाले र चौघडा बाहेकका कुखुरा पनि अहिले निर्यात हुन छाडेको छ । केही समय अघि सर्लाही पुगेको कुखुरा मकवानपुरको नाम सुन्नासाथ फिर्ता पठाइदिएको घटनाबाट पनि तत्काल यो व्यवसायको पुनस्र्थापन सम्भव देखिएको छैन । व्यावसायिक मारसँगै आगामी दिनमा बर्डफ्यु नियन्त्रण गर्न र फैलन नदिन उत्तिकै सचेत हुनुपर्ने आवश्यकता छँदैछ । यसले उपभोक्ताप्रतिको जिम्मेवारी पनि प्रष्ट गर्न सक्छ ।

पुरस्कारका सच्चा हकदारहरू


छवि अनित्य
दहमा एक अम्खोरा पानी खन्याउनुको कुनै अर्थ रहन्न । त्यही एक अम्खोरा
पानी प्यासले अल्तालिएको कुनै बटुवालाई दिऔं, त्यसनिम्ति ऊ जीवनपर्यन्त कृतज्ञ भइरहन्छ । हामीकहाँ खासगरी शिक्षाक्षेत्रमा पुरस्कारको गजबको प्रचलन छ । सधैं मेधावी मात्रलाई पुरस्कारको हकदार मान्छौँ । कुनै पनि शैक्षिक पुरस्कारका लागि अब्बल नतिजा हासिल गर्नै पर्छ । नत्र ऊ अयोग्य ठहरिन्छ । प्रथम श्रेणीमा पनि प्रथम हुने, अझ अहिले त विशिष्ट श्रेणीमै प्रथम हुनेले मात्र कतैबाट पुरस्कारको आशा राख्न पाउँछ । कत्तिको सही प्रचलनमा बाँचिरहेका छौं हामी ? सधैंजसो लागिरÞयो ।
नवप्रतिभा सामुदायिक पुस्तकालय, हटियाले प्रत्येक वर्ष एसएलसीमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ भरबाट उत्कृष्ट हुने एक छात्रलाई दश हजार रुपैयाँको यदुकुमार भट्ट र हटियाहर्नामाडीबाट उत्कृष्ट एकछात्रालाई गुणकुमारी भट्ट स्मृति पुरस्कार प्रदान गर्दै आइरहेको छ । दिवंगत मातापिताको सम्झनामा पुरस्कार स्थापना गर्नेमा थिए, बालबोध उच्च माध्यमिक विद्यालयका पूर्वविद्यार्थी दाजुभाइ दीपक भट्ट अनि केशव भट्ट । यसपालि के सोच आएछ कुन्नि, अनलाइनमा भेटिएका बेला पुरस्कार संस्थापक दीपक भट्टले प्रस्ताव राखे—‘यो पुरस्कार अलि पैसाकै कारण पढ्न नपाउने अवस्थाका भाइबहिनीलाई दिन पाए कसो होला ?’

Tuesday, August 27, 2013

शिक्षक आमरण अनसनमा

केशब समर्पण
        हेटौंडा/दुईवर्ष अघि नै जिल्ला शिक्षा कार्यालय मकवानपुरसहित सरोकारवालासँग
भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका मकवानपुरका संस्थागत विद्यालयका शिक्षक आमरण अनसनमा बसेका छन् ।
नेपाल संस्थागत शिक्षक यूनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक यूनियन(इस्टु)को संयुक्त संघर्ष समितिले मंगलबारदेखि जिल्ला शिक्षा कार्यालय मकवानपुरको गेटमा आमरण अनसन थालेको हो । मंगलबार बेलुकाबाट एनइस्टुका केन्द्रीय सदस्य तथा ज्ञानोदय बालबाटीकामा अध्यापन गर्दै आएकी शिक्षिका करुणा थापा आमरण अनसन बसेकी छन् । वार्ताको ढोका खुल्लै रहेको बताउँदै संयुक्त संघर्ष समितिले, माग पूरा नगरिए आज बुधबारबाट अन्य शिक्षक पनि आमरण अनसन बस्ने बताइएको छ । जुनैकुनै उपायबाट पनि आफूहरुको मागको सुनुवाइ नभएकाले आमरण अनसनमा बस्नुपरेको अनसनकारी थापाको भनाइ छ ।
 मंगलबार पत्रकार सम्मेलनमार्फत संघर्ष समितिको बैठकको निर्णय सार्वजनिक गर्दै वार्ता टोलीका संयोजक दीपक गौतमले यसअघिको वार्तामा उधारो सहमति गराउन खोजिएकाले आफूहरु असहमत भएको बताए । ‘शिक्षकलाई तत्काल राहतको प्याकेज नल्याएसम्म आन्दोलन रोकिनेवाला छैन,’ उनले भने–‘हाम्रो यो आन्दोलन निर्णयक हुनेछ ।’ सोमबारको वार्तामा उच्चस्तरीय कार्यदल बनाएर मागको सम्बोधन गर्ने भनिए पनि त्यसमा आफूहरु विश्वस्त नभएको समेत गौतमले बताए । शिक्षकको आन्दोलनका कारण जिल्लाका ७३ वटा संस्थागत विद्यालय दुई दिनदेखि बन्द भएका छन् ।

कालिटारमा घुम्ती स्वास्थ्य क्लीनिक सम्पन्न

हेटौँडा/युवा सेवा समाज (युसेस) र यूनिलिभरको लायफव्याय प्रोडक्टको सहकार्यमा भैंसेको कालिटारमा नि:शुल्क घुम्ती स्वास्थ्य क्लीनिक सम्पन्न भएकोछ। घुम्ती  क्लिनिकमा ४६ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका थिए।
परीक्षण गरिएका छ वर्षदेखि ७० वर्षका विरामीहरु मध्ये अधिकांशमा दन्तहर्ष पाईएको  दन्तरोग विशेषज्ञ डा. विप्लव अधिकारीले बताएका छन्। २९ जना महिला तथा १७ जना वालवालिका र पुरुष दन्तरोगीहरुमध्ये ८ जनाको दांत झिकिएको थियो। घुम्ती स्वास्थ्य क्लीनिकमै  विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
 यूनिलिभर लिमिटेडको सहकार्यममा यूसेसले हरेक महिना दुईवटा गाविसमा एकएक वटा घुम्ती स्वास्थ्य  क्लीनिक संचालन गरिरहेको यूसेसका अध्यक्ष बुद्धशरण लामाले जानकारी दिएकाछन्।

यसपटक - चलचित्र : मणिराज गौतम

नेपाली सिनेमा सुनको जलप मात्र 
 मणिराज गौतम
अहिले नेपाली सिनेमालाई सुनको जलपले लप्पक ढाकेको छ । हेर्दा लाग्छ सक्कली सुन हो तर जाँच्दा लाग्छ यो जलप लगाइएको नकली सुनको ढिका हो । यस्तै भएको छ यो क्षेत्र यत्तिबेला । विषयवस्तु र प्रस्तुतीकरणमा  जलप लगाइएपछि यसको कमजोरीका कारण अहिले नेपाली चलचित्रको व्यापारमा मन्दी आएको छ । जुन चलचित्रले राम्रो व्यापार गर्लान् भनेर सोच्यो त्यही चलचित्रले बढी आलोचना खान थालेका छन् । भनौँ यो क्षेत्र अब कस्तो सुनवाला सिनेमाको खोजीमा छ भन्न पनि गाह्रो भएको छ । धमाधम सिनेमा हल खाली हुन थालेपछि निर्माता निर्देशकहरु पनि यो क्षेत्रबाट अलग्गिन थालेको प्रष्ट छ । लामो समयदेखि यस क्षेत्रलाई डो¥याएर यहाँसम्म ल्याएका चर्चित निर्माता एवं चलचित्र व्यवसायी उद्धव पौडेलले यो क्षेत्रबाट सन्यासको घोषणासमेत गरिसकेका छन् भने निर्माता एवं वितरक नरेन्द्र महर्जनले विदेशिने वक्तव्य दिई सकेका छन् । अब चलेका र बुझेका चलचित्रकर्मीहरू यसरी धमाधम सन्यासको बाटोमा जाने हो भने अर्बौ लगानी गरेका सिनेमा घर अब जुवाघर बन्न बेर छैन ।
एकात्तिर अहिले चलचित्र कर्मीहरू यो क्षेत्र छोड्ने हल्लामा छन् भने अर्कोतिर दिनदिनै चलचित्र बनाउनेहरु पनि भित्रिरहेका छन् । आखिरी यो यो क्षेत्रमा  यत्ति धेरै बाधा व्यवधानहरू रहँदा रहँदै पनि पाईलै पिच्छे कलाकार र चलचित्र किन जन्मिरहेका होलान् यो खुल्दुली हुन सक्छ । खास यो ग्ल्यामर क्षेत्रमा पैसा डुब्दा पनि कत्ति चलचित्रकर्मीहरु सन्तुष्टनै देखिन्छन् भने कत्ति रुनु र हाँस्नुमा देखिन्छन् । खास गरी नयाँ चलचित्रकर्मी जो भरर्खर यो क्षेत्रमा आएका छन् उनीहरूसँगको कुराकानीका आधारमा यो लेख लेख्ने मेरो मनासाय रÞयो तथापि नयाँ चलचित्रकर्मीले यो क्षेत्रमा चाहना बोकेका केही अधुरा सपनाहरुलाई लेखमार्फत डो¥याउने प्रयास यसपालि रहेको छ ।

आउट अफ ट्रयाक - अन्जन दाहाल

'डेटिङ ?' लाज लाग्छ  !
‘छुकछुक रेलगाडिमा’ अनि ‘आमा मेरी तारा’ जस्ता लोकप्रिय गीत गाएर स्रोताको मन जित्न सफल गायक
अन्जन दहाल यतिबेला आफ्ना केही गीतको म्युजिक भिडियो बनाउनमा व्यस्त छन् । एक वर्ष अघि आफ्नी आमालाई समर्पित गर्दै ‘तारा’ एल्बममाझ गायकको पहिचान बनाएका अन्जन त्यसपछि जिल्लाभित्रका सबैजसो साङ्गितिक कार्यक्रममा अनिवार्य जस्तै भइसकेका छन् । आफ्ना गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्ने यिनै गायक अन्जन दहालसँग छवि अनित्यले गर्नुभएको कुराकानी यसपटकको आउट अफ टूयाकमा ... 

 ‘तारा’ले निकै व्यस्त बनायो है ?
    अलिअलि । हेटौंडाको मायाले हो सबै ।
प्रशंसकहरु केटा धेरै छन् कि केटी ?
    अब त्यो त सामान्य कुरा हो नि, केटाको Çयान केटी नै हुन्छन् भनेर ।
लेडिज Çयानहरु धेरै रैछन्, सबैलाई समय दिन सकिन्छ त ?
    Çयान मात्र हुन्, अनलाइनमै सीमित हुन्छ । रेस्पोन्स चाहिँ सबैलाई गर्छु ।
त्यसो गर्दा गर्लफ्रेन्ड रिसाउलिन् नि ?
    हाहाहाहा...रिसाउँदिनन् । हुँदै नभएको मान्छे कहाँ रिसाउनु ?
गीत गाएर डेटिङ खर्च चल्छ त ?
    डेटिङको कुरा नगराँै न है, लाज लाग्छ । तर जे होस् डेटिङ खर्च झेल्नु
परेको छैन अहिलेसम्म, त्यसैले त बाँचेको छु ।
सेलिबे्रटीहरुको Çयान बिहेपछि घट्छ भन्छन्, Çयान घटाउने तयारी भैसक्यो कि बाँकी छ ?
    अहिले अलि नघटाउँ जस्तो लाग्यो । हेरौँ, कहिले हुन्छ । त्यो जिम्मा बुबा, आमालाई दिएको छु । अहिलेसम्म उहाँहरुका लागि केही गरेको जस्तो लाग्दैन । त्यसैले यो मौकाचाहिँ उहाँहरूलाई नै दिने ।
झुटो कत्तिको बोलिन्छ ?
    अलिअलि त बोल्नै पर्छ नि अवस्था अनुसार ।
बढीजसो चाहिँ कोसँँग बोलिन्छ ?
    धेरैसँग बोलिन्न । धेरै नजिक भनेको प्रकाश (वाग्ले) हो, ऊसँग झुटो बोल्नै पर्दैन ।
गायक भएपछिको पहिलो Çयान याद छ ?
    नाम नै त याद छैन, तर हेटौंडा आइडल हुँदै एकजना केटीले मेरो ममीको अगाडि नै मसँग अटोग्राफ लिनु भो । त्यतिबेला मलाई अति लाज लागेको थियो ।
अनि पहिलो पटक मन परेको मान्छे ?
    अँ....छ हेटौंडामै । सधैँ मन पराउँछु, तर नाम नै चाहिँ अलि नभनौँ होला ।
कस्ता खालका  केटीहरु मन पर्छन् ?
    नाइँ, यस्तै खालको भन्ने छैन, मान्छे सबै उस्तै हुन् । सबैसँग बोल्न मन लाग्छ । तैपनि....सिम्पल, स्विट...यो केटी सम्बन्धी कुरै नगराँै न है, मलाई जवाफ दिनै आउँदैन क्या ।
‘छुकछुक रेलगाडीमा...’ यो गीत अहिलेसम्म कतिवटा स्टेजमा गाउनुभयो ?
    अँ.... त्यो त भन्न गाह्रो छ । म जहाँ जान्छु, रेलगाडी नै चलाउनुपर्छ । मकवानपुर र जिल्ला बाहिर पनि प्रायः सबै ठाउँमा गाएको छु त्यो गीत ।
अब अन्जनको नयाँ गीत श्रोताले कहिले सुन्न पाउँछन् त ?
    ‘तारा’को शीर्ष गीत ‘आमा...’को भिडियो तीजपछि रिलिज गर्दैैै छु । त्यसपछि चाँडै नै दुईवटा फास्ट ट्रयाकको गीत आउँदै छ । दसैँको लागि तयार हुन्छ । पहिलेको जस्तै रमाइलो गर्ने तयारी गर्दै छु यो दसैँ पनि ।
अन्त्यमा, प्रशंंसकहरुले थाहा पाउनैपर्ने अन्जनलाई मन पर्ने कुनै तीनवटा कुराहरु भन्नुपर्दा ... ?
    म यौटा सामान्य मान्छे, मलाई सबै मन पर्छ, जो अरूलाई मनपर्छ । त्यस्तो खास त केही छैन । म दीप श्रेष्ठ र भक्तराज आचार्यको ठूलो Çयान । साथीहरुको घरमा खीर पाक्यो भने मलाई पक्कै बोलाउँछन्, त्यसैले अब भन्नै परेन कि मलाई खीर मन पर्छ । अर्को कुरा, म मोबाइल एक्सेसरिजको पनि Çयान, प्रायः फेरिरहन्छु ।

Monday, August 26, 2013

नेकपा मालेले पनि छान्यो उम्मेदवार

हेटौंडा/नेकपा माले मकवानपुरले प्रत्यक्ष र समानुपातीका लागि उम्मेदवारको छनोट गरेको छ । पार्टी स्रोतका अनुसार माले मकवानपुले क्षेत्र नम्बर एकबाट कुमार सञ्जेल, क्षेत्र नम्बर दुईमा शितल लामा,क्षेत्र नम्बर तीनमा रमेश विकको नाम छनोट गरेको छ ।
मालेका एक जिल्ला सदस्यका अनुसार क्षेत्र नम्बर चारमा तीर्थराज सुवेदी र अइतेसिंह चेपाङमध्ये एक जनाको नाम छनोटमा विवाद भएपछि स्थगित गरिएको छ ।
मालेले मकवानपुरबाट समानुपातीतर्फ तीर्थदेवी सिलवाल, विष्णुलाल महर्जन र सविना विकको नाम छनोट गरेको उल्लेख छ । पार्टीको सचिवालयले केही दिनमा चार नम्बर क्षेत्रबाट एक जनाको नाम छनोट गरेर केन्द्रमा पठाउने भएको छ ।
संविधान सभाको निर्वाचनका लागि मकवानपुरका ठुलादेखि सानादलसम्म चारै क्षेत्रमा उम्मेदवार उठाउनका लागि छनोटमा लागेका छन् ।  मकवानपुरबाट एमाओवादी र राष्ट्रिय जनमोर्चाले जिल्ला तहबाट सम्भावित उम्मेदवारको नाम छनोट गरेर केन्द्रमा पठाइसकेका छन् ।

मकवानपुरका संस्थागत विद्यालय बन्द

केशव समर्पण
हेटौंडा/पूर्वसहमति कार्यान्वयन नभएको भन्दै मकवानपुरका संस्थागत विद्यालयका शिक्षकले सोमबारदेखि अनिश्चितकालीन संस्थागत विद्यालय बन्दको घोषणा गरेका छ । विगतमा पटकपटक सहमति भए पनि सरोकारवाला निकायले कार्यान्वयन नगरेको भन्दै शिक्षक आन्दोलनमा उत्रिएका हुन् । शिक्षा कार्यालयमा आइतबार भएको वार्ता निष्कर्षविहीन भएपछि संस्थागत विद्यालय शिक्षक युनियन संयुक्त संघर्ष समितिले विद्यालय बन्दको घोषणा गरेका हुन् । जिल्लामा रहेका प्याब्सन, एनप्याब्सनसँग संस्थागत विद्यालयमा पढाउने शिक्षक कर्मचारीले सेवासुविधा बाहेक अन्य माग पूरा गर्ने सहमति दुई वर्षमा पनि कार्यान्वयन नभएपछि शिक्षक आन्दोलनको तयारीमा जुटेका हुन् । सरोकारवाला र शिक्षकबीच २०६८ कात्तिक १७ गते माग पूरा गर्ने सहमति भएको थियो । सहमति भएको माग भदौ ९ गतेसम्म कार्यान्वयन नगरिए १० गतेबाट मकवानपुरका सबै संस्थागत विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने संस्थागत विद्यालय शिक्षक युनियन संयुक्त संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए । संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षक–कर्मचारीलाई नियुक्तिपत्र, नेपाल सरकारले तोकेअनुसारको तलबभत्ता, सञ्चय कोष, उपदान, बिदा, बीमाको सुविधा, एक वर्षपछि स्थायी नियुक्तिपत्रको व्यवस्था, खुल्ला प्रतिस्प्रर्धाबाट शिक्षक छनोटलगायत ११ सूत्रीय माग रहेको छ । एनइस्टु र आइइस्टु नेपालको संयुक्त संघर्ष समिति प्याब्सन, एनप्याब्सन, अभिभावक संघ र जिल्ला शिक्षा कार्यालय मकवानपुरबीच बिहीबारको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो । वार्ताबाट सहमति नहुञ्जेल सम्मका लागि संस्थागत विद्यालयहरु नखोल्न संयुक्त संघर्ष समितिले विज्ञप्तिमार्फत अपिल गरेको छ । विद्यालयहरु खोल्ने, स्कूल बस चलाउनेलगायत कार्य गरेमा संघर्ष समिति जिम्मेवार नहुनेसमेत चेतावनी दिइएको छ । मकवानपुरमा ७३ वटा संस्थागत विद्यालय रहेका छन् । जसमा १५ सय शिक्षक कर्मचारी कार्यरत रहेका छन् । संस्थागत विद्यालयका शिक्षकहरुले विद्यालय बन्दको घोषणा गरेपछि अभिभावक विपक्षमा उभिएका छन् । वार्तामा र संवादबाटै विवाद टुङ्ग्याइनुपर्ने भन्दै विद्यालय बन्दमै उत्रनु गलत भएको अभिभावकको भनाइ छ । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुर अध्यक्ष सादराम चौलागाईं र संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले आइतबार संयुक्त विज्ञप्ति जारी गरी बन्दको असरको जिम्मेवारी आन्दोलनकारीले नै लिनुपर्ने उल्लेख गरेका हुन् । शिक्षकको माग सम्बोधन गर्न कार्यदल नै गठन गरिएको अवस्थामा शिक्षक प्रतिनिधिहरु वार्तामा बस्न नचाहनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

भदौ १० गतेको अंक


























Sunday, August 25, 2013

साम साप्ताहिकको सूचना

हरेक सोमबार प्रकाशित हुँदै आइरहेको 'साम साप्ताहिक'को भोलिको अङ्क बजारमा नआउने भएको छ। कम्प्युटरमा आएको समस्याको कारण  प्रकाशित नहुने कुरा सामका सम्पादक/प्रकाशक गिरिजा अधिकारीले बताएका छन्।

जनतासँग माफी माग्यौँ, भोट हामीलाई दिन्छन् - प्रल्हाद लामिछाने


प्रल्हाद लामिछाने, संविधानसभाका पूर्वसभासद हुन् । एनेकपा माओवादीका जिल्ला नेता लामिछाने गत संविधानसभाको चुनावमा नेकपा माओवादीको तर्फबाट मकवानपुरको क्षेत्र नं. ३ बाट विजयी भएका थिए । २०४४÷४५ सालबाट विद्यार्थी राजनीतिमा होमिएका लामिछाने २०४८ सालमा विद्यार्थीका जिल्ला अध्यक्ष पनि
भए । समाजशास्त्रमा स्नातकोत्तर लामिछाने २०५५ सालमा हेटौँडा नगरपालिकाको गाउँ नगर साझेदारी कार्यक्रममा कार्यरत थिए । २०५७ सालमा पार्टीले जागिरबाट राजिनामा दिन लगाएपछि उनी पूर्णरुपमा राजनीतिमा होमिए । पार्टीको कामकै सिलसिलामा २०५८ सालमा जेल पनि परे र २०६० सालमा छुटे । मकवानपुरे राजनीतिवृत्तमा स्पष्टवक्ता तथा इमानदार नेताको रुपमा चिनिएका लामिछानेसँग कार्यकारी सम्पादक राम अविकासले गरेको कुराकानी । 
चुनाव अभियानमा हुनुहुन्छ, चुनाव हुन्छ ?
              वैद्यमा माओवादीलगायतका असन्तुष्ट दलसँग सहमति भयो भने चुनाव हुँदैन । सहमति भएन भने चँै चुनाव हुन्छ किनभने सहमति भएन भने आआÇनो बाटोमा लाग्ने कुरा हो । हामी चुनावमा जान्छौँ उहाँहरू बहिस्कार गर्ने भन्दै हिड्नु हुन्छ । असहमति दलको बीचमा सहमति भयो भने चुनाव सार्ने पहिलो सर्त हुन्छ ।

Saturday, August 24, 2013

भावहरुका सन्दर्भ विमोचित

गजलकार देवराज तिवारीको गजल संग्रह ‘भावहरुका सन्दर्भ’ शनिबार हेटौंडामा विमोचन गरिएको छ । साहित्य सङ्गम मकवानपुरको नियमित दुई सय १६ औँ साहित्य सन्ध्यामा साहित्यकार तुल्सी थापा र शिक्षासेवी पुरनबहादुर जोशीले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको हो । देशप्रेम र शृङ्गारिक ७० वटा गजल संग्रहित ‘भावहरुका सन्दर्भ’ तिवारीको पहिलो कृति हो । विमोचन कार्यक्रममा साहित्यकार निमेष निखिल, प्राध्यापक नारायण तिवारी तथा दिलिप पौडेलले तिवारीको कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने आर आर चौलागाइँ, तुलसी घिमिरे, साम्ब ढकाल, श्रीराम पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Friday, August 23, 2013

गुडनाइट मुर्गा

भानुभक्त आचार्य 
एक सातादेखि बर्डफ्लु भित्रेको समाचारले मकवानपुरका सबै मिडियाको मुख्य समाचार बनिरहेको छ । रातभरि गस्ती गरेर बर्डफ्लु नियन्त्रण टोलीले १० हजारभन्दा बढी कुखुरालाई गुडनाइट गरायो । कुखुरापालक किसान भने सरकारले दिने भनिएको राहत रकम अभाव भएकोमा चिन्ता गरिरहेका छन् । बर्डफ्लु एकखाले महामारी हो । यो प्रकोपले कतिजना किसानको उठिबास हुने हो त्यो कुराको पत्तो छैन ।
बर्डफ्लुका कारण खोरका कुखुरा भकाभक मर्न थालेका छन् । रोग लागेर मरेका कुखुराको भन्दा पनि बढी चिन्ता र चासो जीउँदो कुखुरा (जुन सरकारले खाल्डोमा पुर्दै छ)लाई भएको हुनुपर्दछ । कुखुरा मरेको पीर जति कुखुरापालकलाई छ त्यति नै पीर सत्तामा जान नपाएका राजनीतिक दलका नेतालाई भएको छ । खिलराज रेग्मी सरकारले एक दसकसम्म पनि सत्ता नछोड्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

Wednesday, August 21, 2013

के छैन स्याउली बजारमा, सब थोक छ

रामकुमार एलन
गोठालो गएजस्तै छ विदेश यात्रा । दिनकै एकजना विदेश जान्छन् । दस दिनमा एक महिला । तीनमा दुई विवाहित । दुईमा एक आमा भइसकेका । गाउँमा बाटो छ । बिजुलीको पोल छ । हातहातमा मोबाइल । तर इन्धन छैन, गाडी कम चल्छ । बिजुली छैन, उज्यालो छैन । मोबाइल स्विच्ड अफ छ । काम छैन । काम भए पनि कमाइ छैन । कमाउनेहरू पनि खुसी छैनन् । सातामा एक दिन परिवारलाई मनहरीकै साँगा हाइट रेस्टुरेन्टमा लगेर सामान्य खाजा खुवाउन पनि मुस्किल छ । साँच्चै आकाङ्क्षा असीमित भएका छन् । कमाइ अनियमित र सीमित । महङ्गीको मिटर असनको साँढेझैँ छाडा छ । कहीँ कतै छैन नियमन—अनुगमन । सयकडा तीन ऋण काढेर विदेश जानेको लामभित्र यस्तै नियतिका पात्रहरू बढी छन् । जसका परिवार दुःखका खाल्डामा लडेका छन् । नमेटिने पीडाको दाग छ । हुन्छ कि त केही ? सपनाको त्यान्द्रोमा झुन्डिएर मनुवाको लर्को विदेशतिर लागेकै छ । दैलामा आँसु खसाल्दै आमा बिदाइका हात हल्लाउँछिन, मझेरीमा खसम घोप्टो परेर रोएकी  छे ।    

Tuesday, August 20, 2013

साताको कविता

नेपाली समकालीन कवितामा एक हस्तक्षेपकारी कवि हुन् साम्ब ढकाल । अपेक्षाकृत क्लिष्ट भाषामा कविता लेख्ने कविका रुपमा चिनिएका यिनी स्वनिर्मित बिम्ब तथा प्रतीकको प्रयोगले भिडबाट स्वत छुट्टिने हैसियत राख्दछन् । मकवानपुरमा रहेर नेपाली काव्यिक परिवृत्तमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका यिनी व्यवहारसापेक्ष कविता लेखनको तीव्रतर आकाङ्क्षी हुन् । यिनै कविको एउटा कविता यस पटक समेटेका छौँ ।


                        नव्युँति उठेको निद्राबाट
साम्ब ढकाल
यस्तो मैले निद्रा सुतें

नव्युँतिकनै उठेँ पनि ।

हिँडे ठमठम् तिम्रो पछिपछि कहाँ पु-यायौ थाहा छैन
मैले नव्युँतिकनै तिमीसँग हिँडिरहेछु, कत्ति हिँड्छु थाहा छैन
तिमीले मेरो निद्रित आँखा ख्याल गरेका छैनौ कि के हो ?
म तिमीसँग यत्तिबेला नव्युँतिकनै हिँडिरहेछु ।

हत्तेरिका,
म भित्रैबाटै जागेर हिँडेको होइन रहेछु
म व्युँतेर  पिन हिँडेको होइन रहेछु
म फगत तिमीसँगसँगै, तिम्रै पछिपछि लागेर ,तिम्रै हात समातेर पो हिँडेको रहेछु ।

'इतिहास र लाल झा' भित्र विजयोन्मुख कविताहरू - विहङ्गम

निमेष निखिल
कविता के हो, यो किन कसरी लेखिन्छ वा लेख्नुपर्छ भन्ने विषय विगतदेखि आजसम्मै पनि केवल चर्चामा केन्द्रित रहेको तर सर्वमान्य निष्कर्षतिर जान नसकेको एउटा गम्भीर, जटिल र कतिपय अर्थमा विवादित विषय पनि हो । कविता लगायत साहित्यका कुनै पनि सिर्जनशील विधाका परिभाषा कहिल्यै पूर्ण लाग्दैनन् । आजका परिभाषाले केही हदसम्म हिजोसम्मका रचना सिर्जनालाई त समेट्लान् तर भोलि लेख्न सकिने सम्भावित सिर्जनाका बारेमा आजका परिभाषाले मौनता केही भन्न सक्छन् जस्तोे लाग्दैन । सिर्जना भनेको नवनिर्माण हो र नवनिर्माणका सम्भावना हरेक पल जीवन्त रहिरहन्छन् ।

नबिर्सने ती दिनहरू - संस्मरण

अनमोलमणि पौडेल
२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलिँदै गएको आकाशे रङको सर्ट, गाढा नीलो रङको हाप पाइन्ट र गाँस्दा गाँस्दा गाँस्ने ठाउँ सकिँदै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत । 
मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको महेन्द्र प्रस्तावित माध्यमिक विद्यालय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिएँ । मैजस्ता केटाकेटीको हुल कल्याङमल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वाँ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।

खुल्ला दिसा मुक्त क्षेत्र

सञ्जय साह 'मित्र'
म कमजोर शब्दज्ञान भएको नर हुँ । यसैले अल्पज्ञान भयङ्करी भनेर शास्त्रहरूमा रोगी पनि हुँ । लेखपढ गर्ने उमेरले डाँडा काटेको नभए पनि मनमा हुने कुत्कुती नै डाँडापारिको जून भएपछि मेरो केही लाग्दैन । खाँटी कारण यही नै हो कि मेरो शब्दज्ञान अझ बढ्न सक्दैन । कसैले मेरो शब्दज्ञान बढाइदिने ठेक्का लिन चाहन्छ भने स्वागत छ इमेलमार्फत टेन्डर भर्नुहोला ।

युवा र पहिचानका मुद्दा


जीवन शर्मा 
युवा दिवस नजिकै जाँदा युवाका विषयमा विभिन्न कार्यक्रम देशभरि नै भैरहेको छ । सरकारी र गैह्र सरकारी संस्थाले विभिन्न कार्यशाला, अन्तक्र्रिया, विभिन्न क्रियाकलाप तालिम गर्ने तय भएको छ । फेरी पनि केही समय युवाका विषयमा बहस हुनेछन् । अनि बहसबाट आएका केही सवाल गैह्र सरकारी संस्थाको सवालका विषय बन्नेछन् । राजनीतिक युवाका लागि राजनीतिक मुद्दा बन्नेछ, सके चुनावमा युवाका विषयलाई पहिलो मुद्दा बनाउलान््, यस्ता विषयमा फेरि विकासे युवाले परियोजना तयार गर्छन् । अहिलेसम्मको युवाका मुद्दाहरू यही चक्रमा चलिरहेको छ र धेरै समयसम्म चलिरहन्छ, नेपाली युवाको पहिचान, सामथ्र्य, नीतिका विषय भने कागज मै सीमित रहने छ ।

एमालेको नीति एमालेकै नेतृत्व



अनन्त पौडेल
संविधान सभाको विघटन पछि उत्पन्न राजनैतिकसंवैधानिक सङ्कट झन्झन गहिरिँदै गएको छ । यो सङ्कटको प्रभाव आथिर्क, सामाजिक, सांस्कृतिक सम्बन्धमा समेत फैलिँदै गइरहेको, मुलुक असाधारणरूपले कमजोर बन्दै गएको र राष्टिूय स्वाधीनता इतिहासमै सर्वाधिक जटिलतामा रहेको वर्तमानको निकास ताजा जनादेश नै हो । राष्ट्रका सामु उपस्थित यो बहुआयामिक सङ्कट समाधानको एक मात्र विकल्प नयाँ संविधान सभाको निर्वाचन नै हो भनेर नेकपा एमाले गएको २०६९ साउन महिनामा नै निष्कर्षमा पुगेको थियो ।

Monday, August 19, 2013

प्रुफरिडिङ - जिन्दगी



श्यामकुमार बानियाँ
म यतिबेला घोत्लिएर सोच्दै छुमेरो वास्तविक परिचय के हो ? मेरो समाजमा
के भूमिका हुनु पर्ने हो ? मेरा श्रद्धेय गुरु र आफन्तजनको अपेक्षा मैले पूरा गरेँ वा गर्न सकेँ ? विरानो सहरलाई मैले चिन्न सकेँ ? वा यो सहरले मलाई चिनेको छ ? आदिआदि प्रश्नहरू एकपछि अर्को गर्दै पङ्क्तिबद्ध भएर उभिन्छन् मेरा सामु । मोबाइलमा हिजोआज आउने म्यासेजहरूले पनि मलाई यस्ता कुराहरू सोच्न बाध्य तुल्याउने गरेका छन् । प्रायः लेखिएको हुन्छ
           तपाईँ हिजोआज किन सञ्चार विरोधी जस्तो देखिनुहुन्छ ?
           तपाईँको साहित्यिक यात्रा के हुँदै छ ?
           अचेल तपाईँको रचना पढ्न पाइँदैन नि ? लेखनबाट सन्यास लिनु भएको हो ?
           हैन, तपाईँ हामीभन्दा पहिले पत्रकारितामा लाग्नुभएको मान्छे, कता हराउनुभयो कता ? आदिआदि ।