श्यामकुमार बानियाँ
म यतिबेला घोत्लिएर सोच्दै छु— मेरो
वास्तविक परिचय के हो ? मेरो समाजमा
के भूमिका हुनु पर्ने हो ? मेरा श्रद्धेय गुरु र आफन्तजनको अपेक्षा मैले पूरा गरेँ वा गर्न सकेँ ? विरानो सहरलाई मैले चिन्न सकेँ ? वा यो सहरले मलाई चिनेको छ ? आदिआदि प्रश्नहरू एकपछि अर्को गर्दै पङ्क्तिबद्ध भएर उभिन्छन् मेरा सामु । मोबाइलमा हिजोआज आउने म्यासेजहरूले पनि मलाई यस्ता कुराहरू सोच्न बाध्य तुल्याउने गरेका छन् । प्रायः लेखिएको हुन्छ—
के भूमिका हुनु पर्ने हो ? मेरा श्रद्धेय गुरु र आफन्तजनको अपेक्षा मैले पूरा गरेँ वा गर्न सकेँ ? विरानो सहरलाई मैले चिन्न सकेँ ? वा यो सहरले मलाई चिनेको छ ? आदिआदि प्रश्नहरू एकपछि अर्को गर्दै पङ्क्तिबद्ध भएर उभिन्छन् मेरा सामु । मोबाइलमा हिजोआज आउने म्यासेजहरूले पनि मलाई यस्ता कुराहरू सोच्न बाध्य तुल्याउने गरेका छन् । प्रायः लेखिएको हुन्छ—
— तपाईँ
हिजोआज किन सञ्चार विरोधी जस्तो देखिनुहुन्छ ?
— तपाईँको
साहित्यिक यात्रा के हुँदै छ ?
— अचेल
तपाईँको रचना पढ्न पाइँदैन नि ? लेखनबाट सन्यास लिनु भएको हो ?
हो, कविता लेखनमा
किन लहसिएँ ? किन अचेल कविता लेख्न सकिरहेको छैन ? कुनै
समय पत्रकारितामा लागेँ किन निरन्तररूपमा जमेर लाग्न सकिरहेको छैन म ? यी
पनि मेरा मनमा उब्जिरहने सवालहरू हुन् ।
प्रसङ्ग
उप्काऊँ पत्रकारिताको । पत्रपत्रिकामा
रचना छाप्न पाए कस्तो हुन्छ होला जस्तो
मलाई
लागिरहरन्थ्यो । म बाल्यकालदेखिनै
कविता लेख्न रुचाउँथेँ । एक दिन भानुभक्त आचार्य (पत्रकार महासङ्घका सभापति) गाविस
सचिव भएर कालिकाटार आउनुभयो । गाविसमा काम नभएर हो वा विद्यालयमा शिक्षकहरू लामो
समय अनुपस्थित भएर हो उहाँले हामीलाई एक हप्ता जति अङ्ग्रेजी पढाउनुभयो । हाम्रै
घरमा केही समय बस्नुभयो । त्यही बीचमा म उहाँसँग नजिकिएँ । मैले लेखेका रचनाहरू
उहाँले हेरेर मलाई ढाडस दिनु भएको म अझै बिर्सन्नँ । २०५४ साल चैत्र २२ गतेजस्तो
लाग्छ— ‘आÞवान’ शीर्षकको कविता
नमस्कार साप्ताहिकमा प्रकाशित भएको रहेछ । त्यो रचना डायरीमा हेर्दा नराम्रोजस्तो
लाग्थ्यो छापिएपछि यति सुन्दर लाग्यो कि अझै पनि त्यसको वर्णन गर्न म सक्तिनँ ।
भानु दाइ मलाई प्रकाशनमा ल्याउने पहिलो व्यक्ति हुनुहुन्छ । त्यसपछि जिल्लाका
कुराकानी लगायतका साप्ताहिक तथा मासिक पत्रपत्रिकामा रचना प्रकाशनमा आएका हुन् ।
त्यतिबेलै जिल्लाबाट जनमुखी मासिक
प्रकाशनमा आयो । गाउँमा शिक्षण गर्न जान ठिक्क परेको मलाई निमेष निखिलले रोक्नुभयो
। उहाँले नै जनमुखी मासिकमा काम गर्न लगाउनुभयो । त्यतिबेला पत्रकारिता अहिलेको
भन्दा सम्मानित पेशा थियो भन्ने मलाई लाग्छ ।
जनमुखीमै रहँदाको कुरा हो । मासिक
पत्रिका भए पनि लाटोकोसेरोको जागिर थियो । (मैले लाटोकोसेरोको जागिर यस अर्थमा
भनेको छु— सहर निदाउँदा पत्रकारहरू जागा हुन्छन्, दिनभरका
गतिविधिहरू कम्प्युटरको स्क्रिनमा हेरेर बिहान सहर जागा नहुँदै दैलादैलामा पु¥याउने
काम गर्छन् ।) रातभर सामग्री टाइप हुन्थ्यो । प्रायः सुत्न जाँदा १ बजिसकेको
हुन्थ्यो । कोठा कमलडाँडामा थियो । अचेलजस्तो बाक्लै घरहरू थिएनन् । भदौ महिनाको
एक रात । आकाशमा कालो बादलले साम्राज्य जमाएको थियो । त्यसमाथि लोडसेडिङ । बत्ती
नभएकाले काम थाती राखेर सुत्न हिँडेको थिएँ म । रोशनी पुस्तकालय अगाडि चोकमा मात्र
पुगेको थिएँ, अकस्मात् कालो छाया मतिर अगाडि बढ्यो ।
सम्भवतः बिरालो हुनुपर्छ । कुुकुर छायालाई झम्टन आइपुग्यो । छाया पर्खालतिर बढ्यो, म
बीचमा परेँ । भुक्दै आएको कुकुरको आवाजले रातको सन्नाटालाई चि¥यो
। चारतिरबाट चोकमा कुकुरहरू भेला भए । कुकुरको बीचबाट उम्कन सक्ने अवस्था मेरो
थिएन । मेरा गोडा लुला भएर आए । मैले कुकुरसँग आत्मसमर्पण गरेँ । म भुँइमा टस्कोमस
नभई बसेको देखेर होला कुकुरहरूले ममाथि हमला गर्ने साहस गरेनन्, भुक्दै
परपर भागे । म भने गोडाले भर नदिएकोले दुईतीन मिनेट जति बसेको स्थानबाट उठ्न सकिनँ
। त्यस घटनाले मलाई एउटा राम्रै पाठ सिकाएको छ । कुकुर झम्टन आउँदा भाग्न नहुने
रहेछ । स्थिर भएर बस्ने हो भने सम्भवतः त्यसले यो खराब नियतको मान्छे होइन भन्ने
बुझ्दोरहेछ । शरणको मरण गर्नुहुँदैन भन्ने सिद्धान्त मान्छेले भन्दा बढी कुकुरले
बुझेको हुन्छ भन्ने मेरो बुझाइ छ ।
त्यस्तै अर्को रात । घर फर्कँदा
सम्भवतः १२ बजेको हुनुपर्छ । वनविज्ञान
क्याम्पस अगाडि दुईजना केटाहरू देखा परे । उनीहरू सायद मेरो साइकल खोसेर
भाग्न चाहन्थे । मैले दिइनँ । त्यो साइकल मेरो थियो भने म छोडेर भाग्थेँ र ज्यान
जोगाउँथे हुँला तर भान्जा(भानुभक्त विष्ट) सँग मागेर लगेको साइकल भएकाले मैले
छोड्न चाहिनँ । उनीहरूले साइकलमा लात्ती प्रहार गरे म साइकलसहित ढलेँ सडकमा ।
त्यही बाटो हुँदै राजेन्द्र कार्की आइपुगे । उनले मेरो भाइलाई चलाउने को हो भन्दै
जुध्न तयार भए । मौका छोपेर म साइकल उठाएर भागेँ । त्यस दिनदेखि त्यो बाटो रातको
समय सातआठ वर्षजति पैदल हिँडिनँ जस्तो लाग्छ । मलाई अहिले पनि वनविज्ञान क्याम्पस
अगाडि पुग्दा र भान्जाको त्यो
पुरानो साइकल देख्दा त्यो दिन सम्झना
हुन्छ । यस घटनाबाट मैले मान्छेले
डराउनु पर्ने मान्छेसितै रहेछ ।
संसारमा मान्छेभन्दा काम नलाग्ने वस्तु पनि केही छैन र मान्छेजति काम लाग्ने पनि
केही रहेनछ भन्ने बुझेको छु ।
आर्थिक अभाव मैले भोग्नु परेको थिएन
भने सम्भवतः मेरो प्रवेश पत्रकारितामा हुँदैनथ्यो जस्तो लाग्छ । निमेष दाइले लगाइ
दिनुभएको जनमुखी मासिकको जागिर मेरा लागि अनुभव बटुल्ने साधन मात्र बनेन, अप्ठेरोमा
फलेको फर्सी साबित बन्दै थियो । २०५८ साल जेठ १९ गते घटेको नाराणहिटी पर्वका
खलनायकहरू कोको हुनसक्छन् ? भन्ने इतिहासका घटनाक्रम माथि विश्लेषण
गरी लेखिएको लेख प्रकाशित भएपछि कार्यालय बन्द गरेर भाग्नु परेको दिन पनि मेरा
लागि अविस्मरणीय छ ।
पत्रिकामा मेरो भूमिका प्रायः
प्रुफरिडिङमा रÞयो । धेरैको रचना सम्पादन गरेँ, कमजोर
लेख काटछाँट गरी छापिदिँदा थोरै खुसी भए भने धेरै रिसाए ।
धेरैको आलोचना खाएँ, थोरैबाट
स्याबासी पाएँ तर मैले आÇनै जिन्दगीको प्रुफरिडिङ भने मैले
कहिल्यै गर्न भ्याइनँ ।

No comments:
Post a Comment