“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, August 27, 2013

यसपटक - चलचित्र : मणिराज गौतम

नेपाली सिनेमा सुनको जलप मात्र 
 मणिराज गौतम
अहिले नेपाली सिनेमालाई सुनको जलपले लप्पक ढाकेको छ । हेर्दा लाग्छ सक्कली सुन हो तर जाँच्दा लाग्छ यो जलप लगाइएको नकली सुनको ढिका हो । यस्तै भएको छ यो क्षेत्र यत्तिबेला । विषयवस्तु र प्रस्तुतीकरणमा  जलप लगाइएपछि यसको कमजोरीका कारण अहिले नेपाली चलचित्रको व्यापारमा मन्दी आएको छ । जुन चलचित्रले राम्रो व्यापार गर्लान् भनेर सोच्यो त्यही चलचित्रले बढी आलोचना खान थालेका छन् । भनौँ यो क्षेत्र अब कस्तो सुनवाला सिनेमाको खोजीमा छ भन्न पनि गाह्रो भएको छ । धमाधम सिनेमा हल खाली हुन थालेपछि निर्माता निर्देशकहरु पनि यो क्षेत्रबाट अलग्गिन थालेको प्रष्ट छ । लामो समयदेखि यस क्षेत्रलाई डो¥याएर यहाँसम्म ल्याएका चर्चित निर्माता एवं चलचित्र व्यवसायी उद्धव पौडेलले यो क्षेत्रबाट सन्यासको घोषणासमेत गरिसकेका छन् भने निर्माता एवं वितरक नरेन्द्र महर्जनले विदेशिने वक्तव्य दिई सकेका छन् । अब चलेका र बुझेका चलचित्रकर्मीहरू यसरी धमाधम सन्यासको बाटोमा जाने हो भने अर्बौ लगानी गरेका सिनेमा घर अब जुवाघर बन्न बेर छैन ।
एकात्तिर अहिले चलचित्र कर्मीहरू यो क्षेत्र छोड्ने हल्लामा छन् भने अर्कोतिर दिनदिनै चलचित्र बनाउनेहरु पनि भित्रिरहेका छन् । आखिरी यो यो क्षेत्रमा  यत्ति धेरै बाधा व्यवधानहरू रहँदा रहँदै पनि पाईलै पिच्छे कलाकार र चलचित्र किन जन्मिरहेका होलान् यो खुल्दुली हुन सक्छ । खास यो ग्ल्यामर क्षेत्रमा पैसा डुब्दा पनि कत्ति चलचित्रकर्मीहरु सन्तुष्टनै देखिन्छन् भने कत्ति रुनु र हाँस्नुमा देखिन्छन् । खास गरी नयाँ चलचित्रकर्मी जो भरर्खर यो क्षेत्रमा आएका छन् उनीहरूसँगको कुराकानीका आधारमा यो लेख लेख्ने मेरो मनासाय रÞयो तथापि नयाँ चलचित्रकर्मीले यो क्षेत्रमा चाहना बोकेका केही अधुरा सपनाहरुलाई लेखमार्फत डो¥याउने प्रयास यसपालि रहेको छ ।

भर्खरै एउटा चलचित्र हेटौँडामा छायाङ्कनको लागि आएको थियो । हेटौँडाका केही उत्साही युवाहरू यसमा संलग्न रहेका रहेछन् । चलचित्र छायाङ्कन भैरहेको छ । यसै क्रममा मलाई रिपोर्टिङका लागि बोलाइयो, म पनि उनीहरुको अनुरोधलाई स्वीकार गर्दै छायाङ्कन स्थल पुगेँ । त्यहाँ चलचित्रको खुब मिहेनतका साथ छायाङ्कन भैरहेको थियो । मलाई बोलाउने साथीको सटको पालो रहेछ करी तीन घण्टाको बसाइपछि उसले मलाई समय दियो र भन्यो अब कलाकार भइयो समय मिलाउन गाह्रो । उसको जवाफमा मैले भनेँ— दिन प्रतिदिन कलाकारहरु विदेशिएका छन् निर्माताहरु यो क्षेत्रबाट टाढिएका छन् तपाईँ चाहिँ यो क्षेत्रमा लगानी गरेर आउँदै हुनुहुन्छ भन्ने मेरो प्रश्नमा उसले यत्ति सहज र संयमता अपनाएर उत्तर दियो कि अब उ राष्ट्रिय च्यानलबाट प्रसारण गर्ने कार्यक्रमको गेस्ट बनेजस्तो लाग्यो । उसका बाजेबराजुले कमाएको एक कट्ठा जग्गाको इतिहास निसानी बनाउनमा ऊ तल्लीन थियो । एकै दिनको सुटिङ्गमा उसले सारा सपनाहरू बनाइसकेको अभास गरिरहँदा मलाई कताकता यस्तै कलाकारहरूको उपस्थितिले यो क्षेत्र बदनाम भएको आभास हुन थाल्यो । लामो गफगाफपछि उसले उसको सिनेमाको योजना सुनाउन थाल्यो । उसको योजना एउटा कल्पना थियो । हिजो राजेश हमालको फाइट र कपालको दृश्यमा झुमेका दिनहरू आफूलाई पनि दाज्ने रहर आँखाको भाका उसले राम्रो सँग बुझेको थिएन । उसलाई थाहा छैन कि यत्तिबेला राजेश हमालले के गरिरहेका छन् ? सिनेमा नचलेपछि राजेश हमाल कुनकुन कार्यक्रम्महरूमा अतिथि बनेका छन् उनको भनाइहरू के छ ? त्यो उसको चाहको बिषय रहेन केवल ऊ कलाकार बन्न चाहन्छ, उसमा कलाकारिताको भूत चढेको छ । उसमा राजेश हमालको आकृति लहलह झुमेको छ । उसमा छायाङ्कनको बेला पाउने कलाकारिताको मान सम्मानतिर लम्केको छ । यो क्षेत्रलाई सजिलै हेर्न यस्ता नयाँ कलाकर्मी वा चलचित्रकर्मीको आगमनले सिनेमालाई कहाँसम्म पु¥याउला !
हुन त नयाँ कलाकर्मीहरुको आगमन हुनु नराम्रो होइन आएका नयाँ चलचित्र कर्मीहरुको राम्रो कामको प्रससां पनि भैरहेको छ यहा भन्न खोजिएको कुरा के भने पैसा भएपछि कलाकार निर्माता बन्ने प्रवृत्ति चाहिँ नराम्रो हो पैसाले सिनेमा बन्ला तर कस्तो बन्ला ? के बन्ला ? भनेर अध्ययन गर्ने फुर्सद यो क्षेत्रमा आउनेहरुमा देखिँदैन । नबुझ्ने हो भने उसलाई दोश्रो चलचित्र बनाउने सोच त के मानसिकता पनि नहुन सक्छ । लामै समय यो क्षेत्रमा केही गर्छु भनेर आएका मै हँु भन्नेहरू पनि करोडौँ फसाएर लाखापाखा लागिसके भने एक कट्ठा घडेरी बेचेर फिल्मको निर्माता र कलाकार बन्छु भन्नेहरू चलचित्र बनाएर प्रर्दशन हुनेबेलासम्म कहाँ पुग्ने हुन् हेर्न बाँकी छ ।
क्षणिक आनन्दमा चोकचोकमा बसेर आफूलाई असली कलाकार हुँ भन्नेहरूले यस क्षेत्रलाई केही दिन सक्दैनन् बरु भएको पनि तहसनहस बनाउँछन् । घर घरमा क्यामरा घर घरमा कलाकार जन्मिसकेका छन् । चलचित्र हेर्नै दर्शकहरु नै अब कलाकार भएपछि सिनेमा हेर्न हलसम्म आउने को आउने हुन् ? सोच्नु पर्ने बेला भएको छ ।
आज भोली नेपाली सिनेमाको कथा चलेको भनौ या नयाँ भनौँ सेक्स कन्टेन्ट नै हो । चाहे त्यो कथाले मागोस् चाहे कलाकारले मागोस् । सिनेमा भित्र लुसुक्क सानो भए पनि यस्ता दृश्य राखेकै हुन्छन् । त्यत्ति मात्र हैन, करिब दुई मिनेट समय खुलेआम सेक्स दृश्य रहँदा कण्डमको विज्ञापन आउँदा च्यानल चेन्ज गर्ने बाआमालाई यसले अब चलचित्र हेर्ने प्रेरणा देला कि टिभी नै बन्द गर्ने प्रेरणा देला ¤ बुझिनसक्नु छ । विषयवस्तुप्रति हाम्रो कैँची जबसम्म लाग्दैन तबसम्म सिनेमा क्षेत्रले यस्तै दुर्गति भोगिरहन्छ । सिकारु र अभिनयका भुतहरूको प्रवेश रहिरहने हो भने पचास बर्ष दारी फुलाएका सिनेमाका हस्तीहरु उद्धब पौडेल र नरेन्द्र महर्जनकै बाटो नहिँड्लान् भन्न सकिन्न । यसले यो क्षेत्रलाई गत्तिलो झापड दिएको छ । पौडेलको योगदान र महर्जजनको यहाँसम्मको यात्रालाई जलप लगाएको सुन बनाउनेहरूलाई भन्नु केही छैन तर हामीजस्ता सबैले सोच्ने बेला ढिला भएको छ ।

No comments:

Post a Comment