अस्मिता तामाङ (थिङ)
हाम्रो नेपाल गौतम बुद्ध जन्मेको देश, विश्वकै अग्लो हिमाल सगरमाथा रहेको देश, महान्
साहसी वीर गोर्खालीको देश । प्राकृतिक रुपमा सुन्दर जैविक विविधता भएको देश । कसले सानो नेपाल भन्न सक्छ ? यही गोरखालीका कयौं चेलीहरू विभिन्न कारणले गर्दा आÇनो सुन्दर जन्मभूमि त्यागेर अर्काको ठाउँमा आँसु पिउन बाध्य भएका छन् । परापूर्वकालदेखिको महिला माथि विभिन्न प्रकारका शोषणहरू हुँदै आएका छन् । यसलाई बुइँगलबाट बार्दलीमा झार्न त सकिएला तर छिँडीमा झार्न भने अझै सकिएको छैन । मल्लकालदेखिको यो तितो भोगाइ कसैले माइतीको तर्फबाट दिएको दाइजोभन्दा पनि बढी प्यारो भएको छ ।
समयले कोल्टे फेर्न खोज्दै छ । नेपाली दिदीबहिनीहरू देशभित्र या देश बाहिर विभिन्न कारणले जोखिममा पर्न नदिन र परेकाहरूलाई राज्यले सहयोगको रूपमा
संरक्षण, पुनस्र्थापना, कानुनी सहयोग, क्षमता विकास र समन्वयका विभिन्न विषयमा योजना बनाएको छ मन्त्रालयले । त्यो योजना के कति प्रभावकारी कार्यान्वयनमा रहला त्यो त हेर्न बाँकी नै छ । मानव बेचविखन जस्तो जघन्य अपराधलाई अन्त्य गर्न कसले सक्ला र ? साँच्चै यो साङ्गठनिक अपराध भएकै कारण पनि यसको अन्त्य गर्न नसकिएको हो । बेचबिखनमा पर्न नदिन सरकारी,
गैरसरकारी निकाय तथा सञ्चार क्षेत्र लागि नपरेको पनि होइन । आज हामी नेपालीहरू गर्वसाथ म नेपाल आमाको सन्तान सुरक्षित छु भन्न सक्ने स्थिति कहाँ छ र ? वैदेशिक
रोजगारीका लागि विदेशिन बाध्य भएका कतिपय महिला तथा पुरुषहरूसमेत आफू असुरक्षित भइ कतिले जीवन गुमाएका छन् त कतिले नेपाल फर्केर पनि घर परिवारबाट तिरस्कृत भई सङ्घसंस्थामा आश्रय लिई बस्नु परेको छ । यसरी बस्दाको अवस्थामा आफू अधिकारसम्पन्न छु भन्ने महसुस हतपत्त गर्न सक्ने अवस्था हुँदैन ।
राज्यले दिने भनेर बर्षौंदेखिको खोेक्दै आएको बेचबिखन प्रभावितले पाउने भनिएका तर नपाएका क्षतिपूर्तिको सन्दर्भमा कुरा उठान गर्ने हो भने हाम्रा प्रभावित दिदीबहिनीहरू राज्यको नागरिक हुँ कि होइन भन्ने सन्देहमा बाँचिरहेका छन् । नागरिकता बनाउन एउटै निकायमा ९६ पटक नमस्कार गर्न पुग्दा नागरिकता नबनेपछि निराश भई फर्के थुप्रै घटनाहरू छन् । आफूलाई निकै आदर्शवादी व्यक्तित्वका रूपमा स्थापित गर्न खोज्नेहरू कुर्सीमा आसन ग्रहण गरेपश्चात् पनि महिलाहरूले सजिलै नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरूको नमिठो वचनबाण समेत सहनु परिरहेको तीतो यथार्थ हामी माझ छ । कतै बेचबिखनको सिकार बन्न पुगेका नारीहरू सङ्घर्षमय जीवनयापन गरिरहेका छन् । यस्ता दिदीबहिनीहरू आफूलाई प्राभावित बनाउन खोज्नेहरूका विरुद्ध आवाज उठाउन र वहिस्कार गर्न खोज्दैनन् । बरु उसलाई सजाय धेरै भयो भन्ने कुराको चर्चा परिचर्चा चलाउँछन्— चौतारामा, चिया खाने होटलहरूमा । हाम्रा समाजले, बुद्धिजीवीकोे खोल ओढेर लाजै नमानी भन्ने गर्छन्— आफू कमजोर नभई अर्काले त्यसै लैजान्छ ? मान्छे खाÇनै कारणले दुर्घटनामा पर्छन् ।
खुकुरीको चोट अचानोलाई के थाहा ? जसले भोग्यो उसले मात्र पीडानुभूति गर्ने हो । अब प्रभावितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । विचराको भावले सहयोग नगरी पीडितको हकअधिकार हो भन्ने हिसाबले सहयोग गर्नु आवश्यक छ । कैयौं सङ्घसंस्थाहरू हाल मानव बेचविखनको विरुद्धमा काम गर्न च्याउ उम्रेझैं उम्रिरहेको छन् । तर प्रभावितको मुद्दालाई उठाउन भने नसकिरहेको अवस्था व्याप्त छ । उनीहरूको गोपनियताको अधिकारको कार्यान्वयन र संरक्षण गर्न सबै सङ्घसंस्थाहरू जागरुक हुनु जरुरी छ ।
परियोजना रहेसम्म तँछाड मछाड गरी प्रभावितको समूह–सञ्जाल बनाउने तर
परियोजना सक्दाको क्षणसम्ममा आत्मनिर्भर बनाई पूर्णरुपमा सुरक्षित रहेको महसुस गर्ने अवस्था बनाउन नसक्ने हो भने यस्ता परियोजनाकै कुनै औचित्य रहँदैन । अहिले पनि हाम्रो देशको कुनै पनि पार्टीको सिद्धान्त र प्रचारप्रसारमा बेचविखन प्रभावितको मुद्धाहरूलाई उठाएको पाइँदैन । कुनै दलालले मानव वेचविखन जस्तो जघन्य अपराध गरेर जेलबाट फर्केर आÇनै गाउँमा घरमा मजाले बस्दा समाजले त्यति अपमान
गरेको पाइँदैन । समाजमा सहजै त्यो व्यक्तिको पुनर्मिलन हुनसक्छ तर त्यही ठाउँमा बेचविखन प्रभावित दिदीबहिनीहरू सहजै स्विकार्न त के, कुरा काटेर बस्न नसकी पुनः जोखिममा पर्ने सम्भावना हुन्छ या आत्महत्याको सिकार बनाउन उद्यत हुन्छ समाज । आज पनि हाम्रा दिदीबहिनीहरू प्रभावित भएकै कारण घरेलुहिंसाको सिकार बनिरहेका छन् ।
वैदेशिक रोजगारीको नाममा बेचविखनको शिकार बनेका पीडा न त
राज्यले वा समाजले नै बुझेर अगाडि बढ्न सकेको छ यत्तिबेला । त्यसैले सङ्घसंस्था, समुदाय, समाज र राज्यले प्रभावित हुनु रहरले होइन बाध्येताले हो । त्यही ठाउँमा आÇनै दिदीबहिनीलाई राखेर हेर्ने हो भने प्रभावितहरूको पीडा बुझ्न कठिन हुँदैन । अतः यसका लागि सबैको के भूमिका रहन्छ भन्ने कुरामा राज्य सबैभन्दा पहिला संयमित भई मानव वेचविखन जस्तो अपराधको अन्त्य गर्न सक्रिय भई लाग्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो ।
No comments:
Post a Comment