कहानी प्यारो तिमीसँगको ।
गजल वर्तमान नेपाली साहित्यमा सर्वाधिक मौलाएको रचना हो । सबै उमेर समूहका लेखकले गजल रचनालाई रुचिको विषय बनाउँदै आएका छन् । प्रेमप्रणय प्रधान रचनाका रूपमा उर्दु फारसीबाट नेपाली साहित्यमा भित्रिएको रचना भए पनि वर्तमान समयमम्म आइपुग्दा यसले व्यापक विषय क्षेत्रमा विस्तृति पाइसकेको छ । देवराज तिवारी (२०३०) वि.स. २०६४ मा मकवानपुर आई खासगरी काव्यसाहित्यका विविध विधामा कला चलाउँदै आएका स्रष्टा हुन् । कविता, गजल, मुक्तक आदि रचनाहरूको सिर्जनामा यिनको लेखनी बढी केन्द्रित हुँदै आएको देखिन्छ । यिनै कवि पछिल्लो समय ुभावहरूका सन्दर्भु गजल सङ्ग्रह लिएर देखा परेका छन् ।
भावहरूका सन्दर्भ विविध विषयवस्तुमा लेखिएका कुल सत्तरी गजलहरूको सङ्ग्रह हो । मायाप्रेम र देशप्रेम नै सङ्ग्रहका अधिकांश गजलहरूको विषयवस्तु बनेर आएको देखिन्छ । देश र समाजका विकृति तथा विसङ्गतिलाई पनि उनले आÇना गजलको विषय बनाएका छन् । पछिल्लो समयमा देखा परेको सङ्क्रमणले समाजका हरेक क्षेत्रमा ल्याएको विसङ्गत अवस्थाप्रति गजलकारले चिन्ता जाहेर गरेका छन् । प्रेमप्रणयका गजलहरूमा सम्भोग र विप्रलम्भ दुबैखाले शृङ्गारको प्रयोग पाइन्छ । सबै नेपाली जस्तै सीमा अतिक्रमण गरिएकोप्रति पनि गजलकार चिन्तित छन् । समाजमा मान्छेले मान्छे जस्तै बनेर बाँच्न पाउनु पर्ने पक्षमा उनका गजलहरूले वकालत गरेका छन् । समान्य ढङ्गले भन्नुपर्दा आजको समाज र आजका मान्छेको नियति नै देवराजका गजलहरूको विषयगत सेरोफेरो हो । यस अर्थमा देशका विभिन्न भागहरूबाट प्रकाशित भइरहेका गजलका पुस्तकभन्दा यो कृति पनि भिन्न र विशिष्ट देखिँदैन ।
साहित्य भन्नु नै भाषिक कला हो । सामान्य कुरालाई विशिष्ट शैलीमा भनियो भने त्यो साहित्य हुन्छ । साहित्यका कुनै विधामा कला र विचारको सन्तुलन हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । यस मान्यताको परिपालना गर्ने प्रयत्न यस कृतिका सर्जकले पनि गरेका छन् । यति हुँदाहुँदै पनि सङ्ग्रहका अधिकांश गजलहरू सामान्य खालका नै देखिन्छन् । गजलले जुन प्रकारको प्रभाव पाठक÷श्रोतामा सिर्जना गर्नुपर्ने हो त्यो सशक्तता यस सङ्ग्रहका थोरै गजलहमा मात्रै पाइन्छ । हुन त सबै रचनाहरू एक समान हुन सक्तैनन् । तथापि पुनर्लेखन र परिष्कारको अभाव हो कि भन्ने अवस्था यहाँका केही गजलहरू सिर्जना गरेका छन् । वर्णविन्यासगत त्रुटिहरू पनि पुस्तकमा पर्याप्त छन् ।
देवराज आफै एक जना असल भाषाशिक्षक भएका नाताले पनि यसो नहुनु पथ्र्यो । त्यसैगरी केही गजलमा काफिया मिलाउनकै लागि प्रचलित शब्दका रूपहरूलाई विचलनयुक्त ढङ्गले प्रयोग गरिएको अवस्था पनि देखिन्छ । त्यस्तै केही गजलहरूमा रदिफ काफियाको सामान्य तुकबन्दी मात्र मिलाउने प्रयास गरिएको पनि आभास हुन्छ । अधिकांश गजलहरूमा अभिव्यक्तिको सोझोपनको वर्चस्व देखिन्छ । आÞलादकारी र चमत्कारपूर्ण अभिव्यक्तिको संयोजन र सन्तुलन मिलाउन सकिएको भए गजलहरू अझ सशक्त बन्न सक्थे । त्यस्तै सङ्ग्रका तिन वटा गजलहरूमा तिन सेरमा रहेका छन् । रुढ नियम नै नभए पनि कम्तीमा चार सेरमा गजल लेखिनु पर्ने आम मान्यता रहेको
देखिन्छ । त्यस्तै कम्प्युटर सेटिङ जस्ता प्राविधिक पक्षमा पनि पुस्तक कमजोर नै प्रतीत हुन्छ । जे होस्, देवराजजीको पुस्तक प्रकाशन हुनु आफैँमा सुखद पक्ष हो । भविष्यमा उहाँका अझ सुन्दर र सशक्त रचनाहरू प्रकाशित हुँदै जाऊन् ।


No comments:
Post a Comment