“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, August 20, 2013

युवा र पहिचानका मुद्दा


जीवन शर्मा 
युवा दिवस नजिकै जाँदा युवाका विषयमा विभिन्न कार्यक्रम देशभरि नै भैरहेको छ । सरकारी र गैह्र सरकारी संस्थाले विभिन्न कार्यशाला, अन्तक्र्रिया, विभिन्न क्रियाकलाप तालिम गर्ने तय भएको छ । फेरी पनि केही समय युवाका विषयमा बहस हुनेछन् । अनि बहसबाट आएका केही सवाल गैह्र सरकारी संस्थाको सवालका विषय बन्नेछन् । राजनीतिक युवाका लागि राजनीतिक मुद्दा बन्नेछ, सके चुनावमा युवाका विषयलाई पहिलो मुद्दा बनाउलान््, यस्ता विषयमा फेरि विकासे युवाले परियोजना तयार गर्छन् । अहिलेसम्मको युवाका मुद्दाहरू यही चक्रमा चलिरहेको छ र धेरै समयसम्म चलिरहन्छ, नेपाली युवाको पहिचान, सामथ्र्य, नीतिका विषय भने कागज मै सीमित रहने छ ।

पश्चिम जिल्लाका युवा साथीहरूले युवा दिवसका अवसरमा भव्य कार्यक्रम गर्ने भनेर तयारी गरिरहेको अवस्थामा पुगेको थिएँ । एकजना साथीलाई सोधेँ, “के गर्दै हुुनुहुन्छ ? युवा दिवसमा ?” उहाँले भन्नुभयो, “दशहजार युवा भेला गर्ने ।मैले राम्रो भने र अर्को प्रश्न सोधेँ, “अब गाउँमा युवा बाँकी हुनुहुन्छ र ?” उहाँले किन नहुनु ? हल्का उत्तर आयो । समस्या एक, म आफै दाङका विभिन्न गाविसमा जाँदा युवाको सङ्ख्या अत्यन्त न्युन पाए । यहाँ हामीले युवाको पहिचान नै बनाउन नसक्दाको अर्को समस्या देखिएको छ । नेपाली युवा त दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा अरबका देशमा न्युन श्रम बजारमा बिकिरहेका छन् । युवा कसलाई भन्ने कुराको पहिचान नभएसम्म हाम्रो सामथ्र्य, हाम्रा लागि राज्यले तयार गर्ने नीति सधैँ कागज मात्रै हुनेछ । हामी कसरी युवा हामीले चित्त बुझ्दो जवाफ दिनसक्नु पर्छ यसका लागि युवा आफैँ एकजुट हुनु आवश्यक छ । एउटा नीति र अवधारणामा सहमत हुनु जरुरी छ । अन्यथा विभिन्न देशको उदाहरण, राजनीतिक दलका विचार मान्यताका आधारमा फरकफरक युवाको पहिचानले साँच्चै युवाको पहिचान गुमिरहने छ ।
युवा आफैँमा सचेत, रचनात्मक, उर्जाशील र केही गर्नसक्ने हुन्छन् । शारीरिक र मानसिक दुवै रूपमा युवा सबै कार्यका लागि सक्षम छन् । युवाको यो गतिशील ऊर्जालाई अहिले रचनात्मकभन्दा ध्वंसात्मक कार्यका लागि प्रयोग भएको हामी पाउँछौँ । पहिचानको समस्यासँगै अर्को युवा नकारात्मक रूपमा प्रयोग भएको छ । राजनीतिक रूपमा, ठेक्का पट्टामा, डनका रूपमा, लागू पदार्थ दुव्र्यसनमा, वैदेशिक रोजगारमा विभिन्न नाममा युवालाई गलत व्याख्या र प्रयोग भएको छ । हामीले अव सय दुईसय युवा भेला गर्ने, बजार परिक्रमा गर्ने, कार्यशाला गरेर ठुलठुला नीति सिकाउने जस्ता पुराना शैलीका कार्यक्रम मात्रै गर्ने अनि आÇनो पहिचान र सामथ्र्यको सही सदुपयोग गर्न सकेनौ भने वर्षेपिच्छे दिवस मनाइने छ । हामी युवा नकारात्मक रूपमा मात्रै परिचित हुन्छौँ । हामीले गरेको मेहनत, समाज विकासका, राजनीतिक सुधारका लागि गरेको सकारात्मक पहल कहिले बाहिर आउन सक्दैन, यसका लागि पनि युवा दिवस युवाको सोचअनुसार रचनात्मक तरिकाले मनाउनु आवश्यक भैसकेको छ ।

No comments:

Post a Comment