“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, August 27, 2013

शिक्षक आमरण अनसनमा

केशब समर्पण
        हेटौंडा/दुईवर्ष अघि नै जिल्ला शिक्षा कार्यालय मकवानपुरसहित सरोकारवालासँग
भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका मकवानपुरका संस्थागत विद्यालयका शिक्षक आमरण अनसनमा बसेका छन् ।
नेपाल संस्थागत शिक्षक यूनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक यूनियन(इस्टु)को संयुक्त संघर्ष समितिले मंगलबारदेखि जिल्ला शिक्षा कार्यालय मकवानपुरको गेटमा आमरण अनसन थालेको हो । मंगलबार बेलुकाबाट एनइस्टुका केन्द्रीय सदस्य तथा ज्ञानोदय बालबाटीकामा अध्यापन गर्दै आएकी शिक्षिका करुणा थापा आमरण अनसन बसेकी छन् । वार्ताको ढोका खुल्लै रहेको बताउँदै संयुक्त संघर्ष समितिले, माग पूरा नगरिए आज बुधबारबाट अन्य शिक्षक पनि आमरण अनसन बस्ने बताइएको छ । जुनैकुनै उपायबाट पनि आफूहरुको मागको सुनुवाइ नभएकाले आमरण अनसनमा बस्नुपरेको अनसनकारी थापाको भनाइ छ ।
 मंगलबार पत्रकार सम्मेलनमार्फत संघर्ष समितिको बैठकको निर्णय सार्वजनिक गर्दै वार्ता टोलीका संयोजक दीपक गौतमले यसअघिको वार्तामा उधारो सहमति गराउन खोजिएकाले आफूहरु असहमत भएको बताए । ‘शिक्षकलाई तत्काल राहतको प्याकेज नल्याएसम्म आन्दोलन रोकिनेवाला छैन,’ उनले भने–‘हाम्रो यो आन्दोलन निर्णयक हुनेछ ।’ सोमबारको वार्तामा उच्चस्तरीय कार्यदल बनाएर मागको सम्बोधन गर्ने भनिए पनि त्यसमा आफूहरु विश्वस्त नभएको समेत गौतमले बताए । शिक्षकको आन्दोलनका कारण जिल्लाका ७३ वटा संस्थागत विद्यालय दुई दिनदेखि बन्द भएका छन् ।

निजी विद्यालयका शिक्षकले नेपाल सरकारले तोकेअनुसारको तलव सुविधाहरु वृद्वि गर्नुपर्ने, नियुक्तिपत्र पाउनुपर्ने, संचयकोष, उपदान, बिदा, विमाको सुविधा हुनुपर्नेलगायतका माग  संयुक्त संघर्ष समितिले अघि सारेका छ । 
 सरकारी शिक्षकको तहगत रुपमा १८ प्रतिशत तलब बढेको भन्दै आफूहरुलाई पनि सो सरह तलव बढाउनुपर्ने माग गरिएको वार्ता टोली संयोजक गौतमले बताए । ‘गठित कार्यदलको निर्णय मान्न हामी तयार छौं, १८ प्रतिशत नै बढाउनुपर्छ भन्ने पनि छैन तर, सम्बोधन चाहिँ हुनुपर्यो ।’ निजी विद्यालयका शिक्षक, कर्मचारी, प्याप्सन, एनप्याप्सन, जिल्ला शिक्षा कार्यालय मकवानपुरका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधिबीच सोमबार भएको वार्ता सहमतिमा पुग्न नसकेपछि संस्थागत विद्यालय शिक्षक युनियन संयुक्त संघर्ष समिति मकवानपुरले विद्यालय बन्दलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
संस्थागत बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको मागका विषयमा छलफल भइरहे पनि कुनै निश्चित एजेण्डा नहुँदा मंगलबार वार्तामा बस्न नसकिएको प्याप्सन मकवानपुरका अध्यक्ष आषिश श्रेष्ठले बताए । २१ हजार बिद्यार्थीहरु पढ्बाट दुइदिनदेखि बञ्चित भएका छन् । मकवानपुरमा बिद्यालय शान्ति क्षेत्र घोषणा गरिएर यस क्षेत्रमा बन्द हड्ताल, राजनीति गर्न नपाइने भने पनि निजी बिद्यालयका शिक्षक तथा कर्मचारीहरुका कारण बिद्यालयहरु बन्द भएकोमा अभिभाबकहरुले बिरोध गरेका छन् ।

No comments:

Post a Comment