“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Wednesday, August 28, 2013

गोलमेच बैठक केका लागि ?

इन्द्रबहादुर परियार 'नयन'
नेपालका ठूला भनिने चार दलका प्रमुख नेताहरूले सामन्त, दलाल, नोकर शाही पुँजीपति वर्गको पक्षमा संविधान बनाउन नसकिने भएपछि संविधान सभा नै भङ्ग गरिदिए । यो प्रक्रियामा सीमित मुट्ठीभर राष्ट्रघाती दलालहरू अति खुसी भए तर बहुसङ्ख्यक स्वाभिमानी नेपाली जनता अत्यन्त दुःखी भए । राणाकाल, पञ्चायतकाल र बहुदल कालमा बनेका संविधान पनि जनताको पक्षमा हुन सकेन । तैपनि गणतन्त्रसहितको संविधान सभाबाट जनताको संविधान बन्ने कुरामा आम जनता ढुक्क भएर बसेका
थिए । तर २ वर्षको ठाउँमा ४ वर्ष लगाउँदा पनि संविधान नदिएर दलका नेताहरूले संविधान सभा नै भङ्ग गरिदिए । त्यसपछि मुलुकमा भएका मुट्ठीभर विदेशी दलालहरू एकातिर र बहुसङ्ख्यक स्वाभिमानी जनताहरू अर्कोतिर उभिएका छन् ।
राष्ट्रघातीहरूको नेतृत्व पुराना संसदवादी पार्टी र जनयुद्धको बेला नायक बनेका र अहिले जनयुद्धलाई तिलाञ्जलि दिई भारतीय विस्तारवादका सामु घुँडा टेकेर आत्मसमर्पण गरी खलनायक बनेका प्रचण्ड एन्ड बाबुराम कम्पनीले गरिरहेका छन् । बहुसङ्ख्यक स्वाभिमानी देशभक्तहरूको नेतृत्व नेकपा–माओवादीसहितका ३३ दल लगायतले गरिरहेका छन् । राष्ट्रघातीमा दर्ज भइसकेका ठूला भनिने दलका मुख्य नेताहरू सरकार सञ्चालन र संविधान निर्माणमा असफल भइसकेपछि संविधान सभाका अन्य अग्रगामी राजनीतिक पार्टीहरूलाई ठाउँ छोडिदिनु पथ्र्यो । तर त्यसो नगरेर विदेशी प्रभुहरूको इसारामा चार दलका मुख्य नेताहरू Þिवस्कीको तालमा नाच्दै अन्तरिम संविधानको गला रेट्न ११ बुँदे सहमति गरे । राष्ट्रपतिलाई पनि भारतको मतियार बनाएर २५ बुँदे बाधा अड्काउ फुकाउन लगाए । अन्ततः बहालवाला प्रधान न्यायाधिसलाई निर्दलीय सरकार प्रमुख बनाई छाडे ।

त्यसकै आड भरोसामा नेपाली अनुहारका भारतीय दलालहरूले देशलाई सिक्किमीकरण गराउन कथित दोस्रो संविधान सभाको निर्वाचन गराई छाड्न भनेर न्वारानदेखिको बल लगाइरहेका छन् । स्वाभिमानी जनताले एक कानले सुने पनि अर्को कानले उडाइदिएर यो चुनाव तिरस्कार र बहिष्कार गरिरहेका छन् भने अग्रगामी ३३ दलको सशक्त नेतृत्व गरिरहेको नेकपा—माओवादीले ११ बुँदे र २५ बुँदे राष्ट्रघाती बुँदाहरूको खारेजी, निर्दलीय सरकारको बर्खास्ती, सर्वदलीय र सर्वपक्षीय गोलमेच बैठक वा सम्मेलन गरी राजनीतिक पार्टीहरूकै नेतृत्वको सरकार नबनेसम्म यो प्रतिगामी, जनविरोधी र राष्ट्रघाती सार तŒव भएको संविधान सभालाई जसरी पनि असफल पार्ने भनेर श्रावण १० गतेदेखि बहिष्कार आन्दोलनको शुरुवात गरिसकेको छ र भित्रभित्रै निर्वाचन असफल बनाउन उच्च तयारी पनि गरिरहेको छ । यो अवस्थामा राष्ट्रघाती नेताहरू जनताबाट अलग्गिँदै गएका छन् भने बहिष्कारको नेतृत्व गरिरहेको नेकपा—माओवादीप्रति जनसमर्थन झाँगिदै गएको छ । तैपनि रिमोटबाट चलेका राष्ट्रघाती नेताहरू मेरो गोरुको बाह््रै टक्का जसरी निर्दलीय सरकार पनि नहट्ने, राष्ट्रघाती सम्झौताहरू पनि खारेज नगर्ने, निर्वाचन मिति पनि नसार्ने भनेर अहङ्कार गरिरहे पनि नेकपा–माओवादीसहितका अग्रगामी पार्टीहरू शान्तिपूर्ण तरिकाले निकास निकाल्न जिम्मेवारीपूर्वक वार्ताको टेबुलमा बस्न छोडेनन् ।
जसको कारण अहिले गोलमेच बैठकसम्म बस्ने सहमति भएको छ । यो अत्यन्त सकारात्मक छ । यो गोलमेच बैठक अहिलेको आवश्यता पनि हो । तर के यो गोलमेचबाट राष्ट्रघाती नेताहरू निकास निकाल्न तयार छन् ? यदि तयार छन् भने उनीहरूले विगतमा गरेका गम्भीर गल्तीहरू सच्चाउन जरुरी छ र नयाँ सहमतिको लागि तयार हुनुपर्छ । तर विगतका उनीहरूको रवैयालाई हेर्दा गल्ती नसच्याएर अग्रगामी पार्टीहरूलाई निषेध गर्ने गरेका छन् । जसले आजसम्म असहमतिलाई बढावा दिइरहेको छ । तसर्थ विगतमा भएका गम्भीर गल्तीहरू जस्तै दक्षिणतिरको प्रभुहरूको इसारामा बनेको ४ दलीय संयन्त्रको खारेज गर्न संविधान सभाको तमाम दलहरूलाई निषेध गर्न तयार गरेको ११ बुँदेलाई हटाउन, बहुदलको अन्त्य गरी निर्दलीय सरकार बनाउन र विदेशीको सेवा गर्न राष्ट्रपतिद्वारा संशोधन गरिएको २५ बुँदे बाधा अड्काउ हटाउन तयार भएमा अवश्य नै नयाँ सहमतिको बाटो खुल्ने छ । त्यसपछि मात्र दोस्रो संविधान सभा निर्वाचनको सुनिश्चितता हुनेछ । ४ दलका मुख्य नेताहरू यी गल्ती र कमजोरीहरू नसच्याए निर्वाचन सम्भव छैन । तसर्थ नयाँ सहमति हुँदा संविधान सभाको विगतको समीक्षा गरेर के कति कारण संविधान बनेन खुट्याउन जरुरी छ । अर्को, संविधानसभाका बहुमत सदस्यले पास गरेका संविधानका मस्यौदाहरूलाई आत्मसाथ गरी नमिलेका विषयहरूलाई सम्बोधन गर्न मात्र संविधान सभाको निर्वाचन गर्ने सहमति हुन जरुरी छ । त्यसको लागि ४ दलका मुख्य नेताहरूले प्रभुको आदेश अवज्ञा गरेर नेपाल राष्ट्र र जनताप्रति उत्तरदायी बन्न सक्नुपर्छ । तब मात्र गोलमेच बैठक वा सम्मेलनबाट आम सहमति र दोस्रो संविधान सभाको निर्वाचन सम्भव हुनेछ ।

No comments:

Post a Comment