“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Thursday, October 10, 2013

दसैंमा माग्दै नेताहरू



चाडपर्व लगत्तै परेको संविधानसभाको चुनाव नेताहरूको लागि दुबै हातमा लड्डु भएको छ । संविधानसभाका उमेद्वारहरूले यो अवसरलाई राम्रै सदुपयोग गर्ने योजना बनाएका छन् । आफ्नो क्षेत्रमा १२ देखि १५ हजार मत ल्याउनेको जीत हुने भएकाले पनि समय खेर फाल्नु नेतालाई ठूलै मूल्य चुकाउनु बराबर हुनेछ । यसैले, दशैमा समय मिलाएर भएपनि मतदाताहरुलाई भेट्ने योजनामा नेताहरू छन् ।   
नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र बानियाँ आफ्नो मूल घर हर्नामाडीमा बिताउँदा भोटरसङ्ग रहने बताउँछन् । क्षेत्र नं. एकमा आफ्नो जीत निस्चित भए पनि, प्रतिद्वन्दीलाई भारी मतले हराउने योजनाका साथ दसैँमा पूर्वी मकवानपुरका कार्यकर्ता तथा जनतासङ्ग रहने उनको योजना छ ।
उता, अघिल्लो संविधानसभाको चुनावमा पशुपति समशेरको राप्रपाबाट उठेका मकवानपुर क्षेत्र नं. दुईका भीमबहादुर भोम्जनलाई कमल थापाको राप्रपाबाट अहिले उठेकाले चाडबाड हुनु र नहुनु एकै भएको छ । भोम्जन पनि दसैंमा  आफ्नो क्षेत्र नं. दुईका जनताको घरदैलोमा जाने सुरमा छन् ।
यस्तै, मकवानपुर क्षेत्र नं. तीनमा आफूलाई जनताले बिजय गराउने विस्वास राखेका नेकपा एमाले नारायणी अंचल कमिटीका सचिब अनन्त पौडेल दसैंमा मतदाताको घरमा पुग्ने बताउँछन् । चुनाबी अभियान कुनै पनि औपचारिक कार्यक्रम नगरे पनि मतदाताको घरदैलोमा पुगेर दशै मनाउने योजना रहेको उनले बताए ।
त्यसैगरी,  दशै मनाउनका लागि अघिल्ला बर्षहरुमा आफ्नो मुल घर सिंधुली जाने गरेका एकीकृत माओबादी मकवानपुरका ईन्चार्ज तथा मकवानपुर क्षेत्र नं. चारका उमेद्वार सोनामसिं स्याङतान 'बिजय' यसपाली घर नजाने भएका छन् । चुनाब निकै नजिएकाले दशैमा घर जानु भन्दा पनि मतदाता माझ बसेर दशै मान्ने उनको योजना रहेको छ । रगत र पिसाबमा देखिएको समस्याका कारण अस्पतालमा भर्ना हुन डक्टरले दिएको सल्ललाहलाई समेत नमानेर बिजय जनतासङ्ग दसैं मान्न चार नं. क्षेत्र जाने तयारीमा छन् ।   
मकवानपुरका बिभिन्न क्षेत्रका उमेद्वारका साथसाथै अन्य नेता तथा कार्यकर्ताहरूले पनि दसैंलाई भोट माग्ने राम्रो अवसरको रुपमा बुझेका छन्।

'जनताको सहकार्य आवश्यक'

एकीकृत नेकपा माओवादीका नेता तथा मकवानपुर क्षेत्र नंबर २ मा उमेद्वार नारायणकाजी श्रेष्ठ‘प्रकाश’ले जनमुखी राजनीतिलाई अघि बढाउनको लागि जनताको सहकार्य आवश्यक भएको बताउनुभएको छ  । यस अघिको संविधान बनाउनको लागि प्रतिक्रियाबादीले नदिएको बताउँदै उहाले अबको चुनाबमा दुई तिहाइ मत दिई विजयी गराउन आग्रह गर्नुभयो ।
माओवादीबाट वैद्यले एक खेमा चोइटिएर गए पनि एकीकरणले एकीकृत नेकपा माओवादी अझ बलियो भएको बताउनुभयो । यसका लागि मंसिर ४ गते तोकिएको निर्वाचनमा सबैको अर्जुन दृष्टि हुन आग्रह गर्नुभयो । उनले यो चुनाव दोस्रो नभए अन्तिम चुनाव पनि भएको बताउनुभयो । दसैको शुभकामना आर्दान प्रदान कार्यक्रममा उमेद्वार प्रकाशले आफ्नै नेतृत्वको सरकारले स्वीकृत दिएको सुरुङमार्गको नारा लिएर चुनाव जित्ने आश गर्नेहरुको सपना मात्र हुने बताउनुभयो । नेपाली जनतालाई विकास भन्दा संविधान चाहेको उहाँको भनाइ थियो । कम्युनिष्ट पाटी जे गर्छ त्यो बोल्छ, जे बोल्छ त्यो गर्छ भन्दै जनताको माग र चाहेको विकास पूरा गर्ने बताउनुभयो ।  उहाँले चन्द्रागिरी मार्गलाई पूरा गर्ने अभिभारा पनि आफ्नो पार्टीले लिने उद्घोष गर्नुभयोे । मकवानपुर क्षेत्र पर्यटन, कृषि लगायतको विकासको लागि आफ्नो पाटी र आफू तयार भएको उल्लेख गर्दै जिल्लालाई नै नमुना बनाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, एकीकृत नेकपा माओवादी मकवानपुर सचिवालय सदस्य अरुण रायमाझी, ताम्सालिङ राज्य समिति सदस्य ज्योति रायमाझी, पूर्व सभासद् प्रेमबहादुर पुलामी छिन्तु, षेत्रिय इन्चार्ज विष्णु विष्ट ‘आदर्श’ लगायतकाको उपस्थिती रहेको थियो ।  

Wednesday, October 9, 2013

'पाहुना उम्मेदवारलाई बिदाई गर्नूस्'

शिवकुमार काशी
मनहरी/नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य काशिनाथ अधिकारीले पाहुनाका रुपमा विभिन्न पार्टीबाट निर्वाचनमा सहभागी हुन आएका उम्मेदवारलाई क्षेत्रका मतदाताले विदाई गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले ४ नं क्षेत्रीय निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले भूगोलका समस्या र सबालहरुको सही सम्बोधन गर्न भूगोलमै भिजेको नेताको जरुरत रहेको बताए । उनले भने, ‘बाहिरबाट ल्याइएका टुरिस्ट उम्मेदवारहरुबाट डाँडापाखाका सबालहरु नयाँ संविधानमा उठ्नेवाला छैन ।’ उनले डाँडापाखामा आधारभूत जनतासँग भिजेर जीवन बिताएका उम्मेदवारहरुले मात्र जनताका कुराहरु सुन्न सक्ने भएकाले सभासद छनौटमा अत्यन्तै ध्यान पु-याउनुपर्ने तर्क गरे । भने, ‘बिगतमा जस्तो गल्ती नेपाली जनताले अबको चुनावमा गर्ने छैनन् र गर्नु पनि हुँदैन ।’ कार्यक्रममा ४ नं क्षेत्रीय कमिटीका अध्यक्ष तथा उम्मेदवार राजाराम स्याङ्तानले एमालेकै नीति, एमालेकै नेतृत्व भन्ने नारालाई स्थापित गर्न आफू र आफ्नो पार्टी अघि बढेको धारणा ब्यक्त गरे ।
 ४ नं क्षेत्रीय उपाध्यक्ष हेमलाल उप्रेतीको सभाध्यक्षतमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य ललित बस्नेत, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एकराज उप्रेती, क्षेत्रीय इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य गोविन्द चेपाङ, २ नं क्षेत्रीय इन्चार्ज बिष्णु ढकाल, जिल्ला कमिटी सदस्य अनिल बानियाँ, कृष्णवहादुर चेपाङ, नवराज सुवेदी, भूमिनन्द अर्याल, बच्चुराम ढुंगानासहित क्षेत्रीय, जिल्ला, गाउँ तहका पार्टी सदस्य, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
 यसैबीच पोलिट्ब्युरो सदस्य अधिकारी र केन्द्रीय सदस्य बस्नेतले पार्टीका क्षेत्रीय तहका कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिएका छन् । एमालेको नीति, एमालेकै नेतृत्व स्थापित गर्नका लागि भूमिका खेल्न अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको नेकपा एमाले ४ नं क्षेत्रीय कमिटीले जनाएको छ । प्रशिक्षणमा युवा संघ, अनेमसंघ, प्रेस चौतारी, जातीय मुक्ति समाज, अनेकिसंघ लगायतका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।

महासङघको शुभकामना कार्यक्रम

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज हेटौँडामा बडादशैँ, तिहार, नेपाल सम्बत्को अबसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्टको प्रमुख आतिथ्य तथा मकवानपुर अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य राममणी दाहाल, ब्रोडकास्टीङ्ग एशोसिएसन अफ नेपाल(बान)का केन्द्रिय सदस्य उज्ज्वल चौलागाई, सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सरिता दाहाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बालकृष्ण चौलागाईलगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, नेपाली काँग्रेस मकवानपुरलेपनि आज हेटौँडामा बडादशैँ, तिहार, नेपाल सम्बत्, छठ र इदको अबसरमा शुभकामना आदनप्रदान तथा चियापान गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापती रघुरमण न्यौपाने, सचिब बिष्णु दाहाल, निर्बाचन क्षेत्र नम्बर २ का उम्मेदवार जयराम लामिछाने, निर्बाचन क्षेत्र नम्बर ४ की उम्मेदवार उमा दाहाललगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी, बडादशैँ, तिहार, नेपाल सम्बत्, छठ र ल्होछारको अबसरमा सामूदायिक बन उपभोक्ता महासंघ मकवानपुर शाखालेपनि शुभकामना आदनप्रदान तथा चियापान गरेको छ । आजै हेटौँडामा भएको कार्यक्रम सामूदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, हेटौँडाका क्षेत्रीय निर्देशक राजदेबप्रसाद यादबको बिशेष आतिथ्य तथा सामूदायिक बन उपभोक्ता महासंघकी केन्द्रिय कोषाध्यक्ष भारती पाठकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला बन कार्यालय मकवानपुरका जिल्ला बन अधिकृत ईमामुद्दीन अन्सारी, जिल्ला भु–संरक्षण कार्यालयका बामदेव ढकाल, मकवानपुर वन प्राबिधिक समाजका बिष्णुप्रसाद आचार्य, सामूदायिक बन उपभोक्ता महासंघका जिल्ला उपाध्यक्ष चित्रकुमारी गुरुङ्ग, महासचिब महारत्न लामा, सदस्य साधुराम चौलागाईलगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Tuesday, October 8, 2013

असोज २१ गतेको पूरै पत्रिका

पढ्नुहोस असोज २१ गतेको पूरै पत्रिका 













Monday, October 7, 2013

रोभर रेञ्जर क्र्यु मकवानपुरको दिक्षान्त समारोह

मनोज पोख्रेल
नेपाल स्काउट रोभर/ रेञ्जर क्र्यु मकवानपुरको दिक्षान्त समारोह नवलपुरस्थित पुन्यक्षेत्र मन्दिर परिसरमा सम्पन्न भएको छ । गतसालको  भदौ २९ गतेबाट २५ जनाको संख्यामा सुरु भएको क्र्युको एक वर्षको तालिमपश्चात दिक्षान्त भएको हो ।

 तालिममा सफल हुने ६ जना रोभर तथा ९ जना रेञ्जरहरुलाइ रोभर स्काउट लिडर अशोक सारु र रेञ्जर स्काउट लिडर रुकु मिश्रले दिक्षा दिएका हुन् । असोज १८ गतेदेखि २१ गतेसम्म संचालित क्याम्पिंग कार्यक्रममा रोभरहरु अच्युत पराजुली, मनोज पोख्रेल, विमल खत्री , नयनज्योति सुबेदी , साहरुख अन्सारी र श्रवण न्यौपाने तथा रेञ्जरहरु सुमी लामा , रमा श्रेष्ठ , आकृति ढुंगेल , सिर्जना बिडारी , बिबिता मगर , संजिता घलान , निशा गौतम , मेनुका दाहाल र सुनिता डिमडुंग दिक्षित भएका छन् । 
नेपाल स्काउट मकवानपुर जिल्ला आयुक्त बेली थापाको प्रमुख आतिथ्यता रहेको दिक्षान्त समारोहमा स्काउटर बशुधा खड्गी , पुरुषोत्तम आचार्य , तारा दाहाल , नन्दलाल दास , बुद्धिनाथ न्यौपाने , किशोर श्रेष्ठ , शर्मिला श्रेष्ठ , श्रीसटी गुरुङ , सचिन लामा लगायतको आतिथ्यता रहेको थियो । सिनियर टिममेट अच्युत पराजुलीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम दल समिति अध्यक्ष रामहरी मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो।

बाल जाग्रितीको खेलकुदका झलकहरू

बाल जाग्रिती इङ्लिस सेकेन्डरी स्कुल, हेटौँडाले दशैको अवसरमा आयोजना गरेको अन्तरिक त्रिदिवसीय खेलकुद प्रतियोगिताका झलकहरू








Wednesday, October 2, 2013

महिलाविरोधी सांस्कृतिक आधार - आस्था केसी (यसपटक - तीज)

आस्था केसी
हिन्दु महिलाहरुले धुमधामका साथ मनाउने चाड तीज नजिकै आइरहेको छ । परम्परागत मान्यताअनुसार तीजलाई महिलाहरु स्वतन्त्र हुने पर्बका रुपमा लिदैं आइएको छ । अझ पछिल्लो समयमा त झन् यसले बढावा पाएको छ । तीज आउनु अगाडि देखि नै ठूला ठूला होटल रेष्टुराहरुमा दर खाने, महँगा महँगा गहना र पहिरनहरु प्रदर्शन गर्ने होड नै चलेको छ । जसलाई महिलाको स्वतन्त्रताको रुपमा बुझिँदै आएको छ ।
सामान्य रुपबाट हेर्दा तीज पर्बको बेला एक दुई दिन भएपनि महिलाहरु स्वतन्त्र भएको देखिएला तर तीज पर्वलाई मनाउने जुन साँस्कृतिक परम्परा छ त्यसलाई दृष्टिगत गर्दा तीजमा महिला लाई पुरुषको दास बनाउने मान्यतालाई स्थापित गर्ने उदेश्य प्रष्टै देखिन्छ । पछिल्लो समयमा महिला स्वतन्त्रताको कुरा संग जोडेर जुन तडकभडकताका साथ यो पर्व मनाउने संस्कृति बस्दैछ । यसले यो मान्यतालाई अझै सशक्त रुपमा संस्थागत गर्ने काम गरेको छ ।
तीजको सांस्कृतिक आधार नै महिला विरोधी छ । पुरुषको दीर्घायूको कामना गर्दै दिनभरि भोकै प्यासै ब्रत बस्नुपर्ने, पुरुषलाई देवता मानेर पुज्नु पर्ने, पुरुष पहिलो दर्जाको मानिस हो भने महिला दोश्रो दर्जाको मानिस हो, पुरुष सधैं सर्वश्रेष्ठ हो र महिलाले पुरुषको सेवा गर्नुपर्छ  भन्ने मान्यताबाट यो चाड प्रेरित छ । आज महिला स्वतन्त्रताको नारा उराल्दै श्रीमान्को कामनामा ब्रत बस्ने, श्रीमान् सँग हारगुहार गरी महँगामहँगा वस्त्रहरु लगाउने र आफूलाई स्वतन्त्र महसुस गर्ने जुन सहरिया शिक्षित संस्कार बन्दै छ यसले दिनानुदिन महिलालाई परनिर्भरताको जंजीरले बाँध्दै लगिरहेको छ ।
तीजलाई कसरी मनाउने ? तीज महिला अधिकारको पक्षमा छ कि विपक्षमा  छ ? भन्ने विषयमा नेपाली महिलाहरुको विषयमा थुप्रै छलफल, बहश र संघर्षहरु भएका छन् ।
एकातिर तीज स्वतन्त्रतालाई महिला स्वतन्त्रता भएको देख्ने, महंगा महंगा गहना, श्रृंगार र पहिरनमा छम्की छम्की नाच्न पाउने कुरालाई  नै महिला अधिकारको रुपमा बुभm्ने एउटा जमात छ । जसले तीजको रुढिबादी परम्परागत सामन्ती मान्यतालाई पूजिंबादीसंग जोडेर रिमिक्स खालको तीज मनाई रहेको छ, जो संग रिमिक्स खालको तीज मनाउने मनग्ये सम्पत्ति छ । आज रिमिक्स तीजको प्रभाबले रिमिक्स तीज मनाउन खोज्ने तर हैसियत नपुग्ने नेपाली महिला दिदी बहिनीहरुको बिजोग छ ।
पछिल्लो समयमा पूँजीवादी उपभोक्ताबादी संस्कृतिले तीजलाई नराम्रो संग जकडिरहेको छ । महँगा गहनाहरुको होडबाजी, गहनाहरुको एकप्रकारको प्रतिस्पर्धा, त्यसलाई आर्थिक र  सामाजिक प्रतिष्ठाको विषय बनाउने मनोविज्ञान त्यसका उदाहरण हुन् । जसको नकारात्मक परिणाम स्वरुप थुप्रै विकृतिहरु आज हामीले भोगिरहेका छौं । तीजलाई यहीं रुपमा मनाउने हो भने यसले भविष्यमा ठूलो दुष्परिणाम नल्याउला भन्न सकिन्न ।त्यसैले तीजलाई साँच्चिकै महिला स्वतन्त्रताको पक्षमा उपयोग गर्ने हो भने त्यसको महिला विरोधी सांस्कृतिक मान्यता या भनौ तीज पर्व भित्रको चरम पित्तृसत्तावादी सोंचलाई पुरै उल्ट्याउन आवश्यक छ । घुमाइफिराई महिलालाई पुरुषको मनोरञ्जनको साधनमा बदल्ने कुरालाई पूरै बदल्नुपर्ने भएको छ । बजारका अन्य बिकाउ सामान जस्तै महिलालाई पनि बजारका त्यस्तै माल सामान मान्ने पूँजीवादी सोंचलाई पुरै विस्थापित गर्न जरुरी छ । त्यसको लागि आफूलाई आधुनिक र शिक्षित ठान्ने सम्पूर्ण महिलाहरुले यो कुरालाई गम्भीरतापूर्वक आत्मसाथ गर्नु आजको महत्वपूर्ण आवश्यकता हो ।
(लेखक एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका  केन्द्रीय सदस्य हुनुहुन्छ)

जनताले कम्युनिस्ट हेरिसके, अब हामीलाई रोज्छन् - मधु अधिकारी

मधु अधिकारी, राप्रपा नेपालका केन्द्रीय सदस्य हुन् । राष्ट्रवादी क्लबबाट समाजसेवा गर्दै उनी २०४१ सालतिर राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् । २०४७ सालमा युवक सङ्गठनको सभापति, २०४९ मा पार्टीको जिल्ला सदस्य २०४९ मै नगर अध्यक्ष, २०५३–०५४ देखि पटकपटक पार्टी सचिव समेत भई राजनीतिमा  सक्रिय रहेका अधिकारीले २०६०÷०६१ मा हेनपाका मेयरमा मनोनीत  उनी ११ महिना  रहे । त्यस्तै २०६२ मा तत्कालीन शाही सरकारले गरेको निर्वाचनमा जितेर ३ महिना  थप मेयर भए । २०६४ सालदेखि स्वतन्त्र जीवन बिताइरहेका अधिकारी हाल फेरि पार्टीकै राजनीतिमा सक्रिय छन् ।  इमानदार तथा प्रभावशाली नेताका रुपमा परिचित अधिकारीसँग राम अविकासले गर्नुभएको कुराकानी :

संविधानसभा निर्वाचनका लागि सबै दलले आफ्ना उम्मेदवार छानिसके, तर राप्रपा नेपालको चाहिँ किन ढिलाइ ?
        पार्टीभित्र आन्तरिक छलफल चलिरहेकै छ । हामी छिट्टै
टुंगो लगाउँछौँ ।

 उम्मेदवारीको विषयलाई लिएर केही मतभेद छ ?
        राप्रपा नेपालभित्र कुनै विवाद छैन । हामी सर्वसम्मत उम्मेदवारको चयन
गर्छौँ । विवाद बरु अन्यत्र छ, तर हामीभित्र त्यस्तो कुनै मतभेद छैन ।
नेकपा–माओवादीले घोषितरुपमै चुनाव बिथोेल्छौँ भनिरहँदा भयरहित वातावरणमा चुनाव हुन सक्ला ?
        यो वास्तवमा चार दलको निषेधको राजनीतिले गर्दा निश्चय नै पनि निर्वाचनका लागि सहज वातावरण बनिरहेको छैन । वैद्यलगायतका राजनीतिक दलहरु निर्वाचनको प्रक्रियाभन्दा बाहिर रहेका छन् । हाम्रो पार्टी के भनिरहेको छ भने संविधानसभा जस्तो ऐतिहासिक निर्वाचनमा सबैलाई समेट्नुपर्छ । यसका लागि चार भन्दा पनि राष्ट्रपति वा अहिलेका सरकार प्रमुखले यसको अग्रसरता लिनुपर्छ । तर उनीहरु आउन नसक्नुका पछाडि चैँ चारदलको सिन्डिकेट र निषेधको राजनीति नै प्रमुख रुपमा जिम्मेवार छ ।

दिवास्वप्न - भानुभक्त आचार्य

भानुभक्त आचार्य
पछिल्लो साता राजनीतिक दलहरुले होनाहार नेताहरुलाई आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचका लागि सम्भाबित उमेदवारी चयन गर्नका लागि शिफारिस गरेर केन्द्रीय तहमा पठाउने काम गरेका छन् ।
धेरै नेताहरुको क्षमतामा प्रश्न गर्नुको कुनै तुक छैन । नेतामा हुनुपर्ने ३२ सै गुन उनीहरुमा छ । तर, जनता जो मतदाता पनि छन् तिनै बेईमान छन् ।
कसलाई मतदान गर्ने भन्ने कुरामा बिचार गर्ने कामै गर्दैनन् । मतदाताले आफ्नो अमूल्य मतदान गलत ठाउमा प्रयोग गरेकै कारण निर्वाचनले दिने परिणाम सकारात्मक नभएको हुनसक्छ । संबिधानसभा निर्वाचनमा हामीले संबिधान लेख्न सक्ने क्षमता भएको नेता चयन गर्नु पर्छ भन्ने मान्यता होईन । बरु उनीहरुले देशको ढुकुटी खाली गर्नका लागि के कस्ता योजना अघि सार्न सक्छन् भन्ने बिषयमा बहस चलाउनु पर्ने हो कि ?
नेपालको एकमात्र रंगशालामा जारी साफ फुटबल प्रतियोगितामा नेपालको बिजयलाई सबैले प्रशंसा गरेका छन् । शुक्रबार प्रकाशन भएको एक अखबारको कार्टुन हेरेपछि मलाई संबिधानसभा निर्वाचन पछिको परिणाम पनि के हुन्छ भन्ने अनुमान लगाउन सजिलै होला भन्ने लागेको छ । फेरि पनि संबिधानसभाको बिकल्पका कुरा गर्नेलाई राज्यले छुट दिनेवाला छैन । यस्तो बिकल्पको खोजी गर्ने छुट पनि कसैले पाएका छन् जस्तो मलाई लाग्दैन ।
संबिधान बनाउनकै लागि संबिधानसभाको निर्वाचन गर्नु पर्दैन भन्ने बैद्य पक्षको भनाइलाई कसैले स्वीकारेका छैनन् । त्यसैले संबिधान बनाउनकै लागि मुलुकमा दोस्रो पटक पनि संबिधानसभाको निर्वाचन हुन लागेको छ । यसपटकको निर्वाचन पछि पनि संघीय गणतन्त्र चाहेका नेपालीले खोजेजस्तो संबिधान पाउने ग्यारेन्टी भने छैन । सबै दलहरुलाई आफ्नै खालको संघीयता चाहिएको छ । आफ्नै खालको लोकतन्त्र चाहिएको छ । सबैको साझा भावना समेटिने संबिधान बन्ला भनेर धैरै आशा नगरे हुन्छ ।
यतिबेला थोरै लचकता देखाउने हिम्मत नभएका ठूला भनिएका राजनीतिक दलहरुलाई आफ्नो साईज परिबर्तन होला भन्ने चिन्ताले पनि सताएको छ । साईज खोजेर बस्ने दलले मुलुकको गन्तब्य देला भन्नु केवल दिवास्वप्ना मात्र हो । नेतामा भएको यही एउटा दिवास्वप्ना बाँड्न सक्ने क्षमता हेरेरै भएपनि दलहरुले आगामी संबिधानसभाको निर्वाचनका लागि उमेद्वार छनोट गरेका छन् । २०६४ मा भएको संविधानसभा निर्वाचनको समयमा खसेको मत केलाएर चुनावी अभियानमा होमिएका संभाबित उमेद्वारलाई बधाई दिनु सिवाय नेपाली जनताले केही पनि गर्ने अवस्था छैन ।

तरुनी भइनसकेकी म्हेन्दो

रामकुमार एलन 
घरमा सधैँ खाल । बाउकै त्यो ताल । आमा छैनन् । दिदीहरूको घरजम । फुल्नै लागेको कोपिला चुँड्नेको लर्को । तर म्हेन्दोलाई यो सब निको लागिरहेको छैन । खोइ गाउँमा सबलाई भा’छ । ठूलाबडाले दाह्री दले नि हुने, समाते, टोके नि हुने । मन परे ताने, बोके पनि हुने । आइमाई त लोग्नेका खेलौना न हुन् । तर म्हेन्दो फरक छे । घरपरिवारको माहौलमा म्हेन्दो खुसी छैन । उ यहाँबाट फुत्कन पाए हुन्थ्यो भन्ने सोच्छे । तर जाने कहाँ ? मामाघरमा पनि यही ताल छ । मामाका छोरीहरू बम्बईमा गएका छन् भन्ने सुनिएको हो, कहाँ गए, के गर्छन्, कोही भन्दैनन् । बाबुले अह्राएकाले जबर्जस्त जाँड छानेर दिने ड्युटी छ उसको । जाँडका डबका भनेर म्हेन्दोको घाँँघरमुनि हात लगेर तिघ्रा चिमोट्ने राइनासे ठिटाहरुलाई म्हेन्दो ‘झ्यास’ जति नि गन्दिन र हिर्काउँछे । छुन दिन्न । छातीमा हात त पर्नै दिन्न ।
अल्लारेहरू जिस्क्याउँछन् । म्हेन्दो फर्केर हेर्दिन । ‘भर्खरकी छे, अलिकति पानी चढोस् । आफैँ आउँछे, चिमोट्दै,’ केटाहरू पगार्न खोज्छन् ।
‘तसँग कुनै रहर छैन,’ म्हेन्दो झर्किन्छे ।
‘हेरौँला हामी पनि । टाँसिँदै आउछेस् कुनै दिन,’ केटाहरू जिस्क्याउँछन् ।
‘कसरी आउँला ? तेरो घरमा दिदीबहिनी छैन ? सोध्नू नि गएर,’ म्हेन्दो मुखभरिको जवाफ दिन्छे । उसलाई केटाहरू ‘फतर्की’ भन्छन् ।
हेर्दा म्हेन्दो फक्रन लागेको फूल जस्तै छे । तर भवँरालाई चैं वरपर ढिम्कन दिन्न ।
भन्ेछ, ‘म बाटाको मादल होइन । जसले जतिखेर जताबाट पनि बजाउने ।’
उसले धेरैपटक वरपर जिस्कन आउनेलाई पिटेकी छे, चिमोटेर घाइते
पारेकी छे । लात पनि हानेकी छे । अचम्मैको विद्रोही छे म्हेन्दो । केटाहरू लोर्के स्याङ्तानलाई कुरा लाउँछन्, ‘तिम्रा छोरी आरनमा बनाएको हो कि क्या हो ? कति निष्टुरी तातो फलामजस्ती ?’
गर्मी हपहपी छ । मकैका ढोड, मान्छेभन्दा अग्ला छन् । हावा चल्दैन । दिउँसो पानी पर्दैन । चुर्लिङ बगर धपक्क बलेको छ । स्याउली बजारमा मान्छेहरू भट्टीमा छिरेका छन् । तास खेलेका छन्, जाँड खाएका छन् । क्यारेमबोर्ड खेलेका छन् । बाजी जितेका छन् । हारेका छन् । चारैतिरको केन्द्र हो स्याउली बजार । सुरूमा आल्खोपको घर पहिरोले बगाएपछि छेवाङ् साइँलाले एउटा सानो छाप्रो हालेका थिए बगरमा । घरबारी नभएपछि जाँड बेचेर चलाएका थिए गुजारा । गाउँका पुराना प्रधानपञ्च, बेलाबखत स्याउली बजार बस्थ्यो, हराउँथ्यो, फेरि बस्थ्यो स्याउलीबाङमा । कहिले राम्रो हुन्थ्यो, कहिले नराम्रो । गाउँमा साना छाप्रामा चल्ने अस्थायी बजारलाई स्याउली बजार मानिन्थ्यो तर यसले गाउँको परिवर्तन, आम्दानी र झगडामा पनि उस्तै असर पाथ्र्यो । स्याउली बजारमै जाँड खाएर खप्पर फोरेका खप्परे गोले र होत्परे मुक्तान अझै बोल्दैनन् । सामान्य निउँमा स्याउली बजारमा जाँड खाएर झगडा
गरेपछि उनीहरू झगडामात्र गरेनन्, स्याउली बजारमा आगो झोसेर हिँड्नाले डिमडुङ साइँला परिवारसहित गड्यौलीतिर हिँड्यो । धेरै समयपछि फेरि स्याउली बजार सुरू भएको छ स्याउलीबाङ भट्टीमा । 
छाप्रोको भट्टी । जाँडको व्यापार । छेवाङ् मकै खोज्न गाउँ जान्थ्यो । ल्याएर पिँध्थ्यो घट्टमा । बगरमा ढिँडो पकाउँथ्यो । मान्द्रोमा मोर्चा मोल्थ्यो । जाँड बनाउँथ्यो । स्वास्नी आसमाया जाँड छान्थी । बेच्थी । एवम् रीतले स्याउली बजार चलेको महिना बित्दै थियो । बगरको बजार हो स्याउली बजार । नजिकै तातो घाममा झ्वाम्म पौडी खेल्ने । डबकाका डबका जाँड धोक्ने । अनि डहरमै सुत्ने । गर्मीमा आँपका चिचिला चपाउने ।
अरू के चाहियो ? आउँ परेर मान्छे डोकोमा हालेर मनहरी लग्यो, कोहीकोही मात्र फर्कन्थे । धेरै उतै मर्थे । पैसा खोज्न सके कोही भरतपुर पुग्थे । साधारण रूघाखोकी र आउँकै भरमा मान्छेहरू मर्थे । तैपनि डबकाको जाँड छोड्न गाह्रो थियो गाउँलेलाई । अझ पछि त स्याउली बजारको रक्सीमा विकासे मल हालेको हल्ला गर्थे गाउँलेहरू, धोक्न चैँ छाड्दैनथे । क्रमशः

सन्दर्भमा भावहरूका सन्दर्भ - विहङ्गम

निमेष निखिल
बिहानी प्यारो तिमीसँगको
कहानी प्यारो तिमीसँगको ।
गजल वर्तमान नेपाली साहित्यमा सर्वाधिक मौलाएको रचना हो । सबै उमेर समूहका लेखकले गजल रचनालाई रुचिको विषय बनाउँदै आएका छन् । प्रेमप्रणय प्रधान रचनाका रूपमा उर्दु फारसीबाट नेपाली साहित्यमा भित्रिएको रचना भए पनि वर्तमान समयमम्म आइपुग्दा यसले व्यापक विषय क्षेत्रमा विस्तृति पाइसकेको छ । देवराज तिवारी (२०३०) वि.स. २०६४ मा मकवानपुर आई खासगरी काव्यसाहित्यका विविध विधामा कला चलाउँदै आएका स्रष्टा हुन् । कविता, गजल, मुक्तक आदि रचनाहरूको सिर्जनामा यिनको लेखनी बढी केन्द्रित हुँदै आएको देखिन्छ । यिनै कवि पछिल्लो समय ुभावहरूका सन्दर्भु गजल सङ्ग्रह लिएर देखा परेका छन् ।
भावहरूका सन्दर्भ विविध विषयवस्तुमा लेखिएका कुल सत्तरी गजलहरूको सङ्ग्रह हो । मायाप्रेम र देशप्रेम नै सङ्ग्रहका अधिकांश गजलहरूको विषयवस्तु बनेर आएको देखिन्छ । देश र समाजका विकृति तथा विसङ्गतिलाई पनि उनले आÇना गजलको विषय बनाएका छन् । पछिल्लो समयमा देखा परेको सङ्क्रमणले समाजका हरेक क्षेत्रमा  ल्याएको विसङ्गत अवस्थाप्रति गजलकारले चिन्ता जाहेर गरेका छन् । प्रेमप्रणयका गजलहरूमा सम्भोग र विप्रलम्भ दुबैखाले शृङ्गारको प्रयोग पाइन्छ । सबै नेपाली जस्तै सीमा अतिक्रमण गरिएकोप्रति पनि गजलकार चिन्तित छन् । समाजमा मान्छेले मान्छे जस्तै बनेर बाँच्न पाउनु पर्ने पक्षमा उनका गजलहरूले वकालत गरेका छन् । समान्य ढङ्गले भन्नुपर्दा आजको समाज र आजका मान्छेको नियति नै देवराजका गजलहरूको विषयगत सेरोफेरो हो । यस अर्थमा देशका विभिन्न भागहरूबाट प्रकाशित भइरहेका गजलका पुस्तकभन्दा यो कृति पनि भिन्न र विशिष्ट देखिँदैन ।
साहित्य भन्नु नै भाषिक कला हो । सामान्य कुरालाई विशिष्ट शैलीमा भनियो भने त्यो साहित्य हुन्छ । साहित्यका कुनै विधामा कला र विचारको सन्तुलन हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । यस मान्यताको परिपालना गर्ने प्रयत्न यस कृतिका सर्जकले पनि गरेका छन् । यति हुँदाहुँदै पनि सङ्ग्रहका अधिकांश गजलहरू सामान्य खालका नै देखिन्छन् । गजलले जुन प्रकारको प्रभाव पाठक÷श्रोतामा सिर्जना गर्नुपर्ने हो त्यो सशक्तता यस सङ्ग्रहका थोरै गजलहमा मात्रै पाइन्छ । हुन त सबै रचनाहरू एक समान हुन सक्तैनन् । तथापि पुनर्लेखन र परिष्कारको अभाव हो कि भन्ने अवस्था यहाँका केही गजलहरू सिर्जना गरेका छन् । वर्णविन्यासगत त्रुटिहरू पनि पुस्तकमा पर्याप्त छन् ।
देवराज आफै एक जना असल भाषाशिक्षक भएका नाताले पनि यसो नहुनु पथ्र्यो । त्यसैगरी केही गजलमा काफिया मिलाउनकै लागि प्रचलित शब्दका रूपहरूलाई विचलनयुक्त ढङ्गले प्रयोग गरिएको अवस्था पनि देखिन्छ । त्यस्तै केही गजलहरूमा रदिफ काफियाको सामान्य तुकबन्दी मात्र मिलाउने प्रयास गरिएको पनि आभास हुन्छ । अधिकांश गजलहरूमा अभिव्यक्तिको सोझोपनको वर्चस्व देखिन्छ । आÞलादकारी र चमत्कारपूर्ण अभिव्यक्तिको संयोजन र सन्तुलन मिलाउन सकिएको भए गजलहरू अझ सशक्त बन्न सक्थे । त्यस्तै सङ्ग्रका तिन वटा गजलहरूमा तिन सेरमा रहेका छन् । रुढ नियम नै नभए पनि कम्तीमा चार सेरमा गजल लेखिनु पर्ने आम मान्यता रहेको 

 देखिन्छ । त्यस्तै कम्प्युटर सेटिङ जस्ता प्राविधिक पक्षमा पनि पुस्तक कमजोर नै प्रतीत हुन्छ । जे होस्, देवराजजीको पुस्तक प्रकाशन हुनु आफैँमा सुखद पक्ष हो । भविष्यमा उहाँका अझ सुन्दर र सशक्त रचनाहरू प्रकाशित हुँदै जाऊन् ।

साताको कविता - तुलसी घिमिरे

तुलसी घिमिरे प्रायश: गीतमा कलम चलाउन मन पराउने मकवानपुरका काव्यिक हस्ताक्षर हुन् । यिनी साहित्य सङ्गम मकवानपुरका हालको कार्यसमितिका सल्लाहकार पनि हुन् । लेखनीमा सरलताकै उद्भव गराउने यिनको मकवानपुरमा लामो साहित्यिक क्रियाशीलताको अवधी रहेको छ । विशेषतः प्रकृतिजन्य बिम्ब र प्रतीकहरुमा आफ्नो रचनाहरुको सम्प्रेषण गर्ने घिमिरे समयसचेत लेखनमा विश्वास गर्छन् । यिनै कविको कवितालाई भूमध्यरेखाको यो अङ्कमा समावेश गरेका छौँ ।
पहाड, म र चराहरु


मेरो गाउँलाई चरप्प काखमा च्यापेर
सिनित्त सुतेको छ पहाड
यो दुख्याहा  ठाउँमा
यो निर्जन गाउँमा
पहाड छ
म छु
र छन् चराहरु
थोप्लाथोप्ली खस्छ घाम पराले गुन्द्रीमा
रातीमा छ्याङ्गै देखिन्छ जूनतारा
सुरलिँदै धुरीखाँबोबाट
सलल बग्छ पानी मझेरीमा
दाँत झरेको बुढो जाँतो
हाँसिरहेको छ पिँढीमा
मुसल फुस्केको अपाङ्ग ढिकी
लडिरहेको छ पालीमा
डोकाको मुख जालोले तुनेर
सिकार खेल्न आतुर छ माकुरो
गुँड  लगाउन तल्लीन छ भँगेरो
हेर्छु माथि काफले डाँडोमा
भोका बाँदरहरु मकै खोज्दै छन्
सुगाहरु ढोड चिथोर्र्दै छन्
मैले जुरे गोरु जोतेको पाटोमा
झ्याँगिएको छ सिस्नो र तीतेपाती
रुखहरु घाँसका भारी बोकेर
ठिङ्ग उभिएका छन्

पहाडमा
गएको रात पटक्कै निद्रा परेन
कोल्टे फेर्दै रात गयो
सपनामा दौँतरीहरु आए
मादल बजाए
दोहोरी गाए
रातभरि रमाइलो गरे
मुख सुकेर प्याकप्याक भएछ
ओहो कति डरलाग्दो सपना
यस्तो सपना
मैले यो पहाडमा
आज अघि कहिल्यै देखेको थिइनँ
कहिले म भीरबाट खस्छु
कहिले म पहाडैपहाड दौडिन्छु
अब धेरै बाँचिन्न कि के हो ?
यो निखुर्को हिउँद काटिन्न कि के हो ?
कि मलाई कालले लान्छ
कि मलाई अनिकालले खान्छ
अब म यो पहाडमा ढल्छु कि क्या हो ?
माटो जस्तै भएर भतक्कै गल्छु कि क्या हो ?
कसले पिलाउला एक तुर्को पानी ?
कसले देला एक फ्वाँक ओखती ?
कसले लैजाला खटमा कसेर ?
कसले  फुक्ला शङ्ख मेरो अगाडि ?
कोही हुन्न कि क्या हो ?
हे देवी देउराली
हे पाटी पौवा चौतारी
म मरेँ भने वनफूल टिपेर चढाइदिनू
पाती चुँडेर लगाइदिनू
अरुले सोधे म मरेँ भन्दिनू
यो घामपानीको जिन्दगीलाई
यो हाडछालाको शरीरलाई
कि ठुँग्छ मलाई सिमले चराले ?
कि टोक्छ मलाई बुढी कमिलाले ?
कि पार्छ औँशा मेरो मुखमा ?
कि लतार्छ गोडा स्यालले ओढारमा ?
बैगुनीहरुले छोडेर गए
निर्मोहीहरुले मायाँ मारेर गए
कोही उडेर गए
कोही गुडेर गए
आज गाउँमा पहाड छ
म छु
र साथी छन् चराहरु
म यो पहाडको अस्ताउँदो घाम भएँ
खोटो नचल्ने दाम भएँ
मलाई पहाडले कैदी बनायो
म देखाउन सक्दिनँ  माटो निचोरेर
म बताउन सक्दिनँ छाती चिरेर
मेरो मायाँ यो पहाडमा धेरै धेरै अग्लो छ
आकाशभन्दा उचो छ
समुन्द्र भन्दा गहिरो छ
आज पहाड मसँग हा¥यो
म पहाडसँग हारेँ
पहाडमा आज हामी दुई हरुवा छौँ
हामी उस्तै पानी मरुवा छौँ
यो पहाडमा मेरो सालनाल गाडिएको छ
यो माटोमा मेरो  रगत पसिना भिजेको छ

आज आकाश फनफनी नाच्न थाल्यो
पहाड पनि उसैउसै घुम्न थाल्यो
साँचो हो कि झुठो हो
यो सपना हो कि विपना हो
चराहरुबोलेको सुन्छु
मान्छेहरु खोकेको सुन्छु
ढिकी पनि कुटेझैँ लाग्छ
जाँतो पनि पिसेझैँ लाग्छ
ए १ साहिँली
ए १ माहिली
ए १ धने
ए १ वीरे
तिमीहरु छौ कि नाइँ ?
यो गाउँमा कोही उडेर गए
कोही गुडेर गए
आज म पहाडमा छु
पहाड छ
र साथी छन् चराहरु

—  हेटौँडा २

कथा - भोलिको प्रतीक्षा

श्रीराम पाण्डे 
आज पनि दिन उघ्रिएन– लगातार तीन चार दिनदेखि धुम्मिइरहेको दिन उसको मनजस्तै आज पनि अँध्यारै भयो । पानी पर्न खोजेर पनि पर्न नसक्ने र घाम पनि लाग्न नसक्ने । कहिलेकाहीँ त मौसम पनि मान्छेकै मनसँग ठ्याम्मै मिल्न सक्ने– कस्तो गजब । निक्कै अगाडि पनि यस्तैगरी दिन धुम्मिएको थियो र मन पनि । त्यसबेला त ऊ भर्खरको युवक थियो, जे भन्यो त्यही गर्न सक्ने । विचारधारा पनि उसको राम्रै थियो जनतासँग मेल खाने ।
अर्काको दुःख राम्ररी बुझ्ने । परन्तु त्यसबेला उसको घरगृहस्थी राम्रै थियो– एउटा सानो परिवार, उसको सानो संसार । त्यसबेला उसकी स्वास्नी थिई मनमती । जिन्दगीभरि साथ दिने वाचा गरेर भिœयाएको थियो । वाचा र बन्धनले मात्र जिन्दगी बित्न कहाँ सक्छ र ? वाचाबन्धनका मर्यादा पनि राख्न सक्नुपर्दोरहेछ । मर्यादाहीन जिन्दगी वास्तवमा जिन्दगी नै होइन रहेछ । निस्सार, तुच्छ र निरस हुँदो रहेछ त्यस्तो बँचाइ । अनेकौँ अभिलाषालाई भित्री हृदयमा साँचेर निरन्तर सम्बन्ध राम्रो पारेर बाँच्न चाह्यो उसले । मनमतीसँग राम्ररी जीवन बिताउन चाह्यो उसले तर खोइ के भयो के ? मनमती र उसको ग्रहै मिलेन । जत्ति प्रयास गरे पनि सकेन, हार खायो उसले । अनि उसले मनमतीलाई झुठा दोषहरु लगाउन थाल्यो । माया गर्दागर्दै पनि पिट्न लाग्यो । मनमतीले राम्ररी घर नगरोस् भन्ने उद्येश्य लिएर उसले मनमतिलाई ताडना दियो, मानसिक र शारीरिक । यस कार्यले मनमतीले घुर्की मात्र सहनुप¥यो । एक दुई पटक त हो परन्तु उसको लगातारको यस्तो व्यवहारले मनमतीको मन कुँडियो र उसको ताडना सहन नसकेर उसकी स्वास्नीले सधैँको लागि छोडेर गई । हो त्यसबेला पनि उसको मन आजै जसरी धुम्मिएको थियो । त्यसबेला उसले स्वास्नीसँग माफी मागेको थियो परन्तु निष्ठुर मन भएकी उसकी स्वास्नीले उसलाई माफी दिइन । यसरी उसको र उसकी स्वास्नीको सम्बन्ध विच्छेद भयो ।  सदासदाका लागि उनीहरु छुट्टिए । मनमतीसँगै जिन्दगी बिताउने उसको विचार सिसाझैँ फुट्यो र चकनाचुर भयो । त्यसपछि त्यो जोडिएर सिङ्गै ऐना बन्नुजत्तिकै असम्भव भयो उसको र मनमतीको मिलन । फुटेका सीसाका टुक्रा जोडेर सद्ये ऐना हेर्ने उसको रहर कहिल्यै पूरा भएन । निरश र निराश भएर ऊ अलमल्लतामा बाँच्न विवश भयो ।
मान्छेको जिन्दगीमा घटनाहरु परी आउँछन् नै । शोषण, अन्याय र अत्याचार व्याप्त यो संसारमा मान्छेले जन्मजात केही दुर्गुणहरु लिएर आउने भएता पनि पछि गएर संसारको परिवेशमा आÇनो जाति, समाज, र राष्ट्रलाई दाँज्दा विभिन्न कुराको फरक पाउँछ । फलस्वरुप उसले आफैँभित्र रहेका त्यस्ता दुर्गुणहरु सित बलियोसित लड्नुपर्छ र पराजित गर्नुपर्छ– त्यस्ता दुर्गुणहरुलाई । त्यस्तै दुर्गुणहरुको सिकार भएर उसले मनमतिलाई दोष लगाएको थियो । उसलाई मनपरी गरे पनि हुन्छ भन्ने ठानेको थियो । यदी उसले त्यसबेला राम्ररी सोचेको भए मनमतीलाई एउटी गतिली स्वास्नीमान्छे बनाउन सक्थ्यो । नारीको हकहित र इज्जत तथा मुक्तिका लागि समाजका कुरीति, कुसंस्कारसँग तगडा भएर जुध्न सक्ने जुझारु नारी । अनि त्यसबेला मात्र उसको र मनमतिको जोडी राम्रो बन्थ्यो होला । तर उसले त्यसबेला स्वास्नीलाई जीवनसाथी नठानेर शुद्ध सुखसयलको साधनमात्र मान्यो । कति आश्चर्य संसारकै सृष्टिको स्रोत महान् नारीलाई दासीतुल्य ठान्नु उसको कस्तो भूल थियो ? हरे १ त्यो भूल उसले त्यतिबेला थाहा पाएको भए मनमतीको आदर गथ्र्यो होला । त्यसैले उसलाई लाग्छ मर्यादाहीन जिन्दगी वास्तवमा जिन्दगी नै होइन । ममताकी अजस्र स्रोत नारीलाई सधैँ चिनेको भए  उसले आज पछुताउनु पर्ने थिएन । नारी अशिक्षित छ भनेर उसलाई शिक्षित बनाउन नखोज्नु के पुरुषको ठूलो भूल होइन र ? युगौँदेखि थिचिएकी नारीलाई अझै थिच्न खोज्नु कहाँ सम्मको अत्याचार होला । यस्तो अशोभनीय काम गर्दा पनि उसलाई लाज लागेन किनभने उसलाई समाज र परम्पराले सिकाएको काम त गरेको थियो नि । आजपनि उसको मन अँध्यारो बनाउने वातावरण सिर्जना भएको उसकै सम्झनाले हो । आज उसलाई पछुतो भइरहेको छ । नारीमुक्तिको निमित्त ,अन्याय अत्याचारको विरुद्ध , शोषणको विरुद्ध लड्न उसकी मनमतीले साथ दिन सक्थी । उसमा पनि लोग्नेमान्छे सरह नै दुई सद्धे हात र दुई खुट्टा थिए नि । अनि ऊ आत्माभिमानी पनि त थिई नि । यदि त्यसबेला उसलाई सम्झाइदिएको भए ऊ पनि एउटा क्रान्तिकारी बन्ने थिई । जनताको निमित्त बाँच्न र मर्न सिक्ने थिई उसले । परि आए ऊ पनि ऊजस्तै योद्धा बन्ने थिई , उसैकी सहयोद्धा । अनि आज त्यसैले पनि उसको मन धमिलिएको छ । एकपत्र बादलले ढाकेको छ उसको मनमगजलाई । तर्कनाहरु मनमा खेलाउँदा खेलाउँदै ऊ घरको आँगनमा पुग्छ । विश्रामको निमित्त थाकेका उसका गोडाहरु हतार हतार घरभित्र पुग्छन् । घरभित्रको वातावरणले ऊ एक्कासि तर्सिन पुग्छ । एउटी सत्र अठार वर्ष जत्तिकी तरुनी केटी उसको घरमा आरामसित बसिरहेकी, उसको छोरो ऊसँगै बसेर कुरा गरिरहेको ऊ देख्छ । उसलाई देख्नासाथ उसको छोराले भन्छ– ‘ऊ बुवा आउनुभयो ।’
त्यो केटी हत्तपत्त उठ्छे ? उसका बुढा आँखाले उसलाई ठम्याएर चिन्न नपाउँदै त्यस केटीले केही झुकेर उसलाई नमस्ते गर्छे । उसलाई कताकता मनमतीको झल्को लाग्छ । ऊ अकमकिन्छ । अनि अड्कीअड्की भन्छ– ‘...तिमी ? ...तिमी को ? ...मैले त चिन्न सकिन नि ?’
‘मलाई चिन्नुभएन बुवा ? म हजुरकी छोरी...सानी । मुवासँग मावलमै थिएँ नि म त ।’
ऊ झल्याँस्स हुन्छ अनि एकचोटी ऊ आफैँ सिरिङ्ग हुन्छ । उमेरले त्यत्ति बुढो नभए पनि उसका आँखा निकै कमजोर भइसकेछन् । पन्ध्र सोह्र वर्ष अगाडिको कुरा पनि बिर्सिसकेछ उसले । यहाँसम्म कि आफैँले खेलाएकी, हुर्काएकी, छोरीलाई पनि नचिन्ने भएछ ऊ । अनि ऊ एक तमाससँग त्यस केटीलाई हेरिरहन्छ । हेर्दाहेर्दा ऊ उसको अगाडि सानी बालिका भएर देखा पर्छे । घाँघर लाउने, हाँस्तैहाँस्तै  आँगनमा नाच्ने सानी केटी । ऊ कति माया गथ्र्यो उसलाई त्यसबेला । उचालेर हावामा फाल्थ्यो । म्वाइ खान्थ्यो र रमाउँथ्यो । उही छोरी आज चिन्नै नसक्ने भइछ । समय निकै बितेछ । ऊ आफैँलाई आज आफू निकै बूढो भएको अनुभव भयो ।
‘किन जिल्ल पर्नुभयो बुवा’ ऊ झस्किन्छ साथै सम्हालिन्छ पनि । अनि भन्छ–‘बस न
छोरी ।’ आज्ञापालन गरेर ऊ बसिदिन्छे । वातावरण मौन भइदिन्छ ।
‘बहिनी अब यहीँ बस्ने गरी आएको रे बुवा’ –उसको छोराले भन्छ । अब त हाम्रो कार्यक्रम झन् राम्ररी चल्ने भयो । बहिनीसित निकै बेर कुरा गरेँ –उनको विचार पनि हाम्रै जस्तो रहेछ । सामाजिक कुसंस्कार , रुढिवाद र कुपरम्पराविरुद्ध लड्ने र जनताको मुक्तिका निम्ति काम गर्ने भन्ने रहेछ । मुवा भन्नुहुन्थ्यो रे । ’ उसको छोरो अड्किएर उसको मुखमा हेर्छ । ऊ अनायासै सोध्न पुग्छ –‘मुवा के भन्थी रे ?’
‘अँ मुवाँ भन्नुहुन्थ्यो रे जिन्दगी कस्तो हुनुपर्छ भन्ने कुरा मैले त्यतिखेर बुझेकी भए घर छोड्ने थिइनँ होला । सकभर सम्झाएर भएपनि उहाँलाई राम्रै बाटोमा लगाउँथे होला । तर जे हुनु भयो अब अफसोस गरेर फाइदा नै के छ र ? ’
‘मुवाले सन्चोबिसन्चो सोधी पठाउनुभाको थियो ।’ उसकी छोरीले भनेको कुरा ऊ सुन्छ । ‘यदि बुवाले मुवालाई माफी दिनुभएमा मुवाले पनि घर आउँछु भन्नुभएको छ । उहाँको विचार पनि हामीसित मिल्छ ,उहाँ पनि देश र जनताको निम्ति मरिमेटिन तयार हुनुहुन्छ । ’
कुन्नि किन हो उसका बुढा आँखामा पनि एकचोटी चमक आउँछ । यस्तो बिडम्बना देखेर उसले रोक्दारोक्दै पनि क्षीण हाँसोको रेखा उसको ओठमा देखिन्छ ।
आखिर मान्छेको जिन्दगी क्षणिक छ । मान्छेले एकले अर्कोलाई विश्वास गर्नुपर्छ । मेरो भनाइको मतलब समान वर्ग र स्तरमा समान किसिमको व्यवहार गर्नुपर्छ । लोग्नेस्वास्नी बीचमा पनि अविश्वासले गर्दा ठूलो भड्खारो  पार्न सक्दोरहेछ ।‘ तिमीहरुकी आमाले पनि राम्ररी बुझिछ, बेस भयो । अर्काको सम्पत्ति क्षणिक हुन्छ –त्यस्तो एकछिनमै हराउन सक्ने सम्पत्तिमा कसैले घमण्ड गर्नु राम्रो कुरा होइन । त्यसमाथि एउटा थिचिएको मान्छेले अर्को थिचिएकै मान्छेलाई झन् थिच्नु त झन हुँदैन । तिमीहरुकी आमाले माइतीको सम्पत्तिको र मैले पुरुषको अभिमान छोड्न सकेको भए यो स्थिति आउने नै थिएन र हामी आज अर्कै किसिमले बाँचिरहेका हुने थियौँ । ...तर ढिलै भए पनि त्यो बँचाइ बाँच्दै छौँ –जुन बँचाइको म सँधै आशा राख्थेँ ।’ –ऊ चुप लाग्छ । ‘उसो भए म मुवालाई लिन जाऊँ त बुवा ?’– उसको छोराले सोध्छ –‘आखिर हामी सबैको विचार र मन एकै भएपछि केभो र ?’ ‘हुन्छ – भोलि नै लिन जानु बाबु । अब हामीले हाम्रो शक्तिलाई छरिएर जान दिनु हुँदैन । त्यसै बग्न दिनु हुन्न । हुन त हाम्रो उमेर गयो । जवानीमा हामीले केही गर्न सकेनौँ । हाम्रो त जवानी त्यसैत्यसै बितेर गयो तर यो बुढेशकालमा पनि देश र जनताको निम्ति केही गरिहालूँ भन्ने भावना हृदयमा अटेसमटेस गरेर आइरहेछ । देशभरि जनजागृतिको लहर चलेको छ । तिमीहरु पनि आफ्नो बुद्धि र शक्तिले भ्याएसम्म देश र जनताको भलो हुने पुनित काममा लागि राख । अन्याय, अत्याचार, र शोषणको विरुद्धमा सधैँ आवाज उठाउनू । आफ्नो कर्तव्य ठान र हामी पनि बाँकी जिन्दगीलाई त्यही महान कार्यमा लगाउँछौँ । ’–ऊ उठ्ताउठ्तै भन्छ –‘बाबु बहिनीलाई खानपिनको प्रबन्ध मिलाइदिनू । उसलाई आजदेखि त्यो खालि कोठामा ओछ्यान लगाइदिनू । म सुत्न गएँ । ’
‘बुवाले भान्सा गर्नुहुन्न ? ’–छोराले सोध्छ ।
‘मैले आज काम गरेकै ठाउँमा खाएर आएँ । मलाई थकाइ लागेको छ । म सुत्छु । सायद् आज म राम्ररी निदाउन सकूँला धेरै वर्षपछि ।’ ऊ चोटातिर लाग्छ । रात बिस्तारै बढ्दै जान्छ । ऊ बत्ती नबालीकन ओछ्यान झारझुर पारेर पल्टिन्छ । कुन्नि कस्तो उकुसमुकुस उसको मनमा भइरहन्छ , मनमतीको आगमनको त्यस्तै स्वतन्त्रता र मुक्तिको  र भोलिको सुनौलो प्रतीक्षा गर्दै ऊ सुत्छ ।

हरितालिका र हाम्रो संस्कृति

 रमिला सापकोटा
हिन्दु नारीहरुको माहान चाड हरितालिका तीज नजिकिदै आउँदा दिनप्रतिदिन तीज
विशेष कार्यक्रम गर्ने तथा दर खाने प्रचलन बढ्दो छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने यो पर्वमा भगवान् शिवको पुजा आराधाना गरिन्छ भने नेपाली हिन्दु महिलाहरुले स्वतन्त्र र आनन्दमय रुपमा आफ्ना मनमा लागेका र वर्षभरि भोग्नुपरेको दुख, कस्ट र पिरमर्कालाई गीतको मार्फत व्यक्त गर्ने पनि गर्दछन् ।
भगवान् शिवकी अधाङर््गिनी पार्वतीले आफनो स्वामीको सुस्वास्थ्य अनि दीर्घायूको कामना गदै पानी पनि नखाई व्रत बसेकी थिइन् त्यो दिन भाादै शुक्ल तृतीयाको दिन थियो त्यही दिनबाट हिन्दु नेपाली महिलाहरुले तीजलाई उत्सवको रुपमा मनाउने प्रचलन आएको भन्ने बुझिन्छ । विशेष त यो चाडमा माइतीले छोरी, चेलीलाई बोलाई मिठामिठा खानेकुरा खुवाउने तथा दुख सुखका कुराहरु गर्ने चलन पनि  रहेको छ । तसर्थ यो चाड पौराणिक कालदेखि नै मनाउदै अएको भन्ने बुझिन्छ ।
वास्तवमा भन्ने हो भने तीज भनेको बिशेष गरेर हाम्रो समाजमा हिन्दु नेपालीहरुले मनाउने त्यसमा पनि पौराणिक कालदेखि नै मनाउँदै आएको पर्व हो । महिलाहरुको विवाह पश्चात् बाँकी सम्पूर्ण जीवन श्रीमान्को घरमा बिताउनुपर्नेहुन्छ । यसरी आफू जन्मेको, हुर्केको, पढेको अनि हाँसखेल गरेको ठाउँ र माता पिताको त्यो न्यानो काखलाई चटक्क छोडेर कर्म घरमा बस्नुपर्दा दिन प्रतिदिन आउने याद र सम्झनालाई कमी गर्ने अवसरको रुपमा पनि यो चाडलाई लिन सकिन्छ भने ३ ४ दिन मात्र भए पनि विवाहित महिलाहरुले पराई घरको तनाव र जिम्मेवारीबाट सास फेरको अनुभव गर्छन् भने माइतीको यादको खाडललाई केही हदसम्म पुरेको अनुभव पनि गर्छन् ।
विगत केही वर्ष अगाडि तीज मनाउने चलन शहरमा भन्दा गाउँघरतिर बढी हुने गथ्र्यो तर आज समयले कोल्टो फेरेको छ  यो बदलिँदो समयमा तीजको आवश्यकता महसुस गरेर हुन सक्छ सहर बजारका टोलटोल, गल्लीगल्लीमा तीजलाई भव्यताका साथ मनाउन थालेका छन्  त्यतिमा मात्र सीमित नभएर अहिले तीज पर्व नेपालबाहिर पनि केही देशहरुमा मनाउने गरेको पाइन्छ साथै विदेशमा रहनु भएका आम नेपालीहरुले पनि हिजो भन्दा आज तीज पर्वलाई भव्य रुपमा मनाउने गरेको सुनिन्छ ।
हिजोको दिनमा मनाउने र आजको दिनमा मनाउने तीज पर्व बिलकुलै फरक किसिमको हुन थालेको सायद समय र परिस्थितिको कारणले गर्दा पनि हुनसक्छ समय अनुसार चाडपर्व मनाउने शैलीमा पनि फरक आउन थालेको छ । कुनै दिन तीज पर्व विवाहित नारीहरुले आफ्नो माइतीघरमा गई वर्षदिनभरीको थकान मेटेको अनुभव गथ्र्यो भने भगवान् शिवको व्रत बसी तीजभरि उनकै महिमा जगाउने खालका गीत भजन कृतध्न गाएर बस्ने चलन थियो । त्यसपछि केही समयपश्चात तीजलाई एउटा फेसनको रुपमा मनाउन थालियो । तीज फेसेनेबल हुन पुग्यो । मनाउनेले त मनाइहाले नमनाउनेले पनि मनाउन थाले त्यो भन्दा पनि तीजको मुल्य र मान्यतालाई नै बिर्सेर आधुनिक किसिमले १ महिना अगाडिदेखि नै दर खाने राती अबेरसम्म नाचगान गरी मादक पदार्थ सेवन
गरी घर जाने शैलीको रुपमा पनि तीजलाई विकृतिको रुपमा नमनाएका पनि होइन तर आज समय परिवर्तन भईसकेको छ भने त्यस्तो भड्किलो तीजलाई सरकारले नै केही हदसम्म रोक पनि लगाएको छ ।
बदलिँदो समाज, बदलिँदो परिस्थिति अनि बदलिँदो समयको कारणले होला आज तीज पर्व मनाउने शैलीमा केही सकारात्मक परिवर्तन आएको छ भने तीजको आवश्यकता महसुस गरेर होला अन्य धर्मावलम्बीहरुले पनि तीजलाई हामी सबैको चाड हो भन्ने आवश्यकता महसुस गरी मनाउन थालेको देखिन्छ । भने तीज पर्वलाई हाल नेपाली महिलाहरुले मात्र नभएर पुरुषहरुले पनि मनाउने गरेको पाइन्छ साथै आज भोलि तीजको अवसर पारेर संचालन गरेको कार्यक्रमबाट उठेका संकलित रकम दीनदुखीहरुको लागि दान गर्ने, बाढीपीडितको लागि सहयोग गर्ने, बृदाआश्रमको लागि सहयोग गर्ने जस्ता सकारात्मक कार्यहरुको थालनी भएको छ ।
तर सकारात्मक कार्यको थाली भए तापनि हाम्रा नेपाली गायक, गायिकाको मन, मस्तिष्कमा भने सकारात्मक परिवर्तन ल्याउन सकेको अवस्था भने छैन उहाहरुको गीतमा कसैको घरबार बिगार्ने, महिलाले आफ्नो कर्तव्य बिर्सी अधिकार मात्र खाज्ने जस्ता उच्छृङ्खल खालका गित र भिडियोहरुको कारणले कतै समयले माग गरेको भन्दा बढी सिमा नाध्ने त होइन भन्ने आम नेपालीको चासो र गुनासोसमेत आउन थालेको
छ । हुन त तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो तर पनि हिजो आजका गायक गायिकाहरुले आफ्नो मौलिकता नै बिर्सेको हो कि भन्ने पनि लाग्छ वास्तवमा तीज गीत भनेको जहिले पनि घटनाप्रद हुनुपर्छ भन्ने लाग्छ तर हिजोआजका गीतहरु घटनाभन्दा पनि क्षणिक, सस्तो र रमाइलोका विषयवस्तुमा मात्र सीमित अर्थात् हाबी भएको हो कि भन्ने लाग्छ भने आगामी वर्षहरुमा बजारमा आउने एल्वमहरुमा केही परिमार्जित भई पौराणिक मान्यता र घटना विषवस्तुसँग जोडिएको पनि होस भन्ने आग्रह पनि गर्दछु ।
अन्त्यमा हिन्दु महिलाहरुको माहान पर्व हरितालिका तीजले विकृति हटाउने र संस्कृति जोगाउनेतिर अग्रसर होस् भन्ने शुभकामना दिन चाहन्छु ।

पत्रकारिताको तलतल - गोविन्द पौडेल

गोविन्द पौडेल
कलममानको सानैदेखिको सपना थियो पत्रकार बन्ने । जसरी जाँडको तलतल माडले मेट्न सक्दैन, नुनको तलतल सुनले मेट्न सक्दैन, मैयाको तलतल भैयाले मेट्न सक्दैन उसरी नै कलममानको पत्रकार बन्ने तलतल न डाक्टर बन्ने कल्पनाले मेट्यो, न इन्जिनियर बन्ने सपनाले छेक्यो । आखिर बनेरै छाड्यो राष्ट्रको चौथा अङ्ग । आफू बेखबर भएर पनि दुनियाँको खबर छापेकै छ । आफ्नो तलबको सुइँको नपाए पनि सूचनाको धर्म थामेकै छ ।      वर्षात्को समयमा टिभीको न्युज डेस्कले कलममानलाई दूरदराज पठायो । ‘तुलीगाँडा टेलिभिजन’ नेपालकै तेज समाचार प्रशारण गर्ने  सञ्चार गृहको वरिष्ठ पत्रकार थियो ऊ अर्थात कलममान । तराईको एउटा गाउँ डुबानमा परको दृष्य खिचिरहँदा बाढीबाट उत्रेर पाखामा बसिरहेको एउटा बूढो मान्छेतिर क्यामरा फर्काउँदै सोध्यो– यत्रो जनधनको क्षति हुने गरी बाढी आयो । यसबारे अलिकति हामीलाई  बताइदिनुस् न, गाउँमा बाढी कसरी घुस्यो ?
उसको प्रश्न सुन्दासाथ क्यामरातिर फर्केर मान्छेले आफ्नै लवजमा बिलौना पोख्न थाल्यो– खै के भन्ने हुजुर१ हामी काम गरिरहेको थियो । त्यत्तिकैमा खुट्टामा ठन्डाठन्डा भयो, अनि बिस्तारै पानीको सतह बढ्दै गयो । केही समयपछि त घुँडाभन्दा पनि उपर चढ्यो । अनि बिस्तारै बिस्तारै हाम्रो धोतीको निचे भेन्टिलेसनमा घुस्यो तर गाउँमाचाहिँ कसरी घुस्यो थाहा भएन सरजी ।यत्तिकै कलममानले छड्के प्रश्नको झटारो हान्यो– त्यतिबेला यहाँले कस्तो महसुस गर्नुभयो ?रिसाउँदै त्यो मान्छेले भन्यो– तपार्इँ खराब मान्छी छ, तपाईँको कट्टुभित्र पानी घुस्यो भने कस्तो लाग्छ ? हामीलाई पनि उस्तै महसुस भएछ, कुतकुती लागेछ ।
अर्को दिन पहाडतिर लाग्यो ।
पहिरो लडेको एउटा गाउँको कथाव्यथा प्रस्तुत गर्नु थियो । गाउँलेहरु टिभीमा आफ्नो अनुहार आउने आशामा पहिरोको पीर भुल्दै थिए । अगाडि आउन र मुख देखाउन तँछाडमछाड गर्दै थिए । एउटा अलि नेताजस्ता टाइँफाइँ गर्ने मान्छेलाई कलममानले प्रश्न र क्यामरा एकैसाथ तेस्र्यायो– पहिरो कसरी आयो ? एक्कासि आयो ?
त्यो मान्छे झनक्क रिसायो । मनमनै सोच्यो साले – पहिरो कसरी आउँछ यसलाई थाहा हुँदैन । अनि उसले मन्द मुस्कानका साथ बिस्तारै भन्यो– हैन हजुर एक्कासि आएन । पहिला एउटा ढुङ्गो लड्दै आएर हामीलाई भन्यो कि गाउँले हो म पहिरोको दूत हुँ । मेरा साथीहरु माथितिर छन् । तिमीहरुलाई कुनै गारो हुँदैन भने हामी तलतिर झर्छौ हैन भने माथि नै बस्छौँ के छ विचार ? ढुङ्गाको कुरा विश्वास भएन सबैले तलै आइज भने, अनि पहिरो आयो । एक्कासि आएन अनुमति लिएरै आयो । गाउँलेको कुराले कलममान जिल खायो ।

मंसिर ४ को निर्वाचनमा सहभागी बनौं

ज्योति रायमाझी
युगको चाहना विपरित हिँडिरहेको सिंगो राष्ट्रलाई समुन्नत नयाँ नेपाल निर्माण गर्ने
महान् अभियानमा धेरैले आफ्नो तर्फबाट जेजति सक्छन् त्यति योगदान गरे । हिजोका ती भीषण संघर्ष र आन्दोलनलाई गिज्याउँदै आफ्नै वर्गस्वार्थ अभिप्रेरित विभिन्न खाले तत्वहरुले नेपालको पहिलो संविधान सभालाई विघटन गरेरै छाडे । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वाधीनता जस्ता महत्वपूर्ण उपलब्धिको रक्षा गर्न नदिई देश यथास्थितिको पर्खालमा अड्याइएको, जताततै अस्तव्यस्त, अन्यौलमा रहिरहेको अहिलेको अवस्था हो । दोस्रो संविधान सभाको घोषणाहरु पनि अन्यौलमा नै राख्ने खालका तानाबाना भए । संविधान सभा गर्नै नपर्ने, गर्दा पनि केही नहुने आदि तर्कहरु पनि नआएका होइनन् ।अन्धाधुन्ध अवस्थामा अव्यवस्था चलाइएको अहिलेको अवस्था हो । बहुदलीय लोकतन्त्रमा दलको भूमिका प्रमुख हुन्छ नै । तर दलविहीन सरकार चलिरहेको अवस्था अहिले छ । जनवादको सहि प्रयोग भनेको व्यक्तिको
रोजाई स्वतन्त्रपूर्वक निर्भिक ढंगले राख्न पाउनु पर्ने हो ।
सिंगो राष्ट्रि«य हितलाई शिरमा राखेर दलगत स्वार्थभन्दा पर रहेको देशको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्थामा आमूल परिवर्तन गरी सुन्दर, शान्त, न्यायिक, स्वतन्त्र मानवको मौलिक हक माथि पूर्ण स्वामित्व रहने जनचाहना हो । आजसम्म नेपाली युवाले योदेशमा श्रम, पसिना जेजति बगाए पनि त्यसको सही प्रत्याभूति हुन नसकेर कामदारको रुपमा विदेश पलायन हुनु  स्रोत साधन माथि गरीखानेहरुको पहूँच नपुग्नु,
राज्यसञ्चालन पुरानै शैलीमा संचालन हुनु, कतै पनि नयाँपन आएजस्तो जनतामा नलाग्नु, पहँचवालाहरुको बोलवाला भएकै देखि रहनुले पुनः देश द्वन्द्वमा जाला भनने खतरा यथावत् रहनु हाम्रो माझ ठूलो चुनौति छन् ।
राज्य संचालनका ३ अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अहिले कस्तो छ, सबैले जानेकै छन् । नकारात्मक कोणबाट सोचबाट सबैलाई हेर्ने, सामाजिक स्वार्थभन्दा व्यक्ति केन्द्रित महत्वकांक्षाले दल, दलका नेता कार्यकर्ता र जनतामा व्याप्त धाराको सहि र सत्यलाई बंग्याउन हरप्रयत्न गर्ने परम्परावादीहरु उठ्न खोजे जस्तो देखिने हामी पनि जननेता भनन खोज्ने, अझ राजनेता जस्तै बन्न खोज्ने कसैले तपाईँ नभने पनि मपाइँ बन्न खोज्नेको लर्को पनि कम छैन । ३० वर्षे पञ्चायतकाल, २५ वर्षे वहुदलिय काल करिब निर्दल र बहुदलको ५० वर्ष नजिक नेपालमा राजनीतिमा ठूलै घटना भए जस्तो देखियो । सिंगो राष्ट्रको प्रगतिचाहिँ कछुवा गतिमा गयो । निर्दलीय व्यवस्था छाङ्गाछोर भीरबाट लड्यो । बहुदलीय व्यवस्था आयो । बहुमतको सरकार बने र ढले । मिलिजुली सरकार चले, त्यो बहुदलीय व्यवस्थाका ठूला दलहरुले के कस्ता कामहरु गरे, कति कर्तव्य पूरा गरे । त्यही बिचमा जनसंघर्षका ठूला योजना बन्यो । संसदीय व्यवस्थाबाट मात्र जनताको हित हुन नसक्ने भनेर जनयुद्ध भयो । त्यो जनयुद्धको बेला त्यो समय त्यहाँ हिँडेका नेपाली कति मारिए कति बेपत्ता भए कति घाइते भए । देखेका तथ्याङ्कमा परेका सहिद भनिए, नदेखाइएका वेपत्तामा परे । जनयुद्ध लडेका कयौँ युवाहरु शान्तिकालपछि एउटा व्यारेकको लामो कुटाइपछि थोरै बाँच्न नपुग्ने रोजगार गर्न पनि नपुग्ने रकम लिएर घर फर्किए । यिनीहरुमा राष्ट्र परिवर्तनलाई योगदान गरेको न्यानो मन भित्र पौरख र साहस लिएर आए । समाजको नाना भाँतीका अन्तरसंघर्ष बीच अझै बुझ्न र बुझाउन नसके जस्तो वा समाजमा बस्नेले उहाँहरुप्रति कस्तो सम्मान गर्नुपथ्र्यो त्यो नगरे जस्तो भएपछि एक खालको नकारात्मक सोच पुनः पैदा भए जजसतो देखिन्छ ।
युगको परिवर्तन सँगै मानवको चिन्तन सोचमा परिवर्तन आउँछ । हरेक क्षण नयाँपनको अनुभूतिको इच्छा हामीसँग रहन्छ । एउटा बँगैचामा नजिकै देखिने गरेको धेरै जातको गुलाफको फूल एउटाले आफ्नो बँगैचामा राख्यो भने आर्केलाई पनि राख्ने इच्छा हुन्छ । अर्कोले राखेको सयपत्री फूल चाहिँ गुलाफको फूल राख्नेलाई पनि प्रबल भएर आउँछ । सक्दो सबैले पुग्दो सबैलाई कसरी मिलाउन सकिन्छ त्यो राज्यको काम हो । ठगाठग, लुटालुट, झुक्याएर, धम्क्याएर प्रलोभनमा फसाएर अनेक तरिकाबाट मान्छेका स्रोत बन्ने गरेको देख्न श्रमजीवीहरुलाई ठूलो रिस उत्पन्न हुन्छ । अनि द्वन्द्व सुरु हुन्छ । द्वन्द्व असमानता र विभेदबाट सुरु हुन्छ । हिजोको लामो द्वन्द्व त्यसकै उदाहरण हो ।
अहिलेको वैचारिक संघर्ष परिवर्तनका पक्षधर र विरोधीहरुबिच चलिरहेको छ । निर्वाचनबाट भाग्ने बहानाबाजीहरु जन्माउने र त्यसको एउटा शक्ति निर्माण गरेर देश अस्तव्यस्त नै राख्ने तत्वहरु त्यत्तिकै सक्रिय छन् । निर्वाचन पूर्व परिवर्तन पक्ष बीच एउटा प्रतिवद्धता र आधारभूत सैद्धान्तिक सहमति कायम गरेर कम्तिमा आन्दोलनको चाहनालाई पक्कापक्की सम्पन्न गर्ने प्रतिवद्धताको त्यतिनै खाँचो स्पष्ट नै छ । संघीयता विरोधी गणतन्त्र विरोधीहरुसँग परिवर्तनका पक्षधरहरु होमा हो मिलाएर जानु किमार्थ क्रान्तिकारी होइनन् । मृतआत्माहरु प्रेत बनेर आउँछन् वा अहंकारको समयमा भूत बनेर तर्साउन खोज्न्े विरुद्ध एक ढिक्का हुन जरुरी छ । संसदीय चुनाव मात्र हाम्रो आवश्यकता नभएर आन्दोलनको वास्तविक मागलाई सम्बोधन गर्नुपर्ने हाम्रो मुख्य दायित्व पनि हो ।
मंसिर ४ को निर्वाचनको तैयारी धेरै भइसकेको छ । दलहरुले आआफ्नो उम्मेदवारको छनौटमा तीव्रता दिएका छन् । जनताहरु पनि करिब निर्वाचन हुनेमा विश्वस्त देखिन्छन् । तर निर्वाचनमा उम्मेदवार छनौट प्रक्रियामा त्रुटीहरु पनि देखा नपरेका होइनन् । अहिले उम्मेदवार कस्ता कस्तालाई छनौट गर्नुपर्ने हो तयो पनि महत्वपूर्ण विषय हो । हिजोको संविधान सभामा  गएका सभासदहरुलाई दलका नेतृत्वले अकर्मण्य बनाएका पक्कै हो । यति सम्मकि अन्तिममा आएर संविधान सभा बैठकको माग गर्दा सभामुख नै उपस्थित नहुनु र ठूला दलका नेतृत्व पनि संविधान सभा भवनमा नरहनु नाटकीय ढंगले सरकारलाई दोष थुपारेर बाहिरिनु कत्तिको जायज थियो । यस्तो गम्भीर भूल हुनुले पनि प्रमुख नेतृत्व प्रति जनताको विश्वास घट्नु अस्वाभाविक होइन । जनताको मत अमृत हो । त्यसको मूल्यको कुनै सीमा हुँदैन । तर त्यसप्रति ध्यान नपु¥याउनु लापरबाहीको
पराकाष्ठा हो ।
‘पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभा बाटै संविधान’ भन्ने आम जनचाहना र वैज्ञानिक कार्यनीति अघि आएको समय सापेक्ष र सत्य हो । युद्ध पछिको शान्तिकाल भनिए पनि भोतिक हमला बाहेक जाल, छलकपट र अन्यौलको वातावरणले मान्छेमा आक्रोश, आवेग र असन्तोष व्याप्त नभएको होइन । मनमा आनन्द जीवनमा शान्ति त्यतिबेला प्राप्त हुन्छ जतिबेला आधारभूत वस्तुको आपूर्ति पछि मानवले सन्तुष्टि पाउँछ । नेपालको इतिहासमा विधानसभाको कुरो पटक पटक उठे पनि संस्थागत गर्ने गज निर्माण भएको ०६२÷०६३ को जनआनदोलन र जनयुद्ध नै थियो । तथापि यसको पूर्णता हुन नसक्नु हामी भित्रको र बाहिरको अस्थिर र यथास्थितिलाई धान्न खोज्ने र बसी खाने वर्गस्वार्थ अभिप्रेरित जमातको चाहना हो । सामन्तवादी राज्यसत्ताको मूल जरो काटिए पनि लामो समयदेखि रहेको गलत चिन्तन र परम्परावादी सोचमा परिवर्तन आउन नसकेर अड्कनु स्वाभाविकै छ ।
आज पनि निर्वाचनलाई पैसा, पाखुरा, छलछाम, छिमेकीकरण, जातीयकरण, स्थानीयकरण गरिँदै छ । निर्वाचनमा जनताले फैसला गर्छन, उम्मेदवारहरुले वहस गर्छन । कुन कुनाबाट उम्मेदवार आउँछन् जनताले चिन्छन् । दल जिताउने नाउँमा यी प्रयोगहरु कति सान्दर्भिक हुन्छ ? निर्वाचन जीत हारभन्दा पनि यो देश जोगाउन सबै खाले देशभक्त, जनवादी, वामपन्थी प्रगतिशील शक्तिहरु एकजुट भएर उठ्न जरुरी छ । सबैको एकीकृत शक्तिबाट जनअधिकारका निम्ति राजनीति समाजका हीत निम्ति विकास हुने जनमुखी संविधान निर्माण गरौँ । आउँदो निर्वाचनमा सहभागि बनौँ ।

पुरस्कारको सारतत्व

अहिले धमाधम पुरस्कार वितरण हुन थालेको छ । साहित्यिक संस्थाहरुले आआफ्नो क्षेत्रमा सक्रिया साहित्यकार्लाई सम्मान गर्न थालेका छन । भर्खरै मातृभूमि साहित्य समाजले झण्डै आधा दर्जन स्रष्टालाई सम्मान गरेको छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालले भैरव स्मृति सम्मान चट्याङ मास्टरलाई प्रदान गर्न लागेको छ । मकवानपुरमा मुख्यगरी ३ वटा साहित्यिक संस्थाले दर्जनौं पुरस्कार स्थापना गरेको छ । अधिकांश पुरस्कार सक्रिया रहनेलाई प्रोत्साहन र योगदान गर्नेलाई सम्मानस्वरुप पुरस्कार दिँदै आएका छन् ।
साहित्य सङ्गम मकवानपुर, मातृभूमि साहित्य समाज, भीविराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मकवानपुरमा पुरस्कार दिँदै आएका छन् । साहित्य र सङ्गीतका विधाहरुमा योगजदान गर्नेका लागि मकवानपुरमा २ दर्जन बढी पुरस्कार दिँदै आएको छ । ती संस्थाले जिल्लामा जिल्लास्तरको देखि राष्ट्रियस्तरमा सम्म पुरस्कार प्रदान गर्दै आएका छन् । पुरस्कारले नयाँ नयाँ स्रस्टालाई प्रोत्साहन त गरेका छ नै, मुलुकभर छरिएर रहेका योदान पु¥याएकालाई सम्मान प्रदान गरेको छ । यसले मकवानपुरसँग विभिन्न जिल्ला र क्षेत्रमा रहेका साहित्य सम्बन्ध जोड्ने काम गर्छ ।

साहित्य र सङ्गीत क्षेत्रमा जति पुरस्कार स्थापना भएका छन्, तिनले समाजको योगदानलाई कदर गर्छन् । समाजमा अरुअरु क्षेत्र पनि छन्, आआफ्नो क्षेत्रमा योगदान गर्नेलाई कदर गर्नैपर्ने हुन्छ । तर अन्य क्षेत्रमा उस्तो पुरस्कार स्थापना भएको पाइन्न । अन्य क्षेत्रमा पनि पुरस्कारको आवश्यकता छ ।

शिक्षाको घनमा दम कति - राम अविकास

राम अविकास
हरेक वर्ष बजेट भाषणपछि निजी विद्यालय सञ्चालक र शिक्षक कर्मचारीको जुहारी चल्छ । एकअर्कालाई धम्काउने तर्साउने खेल चल्छ । शिक्षकहरू विद्यालयमा ताला लगाउँछौँ भन्छन् । सञ्चालकहरू बोर्डिङ् बन्द गरेर कुखुरा फारम खोल्छौँ भन्छन् । अन्तिममा केही विद्यालयले तरकारीमा अलिकति नुन थपिदिन्छन् । केही शिक्षक जिब्रो फड्कार्दै भुँडी सुम्सुम्याएर विद्यालय फर्किन्छन्।् । साँच्चिकै पीडित शिक्षकहरू फेरि पकाउन खोज्दा बिग्रेको
तरकारीको स्वादजस्तो अनुहार लिएर विद्यालय फर्किन बाध्य हुन्छन् । समग्र समस्या ज्यूँकात्यूँ रहन्छन्।् । यस्तै देखियो यसपालिको मकवानपुरको शिक्षक आन्दोलन पनि । सरकारी स्केलअनुसार तलब सुविधा पाउनुपर्ने, नियुक्ति पत्र, सञ्चय कोष, उपदान, बिदा, बिमाको सुविधा हुनुपर्ने लगायतका माग राखेर आन्दोलन त सुरु गरे तर उपलब्धिमूलक निष्कर्षमा पु¥र्याउन सकेनन् ।
२०६८ जेठ ११ गते बसेको मन्त्रीपरिषदको बैठकले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि शिक्षकहरू आमरण अनसनसम्मको अवस्थामा पुगेर विद्यालय बन्द गर्नु, घोषणाको विपरीत छ छैन भन्ने कुरा अर्कै पाटो रहला ।
बाहिरबाट हेर्दा शिक्षक आन्दोलन सजिलै न्यून उपलब्धिमा टुङ्गिएको देखिए पनि भित्र डरलाग्दो पार्टीगत राजनीति हाबी भएको देखिन्छ । राजनीति कै कारण केन्द्रमै दुई टुक्रा भएको इस्टु्ु, मकवानपुरमा एक भएर संघर्ष गर्न थालेपछि केन्द्रमा पनि संयुक्त बैठक बस्नै पर्ने बाध्यकारी अवस्था सृजना भएको थियो । तर, मकवानपुरका नेपाल इस्टु र इस्टु नेपाल आन्दोलनको सुरुताका जसरी एक देखिए त्यसैगरी आन्दोनलको उत्तरार्धमा एक देखिन सकेनन् । आमरण अनसनमा बस्नेहरूमा नेपाल इस्टुका तर्फबाट करूणा थापा र दीपक गौतम दुईजना तर इस्टु नेपालको तर्फबाट
जीवराम फुँयाल एक जनामात्रै भनेर सम्बोधन गरिनुले पनि फुटजस्तो देखियो जब कि आन्दोलन संयुक्त संघर्ष समिति बनेर सञ्चालित थियो । शिक्षकहरू नीतिगत तथा भावनात्मकरुपमा एक हुनै सकेनन् ।
काँग्रेस, एमाले, बैद्य माओवादी तथा एमाओवादी समर्थित शिक्षक नेताहरूलाई मातृपार्टीले आन्दोलनको नेतृत्व आफ्नो पार्टीबाट गरिनु पर्ने भन्दै दिएको दबाब बलियो देखियो । संघर्षमै रहेका केही शिक्षक नेताहरूले आन्दोलनलाई शिक्षकहितभन्दा पनि आसन्न चुनावलाई लक्षित गरेर ठूलो सङ्ख्याको शिक्षकहरूलाई पार्टी प्रवेश गराउने बाटोको रुपमा कार्य गर्न थालेकाले आशंकाको आघारमा पनि अन्य शिक्षक नेताहरूले ‘सेफ ल्यान्डिङ’ गराएको जस्तो पनि देखियो । संबिधान सभाको चुनाव कै कारण, आन्दोलनको सुरुमा काखी च्यापिरहेका दलहरू पछि एकाएक शिक्षकहरूलाई आन्दोनमा मौन बस्न या फिर्ता हुन दबाब दिन थाले । सिधै भन्नुपर्दा, दलहरूले शिक्षकहरूलाई काखमा राखेर घाँटी रेटे । 
मकवानपुरमा रहेका अधिकांश संस्थागत विद्यालयका सञ्चालकहरू एमाले नजिक छन्।् । शिक्षकहरूको आन्दोनल आमरण अनसनमा गएपछि छटपट्टिएका सञ्चालकहरूले संयुक्तरुपमा एमालेबाट राजिनामा दिनेसम्मका धम्की दिनथालेपछि एमालेले आफ्नो पार्टी समर्थित शिक्षकहरूलाई फिर्ता हुन निर्देशन ग¥यो । यता ‘एकजना आमरण अनसनकारी अस्पिटलमा छन्, बाँकी दुईजना अझै एक दुईदिन अनसन थेग्न सक्छन्, आन्दोलनलाई अगाडि बढाउनु पर्छ । चुनावको बेलामा पार्टीलाई ठूलो सहयोग हुन्छ । आवश्यक परे पैसा पनि पेल्न पनि सकिन्छ ।’  भन्ने भित्री रणनीतिका साथ एमाओवादी अगाडि बढ्दै गरेको आशंका प्रबल हुँदै थियो । आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्न नसकेको गुनासो गर्दै काँग्रेसले आफ्ना शिक्षक नेताहरूलाई मौन बस्न उर्दी जारी गर्यो । यसरी, चौतर्फी दबाब एवम् अस्तित्व संकटको बीचबाट निस्केको प्याकेजमा अन्ततः सहमति देखाइयो ।
अधिकांश संस्थागत विद्यालयहरूमा समस्या छन् । आम्दानी र खर्चको पारदर्शिता छैन । विद्यालयहरू सँधै आफू घाटामा रहेको बनावटी हिसाब देखाउँछन् र शिक्षकरूलाई सकेसम्म तलब कम दिन पाए हुन्थ्यो भन्ने मानसिकतामा हुन्छन् । केही विद्यालयले कोचिङको नामबाट मोटै रकम पनि कमाइरहेका छन् । वैशाखमा फिस बढाउने दौडधुप सँगै तलब नबढाउने कसरत पनि चल्छ या साउनबाट बढाउने उधारो वचन आउँछ । हरेक वर्षको यो नियमित प्रक्रियासँग भुक्तभोगी शिक्षकहरूको ठूलो कमजोरी १६.५ प्रतिशत देखियो भने कार्यदल निर्माण हुनु ठूलो उपलब्धि ।
सहमति गर्नै पर्ने अवस्था आइसकेपछि एकपटकका लागि भनिएको १६.५ प्रतिशतलाई अस्वीकार गरेर कार्यदलको निर्णय पर्खन्छौँ भन्न सक्नु पथ्र्यो शिक्षक नेताहरूले । यसो भन्न सकेको भए– शिक्षकहरूले आन्दोलन गरिहाले, एक किलो मासुको पैसा राहत दियौँ भन्दै बजारलाई अतिरञ्जित पार्ने प्रयास हुँदैन थियो । यति चन्दा त हामी आफैँ मिलेर राम्रै तरिकाले विद्यालय प्रशासनलाई भनेको भए पनि पाइन्थ्यो, बेकारमा  सम्बन्ध बिगारिदियो भन्ने आरोप शिक्षक नेताहरूलाई शिक्षकहरूले लगाउने थिएनन् ।
कार्यदल शिक्षकका पक्षमा देखिए पनि कार्यदलको प्रस्तावलाई यो शैक्षिक सत्रबाटै लागू हुने सम्भावना देखिँदैन । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ अनुसार नै चल्ने कुरामा प्याब्सन मकवानपुर प्रस्ट देखिएको छ । निर्देशिकाको परिच्छेद ४ को ३.९ मा रहेको विद्यालयको शुल्क वृ्द्धि शैक्षिक सत्रको शुरुबाट लागू हुने भएकाले शिक्षक कर्मचारीहरूको तलब सुविधासमेत सोही समयमा समायोजन हुनेछलाई प्याब्सनले आधार बिन्दु मान्ने देखिन्छ । यस्तो भयो भने शिक्षकहरूले लिएको १६.५प्रतिशत भत्ता लिल्नु न ओकल्नुको अवस्थामा पुग्नेछ ।
हुन त निर्देशिकाले बोलेको विद्यालयको शूल्क, छात्रबृत्ति, कक्षाकोठाको आकार लगायतको धेरै मापदण्डहरूलाई  निजी विद्यालयको हालको संरचनाले पूरा गर्न सक्दैन । र, फेरि पनि जुंगाको लडाईँ नै हुने देखिन्छ । यतिबेला विद्यालय सञ्चालनको अनुमति दिने, विद्यार्थी संख्या लगायत पूर्वाधार पूरा भए नभएको अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालयको कार्यशैली, उसले गरेका कमिकमजोरी र गल्तिहरू छताछुल्ल हुनसक्ने सम्भावना बढी देखिन्छ ।
पहिला पनि जिल्ला शिक्षा कार्यालयले साना विद्यालयहरूलाई मर्ज गर्न दबाब दिएकै हो । यतिखेर जिल्ला शिक्षा कार्यालयले धेरै काम गर्न सक्छ– पहिलो पटक यति धेरै संख्यामा उत्रेका शिक्षकहरूको सेन्टिमेन्टलाई क्यास गर्न सक्छ, नीजि विद्यालय सञ्चालकहरूको एकअर्कालाई आन्तरिक निषेधको भावनालाई प्रयोग गर्नसक्छ, आफैले प्रभावमा परेर गरेका पुराना गल्तीहरूलाई सच्याउन सक्छ । तातेको फलाममा  जिल्ला शिक्षा कार्यालयले घन हान्न सक्नुपर्छ ।

‘मेरो हिरोइन झरना थापा’- राजन शिल्पकार (आउट अफ ट्रयाक)

ललितपुरमा सम्पन्न राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा स्वर्णपदक हात पारेर सुरु
गरेको पदक यात्रा पाँचौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहको स्वर्णपदकसम्म आइपुग्दा एक समय नेपाली खेलकुदमा चर्चामा रहेका खेलाडी हुन्, राजन शिल्पकार । अझ बैंककमा किङ्स कप अनि वल्र्ड च्याम्पियनसीप खेल्न इटलीसम्म पुग्दा अन्तर्राष्ट्रिय जगतमै परिचित हुन पुगे उनी । हाल जागिरको सिलसिलामा खेल क्षेत्रमा पुरै समय दिन नसकिरहेका स्व. पुरुषोत्तम शिल्पकार र लक्ष्मी शिल्पकारका कान्छा छोरा अनि एक दाजु र तीन दिदीहरूका भाइ राजनसँग छवि अनित्यले गरेको अन्तरङ्ग कुराकानीः
बक्सिङमा कताबाट लागियो ?
  सुरुआत भनेको साथीहरूसँगको लहैलहैमै लागियो । त्यतिबेला हाम्रो टोलतिर बक्सिङ खेल्न जाने केटाहरूको सङ्ख्या थुप्रै थियो । म पनि त्यसैमा लागेँ ।
खेल्दाखेल्दै ठूलै खेलाडी पो भइयो त है ?
        सुरुमा त सकिँदैन कि जस्तो पनि लागेको थियो । तर खेल्दै जाँदा सक्छु जस्तो लाग्दै आयो ।
चिन्नेहरूको भिडमा राजन भनेर पछि लाग्नेहरू चाहिँ कत्तिको भए त ?
        थिए अलिअलि । उहाँहरूले त कुन रुपमा लिनुभएको हो थाहा भएन । तर मैले चाहिँ नर्मल्ली नै लिएँ सबैलाई ।
साहै्र रिसाउँथे होला नि मतलब नगर्दा त ?
        रिसाउनेहरू रिसाइरहन्थे नि । तर त्यसलाई सिरियस्ली चाहिँ लिइनँ ।
आफैँ चाहिँ कति जनाको पछि लाग्नुभयो ?
        छैन । आजसम्म पछि लागेको छैन ।
कोही रिसाउलान् भनेर यस्तो जवाफ दिनुभा’को त हैन नि ?
        हैन हैन । रियलमै पछि लागेको छैन ।
बिहेको प्लानिङ त भैरा’को छैन नि ?
        हल्काफुल्का भैरा’छ ।
के सुविधा भयो भने नेपाली खेलाडीहरूले राम्रो पर्फमेन्स दिन सक्लान् ?
        यो म आफैँले पनि भोगेको कुरा हो । मलाई अहिले पनि खेल्ने इच्छा र जाँगर छ । तर खेलाडीको लाइफ सेक्युअर छैन । विभागीय टिमहरू आर्मी, पुलिसबाट बोलाउँछन् तर त्यहाँ खालि खेललाई मात्र हेर्छन्, उनीहरूको पढाइ र अन्य क्षमताअनुसारको पोष्ट दिँदैनन् ।
खेल्ने आÇना लागि, परिवारका लागि वा देशका लागि ?
        खेल भनेको अन्तर्राष्ट्रिय स्तरमा देशकै लागि हो । तर त्यसमा फेमली सपोर्ट पनि हुनुपर्छ ।
खेलक्षेत्रमा स्थापित भइसकेपछि केटी साथीहरूले गर्ने रेस्पोन्समा कत्तिको फरक छ ?
        सुरुसुरुमा त त्यस्तो केही थिएन । तर अलि पछि चाहिँ सबैले राम्रो रेस्पोन्स
गरिरहनुभएको छ । पहिले त कतिले गुन्डा पनि भन्थे नि ।
रिङमा उत्रेपछि केटाको हुटिङ सुन्न मन पर्छ कि केटीको ?
        खेल्दा जित्नको लागि भनेर खेलिन्छ । त्यसैले हुटिङतिर भन्दा पनि अर्को खेलाडितिर चाहिँ बढी ध्यान हुन्छ ।
ज्यान त निकै Þयान्डसम छ, कसैले फिल्ममा अफर गरिहाल्यो भने हिरोइन चाहिँ को भैदिए हुन्थ्यो होला ?
        अहिलेको हिरोइन को छ भन्ने नै थाहा छैन, पुरानासँग खेलाँै भने उनीहरूको छोराजस्तो देखिन्छु होला । पुरानामा त गौरी मल्ल राम्रो लाग्छ । तर झरना थापा चाहिँ साँच्चिकै हिरोइन भन्न सुहाउने छ ।
अन्त्यमा तपाइँलाई मन पर्ने कुनै तीनवटा कुरा केके हुन् ?
        पहिलो त बक्सिङ ग्लोब, आÇनै खेलका लागि । दोस्रो साइकल, मलाई साइकलको खुब सौख छ । र अर्को चाहिँ जुत्ता । सञ्जय श्रेष्ठ, कर्णदास र विधान श्रेष्ठको गीत पनि धेरै मन पर्छ ।

अचानोको चोट खुकुरीलाई के थाहा ! ( यसपटक - महिला)

  अस्मिता तामाङ (थिङ)
हाम्रो नेपाल गौतम बुद्ध जन्मेको देश, विश्वकै अग्लो हिमाल सगरमाथा रहेको देश, महान्
साहसी वीर गोर्खालीको देश ।  प्राकृतिक रुपमा सुन्दर जैविक विविधता भएको देश । कसले सानो नेपाल भन्न सक्छ ? यही गोरखालीका कयौं चेलीहरू विभिन्न कारणले गर्दा आÇनो सुन्दर जन्मभूमि त्यागेर अर्काको ठाउँमा आँसु पिउन बाध्य भएका छन् । परापूर्वकालदेखिको महिला माथि विभिन्न प्रकारका शोषणहरू हुँदै आएका छन् । यसलाई बुइँगलबाट बार्दलीमा झार्न त सकिएला तर छिँडीमा झार्न भने अझै सकिएको छैन । मल्लकालदेखिको यो तितो भोगाइ कसैले माइतीको तर्फबाट दिएको दाइजोभन्दा पनि बढी प्यारो भएको छ ।
समयले कोल्टे फेर्न खोज्दै छ । नेपाली दिदीबहिनीहरू देशभित्र या देश बाहिर विभिन्न कारणले जोखिममा पर्न नदिन र परेकाहरूलाई राज्यले सहयोगको रूपमा
संरक्षण, पुनस्र्थापना, कानुनी सहयोग, क्षमता विकास र समन्वयका विभिन्न विषयमा योजना बनाएको छ मन्त्रालयले । त्यो योजना के कति प्रभावकारी कार्यान्वयनमा रहला त्यो त हेर्न बाँकी नै छ । मानव बेचविखन जस्तो जघन्य अपराधलाई अन्त्य गर्न कसले सक्ला र ? साँच्चै यो साङ्गठनिक अपराध भएकै कारण पनि यसको अन्त्य गर्न नसकिएको हो । बेचबिखनमा पर्न नदिन सरकारी,
गैरसरकारी निकाय तथा सञ्चार क्षेत्र लागि नपरेको पनि होइन । आज हामी नेपालीहरू गर्वसाथ म नेपाल आमाको सन्तान सुरक्षित छु भन्न सक्ने स्थिति कहाँ छ र ? वैदेशिक
रोजगारीका लागि विदेशिन बाध्य भएका कतिपय महिला तथा पुरुषहरूसमेत आफू असुरक्षित भइ कतिले जीवन गुमाएका छन् त कतिले नेपाल फर्केर पनि घर परिवारबाट तिरस्कृत भई सङ्घसंस्थामा आश्रय लिई बस्नु परेको छ । यसरी बस्दाको अवस्थामा आफू अधिकारसम्पन्न छु भन्ने महसुस हतपत्त गर्न सक्ने अवस्था हुँदैन ।
राज्यले दिने भनेर बर्षौंदेखिको खोेक्दै आएको बेचबिखन प्रभावितले पाउने भनिएका तर नपाएका क्षतिपूर्तिको सन्दर्भमा कुरा उठान गर्ने हो भने हाम्रा प्रभावित दिदीबहिनीहरू राज्यको नागरिक हुँ कि होइन भन्ने सन्देहमा बाँचिरहेका छन् । नागरिकता बनाउन एउटै निकायमा ९६ पटक नमस्कार गर्न पुग्दा नागरिकता नबनेपछि निराश भई फर्के थुप्रै घटनाहरू छन् । आफूलाई निकै आदर्शवादी व्यक्तित्वका रूपमा स्थापित गर्न खोज्नेहरू कुर्सीमा आसन ग्रहण गरेपश्चात् पनि महिलाहरूले सजिलै नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरूको नमिठो वचनबाण समेत सहनु परिरहेको तीतो यथार्थ हामी माझ छ । कतै बेचबिखनको सिकार बन्न पुगेका नारीहरू सङ्घर्षमय जीवनयापन गरिरहेका छन् । यस्ता दिदीबहिनीहरू आफूलाई प्राभावित बनाउन खोज्नेहरूका विरुद्ध आवाज उठाउन र वहिस्कार गर्न खोज्दैनन् । बरु उसलाई सजाय धेरै भयो भन्ने कुराको चर्चा परिचर्चा चलाउँछन्— चौतारामा, चिया खाने होटलहरूमा । हाम्रा समाजले, बुद्धिजीवीकोे खोल ओढेर लाजै नमानी भन्ने गर्छन्— आफू कमजोर नभई अर्काले त्यसै लैजान्छ ? मान्छे खाÇनै कारणले दुर्घटनामा पर्छन् ।
खुकुरीको चोट अचानोलाई के थाहा ? जसले भोग्यो उसले मात्र पीडानुभूति गर्ने हो । अब प्रभावितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । विचराको भावले सहयोग नगरी पीडितको हकअधिकार हो भन्ने हिसाबले सहयोग गर्नु आवश्यक छ । कैयौं सङ्घसंस्थाहरू हाल मानव बेचविखनको विरुद्धमा काम गर्न च्याउ उम्रेझैं उम्रिरहेको छन् । तर प्रभावितको मुद्दालाई उठाउन भने नसकिरहेको अवस्था व्याप्त छ । उनीहरूको गोपनियताको अधिकारको कार्यान्वयन र संरक्षण गर्न सबै सङ्घसंस्थाहरू जागरुक हुनु जरुरी छ ।
परियोजना रहेसम्म तँछाड मछाड गरी प्रभावितको समूह–सञ्जाल बनाउने तर
परियोजना सक्दाको क्षणसम्ममा आत्मनिर्भर बनाई पूर्णरुपमा सुरक्षित रहेको महसुस  गर्ने अवस्था बनाउन नसक्ने हो भने यस्ता परियोजनाकै कुनै औचित्य रहँदैन । अहिले पनि हाम्रो देशको कुनै पनि पार्टीको सिद्धान्त र प्रचारप्रसारमा बेचविखन प्रभावितको मुद्धाहरूलाई उठाएको पाइँदैन । कुनै दलालले मानव वेचविखन जस्तो जघन्य अपराध गरेर जेलबाट फर्केर आÇनै गाउँमा घरमा मजाले बस्दा समाजले त्यति अपमान
गरेको पाइँदैन । समाजमा सहजै त्यो व्यक्तिको पुनर्मिलन हुनसक्छ तर त्यही ठाउँमा बेचविखन प्रभावित दिदीबहिनीहरू सहजै स्विकार्न त के, कुरा काटेर बस्न नसकी पुनः जोखिममा पर्ने सम्भावना हुन्छ या आत्महत्याको सिकार बनाउन उद्यत हुन्छ समाज । आज पनि हाम्रा दिदीबहिनीहरू प्रभावित भएकै कारण घरेलुहिंसाको सिकार बनिरहेका छन् ।
वैदेशिक रोजगारीको नाममा बेचविखनको शिकार बनेका पीडा न त
राज्यले वा समाजले नै बुझेर अगाडि बढ्न सकेको छ यत्तिबेला । त्यसैले सङ्घसंस्था, समुदाय, समाज र राज्यले प्रभावित हुनु रहरले होइन बाध्येताले हो । त्यही ठाउँमा आÇनै दिदीबहिनीलाई राखेर हेर्ने हो भने प्रभावितहरूको पीडा बुझ्न कठिन हुँदैन । अतः यसका लागि सबैको के भूमिका रहन्छ भन्ने कुरामा राज्य सबैभन्दा पहिला संयमित भई मानव वेचविखन जस्तो अपराधको अन्त्य गर्न सक्रिय भई लाग्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो ।