“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Friday, August 23, 2013

गुडनाइट मुर्गा

भानुभक्त आचार्य 
एक सातादेखि बर्डफ्लु भित्रेको समाचारले मकवानपुरका सबै मिडियाको मुख्य समाचार बनिरहेको छ । रातभरि गस्ती गरेर बर्डफ्लु नियन्त्रण टोलीले १० हजारभन्दा बढी कुखुरालाई गुडनाइट गरायो । कुखुरापालक किसान भने सरकारले दिने भनिएको राहत रकम अभाव भएकोमा चिन्ता गरिरहेका छन् । बर्डफ्लु एकखाले महामारी हो । यो प्रकोपले कतिजना किसानको उठिबास हुने हो त्यो कुराको पत्तो छैन ।
बर्डफ्लुका कारण खोरका कुखुरा भकाभक मर्न थालेका छन् । रोग लागेर मरेका कुखुराको भन्दा पनि बढी चिन्ता र चासो जीउँदो कुखुरा (जुन सरकारले खाल्डोमा पुर्दै छ)लाई भएको हुनुपर्दछ । कुखुरा मरेको पीर जति कुखुरापालकलाई छ त्यति नै पीर सत्तामा जान नपाएका राजनीतिक दलका नेतालाई भएको छ । खिलराज रेग्मी सरकारले एक दसकसम्म पनि सत्ता नछोड्ने हो कि भन्ने चिन्ताले सताएको छ ।
मुर्गा संस्कृति फस्टाएको मुलुक भएकै कारण होला नेपालको राजनीति पनि बर्डफ्लु जस्तै रोगी भएको छ । मंसिर ४ मा दोस्रो पटकको संविधानसभाको निर्वाचन भएन भने एक दसकसम्म पनि निर्वाचन नहुन पनि सक्छ भन्दै एकाथरी दलका नेताहरू कुर्लन थालेका छन् । चाररदलको सिन्डिकेट तोड्ने नाममा संविवधानसभाको निर्वाचन बहिस्कारमा उत्रेको वैद्य नेतृत्वका साना दललाई ललिपप देखाउँदै चुनावी मोर्चामा हुल्ने प्रयास सफल हुँदै गएको छ । भक्तपुरबाट बर्डफ्लु सङ्क्रमण बढ्दै गएको जस्तै ३३ दल पनि टुक्रने क्रममा अगाडि बढेको छ ।
फुटाउ र राज गर भन्ने सिद्धान्त हरेक क्षेत्रमा फैलिएको छ बर्डफ्लु जस्तै । फुटेपछि गुडबाई भन्नेहरूको कमी छैन हाम्रो समाजमा । सप्रेको जति सबै आफैंले गरेको भन्न रुचाउने र बिग्रेको जति सबै अरूलाई दोष दिएर उम्कन खोज्ने प्रवृतिले सबै क्षेत्र नराम्रोसँग गाँजेको
छ । उदाहरणका लागि हेटौंडा अस्पताललाई लिन सकिन्छ । अहिले क्षेत्रीय अस्पतालको सेवा सुविधा उपलब्ध भएको भए यहाँका दलहरू जस लिन तँछाडमछाड गरिरहेका हुन्थे । एउटा प्राथमिक स्वास्थ्यकेन्द्रको जस्तै सुविधा उपलब्ध भएका कारण दलहरू लत्रिएका छन् ।
उही मुर्गा संस्कृतिको प्रभाव हेटौंडा अस्पतालमा पनि त छ नि । अस्पताल सुधार गर्न यसै साता एउटा निर्णय भएको छ । हेटौंडा अस्पतालको सेवा यहाँका ठालु पल्टनेहरूलाई चाहिएको छैन । डाँडाखर्क र धिँयालका विपन्न गाउँलेका लागि मात्र त्यो सुविधा चाहिएको छ ।

No comments:

Post a Comment