हेटौंडा/नेकपा माले मकवानपुरले प्रत्यक्ष र समानुपातीका लागि उम्मेदवारको छनोट
गरेको छ । पार्टी स्रोतका अनुसार माले मकवानपुले क्षेत्र नम्बर एकबाट कुमार
सञ्जेल, क्षेत्र नम्बर दुईमा शितल लामा,क्षेत्र नम्बर तीनमा रमेश विकको
नाम छनोट गरेको छ ।
मालेका एक जिल्ला सदस्यका अनुसार क्षेत्र नम्बर चारमा तीर्थराज सुवेदी र
अइतेसिंह चेपाङमध्ये एक जनाको नाम छनोटमा विवाद भएपछि स्थगित गरिएको छ ।
मालेले मकवानपुरबाट समानुपातीतर्फ तीर्थदेवी सिलवाल, विष्णुलाल महर्जन र
सविना विकको नाम छनोट गरेको उल्लेख छ । पार्टीको सचिवालयले केही दिनमा चार
नम्बर क्षेत्रबाट एक जनाको नाम छनोट गरेर केन्द्रमा पठाउने भएको छ ।
संविधान सभाको निर्वाचनका लागि मकवानपुरका ठुलादेखि सानादलसम्म चारै क्षेत्रमा उम्मेदवार उठाउनका लागि छनोटमा लागेका छन् । मकवानपुरबाट एमाओवादी र राष्ट्रिय जनमोर्चाले जिल्ला तहबाट सम्भावित उम्मेदवारको नाम छनोट गरेर केन्द्रमा पठाइसकेका छन् ।
No comments:
Post a Comment