सञ्जय साह 'मित्र'
म कमजोर शब्दज्ञान भएको नर हुँ । यसैले अल्पज्ञान भयङ्करी भनेर शास्त्रहरूमा रोगी पनि हुँ । लेखपढ गर्ने उमेरले डाँडा काटेको नभए पनि मनमा हुने कुत्कुती नै डाँडापारिको जून भएपछि मेरो केही लाग्दैन । खाँटी कारण यही नै हो कि मेरो शब्दज्ञान अझ बढ्न सक्दैन । कसैले मेरो शब्दज्ञान बढाइदिने ठेक्का लिन चाहन्छ भने स्वागत छ इमेलमार्फत टेन्डर भर्नुहोला ।
मेरो गाउँमा पनि खुल्ला दिसा मुक्त क्षेत्रको बोर्ड झुन्डियो । आहा ¤ त्यो बोर्डले मेरो नयनलाई दिएको सुखले मलाई तत्काल कट्टुमै दिसा आउलाजस्तो भयो । एकैछिन सम्हालिएर यताउति हेरेको त कसैलाई पनि कतै छेरेको देखिएन । मलाई के लाग्यो भने गाउँलेहरुले सडकमा दिसापिसाब गर्न छाडेर संस्कृति, संस्कार, परम्परा र गाउँ तथा गाउँलेको मौलिक पहिचान गुम्न लाग्यो भनेर जहाँ पायो उही दिसा गर्ने संस्कृतिलाई जोगाउन बोर्ड झुन्ड्याएको होला भनेर मेरो बोधो दिमागले बुझ्यो । हुन पनि हो, गाउँमा रहुन्जेल हामी साथीहरूको समूह सडकको एक छेउमा लहरै बसेर दिसा बस्थ्यौं, नानाथरिका गफहरू हाँक्दै दिसानिवृत हुन्थ्यौँ । दिनभरि गर्न नभ्याएका गफहरू हाम्रो यही अनिवार्य नित्यकर्मको निष्कासनको समयमा हुन्थ्यो ।
बोर्ड देखेर त्यही सुनौलो दिनको सम्झना त भयो नै साथै आएको समस्याको आपतकालीन अवतरण गर्ने सुखद् वातावरण पनि बनायो । मैले बुझेसम्म बोर्डमा अभिव्यक्त शब्दावलीलाई सबैभन्दा नजिकबाट सार्थक बनाउन पनि खोजेँ र त्यही बोर्डमुनि दिसा बसेँ । पहिलो किस्ताको दिसा फुत्किन नपाउँदै मैला समूहकी एक मैला ठिङ्ग आइपुगिन् अगाडि । मलाई त लाज लाग्यो तर तिनी नजाई उल्टै हप्काउँदै— बोर्डमा लेखिएको कुराको अपमान गर्न बोर्डकै मुनि दिसा बसिदिने ?
म त लाजले निहुरीमुन्टी लगाउँदै कट्टुले लाज छोप्दै नम्रतापूर्वक बोलें— हैन, यो बोर्डमा लेखिएको कुराको सम्मान गर्न नै यहाँ दिसा बसेको हुँ । हामीबीच सामान्य बाझाबाझ पनि भयो । दुई चारजना जम्मा पनि भए । मैले बुझेको कुरा सबै समक्ष यसरी राखेँ— खुल्ला भनेको स्वतन्त्र हो, मुक्त भनेको पनि स्वतन्त्र नै हो । दिसालाई खुल्ला भनिएको छ, दिसालाई मुक्त भनिएको छ । दिसा भन्ने शब्दको जब दुवैतिर स्वतन्त्र भन्ने अर्थ दिने झुन्ड्याएपछि यसले त झन् पूरै खुल्लमखुल्ला भन्ने अर्थ दिन्छ । हाम्रो संस्कृति पनि यस्तै थियो । गाउँमा आएको समय त संस्कृतिको पालन गर्नुप¥यो भनेर मैले बोर्डको अर्थलाई व्यवहारमा पालन गर्न र संस्कृतिको संरक्षण गर्न नै बोर्डमुनि दिसा बसेको हुँ ।
उल्लेख गरिएजस्तै कहिलेकाहीँ मेरो अल्पज्ञानले मलाई सताउने गरेको छ । कमजोरले आÇनो कमजोरी लुकाउन अर्को कमजोर बाटो अवलम्बन गर्छ भन्ने रोगको वरिष्ठ
उनीहरुले मलाई खुल्ला दिसा मुक्त क्षेत्रको अर्थ खुल्ला दिसा निषेधित क्षेत्र भन्ने अर्थ बहुमतले बुझाए अनि पाँच सय रुपैया नियमानुसार भनेर छेराए । त्यसपछि मेरो विसर्जित दिसालाई त्यही माटोले छोप्न पनि लगाए । जीवनमा यो पहिलो जरिवाना तिरेको थिएँ । त्यसपछि बल्ल म तिनीहरुको फन्दाबाट मुक्त (माथिको जस्तै अर्थ नलागेमा) भएँ, अलिक पर के पुगेको थिएँ । यस्तो लेखिएको बोर्डमा मेरो नयनले ठक्कर दिएर अपराध ग¥यो— खुल्ला दिशा मुक्त क्षेत्र । यो बोर्डमा लेखिएको दिशा शब्दले मलाई रन्थनायो ।
आज फेरि सहर फर्केको छु । यसै सहरले मलाई अलिअलि शब्द सिकाएको छ । मैले मेरो गाउँमा तिरेको जरिवाना वास्तवमा मलाई यसै सहरले तिराएको छ । यो अपराधी सहरलाई मैले त्यसै छोड्न मिल्छ त ?

No comments:
Post a Comment