छवि अनित्य
दहमा एक अम्खोरा पानी खन्याउनुको कुनै अर्थ
रहन्न । त्यही एक अम्खोरा
पानी प्यासले अल्तालिएको कुनै बटुवालाई दिऔं, त्यसनिम्ति
ऊ जीवनपर्यन्त कृतज्ञ भइरहन्छ । हामीकहाँ खासगरी शिक्षाक्षेत्रमा पुरस्कारको गजबको
प्रचलन छ । सधैं मेधावी मात्रलाई पुरस्कारको हकदार मान्छौँ । कुनै पनि शैक्षिक
पुरस्कारका लागि अब्बल नतिजा हासिल गर्नै पर्छ । नत्र ऊ अयोग्य ठहरिन्छ । प्रथम
श्रेणीमा पनि प्रथम हुने, अझ अहिले त विशिष्ट श्रेणीमै प्रथम
हुनेले मात्र कतैबाट पुरस्कारको आशा राख्न पाउँछ । कत्तिको सही प्रचलनमा
बाँचिरहेका छौं हामी ? सधैंजसो लागिरÞयो ।
नवप्रतिभा सामुदायिक पुस्तकालय, हटियाले
प्रत्येक वर्ष एसएलसीमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ भरबाट उत्कृष्ट हुने
एक छात्रलाई दश हजार रुपैयाँको यदुकुमार भट्ट र हटिया—हर्नामाडीबाट
उत्कृष्ट एकछात्रालाई गुणकुमारी भट्ट स्मृति पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
दिवंगत मातापिताको सम्झनामा पुरस्कार स्थापना गर्नेमा थिए, बालबोध
उच्च माध्यमिक विद्यालयका पूर्वविद्यार्थी दाजुभाइ दीपक भट्ट अनि केशव भट्ट ।
यसपालि के सोच आएछ कुन्नि, अनलाइनमा भेटिएका बेला पुरस्कार
संस्थापक दीपक भट्टले प्रस्ताव राखे—‘यो पुरस्कार अलि पैसाकै कारण पढ्न
नपाउने अवस्थाका भाइबहिनीलाई दिन पाए कसो होला ?’
मनसाय स्पष्टै भयो । यी पुरस्कार यसअघि जसले
पाए, अधिकांशलाई यो पाँच÷दश हजारको पुरस्कार राशिले कुनै राहत
हुँदैनथ्यो । उत्कृष्ट तिनै विद्यार्थी हुन्छन् जसको घरमा सबै सुविधा छ । पढ्ने
बाहेक अरू कुनै काम नै हुन्न । ठेट भाषामा ‘ढलेको सिन्को
नउठाउने’ अवस्थाका तिनलाई यो पुरस्कार दिइरहँदा तिनले यो केही रकमको
पुरस्कारका लागि दातालाई कत्तिको सम्झेलान् त ?
सँगसँगै यो पनि सम्झेँ, बर्सैभर मेलापात
गरेर आÇनो पढाइखर्च मात्र नभई घरखर्च समेत धानेर कति विद्यार्थीले हरेक वर्ष
तेस्रै श्रेणीमा सही तर एसएलसी उत्तीर्ण गरिरहेका छन् । कति भाइबहिनी छन् जसका
रहरहरू हुँदाहुँदै पनि महिनाको केही सय रुपैयाँ शुल्क बुझाउने आँट नआएर
उच्चशिक्षाको ध्याउन्नै छाडेर मजदुरीमा लागेका छन् । भट्टले यही भने—“पुरस्कारका
लागि विशिष्ट नै चाहिन्छ भन्ने होइन । बरु तेस्रो श्रेणीमै पास भएको होस्, तर
यो रकमको आवश्यकता उसलाई होस् ।”
कुनै पनि पुरस्कार भनेको प्रोत्साहन हो । केही
गरँै भन्न खोज्नेका लागि आँटभरोसा हो । पुरस्कार त्यस्ता व्यक्तिलाई दिइनुपर्छ
जसलाई साँच्चै त्यसको आवश्यकता छ । हामी नामकै लागि मात्र समाजमा थरिथरिका
पुरस्कारहरू स्थापना गरेका देख्छौँं । तर ती पुरस्कारले पाउने व्यक्तिलाई
साँच्चिकै राहत र हौसला दिन सक्यो कि सकेन भन्ने कुरातर्फ खासै ध्यान दिँदैनौं ।
अघिल्ला वर्षहरूमा पुरस्कार पाउनेले कसरी
सदुपयोग गरे त भन्नेतर्फ खासै कसैको पनि ध्यान जाँदैन । खालि अर्को पुरस्कारको
हकदार को होला भन्नेमा मात्र सबै केन्द्रित हुन्छन् । तर भट्ट परिवारको मनसाय
अनुसार विद्यालय प्रशासनले जुन छात्रछात्रालाई पुरस्कारको लागि छनौट ग¥यो,
त्यस्ता
विद्यार्थीका लागि त्यो पुरस्कार साँच्चिकै पुरस्कार बनेको छ । कम्तिमा मासिक
शुल्ककै लागि भनेर थप दुईदिन कसैकोमा मेलापात धाउनुपर्दैन उनीहरूले । बेलैमा शुल्क
बुझाउन नसकेर परीक्षामै बस्न नपाइने हो कि भन्ने मानसिक तनावका बीच पढ्नु पर्दैन
उनीहरूले । अघिल्लो सोमबार बालबोध उच्च मावि, हटियामा यो
पुरस्कार वितरण कार्यक्रममा सहभागी भइरहँदा पङ्क्तिकारले सिकेको यही हो– भोकोलाई
भोजन दिनुस् ऊ सधैँ तपाईंको हुनेछ । तर त्यही भोजन अघाइरहेकालाई दिनुस्, सायद
त्यो भोजनकै अपमान हुनेछ ।
वास्तवमा अब हामीले कुनै पनि पुरस्कारका लागि
योग्यता निर्धारण गर्दा अनुकुल परिवेशमा सबैभन्दा राम्रो नतिजा ल्याउनेलाई छनौट
गर्ने परिपाटीलाई बदल्नै पर्छ । पुरस्कारका लागि योग्य त ऊ हुनुपर्छ जसले प्रतिकूल
परिवेशमा रहेर पनि आफूलाई असफल हुन दिइरहेको हुँदैन । भट्ट दाजुभाइको यो अभियानमा
साथ दिन सोही कार्यक्रममा थप सहयोग उपलब्ध गराउने क्रियटिभ ग्रुप हेटौंडाका पवन
प्रधान र हाल जापानमा रहेका हेटौंडाका पूर्व रेडियोकर्मी निर्मल तिमल्सिनाले सायद
यही कुरालाई मनन गरेको हुनुपर्छ ।
सबै पुरस्कार संस्थापकले यस्तै भावना लिएर
आवश्यकतालाई योग्यता मान्ने हो भने कसैले पनि आर्थिक अभावकै कारण बिचैमा पढाइ
छाड्नुपर्ने अवस्था आउँदैन । पवन प्रधानकै शब्दमा ‘दैनिक चिया—सुपारी
खाएरै सकिने’ थोरै रकमले कुनै विद्यार्थीको उज्ज्वल भविष्य
निर्माण गर्न सकिन्छ ।
निर्मल तिमल्सिनाले जस्तै गाउँका विद्यालयका
विद्यार्थीका लागि आÇनो केही दिनको पारिश्रमिक सहयोग हरेकले सहयोग
गर्ने हो भने पाठ्यपुस्तकको अभावमा कुनैपनि विद्यार्थीले परीक्षाको बखत हतास
मनस्थितिमा रहनुपर्दैन ।

No comments:
Post a Comment