नेपाली महीलाहरुको महाँन पर्ब
हरीतालीका तीजका अबसरमा सुक्रबार हेटौडा ९६ दशमलब ६ एफ.एमले हेटौडाको पल्पसाहलमा
तीजगित प्रतियोगिता गरेको छ । बिगत ६ बर्षदेखिबाट तिजका अबसरमा एफ. एमले तीज गित
प्रतियोगिता गर्दै आएको हो । सुक्रबार हेटौडामा गरीएको कार्यक्रममा गायिका सोभा
त्रिपाठीले गित गाउँदा दर्जर्नौ दर्शकहरु मन्च र हलभित्र नाच्न ब्यस्त देखिन्थे ।
गायिका सोभा त्रिपाठीले गायका अधिकांश गितमा महीलाहरु संगै पुरुषहरु पनि मुन्टो
हल्लाएर रमाईरहेका थिए । त्यस्तै सिजन उप्रेतीको नृत्यले गर्दा रमाएर ताली बजाउने
र्दकहरुको पनि उस्तै रौनकता देखिन्थ्यो । पल्पसा हलभित्र दर्शकहरुको खचाखचले निकै
गर्मी भएर असीन पसीन भएपनि नाच्न र गाउनका लागि खुट्टा उचालेका महीलाहरुलाई
गर्मिको कुनै पर्बाहनै भएन उनिहरु दिनभर पल्पसा हलमा नाचिनै रहे । यता
प्रतियोगितामा भाग लिएका २० वटा सहभागि समुहले आफुलाई गाउँ घरमा महीला भएकै कारले
परेका समस्या देखि लीएर आधुनीकता झल्कने पनि धेरै गित गाएका थिए । रातै सारी
चोलीमा सजिएका, अनी झरीझुट्ट गरगहना लगाएर हेटौडा आईपुगेका मकवानपुरका
गाउँगाउँका महीलाहरुलाई गित गाएर प्रतियोगितामा बिजयी हुन्छु भन्ने ठुलो आसा भन्दा
पनि तिजको रौनकताका कारण गित गाएर नाच्नमा उत्साही देखिएका थिए । ६ घण्टा सम्मको
लामो तिजगित प्रतियोगिताको कार्यक्रममा युवा, युवती, महीला, पुरुषहरुको उत्तिकै सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा आउनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी एक
नारायण अर्याल, सुपारेटार ब्यारेकका गणपती रोषन खड्कालाई समेत गायिका सोभा
त्रिपाठीले नचाउँदा सबै दर्शकहरु पनि हास्दै ताली बजाउँदै कम्बर मर्काइ मर्काइ
नाच्नमा ब्यस्त देखिन्थे । यस कार्यक्रममा बराईली सुनचाँदी पसल लगायएत अन्य
संघसंस्थाहरुले तिजगीत प्रतियोगितालाई पायोजन गरेका थिए ।
यसैबिच हेटौडा एफ. एमले गरेको तीज गित
प्रतियोगितामा मकवानपुरको निबुवाटारमा रहेको बाराही महीला समुह प्रथम भएको छ ।
बिजयी यस समुहले नगद १० हजार रुपैया रुपैया, मायाँको चिनो र पमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो मकवानपुर गढीमा रहेको सृष्टी समुह रहेको छ । उसले ७ हजार ५ सय
रुपैया हात पारेको छ । त्यस्तै हेटौडाको अन्तरदृष्टी समुह तेस्रो हुन सफल भएको छ ।
उसले नगद पाँच हजार रुपैया हात पारेको छ । बिजयी सबै टिमलाइृ हेटौडा एफ. एमका
अध्यक्ष गणेशप्रसाद भेटवाल, प्रबन्द निर्देशक उज्वल चौलागाँई र गायिका सोभा त्रिपाठीले
पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गर्नु भएको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी एक
नारायण अर्यालले नेपाली महीलाहरुको महान पर्ब तिजलाई सौहार्दपुर्ण वातावरणमा मनाउन
आग्रह गर्नु भएको छ । हेटौडा ९६ दशमलब ६ एफ.एमले हेटौडाको पल्पसाहलमा गरेको तीजगित
प्रतियोगिताको उध्घाटन् गर्दै उहाँले तडक भडक गरेरभन्दा पनि सौहार्दपुर्ण
वातावरणमा तिज गित प्रतियोगिता गर्न आग्रह गर्नु भयो । तीज लगायतका चार्डपर्बको
समयमा बढी चोरी डकैतीका घटना हुने भएकाले यसमा सचेत रहन आग्रह गर्दै उहाँले
भन्नुभयो 'महिलाहरुले मनाउने तीज सुखमयहोस, राम्रोहोस तर दुखका घटना सुन्नु नपरोस ।
त्यसैले तपाई महीलाहरु बढीनै सचेत रहनुस ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका
अध्यक्ष भुवनलाल श्रेष्ठले महीलाहरुलाई तिजको सुभकामना ब्यक्त गर्दै महीलाहरुको
उपचारलाई ध्यानमा राखेर हेटौडा अस्पतालमा स्टाप नर्स लगायतका डाक्टरहरु छिटै आउने
भएकाले महिलाहरुको उपचारका लागि अब केही हद सम्म भएपनि सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा हेटौडा एफ.एमका प्रबन्ध निर्देशक उज्वल चौलागाईले बषैपिच्चछे तीज गित
प्रतियोगिता गरेर मकवानपुरका धेरै महीलाहरुलाई तिजको रौनकता दिन एफ. एमले पनि
सहयोग गरेको बताउनुभयो । कार्यक्रम हेटौडा एफ एमका अध्यक्ष गणेशप्रसाद गणेश
भेटवालको अध्यक्षतामा भएको हो ।
No comments:
Post a Comment