“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Saturday, August 24, 2013

भावहरुका सन्दर्भ विमोचित

गजलकार देवराज तिवारीको गजल संग्रह ‘भावहरुका सन्दर्भ’ शनिबार हेटौंडामा विमोचन गरिएको छ । साहित्य सङ्गम मकवानपुरको नियमित दुई सय १६ औँ साहित्य सन्ध्यामा साहित्यकार तुल्सी थापा र शिक्षासेवी पुरनबहादुर जोशीले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको हो । देशप्रेम र शृङ्गारिक ७० वटा गजल संग्रहित ‘भावहरुका सन्दर्भ’ तिवारीको पहिलो कृति हो । विमोचन कार्यक्रममा साहित्यकार निमेष निखिल, प्राध्यापक नारायण तिवारी तथा दिलिप पौडेलले तिवारीको कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने आर आर चौलागाइँ, तुलसी घिमिरे, साम्ब ढकाल, श्रीराम पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै, सङ्गमको नियमित सन्ध्यामा अप्सरा तिमल्सिना, अर्जुन क्षितिज, जेनन नेपाल, अनिता न्यौपाने, पुरुषोत्तम आचार्य, भावना सापकोटा, एस के निधन, अक्कलबहादुर केसी लगायतकाले रचना वाचन गर्नुभएको थियो । सङ्गमका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव छवि अनित्यले गरेका थिए ।

No comments:

Post a Comment