“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Saturday, August 31, 2013

पटकपटक चोरीबारे प्रजिअ अर्याललाई ध्यानाकर्षण


अशोक सुजन श्रेष्ठ
बेपत्ता पारिएकाहरुको अन्तराष्ट्रिय दिबसका अबसरमा सुक्रबार हेटौँडामा अन्तरक्रिया गरिएको छ । कार्यक्रम ईन्सेक र क्योक्यापको सहयोगमा न्यायको लागि द्धन्लपीडित समाज मकवानपुर शाखाले आयोजना गरेको हो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको प्रमुख आतिथ्य तथा न्यायका लागि द्धन्द्धपीडित समाज मकवानपुरका अध्यक्ष तेजप्रसाद चौलागाईको अध्यक्षतामा भएको थियो । मकवानपुरमा १६ जना बेपत्ता रहेको न्यायका लागि द्धन्द्धपीडित समाज मकवानपुर शाखाले जनाएको छ । जसमध्ये ११ जनाका परिवारले मात्र राहत पाएका छन् । स्थानिय शान्ति समितिलाई अनुरोध गरेको छ । शान्ति समिति मार्फत् प्राप्त नामावलीलाई काठमाडौँ पठाईएपनि अझैँ निर्णय आएको छैन ।


महिला सहकारीमा चोरीको घटना बढेपनि प्रशासनले दोषी पक्राउ गर्न नसकेको भन्दै सहकारीकर्मीले आक्रोश व्यक्त गरेका छन् । सुक्रबार हेटौँडामा आयोजित महिला सहकारीको सुरक्षा सम्बन्धी अन्तरक्रियामा महिला सहकारीका प्रतिनिधिले दोषी पत्ता लगाई रकम फिर्ता गराएर कारवाहीको माग गरेका छन् । कार्यक्रम प्लान मकवानपुरको सहयोगमा ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको प्रमुख आतिथ्य तथा प्रहरी प्रमुख गणेश ऐरको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रम ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको थियो । ग्रामिण महिला सेवा केन्द्रले ग्रामीण भेगका महिला सहकारीमा पटकपटक चोरी भएको भन्दै प्रमुख जिल्ला अधिकारी अर्याललाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । १७ महिला सहकारीमा ३१ पटकमा १६ लाख रकम चोरी र करिब तीन लाखको भौतिक सम्पत्ति क्षति गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । २०६९ सालमा मात्रै ३ वटा सहकारीमा चोरी भएको तथ्याङ्क छ । २०६६ सालयता मकवानपुरका भीमफेदी, आमभन्ज्याङ, चुरियामाई, कुलेखानी, मार्खुलगायतका १५ गाविसका महिला सहकारीमा चोरी भएको ग्रामीण महिला सेवा केन्द्रले जनाएको छ । कार्यक्रममा प्लान मकवानपुरका प्रमुख डा. चन्द्रकुमार सेन, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, डिभिजन सहकारी कार्यालय हेटौँडाका चिरञ्जिबी न्यौपाने, महिला जागरण सहकारी गढीकी कल्पना श्रेष्ठ, महिला कल्याण बचत तथा ऋण सहकारी आमभन्ज्याङकी निर्मला न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment