नानीमैया बिष्ट
हेटौंडा, १४ भदौं/बालबालिकाको साहित्यिक प्रतिभा प्रस्फुटित गर्ने
उदेश्यका साथ प्रगतिशील लेखक संघ,
मकवानपुरले कविता प्रतियोगिता सम्पन्न
गरेको छ ।
‘साहित्य समाजको दर्पण हो’ भन्ने शीर्षकमा प्रतियोगितात्मक कविता गोष्ठी
जनज्योति मावि चुरियामाई स्थित
जनज्योति बालक्लवको व्यवस्थापनमा भएको हो।
कार्यक्रममा बालबालिकाले आ–आफ्नो सिर्जनात्मक प्रस्तुतीहरु राखेका थिए ।
प्रगतिशील लेखक संघ मकवानपुरका
अध्यक्ष विवेक वाइवाको अध्यक्षता तथा संघका जिल्ला सल्लाहकार कौशल पाण्डेको
प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा न्यायधिश
द्वय दिपेन्द्र अधिकारी, बासुदेव पौडेल, जिल्ला वार
एशोसियशनका जिल्ला अध्यक्ष
अजमीर के.सी, अधिवक्ताहरु ललिता श्रेष्ठ, अमृत लामा,
मुकुन्द अधिकारी, शिव
कोइराला, मदन दाहाल लगायतकाले बोल्नुभएको थियो।
No comments:
Post a Comment