“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Sunday, August 25, 2013

जनतासँग माफी माग्यौँ, भोट हामीलाई दिन्छन् - प्रल्हाद लामिछाने


प्रल्हाद लामिछाने, संविधानसभाका पूर्वसभासद हुन् । एनेकपा माओवादीका जिल्ला नेता लामिछाने गत संविधानसभाको चुनावमा नेकपा माओवादीको तर्फबाट मकवानपुरको क्षेत्र नं. ३ बाट विजयी भएका थिए । २०४४÷४५ सालबाट विद्यार्थी राजनीतिमा होमिएका लामिछाने २०४८ सालमा विद्यार्थीका जिल्ला अध्यक्ष पनि
भए । समाजशास्त्रमा स्नातकोत्तर लामिछाने २०५५ सालमा हेटौँडा नगरपालिकाको गाउँ नगर साझेदारी कार्यक्रममा कार्यरत थिए । २०५७ सालमा पार्टीले जागिरबाट राजिनामा दिन लगाएपछि उनी पूर्णरुपमा राजनीतिमा होमिए । पार्टीको कामकै सिलसिलामा २०५८ सालमा जेल पनि परे र २०६० सालमा छुटे । मकवानपुरे राजनीतिवृत्तमा स्पष्टवक्ता तथा इमानदार नेताको रुपमा चिनिएका लामिछानेसँग कार्यकारी सम्पादक राम अविकासले गरेको कुराकानी । 
चुनाव अभियानमा हुनुहुन्छ, चुनाव हुन्छ ?
              वैद्यमा माओवादीलगायतका असन्तुष्ट दलसँग सहमति भयो भने चुनाव हुँदैन । सहमति भएन भने चँै चुनाव हुन्छ किनभने सहमति भएन भने आआÇनो बाटोमा लाग्ने कुरा हो । हामी चुनावमा जान्छौँ उहाँहरू बहिस्कार गर्ने भन्दै हिड्नु हुन्छ । असहमति दलको बीचमा सहमति भयो भने चुनाव सार्ने पहिलो सर्त हुन्छ ।
सहमति होलाहोला जस्तो पनि देखिएको छ नि ?
              दुबैपक्षलाई प्रेसर परेको छ । चारदल लगायतका चुनाव चाहने दलले अब चुनाव पनि सर्दैन । २५ बुँदै, ११ बुँदेमा केही लचिलो बन्न त सकिन्छ खारेज गर्न भने सकिँदैन भनेर जसरी केही दिनमा बोले त्यसले असन्तुष्टलाई केही आक्रोशित त पा¥यो होला तर त्यो प्रेसर पनि हो । हामी वार्ताविरोधी होइनौँ, सहमति गर्ने कुराको विरोधी होइनौँ । अलि लचिलो भएर आउन तयार छौँ ।भनेकाले सहमति होलाजस्तो छ ।
चुनाव गराउने भनेर चार दलको संयन्त्रमा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भयो । कतिपय कुरा कस्तो सुनिन्छ भने चुनाव गराउन होइन कि चुनाव नगराउन खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएर यो अनन्तकालसम्म लम्ब्याउने र अन्त्यमा अधिनायकवादी शासन व्यवस्था स्थापित गर्ने प्रयास हो भन्छन् । यस्तो लाग्छ तपाईँलाई ? 
              मलाई यस्तो लाग्दैन । अनन्तकालसम्म गैरदलीय संयन्त्रलाई सरकार सुम्पेर दलहरूलाई के फाइदा छ र ¤ दलहरूकै नेतृत्वमा पटकौ सहमतिका प्रयास भए तर सहमति जुट्न सकेन । प्रक्रियासङ्गत ढङगबाट बनेको बाबुराम भट्टराई सरकार, भलै कामचलाउ थियो, त्यसलाई चाहिँ सबैलाई नफाली भएन । वैद्य माओवादीको कुरा पनि हास्यास्पद लाग्छ । दलकै नेतृत्वको सरकार फालिहाल्नु प¥यो उनीहरूलाई । फालेपछि फेरि उनीहरूलाई दलकै नेतृत्वमा सरकार चाहियो । खगेन्द्र सङ्ग्रौलाले भनेजस्तै खिलराज सरकार गलाको गाँड भएको छ, काटेर फाल्न पनि नमिल्ने राखिराख्न पनि शोभा नदिने । त्यसैले यसलाई हटाउन चुनाव नै हुनुपर्छ ।वैद्य मआओवादीसँग सहमतिको सवालमा उनीहरूले राखेको मागमा चार दलीय संयन्त्र खारेज हुनुपर्छ र रेग्मीसरकारले राजिनामा दिनु पर्छ भन्ने छ । चार दलीय संयन्त्र त खारेज होला तर के रेग्मीसरकारले राजिनामा सम्भव छ ?
              संभव छैन । किनभने कसको नेतृत्वमा बनाउने भन्ने कुरो
आइहाल्छ । कसको नेतृत्वमा बनाउने भन्ने बारेमा कसैको सहमति जुट्दैन । गोलमेच सम्मेलनको कुरा छ, त्यो चेप्टो टेबलमा गरे पनि,  गोलो टेबलमा गरे पनि, हात्तीवनमा गरे पनि या गोदावरीमा गरे पनि, जहाँ गरे पनि शीर्ष नेता जो कसैको नाममा पनि सहमति जुट्दैन । आफू असफल भएँ भन्दै किन लान्छन् उनले प्रस्ताव राष्ट्रपतिकोमा ? चुनाव गरेर छोड्न तयार हुन्छन्, त्यतिकै किन छोड्छन्Çनो मृत्युपत्रमा त्यतिकै कसैले हस्ताक्षर गर्छ ?  गर्दैन । त्यसकारण पनि चुनाव अपरिहार्य छ ।
भनेपछि दलहरूले चाहेर पनि यो सरकार हट्नेवाला छैन ?
              सरकार हट्दैन । मलाई लाग्छ त्यस्तो । खिलराज रेग्मीलेअब भैहाल्यो नि त । दलहरूले मलाई हटाउने निर्णय गरे । म सर्वोच्च अदालत फर्किन्छु, भनेर उनी खुरुखुरु सर्वोच्चमा फर्कन्छन् जस्तो मलाई फिटिक्कै लाग्दैन ।
भनेपछि त चुनाव भएन भने यो सरकार लामै समय चल्ने नै रहेछ ?
              हो, लामै समय चल्छ । प्रकारान्तरले यो चुनावको विरोध गर्नु र खिलराजको राजिनामा माग्नु भनेको यो सरकारलाई निरन्तर चलिरहोस् भन्नु हो ।
सहमति भएन तर चुनाव भयो भने त्यसले त अलिकति मुठभेड निम्त्याउला कि ?
              त्यसको सम्भावना छ । कुनै पनि दल चाहे त्यो सानो होस् या
ठूलो, त्यसलाई बाहिर नराखीकन चुनाव गर्न पाए राम्रो हुन्छ । हिजो उत्साहका साथ सबै दलहरू चुनावमा भाग लिएर संविधान सभाको चुनाव गर्दा त संविधान बनेन भने अहिले कुनै दललाई बाहिर राखेर चुनावी प्रक्रियामा जाँदा त्यसले राम्रो त गर्दैन तर के गर्ने, उपाय छैन, संविधान लेख्ने कसरी, चुनाव त गर्नै प¥यो ।
फेरि दोहो¥याएँ तपाईँ कत्तिको विश्वस्त हुनुहुन्छ कि चुनाव हुन्छ, त्यसकारण हामी तपाईँकोमा (जनताकोमा) आएका छौँ भनेर भन्न सक्नुभयो ?
              चुनाव त ढिलो चाँडो हुन्छ । मंसिर ४ कुरा अलिकति परिवर्तन हुन पनि सक्ला । त्यसकारण जनताकोमा हामी गयौँ र जनताको आक्रोशलाई अलिकति मत्थर चैं पा¥यौँ। जनतामा आक्रोश छ, पीडा छ, माओवादी ठूलो पार्टी भॉको, यसले चैंँ कही गर्छ कि भन्ने थियो, केही गरेन भनेर अलिकति स्खलित भएको अवस्था छ । फेरि पनि हामीले आÇना तर्कहरू, Çना सीमाहरू, बाध्यताहरू भनिसकेपछि हामीले गरेका कमिकमजोरीहरूलाई आत्मसाथ गर्दै माफी मागेपछि, लौ ठीकै छ नि त एकपटकलाई मौका दिन्छौँ भन्ने कुरा जनताले गरेका छन् ।
माफी नमागीकन जनताको आक्रोश घटेन ?
              माफी त हामीले सजिल्यै माग्यौँ । हाम्रा कमिकमजोरी भए । प्रचण्डले पनि स्विकारे— “राष्ट्रपति गिरिजालाई बनाइदिएको भए हुन्थ्यो, त्यहाँ गल्ती गरियो । कटुवाललाई नछोएको भए हुन्थ्यो, त्यहाँ गल्ती गरियो ।संविधान निर्माण प्रक्रियामा प्रक्रिया सुरु ग¥या भए हुन्थ्यो । भोटिङमा गाभए हुन्थ्यो,  त्यहाँ गल्ती गरियो । माधव नेपाललाई दुदुई ठाउँबाट हारेपछि नल्याभए हुन्थ्यो, त्यहाँ गल्ती गरियो ।हार्ने मान्छेले पनि सभासद हुन पाएपछि किन चुनाव गर्नु प¥र्यो, जनताले अस्वीकार गर्ने पार्टीले चाहिँ स्वीकार गर्ने जस्ता कुराहरू त गल्ती गर्दै आइयो नि त । त्यसैले पनि सहजै माफी माग्यौँ । कुरो के रहेछ भनेएमालेसँग एमालेकै कार्यकर्ता रिसाछन्, काङ्गेससँग काङ्ग्रेसकै कार्यकर्ता रिसाछन् । माओवादीसँग माओवादी कै कार्यकर्ता रिसाछन् । हामीसँग चाहिँ पार्टी किन फुटायौँ, वैद्यलाई फुटेर जान दिनु हुँदैनथ्यो भनेर रिसाका छन् । र पनि जनता अन्तिममा के भन्छन् भने, “ठीकै छ तपाईँहरू भन्दा अर्को राम्रो पार्टी देखिएन, यो हाम्रो बाध्यता । हाल्न त भोट हामी तपाईँहरूलाई हाल्छौँ। तर राम्रो चाहिँ तपाईँहरूले पनि गर्नु भएन । अब तपाईहरू सच्चिनु पर्छ । 
गत संविधान सभाको चुनावमा मकवानपुरको चारवटै क्षेत्रमा माओवादीले जित्यो । यो चुनावमा स्थान कहाँ पुग्ला ?
              विरोधीहरूले अनुमान गरेको जस्तो चाहिँ होइन । विरोधीहरूको अनुमान चाहिँ के हो भने माओवादीले हार्छ किनभने एकमाओवादी फुटेको छ, दोस्रोउनीहरूको सेना विधटन भएको (हामी चाहिँ समायोजन भन्छौ ।), तेस्रोहतियार बुझाएका छन् । चौथोवाइसिएल सुस्ताएका छन् । यी कारणहरूले गर्दा जित्दैन भन्छन् । पार्टी फूटको केही असर त पर्ला तर, हामीले हिजो यी कारणले गर्दा जितेकै होइनौँ। हतियार देखाएर, वाइसिएलले थर्काएर, जनमुक्ति सेनाको कारणले गर्दा जितेको होइन । हामीले एजेन्डाले जितेका हौँ । हिजो हामी जुन एजेण्डा बोकेर हिँडेका थियौँ त्यसलाई  हामीले छोडेका छैनौँ । संघीयता, धर्म निरपेक्षता, पहिचानमा आधारित राज्य लगायतका एजेन्डा लिएर हामी जनताकोमा जान्छौँ । फरक यति हो, चुनौती बढेको छ जसले गर्दा मेहनत अलि बढी गर्नुपर्छ । जित्न त हामी चारै क्षेत्रमा फेरि जित्छौँ ।
अझै खुलेन । ठ्याक्कै भन्नु पर्दा एमाओवादीको पोजिसन चाहिँ कस्तो देखियो, अभियानमा गाउँ पस्दा ?
              भोटर लिस्ट बोकेर गाउँ पसेका छौँ । लिस्टको आधारमा यो कुन पार्टी त्यो कुन पार्टी भनेर छुट्याएका छौँ। यसरी हेर्दा हाम्रो र एमालेको सङ्गठित भोटरहरू २०÷१९ देखिएको छ । बाँकी नचिनिएका ठूलो सङख्यालाई जसले बढी तान्न सक्यो जित उसैको देखिन्छ । पहिलोको लागि एमाओवादी र एमालेको बीच तथा दोस्रोको लागि काँग्रेस र राप्रपा बीचमा प्रतिस्पर्धा पाएका छौँ । समग्रमा, मोहेनत गर्दा हामी जित्छौँ । वैद्य पक्षले चुनाव बहिष्कार गरे हामीलाई अलि कम असर गर्छ । वैद्य पक्ष पनि चुनावमा आए सँगसँगै चुनाव लडे भने हामीलाई अलिकति घाटा पुग्छ । तालमेल र एकता गरेर गइयो भने जित्न सहज हुन्छ । वैद्य पक्ष एमालेसँग मिल्ने भन्ने पनि हल्ला सुनिएको छ । काङ्ग्रेससँग मिलोस्, राप्रपासँग मिलोस् या अन्य कुनैसँग मिलोस्, त्यसो भयो भने हामीलाई फाइदा हुन्छ । उनका कार्यकर्ता र हाम्रा कार्यकर्ता उस्तै हुन् । अन्यसँग चाहिँ मिल्ने हिजोसँगै भएकासँग चाहिँ नमिल्ने भनेर रिसाएर यतै भोट हाल्छन्, त्यो राम्रै हुन्छ ।
यो त तपाईँहरूले हेर्दा भयो । हामीले हेर्दा चाहिँ, काँग्रेस पनि यसपटक खाता खोल्नुपर्छ भन्छ, कम्तीमा एक सिट जित्नैपर्छ भनेर लागेको छ । राप्रपा नेपाल पनि यसपालि दुई तीन सिट जितिन्छ भन्छ । विशेषगरी एक नम्बर क्षेत्रलाई आफ्नो पक्कड क्षेत्र बनाउन खोजेको देखिन्छ । एमालेको विश्लेशण माओवादो फुटेको, एजेन्डामा हारेको, आफूलाई स्थापित गराउन नसकेको, त्यो लहरको बेलामा आफ्नैले सहयोग गरेर जितेको हो भन्ने छ। यसरी हेर्दा त एक एक सिट पो  बाँडिएलाजस्तो देखिन्छ नि । के लाग्छ तपाईँलाई ?
              त्यसरी बाँडिने अवस्था छैन । हामी चारै क्षेत्रमा जित्छौँ। चारै क्षेत्रमा एमाले सँग १९÷२० अवस्था हो । मैले भनेँ नि, चुनौती बढेको छ, हाम्रो मेहनत अलि बढी आवश्यक छ । जित्न त हामी चारै क्षेत्र जित्छौँ ।
खासमा चुनाव चाहिँं एक नम्बर क्षेत्रमा हुने रहेछ । कमल थापाले उमेदवारी दिनुले उनैले बाजी मार्छन् कि जस्तो देखियो नि, हैन र ?
       बाजी नै मार्ने त देखिँदैन । हो, निश्चितरूपमा उनको भोट बढ्या छ । गाउँ गाउँ गाका छन् । मेहनत पनि गरेका छन् । विगतमा जितेको क्षेत्र पनि हो तर जितिहाल्ने उनको भोट बढेको छैन । काङ्ग्रेसबाट इन्द्र बानियाँ पनि लागेका छन् । चौपक्षीय भिडन्त हुने त देखिन्छ तर गत चुनावमा पनि हामीले भारी अन्तरले जितेको ठाउँ भएकाले अरू पार्टीले जित्ने सम्भावना छैन । 
तपाईँलाई आफू सभासद भइसकेपछि जिल्लाका लागि सम्झनलायक केही गरेँ जस्तो लाग्छ ?
    जनताको नजरबाट हेर्दा त विकास निर्माण नै हेर्ने हो । चौकिटोललालझाडी झोलुङ्गे पुलको मैले नै शिलान्यास गरेर मैले नै उद्घाटन गरेँ । बस्तीपुर, बसामाडीमा एउटा पर्यटकीय पार्क निर्माणको काम अहिले पनि भइराखेको छ । कुवापानी हुँदै सरिखेत जाने मुक्तिमार्गको लागि बजेट ल्याउन सकियो । बस्तीपुर र रमनटार जोड्ने पक्की पुलको लागि बजेट ल्याउन पहल गरियो, बजेट त परेन तर त्यसको सर्वेको लागि बजेट आयो । सर्भे भएर गइसकेपछि नियमित रुपमा बजेट आइरहने ढोका खुलेको छ । अर्को आएको दश लाखचाहिँ कतै स्कुलमा कतै कहाँ हालियो, त्यसबाट खासै देखिने काम हुन पाएन । मयुरधापमा चाहिँ एक करोड ६६ लाखको एउटा बृहत खानेपानी आयोजनामा बजेट पार्न सफल भएँ । अहिले त्यो आयोजना सम्पन्न भएर त्यहाँका जनताले पानी खान पाइरहेका छन् । पदमपोखरीमा अर्को खानेपानी आयोजना म जानुभन्दा पहिलेदेखिबाटै सुरु भएको रहेछ । त्यसमा पनि क्रमागत रुपमा बजेट आएर अहिले आयोजना सम्पन्न हुने क्रममा रहेको छ । चुरियामाई शिखरपानीमा पनि ५५ लाख रुपैयाँ बजेटबाट काम सुरुवात भयो ।
शीर्ष नेताहरु प्रचण्ड, बाबुराम, नारायणकाजीहरुको बीचमा मकवानपुरे नेताहरुले कसरी पहिचान बनाएका छन्, तपाईँहरुलाई कसरी चिन्छन् ?
       महाधिवेशनताका हामी व्यवस्थापकीय जिम्मेवारीमा लाग्यौँ । केन्द्रकै नेताको जिम्मेवारीमा भएपनि हाम्रै जिल्लामा परेकाले हामी नै बढी फिल्डमा खट्नुप¥यो । महाधिवेशनकै दौरानमा त केन्द्रका नेताहरुसँग
राम्ररी भेट गर्नै पनि पाइएन  । तर त्यसभन्दा अगाडि नै चाहिँ आÇनो क्षमता देखाउने अवसर मिल्यो । नारायणकाजीकै त म भन्दिनँ, बलराम बलको कति छ, ज्योति रायमाझीको कति छ, पूर्व जनमोर्चा भएको भएर उहाँहरुको होला कि के छ । तर प्रचण्ड, बाबुरामसँग चाहिँ मेरो राम्रो सम्बन्ध छ ।
अब चुनावमा उठ्नका लागि आफ्नो क्षेत्रका जनतासम्म लिएर जाने त्यस्तो ठोस एजेण्डा चाहिँ के छ तपाइँसँग ?
        पहिलो त संविधान नै हो । ६ महिनादेखि एक वर्षभित्र सहमतिमा भए हुन्छ, नभए भोटिङमै गएर भए पनि जनतालाई संविधान दिन्छौँ, त्यो संविधान राम्रो संविधान हुन्छ भन्ने नै हो । संघीयता सहितको, संघीयतामा जातीय, धार्मिक, सांस्कृतिक लगायतका हरेक किसिमका पहिचानलाई समेत ख्याल गर्दै, सबैका अधिकार स्थापित हुने गरी जनपक्षीय संविधान निर्माण जसरी पनि निर्माण गर्छौँ । दोस्रो कुरा, हिजोका दिनमा जति गरियो थोरै नै गरियो । अबका दिनमा चाहिँ विकास निर्माणमा अझै बढी जोड दिन्छौंँ । मैले हेटौंडा अस्पतालको लागि अलि बढी नै जोड गरेको छु । पार्टीको सरकार, मन्त्री भए सजिलै भो, नत्र पनि अञ्चलस्तरीय अस्पतालका रुपमा विस्तार गर्न स्वास्थ्य मन्त्रालयको गेटमा अनसन बसेरै भए पनि काम गर्छु । अर्को, कपडा उद्योग बन्द छ । हाम्रो पार्टीले पनि त्यसको पूनःसञ्चालन गर्छु भन्यो तर गर्न सकेको स्थिति छैन । त्यसको लागि पार्टीभित्रै पनि म आन्दोलन गर्छु । किनकि हिजो पार्टीभित्रैबाट त्यत्रो महाधिवेशन हुँदा बोलेको छ हामी सञ्चालन गर्छौँ भनेर । त्यस्तै सुरुङ्मार्गको निर्माण निजि क्षेत्रबाटै हुन लागे पनि यसमा सरकारको सहयोग आवश्यक छ भन्ने हिसाबले लबिङ गर्दै यसमा हामी सबै लागिपर्नुपर्छ । सहिद स्मारकको पनि क्षेत्र अलि सानो भएकाले त्यसको क्षेत्र विस्तारमा ध्यान दिन्छु । त्यस्तै हेटौंडा औद्योगिक क्षेत्रलाई पनि सेजको विकास , खानेपानीका अलि बृहत किसिमका योजना छन् । संविधान बनाउन सकिएन भने  कहिल्यै चुनाव लडदिन भनेर राजीनामा गरेरै जनतामाझ फर्कने हो ।

No comments:

Post a Comment