चाडपर्व लगत्तै परेको संविधानसभाको चुनाव
नेताहरूको लागि दुबै हातमा लड्डु भएको छ । संविधानसभाका उमेद्वारहरूले यो अवसरलाई
राम्रै सदुपयोग गर्ने योजना बनाएका छन् । आफ्नो क्षेत्रमा १२ देखि १५ हजार मत
ल्याउनेको जीत हुने भएकाले पनि समय खेर फाल्नु नेतालाई ठूलै मूल्य चुकाउनु बराबर
हुनेछ । यसैले, दशैमा समय मिलाएर भएपनि मतदाताहरुलाई भेट्ने योजनामा नेताहरू छन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र
बानियाँ आफ्नो मूल घर हर्नामाडीमा बिताउँदा भोटरसङ्ग रहने बताउँछन् । क्षेत्र नं. एकमा
आफ्नो जीत निस्चित भए पनि, प्रतिद्वन्दीलाई भारी मतले हराउने योजनाका साथ दसैँमा
पूर्वी मकवानपुरका कार्यकर्ता तथा जनतासङ्ग रहने उनको योजना छ ।
उता, अघिल्लो संविधानसभाको चुनावमा पशुपति
समशेरको राप्रपाबाट उठेका मकवानपुर क्षेत्र नं. दुईका भीमबहादुर भोम्जनलाई कमल थापाको
राप्रपाबाट अहिले उठेकाले चाडबाड हुनु र नहुनु एकै भएको छ । भोम्जन पनि दसैंमा आफ्नो क्षेत्र नं. दुईका जनताको घरदैलोमा जाने
सुरमा छन् ।
यस्तै, मकवानपुर क्षेत्र नं. तीनमा आफूलाई
जनताले बिजय गराउने विस्वास राखेका नेकपा एमाले नारायणी अंचल कमिटीका सचिब अनन्त
पौडेल दसैंमा मतदाताको घरमा पुग्ने बताउँछन् । चुनाबी अभियान कुनै पनि औपचारिक कार्यक्रम
नगरे पनि मतदाताको घरदैलोमा पुगेर दशै मनाउने योजना रहेको उनले बताए ।
त्यसैगरी, दशै मनाउनका लागि अघिल्ला बर्षहरुमा आफ्नो मुल
घर सिंधुली जाने गरेका एकीकृत माओबादी मकवानपुरका ईन्चार्ज तथा मकवानपुर क्षेत्र नं.
चारका उमेद्वार सोनामसिं स्याङतान 'बिजय' यसपाली घर नजाने भएका छन् । चुनाब निकै
नजिएकाले दशैमा घर जानु भन्दा पनि मतदाता माझ बसेर दशै मान्ने उनको योजना रहेको छ
। रगत र पिसाबमा देखिएको समस्याका कारण अस्पतालमा भर्ना हुन डक्टरले दिएको
सल्ललाहलाई समेत नमानेर बिजय जनतासङ्ग दसैं मान्न चार नं. क्षेत्र जाने तयारीमा
छन् ।
मकवानपुरका बिभिन्न क्षेत्रका उमेद्वारका
साथसाथै अन्य नेता तथा कार्यकर्ताहरूले पनि दसैंलाई भोट माग्ने राम्रो अवसरको रुपमा बुझेका
छन्।
No comments:
Post a Comment