“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, August 19, 2013

प्रुफरिडिङ - जिन्दगी



श्यामकुमार बानियाँ
म यतिबेला घोत्लिएर सोच्दै छुमेरो वास्तविक परिचय के हो ? मेरो समाजमा
के भूमिका हुनु पर्ने हो ? मेरा श्रद्धेय गुरु र आफन्तजनको अपेक्षा मैले पूरा गरेँ वा गर्न सकेँ ? विरानो सहरलाई मैले चिन्न सकेँ ? वा यो सहरले मलाई चिनेको छ ? आदिआदि प्रश्नहरू एकपछि अर्को गर्दै पङ्क्तिबद्ध भएर उभिन्छन् मेरा सामु । मोबाइलमा हिजोआज आउने म्यासेजहरूले पनि मलाई यस्ता कुराहरू सोच्न बाध्य तुल्याउने गरेका छन् । प्रायः लेखिएको हुन्छ
           तपाईँ हिजोआज किन सञ्चार विरोधी जस्तो देखिनुहुन्छ ?
           तपाईँको साहित्यिक यात्रा के हुँदै छ ?
           अचेल तपाईँको रचना पढ्न पाइँदैन नि ? लेखनबाट सन्यास लिनु भएको हो ?
           हैन, तपाईँ हामीभन्दा पहिले पत्रकारितामा लाग्नुभएको मान्छे, कता हराउनुभयो कता ? आदिआदि ।
हो, कविता लेखनमा किन लहसिएँ ? किन अचेल कविता लेख्न सकिरहेको छैन ? कुनै समय पत्रकारितामा लागेँ किन निरन्तररूपमा जमेर लाग्न सकिरहेको छैन म ? यी पनि मेरा मनमा उब्जिरहने सवालहरू हुन् ।
      प्रसङ्ग उप्काऊँ पत्रकारिताको । पत्रपत्रिकामा
रचना छाप्न पाए कस्तो हुन्छ होला जस्तो मलाई
लागिरहरन्थ्यो । म बाल्यकालदेखिनै कविता लेख्न रुचाउँथेँ । एक दिन भानुभक्त आचार्य (पत्रकार महासङ्घका सभापति) गाविस सचिव भएर कालिकाटार आउनुभयो । गाविसमा काम नभएर हो वा विद्यालयमा शिक्षकहरू लामो समय अनुपस्थित भएर हो उहाँले हामीलाई एक हप्ता जति अङ्ग्रेजी पढाउनुभयो । हाम्रै घरमा केही समय बस्नुभयो । त्यही बीचमा म उहाँसँग नजिकिएँ । मैले लेखेका रचनाहरू उहाँले हेरेर मलाई ढाडस दिनु भएको म अझै बिर्सन्नँ । २०५४ साल चैत्र २२ गतेजस्तो लाग्छ— ‘Þवानशीर्षकको कविता नमस्कार साप्ताहिकमा प्रकाशित भएको रहेछ । त्यो रचना डायरीमा हेर्दा नराम्रोजस्तो लाग्थ्यो छापिएपछि यति सुन्दर लाग्यो कि अझै पनि त्यसको वर्णन गर्न म सक्तिनँ । भानु दाइ मलाई प्रकाशनमा ल्याउने पहिलो व्यक्ति हुनुहुन्छ । त्यसपछि जिल्लाका कुराकानी लगायतका साप्ताहिक तथा मासिक पत्रपत्रिकामा रचना प्रकाशनमा आएका हुन् ।
त्यतिबेलै जिल्लाबाट जनमुखी मासिक प्रकाशनमा आयो । गाउँमा शिक्षण गर्न जान ठिक्क परेको मलाई निमेष निखिलले रोक्नुभयो । उहाँले नै जनमुखी मासिकमा काम गर्न लगाउनुभयो । त्यतिबेला पत्रकारिता अहिलेको भन्दा सम्मानित पेशा थियो भन्ने मलाई लाग्छ ।
जनमुखीमै रहँदाको कुरा हो । मासिक पत्रिका भए पनि लाटोकोसेरोको जागिर थियो । (मैले लाटोकोसेरोको जागिर यस अर्थमा भनेको छुसहर निदाउँदा पत्रकारहरू जागा हुन्छन्, दिनभरका गतिविधिहरू कम्प्युटरको स्क्रिनमा हेरेर बिहान सहर जागा नहुँदै दैलादैलामा पु¥याउने काम गर्छन् ।) रातभर सामग्री टाइप हुन्थ्यो । प्रायः सुत्न जाँदा १ बजिसकेको हुन्थ्यो । कोठा कमलडाँडामा थियो । अचेलजस्तो बाक्लै घरहरू थिएनन् । भदौ महिनाको एक रात । आकाशमा कालो बादलले साम्राज्य जमाएको थियो । त्यसमाथि लोडसेडिङ । बत्ती नभएकाले काम थाती राखेर सुत्न हिँडेको थिएँ म । रोशनी पुस्तकालय अगाडि चोकमा मात्र पुगेको थिएँ, अकस्मात् कालो छाया मतिर अगाडि बढ्यो । सम्भवतः बिरालो हुनुपर्छ । कुुकुर छायालाई झम्टन आइपुग्यो ।  छाया पर्खालतिर बढ्यो, म बीचमा परेँ । भुक्दै आएको कुकुरको आवाजले रातको सन्नाटालाई चि¥यो । चारतिरबाट चोकमा कुकुरहरू भेला भए । कुकुरको बीचबाट उम्कन सक्ने अवस्था मेरो थिएन । मेरा गोडा लुला भएर आए । मैले कुकुरसँग आत्मसमर्पण गरेँ । म भुँइमा टस्कोमस नभई बसेको देखेर होला कुकुरहरूले ममाथि हमला गर्ने साहस गरेनन्, भुक्दै परपर भागे । म भने गोडाले भर नदिएकोले दुईतीन मिनेट जति बसेको स्थानबाट उठ्न सकिनँ । त्यस घटनाले मलाई एउटा राम्रै पाठ सिकाएको छ । कुकुर झम्टन आउँदा भाग्न नहुने रहेछ । स्थिर भएर बस्ने हो भने सम्भवतः त्यसले यो खराब नियतको मान्छे होइन भन्ने बुझ्दोरहेछ । शरणको मरण गर्नुहुँदैन भन्ने सिद्धान्त मान्छेले भन्दा बढी कुकुरले बुझेको हुन्छ भन्ने मेरो बुझाइ छ ।
त्यस्तै अर्को रात । घर फर्कँदा सम्भवतः १२ बजेको हुनुपर्छ । वनविज्ञान  क्याम्पस अगाडि दुईजना केटाहरू देखा परे । उनीहरू सायद मेरो साइकल खोसेर भाग्न चाहन्थे । मैले दिइनँ । त्यो साइकल मेरो थियो भने म छोडेर भाग्थेँ र ज्यान जोगाउँथे हुँला तर भान्जा(भानुभक्त विष्ट) सँग मागेर लगेको साइकल भएकाले मैले छोड्न चाहिनँ । उनीहरूले साइकलमा लात्ती प्रहार गरे म साइकलसहित ढलेँ सडकमा । त्यही बाटो हुँदै राजेन्द्र कार्की आइपुगे । उनले मेरो भाइलाई चलाउने को हो भन्दै जुध्न तयार भए । मौका छोपेर म साइकल उठाएर भागेँ । त्यस दिनदेखि त्यो बाटो रातको समय सातआठ वर्षजति पैदल हिँडिनँ जस्तो लाग्छ । मलाई अहिले पनि वनविज्ञान क्याम्पस अगाडि पुग्दा र भान्जाको त्यो
पुरानो साइकल देख्दा त्यो दिन सम्झना हुन्छ । यस घटनाबाट मैले मान्छेले
डराउनु पर्ने मान्छेसितै रहेछ । संसारमा मान्छेभन्दा काम नलाग्ने वस्तु पनि केही छैन र मान्छेजति काम लाग्ने पनि केही रहेनछ भन्ने बुझेको छु ।
आर्थिक अभाव मैले भोग्नु परेको थिएन भने सम्भवतः मेरो प्रवेश पत्रकारितामा हुँदैनथ्यो जस्तो लाग्छ । निमेष दाइले लगाइ दिनुभएको जनमुखी मासिकको जागिर मेरा लागि अनुभव बटुल्ने साधन मात्र बनेन, अप्ठेरोमा फलेको फर्सी साबित बन्दै थियो । २०५८ साल जेठ १९ गते घटेको नाराणहिटी पर्वका खलनायकहरू कोको हुनसक्छन् ? भन्ने इतिहासका घटनाक्रम माथि विश्लेषण गरी लेखिएको लेख प्रकाशित भएपछि कार्यालय बन्द गरेर भाग्नु परेको दिन पनि मेरा लागि अविस्मरणीय छ ।
पत्रिकामा मेरो भूमिका प्रायः प्रुफरिडिङमा रÞयो । धेरैको रचना सम्पादन गरेँ, कमजोर लेख काटछाँट गरी छापिदिँदा थोरै खुसी भए भने धेरै रिसाए ।
धेरैको आलोचना खाएँ, थोरैबाट स्याबासी पाएँ तर मैले आÇनै जिन्दगीको प्रुफरिडिङ भने मैले कहिल्यै गर्न भ्याइनँ ।

No comments:

Post a Comment