“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, August 20, 2013

साताको कविता

नेपाली समकालीन कवितामा एक हस्तक्षेपकारी कवि हुन् साम्ब ढकाल । अपेक्षाकृत क्लिष्ट भाषामा कविता लेख्ने कविका रुपमा चिनिएका यिनी स्वनिर्मित बिम्ब तथा प्रतीकको प्रयोगले भिडबाट स्वत छुट्टिने हैसियत राख्दछन् । मकवानपुरमा रहेर नेपाली काव्यिक परिवृत्तमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका यिनी व्यवहारसापेक्ष कविता लेखनको तीव्रतर आकाङ्क्षी हुन् । यिनै कविको एउटा कविता यस पटक समेटेका छौँ ।


                        नव्युँति उठेको निद्राबाट
साम्ब ढकाल
यस्तो मैले निद्रा सुतें

नव्युँतिकनै उठेँ पनि ।

हिँडे ठमठम् तिम्रो पछिपछि कहाँ पु-यायौ थाहा छैन
मैले नव्युँतिकनै तिमीसँग हिँडिरहेछु, कत्ति हिँड्छु थाहा छैन
तिमीले मेरो निद्रित आँखा ख्याल गरेका छैनौ कि के हो ?
म तिमीसँग यत्तिबेला नव्युँतिकनै हिँडिरहेछु ।

हत्तेरिका,
म भित्रैबाटै जागेर हिँडेको होइन रहेछु
म व्युँतेर  पिन हिँडेको होइन रहेछु
म फगत तिमीसँगसँगै, तिम्रै पछिपछि लागेर ,तिम्रै हात समातेर पो हिँडेको रहेछु ।
म हिँड्दा मेरै खुट्टाले हिँड्नुपर्ने
म हिँड्दा मेरै चेतनाले हिँड्नुपर्ने
मैले हिँड्दा मेरै आँखाले हेरेर हिँड्नु पर्ने
मैले कसरी हिँडे हूँला नव्युँतिकनै फटाफट तिमी जता जान्छौ त्यतैत्यतै ।

तिमीले देखाएका हरेक दृश्यावलीलाई मैले उसै हो मा हो भनेँ
तिमीले लोभाएका प्रत्येक मृग मरीचिकालाई त्यसै अँ मा अँ भनेँ
आखिर मलाई मनपर्ने कुरा मैले नै हेर्नु पर्ने रहेछ
मेरा आँखामा टाँसिन आउने रोमहर्षक चित्र मैले नै देख्नु पर्ने रहेछ ।

अरूले देखे भने के भन्लान् मैले सोच्नै भ्याइनँ
दुनियाँले देखेर भन्ने कुरा मेरो अनुमानै छैन
मलाई त उसले सुत्दासुत्दै उठाएर लग्यो
म त्यत्तिखेर व्युँतेकै होइन रहेछु
अनिंदो आँखा लिएर पो म हिँडेको रहेछु
विसाएको र बिझाएको आँखाले कत्ति नै पो देखिने रहेछ र ।
कहाँ पो पुगिँदो रहेछ र बिना आँखाको यात्रा
कसरी हिँडिँदो रहेछ र चेतनाहीन खुट्टालेमात्र
पाइताला उचाल्दैमा हिँडिने होइन रहेछ
कतै नपुगेको यो यात्रा
नव्युँतेको निद्रा उठेर हिँडेर पो हो रहेछ ।

हेटौंडा 5/55 रचनाकुटी,अब्बलडाँडा,सानोपोखरा ।

No comments:

Post a Comment