नव्युँति उठेको निद्राबाट
साम्ब ढकाल
यस्तो मैले निद्रा सुतें
नव्युँतिकनै उठेँ पनि ।
हिँडे ठमठम् तिम्रो पछिपछि कहाँ पु-यायौ थाहा छैन
मैले नव्युँतिकनै तिमीसँग हिँडिरहेछु, कत्ति हिँड्छु
थाहा छैन
तिमीले मेरो निद्रित आँखा ख्याल गरेका छैनौ कि के हो
?
म तिमीसँग यत्तिबेला नव्युँतिकनै हिँडिरहेछु ।
हत्तेरिका,
म भित्रैबाटै जागेर हिँडेको होइन रहेछु
म व्युँतेर
पिन हिँडेको होइन रहेछु
म हिँड्दा मेरै खुट्टाले हिँड्नुपर्ने
म हिँड्दा मेरै चेतनाले हिँड्नुपर्ने
मैले हिँड्दा मेरै आँखाले हेरेर हिँड्नु पर्ने
मैले कसरी हिँडे हूँला नव्युँतिकनै फटाफट तिमी जता
जान्छौ त्यतैत्यतै ।
तिमीले देखाएका हरेक दृश्यावलीलाई मैले उसै हो मा हो
भनेँ
तिमीले लोभाएका प्रत्येक मृग मरीचिकालाई त्यसै अँ मा
अँ भनेँ
आखिर मलाई मनपर्ने कुरा मैले नै हेर्नु पर्ने रहेछ
मेरा आँखामा टाँसिन आउने रोमहर्षक चित्र मैले नै
देख्नु पर्ने रहेछ ।
अरूले देखे भने के भन्लान् मैले सोच्नै भ्याइनँ
दुनियाँले देखेर भन्ने कुरा मेरो अनुमानै छैन
मलाई त उसले सुत्दासुत्दै उठाएर लग्यो
म त्यत्तिखेर व्युँतेकै होइन रहेछु
अनिंदो आँखा लिएर पो म हिँडेको रहेछु
विसाएको र बिझाएको आँखाले कत्ति नै पो देखिने रहेछ र
।
कहाँ पो पुगिँदो रहेछ र बिना आँखाको यात्रा
कसरी हिँडिँदो रहेछ र चेतनाहीन खुट्टालेमात्र
पाइताला उचाल्दैमा हिँडिने होइन रहेछ
कतै नपुगेको यो यात्रा
नव्युँतेको निद्रा उठेर हिँडेर पो हो रहेछ ।
हेटौंडा 5/55 रचनाकुटी,अब्बलडाँडा,सानोपोखरा ।

No comments:
Post a Comment