एकीकृत नेकपा माओवादीका नेता तथा मकवानपुर क्षेत्र नंबर २ मा उमेद्वार नारायणकाजी श्रेष्ठ‘प्रकाश’ले जनमुखी राजनीतिलाई अघि बढाउनको लागि जनताको सहकार्य आवश्यक भएको बताउनुभएको छ । यस अघिको संविधान बनाउनको लागि प्रतिक्रियाबादीले नदिएको बताउँदै उहाले अबको चुनाबमा दुई तिहाइ मत दिई विजयी गराउन आग्रह गर्नुभयो ।
माओवादीबाट वैद्यले एक खेमा चोइटिएर गए पनि एकीकरणले एकीकृत नेकपा माओवादी अझ बलियो भएको बताउनुभयो । यसका लागि मंसिर ४ गते तोकिएको निर्वाचनमा सबैको अर्जुन दृष्टि हुन आग्रह गर्नुभयो । उनले यो चुनाव दोस्रो नभए अन्तिम चुनाव पनि भएको बताउनुभयो । दसैको शुभकामना आर्दान प्रदान कार्यक्रममा उमेद्वार प्रकाशले आफ्नै नेतृत्वको सरकारले स्वीकृत दिएको सुरुङमार्गको नारा लिएर चुनाव जित्ने आश गर्नेहरुको सपना मात्र हुने बताउनुभयो । नेपाली जनतालाई विकास भन्दा संविधान चाहेको उहाँको भनाइ थियो । कम्युनिष्ट पाटी जे गर्छ त्यो बोल्छ, जे बोल्छ त्यो गर्छ भन्दै जनताको माग र चाहेको विकास पूरा गर्ने बताउनुभयो । उहाँले चन्द्रागिरी मार्गलाई पूरा गर्ने अभिभारा पनि आफ्नो पार्टीले लिने उद्घोष गर्नुभयोे । मकवानपुर क्षेत्र पर्यटन, कृषि लगायतको विकासको लागि आफ्नो पाटी र आफू तयार भएको उल्लेख गर्दै जिल्लालाई नै नमुना बनाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, एकीकृत नेकपा माओवादी मकवानपुर सचिवालय सदस्य अरुण रायमाझी, ताम्सालिङ राज्य समिति सदस्य ज्योति रायमाझी, पूर्व सभासद् प्रेमबहादुर पुलामी छिन्तु, षेत्रिय इन्चार्ज विष्णु विष्ट ‘आदर्श’ लगायतकाको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment