रमिला सापकोटा
हिन्दु नारीहरुको माहान चाड हरितालिका तीज नजिकिदै आउँदा दिनप्रतिदिन तीज
विशेष कार्यक्रम गर्ने तथा दर खाने प्रचलन बढ्दो छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने यो पर्वमा भगवान् शिवको पुजा आराधाना गरिन्छ भने नेपाली हिन्दु महिलाहरुले स्वतन्त्र र आनन्दमय रुपमा आफ्ना मनमा लागेका र वर्षभरि भोग्नुपरेको दुख, कस्ट र पिरमर्कालाई गीतको मार्फत व्यक्त गर्ने पनि गर्दछन् ।
भगवान् शिवकी अधाङर््गिनी पार्वतीले आफनो स्वामीको सुस्वास्थ्य अनि दीर्घायूको कामना गदै पानी पनि नखाई व्रत बसेकी थिइन् त्यो दिन भाादै शुक्ल तृतीयाको दिन थियो त्यही दिनबाट हिन्दु नेपाली महिलाहरुले तीजलाई उत्सवको रुपमा मनाउने प्रचलन आएको भन्ने बुझिन्छ । विशेष त यो चाडमा माइतीले छोरी, चेलीलाई बोलाई मिठामिठा खानेकुरा खुवाउने तथा दुख सुखका कुराहरु गर्ने चलन पनि रहेको छ । तसर्थ यो चाड पौराणिक कालदेखि नै मनाउदै अएको भन्ने बुझिन्छ ।
वास्तवमा भन्ने हो भने तीज भनेको बिशेष गरेर हाम्रो समाजमा हिन्दु नेपालीहरुले मनाउने त्यसमा पनि पौराणिक कालदेखि नै मनाउँदै आएको पर्व हो । महिलाहरुको विवाह पश्चात् बाँकी सम्पूर्ण जीवन श्रीमान्को घरमा बिताउनुपर्नेहुन्छ । यसरी आफू जन्मेको, हुर्केको, पढेको अनि हाँसखेल गरेको ठाउँ र माता पिताको त्यो न्यानो काखलाई चटक्क छोडेर कर्म घरमा बस्नुपर्दा दिन प्रतिदिन आउने याद र सम्झनालाई कमी गर्ने अवसरको रुपमा पनि यो चाडलाई लिन सकिन्छ भने ३ ४ दिन मात्र भए पनि विवाहित महिलाहरुले पराई घरको तनाव र जिम्मेवारीबाट सास फेरको अनुभव गर्छन् भने माइतीको यादको खाडललाई केही हदसम्म पुरेको अनुभव पनि गर्छन् ।
विगत केही वर्ष अगाडि तीज मनाउने चलन शहरमा भन्दा गाउँघरतिर बढी हुने गथ्र्यो तर आज समयले कोल्टो फेरेको छ यो बदलिँदो समयमा तीजको आवश्यकता महसुस गरेर हुन सक्छ सहर बजारका टोलटोल, गल्लीगल्लीमा तीजलाई भव्यताका साथ मनाउन थालेका छन् त्यतिमा मात्र सीमित नभएर अहिले तीज पर्व नेपालबाहिर पनि केही देशहरुमा मनाउने गरेको पाइन्छ साथै विदेशमा रहनु भएका आम नेपालीहरुले पनि हिजो भन्दा आज तीज पर्वलाई भव्य रुपमा मनाउने गरेको सुनिन्छ ।
हिजोको दिनमा मनाउने र आजको दिनमा मनाउने तीज पर्व बिलकुलै फरक किसिमको हुन थालेको सायद समय र परिस्थितिको कारणले गर्दा पनि हुनसक्छ समय अनुसार चाडपर्व मनाउने शैलीमा पनि फरक आउन थालेको छ । कुनै दिन तीज पर्व विवाहित नारीहरुले आफ्नो माइतीघरमा गई वर्षदिनभरीको थकान मेटेको अनुभव गथ्र्यो भने भगवान् शिवको व्रत बसी तीजभरि उनकै महिमा जगाउने खालका गीत भजन कृतध्न गाएर बस्ने चलन थियो । त्यसपछि केही समयपश्चात तीजलाई एउटा फेसनको रुपमा मनाउन थालियो । तीज फेसेनेबल हुन पुग्यो । मनाउनेले त मनाइहाले नमनाउनेले पनि मनाउन थाले त्यो भन्दा पनि तीजको मुल्य र मान्यतालाई नै बिर्सेर आधुनिक किसिमले १ महिना अगाडिदेखि नै दर खाने राती अबेरसम्म नाचगान गरी मादक पदार्थ सेवन
गरी घर जाने शैलीको रुपमा पनि तीजलाई विकृतिको रुपमा नमनाएका पनि होइन तर आज समय परिवर्तन भईसकेको छ भने त्यस्तो भड्किलो तीजलाई सरकारले नै केही हदसम्म रोक पनि लगाएको छ ।
बदलिँदो समाज, बदलिँदो परिस्थिति अनि बदलिँदो समयको कारणले होला आज तीज पर्व मनाउने शैलीमा केही सकारात्मक परिवर्तन आएको छ भने तीजको आवश्यकता महसुस गरेर होला अन्य धर्मावलम्बीहरुले पनि तीजलाई हामी सबैको चाड हो भन्ने आवश्यकता महसुस गरी मनाउन थालेको देखिन्छ । भने तीज पर्वलाई हाल नेपाली महिलाहरुले मात्र नभएर पुरुषहरुले पनि मनाउने गरेको पाइन्छ साथै आज भोलि तीजको अवसर पारेर संचालन गरेको कार्यक्रमबाट उठेका संकलित रकम दीनदुखीहरुको लागि दान गर्ने, बाढीपीडितको लागि सहयोग गर्ने, बृदाआश्रमको लागि सहयोग गर्ने जस्ता सकारात्मक कार्यहरुको थालनी भएको छ ।
तर सकारात्मक कार्यको थाली भए तापनि हाम्रा नेपाली गायक, गायिकाको मन, मस्तिष्कमा भने सकारात्मक परिवर्तन ल्याउन सकेको अवस्था भने छैन उहाहरुको गीतमा कसैको घरबार बिगार्ने, महिलाले आफ्नो कर्तव्य बिर्सी अधिकार मात्र खाज्ने जस्ता उच्छृङ्खल खालका गित र भिडियोहरुको कारणले कतै समयले माग गरेको भन्दा बढी सिमा नाध्ने त होइन भन्ने आम नेपालीको चासो र गुनासोसमेत आउन थालेको
छ । हुन त तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो तर पनि हिजो आजका गायक गायिकाहरुले आफ्नो मौलिकता नै बिर्सेको हो कि भन्ने पनि लाग्छ वास्तवमा तीज गीत भनेको जहिले पनि घटनाप्रद हुनुपर्छ भन्ने लाग्छ तर हिजोआजका गीतहरु घटनाभन्दा पनि क्षणिक, सस्तो र रमाइलोका विषयवस्तुमा मात्र सीमित अर्थात् हाबी भएको हो कि भन्ने लाग्छ भने आगामी वर्षहरुमा बजारमा आउने एल्वमहरुमा केही परिमार्जित भई पौराणिक मान्यता र घटना विषवस्तुसँग जोडिएको पनि होस भन्ने आग्रह पनि गर्दछु ।
अन्त्यमा हिन्दु महिलाहरुको माहान पर्व हरितालिका तीजले विकृति हटाउने र संस्कृति जोगाउनेतिर अग्रसर होस् भन्ने शुभकामना दिन चाहन्छु ।
No comments:
Post a Comment