“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, August 20, 2013

'इतिहास र लाल झा' भित्र विजयोन्मुख कविताहरू - विहङ्गम

निमेष निखिल
कविता के हो, यो किन कसरी लेखिन्छ वा लेख्नुपर्छ भन्ने विषय विगतदेखि आजसम्मै पनि केवल चर्चामा केन्द्रित रहेको तर सर्वमान्य निष्कर्षतिर जान नसकेको एउटा गम्भीर, जटिल र कतिपय अर्थमा विवादित विषय पनि हो । कविता लगायत साहित्यका कुनै पनि सिर्जनशील विधाका परिभाषा कहिल्यै पूर्ण लाग्दैनन् । आजका परिभाषाले केही हदसम्म हिजोसम्मका रचना सिर्जनालाई त समेट्लान् तर भोलि लेख्न सकिने सम्भावित सिर्जनाका बारेमा आजका परिभाषाले मौनता केही भन्न सक्छन् जस्तोे लाग्दैन । सिर्जना भनेको नवनिर्माण हो र नवनिर्माणका सम्भावना हरेक पल जीवन्त रहिरहन्छन् ।

कविता सम्बन्धी हरेकका आÇनै मूल्य र मान्यता हुन्छन् र आÇनै तर्क र विश्वास पनि । यस्तै स्वतर्क र स्वमूल्यका साथ मकवानपुरे कविताको केन्द्रीय धारतिर आइपुगेका कवि हुन् गिरिजा अधिकारी (वि.सं. २०४२) । प्रगतिवादी काव्यधारको सापेक्षमा रहेर कविता लेख्न रूचाउने अधिकारीका कवितामा अभाव, गरिबी, तत्कालीन देशीय सामाजिक वातावरण, मानवीयताको ह्रासोन्मुख अवस्था आदिजस्ता विषयवस्तुलाई प्रस्तुत
मूलभूत रूपमा यस कृतिले उठान गरेका विषयवस्तुको सेरोफेरो भनेकै दस बर्से जनयुद्ध, त्यसले नेपाली जनमानसमा ल्याएको हलचल र प्रभाव, क्रान्तिप्रतिको जननिष्ठा, समाजको परिवर्तित स्वरूप र समलये मारेको अभूतपूर्व फड्को नै प्रमुख रहेका छन् । हो, गणतन्त्रको स्थापनापछि आम मान्छेमा जुन आशा र उत्साहको सञ्चार भएको थियो त्यसै भावलाई कविले आÇना कविताको केन्द्र बनाएका छन् । कवि पनि गणतन्त्रप्रति उत्तिकै निष्ठा भएका व्यक्ति भएका नाताले यो भावको अभिव्यक्ति स्वाभाविक पनि छ । कवि द्रष्टा भएकाले उसले आÇनो दृष्टिपरिसरका भूधरातलीय यथार्थलाई विषयका रूपमा चयन गर्छ नै । त्यही समयको आशावादिता नै यस सङ्ग्रहका कविताको केन्द्र हो । प्रकारान्तरले आज फेरि केन्द्रभङ्गको नियतिमा हामी छौँ । सङ्क्रमण कालले समाजका हरेक क्षेत्रमा डेरा जमाएको छ । त्यसैले अब फेरि सङ्क्रमणलाई सम्बोधन गरेर आम मान्छेलाई आस्थावान् बनाउने कविता लेख्ने बेला आएको छ र गिरिजा अधिकारीहरू जस्ता सचेत कविबाटै त्यसको नेतृत्व हुनुपर्ने बेला आएको छ । सायद साहित्यको, कविताको सामाजिक दायित्व पनि त्यही हो कि ?
अन्त्यमा, जान्नेहरूले कवितालाई विचार र कलाको सन्तुलन भनेका छन् र यस्तै सन्तुलित कविताले नै विश्वमा राम्रा कविताको दर्जा पनि पाएका छन् । यो तथ्यलाई सक्दो पालना गर्ने प्रयास कवि अधिकारीले यस सङ्ग्रहमा गरेको देखिन्छ । प्रगतिवादी लेखकले बारम्बार खेप्नु परेको एउटा गम्भीर आरोप हो साहित्यका नाममा नारा लेखिने मुद्धा । गिरिजाका केही कविता पनि नारा नै त होइनन् तर नाराको केही नजिक हुन् कि कि भन्ने आभास पाइन्छ । त्यस कारण उनी आÇना कवितामा विचारलाई कलाको आवरण दिन दिने युद्धमा छन् र उनको यो काव्ययुद्ध विजयतिर उन्मुख प्रस्टै देख्न सकिन्छ । र पनि गिरिजाबाट मकवानपुरे कविताले, नेपाली कविताले प्रशस्त आशा गर्ने ठाउँहरू देखाएका छन् ।
गरिएको पाइन्छ । क्रमशः परिस्कृत र परिमार्जित हुँदै गएका अधिकारीका कविताहरूले
उनको आशावादी काव्यआगतको सङ्केत गर्छन् । ुअक्षरका जुलुशहरूु कवितासङ्ग्रह २०६२ पछि २०६७ सालमा उनको ‘इतिहास र लाल झा’ कविता सङ्ग्रह प्रकाशित छ । प्रस्तुत सङ्ग्रहमा अधिकारीका विभिन्न शीर्षकका चौतिसवटा कविताहरू रहेका छन् ।

No comments:

Post a Comment