पढ्नुहोस् पुरै पत्रिका
-
के हामी कम छौँ र ! -
एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै -
हरेक बिहान उठ्ने बित्तिकै ...
-
नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
-
नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै
Tuesday, September 24, 2013
Thursday, September 19, 2013
चक्का जाम भयो
चन्द्र घलान
पदमपोखरी, ३ असोज÷ मकवानपुरको
पदमपोखरीमा स्थानियबासीहरुले बिहिबार गरेको चक्का जाम लगभग ३ घण्टा पछि खोलिएको छ
। स्थानियबासीहरुले पदमपोखरीको स्थानिय रुटमा चल्ने बसमा पदमपोखरी चोक तथा बुद्ध
चोकका स्थानियबासीहरुलाई यात्रा गर्न सहज नभएको भन्दै पदमपोखरीको बुद्ध चोकमा
बिहिबार बिहान लगभग ३ घण्टा चक्का जाम
गरेका थिए ।
बुद्ध चोकमा स्थानियहरुले भेला भई
बुद्धचोकबाट बस थप्नु पर्ने माग गर्दै बस
चल्न नदिए पछि सरोकारवालाहरु र स्थानियबासीहरुको बैठकले पदमपोखरी चोकबाट एउटा बस
चल्ने सहमति गरे पछि बस चल्न दिइएको बताईएको छ ।
पदमपोखरीमा
स्थानिय रुटमा बसको संख्या कम भएको र सिमित संख्यामा भएको बसमा समेत
पदमपोखरीको घरेडीडाँडा तथा हात्तीगौँडाबाट नै गाडी भरिएर आउने हुँदा बुद्ध चोकका
स्थानियहरुले बसको छत तथा ढोकामा झुण्डिएर
जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानियहरुले गुनासो गरेका छन् । बस सञ्चालक
समितिले बेवास्ता गरेका कारण यस्तो समस्या आएको स्थानियहरुले आरोप लगाएका छन् ।
पदमपोखरीमा यस भन्दा अघि पनि पटक पटक चक्का जाम भएको थियो । यस अघि पनि
पदमपोखरी–१ वनस्पतिमा स्थानियहरुले चक्का जाम गरे पछि त्यहाँबाट छुट्टै
माईक्रो र म्याजिक सञ्चालन गरिएको थियो ।
क्रिकेट प्रतियोगिता हुने
नेपाल क्रिकेट संघको तत्वावधान तथा मकवानपुर
क्रिकेट संघको आयोजनामा आश्विन १३ गते देखि
जिल्ला स्तरिय एकदिवशिय क्रिकेट प्रतियोगिता हेटौंडाको हुप्रचौरमा हुने
भएको छ ।
जिल्लाका १० देखि १२ समूहको सहभागिता रहने प्रतियोगिताका लागि
विभिन्न क्लवहरुलाई अश्विन ८ गते भित्र दर्ता गरिसक्न क्रिकेट संघ मकवानपुरका सचिव वासुलाल श्रेष्ठले
आग्रह गर्नु भएको छ । प्रतियोगिता वाट जिल्लाको टोली छनौट गरि क्षेत्रिय
प्रतियोगिताको लागि लगिने संघका प्रशिक्षक संजय महर्जनले जानकारी दिनु भयो । लिग
कम नकआउट का आधारमा खेलाइने प्रतियोगिता ४० ओभरको रहने छ ।
नेपाल क्रिकेट संघको नियमित कार्यक्रम अन्र्तगत
पर्ने एक दिवशिय प्रतियोगिता वाट जिल्ला, क्षेत्रीय हुदै राष्ट्रिय टिम निर्माण गर्ने गरिएको छ । साथै उक्त प्रतियोगिता सम्पन्न गर्न जिल्लाका
सवै राजनितिक दल, वुद्धिजीवी, औद्योगिक
क्षेत्र, व्यापारि, खेल प्रेमी तथा आम जनतालाई सहयोग गर्न सचिव
श्रेष्ठले आग्रह गर्नु भयो ।
यसै विच क्षेत्रीय ट्वन्टी–ट्वान्टी
छनौट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरको टोली शनिवार वाराको कलैया
तथा पर्साको विरगंज प्रस्थान गर्दैछ । टोलीका सदस्यहरुमा रविन गुरुङ्ग (कप्तान),
प्रेम
क्षेत्री, अजय शर्मा, रोनाल थापा, मणीराज पौडेल,
किरण
बुढाथोकि, प्रिन्स सिंह, ज्ञानेश सिंह, विमल अधिकारी,
तक्क्षक
सिंखडा, सिद्धार्थ लामा, सिपुजन जैसवाल, सरोज वर्तौला,
अनुराग
अधिकारी का साथै वैकल्पिक खेलाडीका रुपमा अंकुश शाह रहेका छन् । टिम कोच संजय
कुमार महर्जन का साथमा व्यवस्थापक निरज श्रेष्ठ रहनु भएको छ । यस प्रतियोगितामा
मकवानुरका राष्ट्रिय एम्पायर विनोद वानियाँले ६ मध्ये ३ खेल खेलाउने जानकारी संघका
सह–सचिव कृष्णगोपाल श्रेष्ठले दिनु भयो । मकवानपुरले पहिलो खेल शनिवार
बारा विरुद्ध त्यस्तो दोश्रो खेल पर्सा विरुद्ध र अन्तिम खेल रौतहट विरुद्ध
खेल्नेछ ।
Wednesday, September 18, 2013
Tuesday, September 10, 2013
पुलिसलाई सित्तैमा लोकल कुखुरा
रामकुमार एलन
लोर्के स्याङ्तानको घरमा उज्यालो छ । मइन्टोल नै बालेका छन् । आज खाल बस्नेको सङ्ख्या ठूलो छ तास, कौडा हान्नेको अखडा हो स्याङ्तानको घर । गजबको छ । गोठका ठूलो खोल्मामा पनि खेलेका छन् । घरमा बाहिर फल्याकमा एउटा खाल, पिँढीमा अर्को । भित्र अर्को । स्याङ्तानकी कान्छी छोरी म्हेन्दोले सबैलाई दुईमाने बोड्कोमा छिप्पेको जाँड खुवाउँछे । ठीकठीक भएपछि केटाहरू तास, कौडामा उत्रन्छन् । फौबन्जारीहरू फोकटमा बाघचाल पनि खेल्छन् । कोही छेउछाउमा बसेर ‘दहर फाल र नहर हाल’ भनेर निःशुल्क सल्लाह पनि दिन्छन् ।

अखण्डको प्रत्यक्ष र समानुपातिक
अखण्ड पार्टी नेपाल मकवानपुर जिल्ला कमिटीको मंगलवार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले दोश्रो संबिधान सभाको निर्वाचनका लागि मकवानपुरबाट प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
बैठकले समानुपातिक तर्फ निर्वाचन क्षेत्र नम्बर एकमा जिल्ला सचिव रामकेदार बस्नेत, महिला तर्फ साबित्री बिष्ट, निर्वाचन क्षेत्रनम्बर २ मा जिल्ला उपाध्यक्ष भरत थापा र महिला केन्द्रीय सदस्य ईश्वरी सिंह ठकुरी, निर्वाचन क्षेत्रनम्बर ३ मा जिल्ला अध्यक्ष रमेश थापा र ३ नम्बर क्षेत्रिय उपाध्यक्ष पवित्रा महत तथा निर्वाचन क्षेत्र नम्बर ४ मा जिल्ला उपाध्यक्ष बिनोद शाह र महिला जिल्ला उपाध्यक्ष रेखा पुडासैनी जुनकिरीको नाम सिफारिस गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रिय अध्यक्ष रमेश कार्की, निर्वाचन क्षेत्रनम्बर २ मा जिल्ला सदस्य बोमबहादुर राउत, निर्वाचन क्षेत्र नम्बरमा ३ मा ३ नम्बर क्षेत्रिय अध्यक्ष बासु कार्की । निर्वाचन क्षेत्रनम्बर ४ मा लक्ष्मण गिरीको नाम सिफारिस गरेको छ । महिला तर्फ निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला सह सचिव संगिता देवी क्षेत्रिको नाम सिफारिस गरिएको छ ।

सन्दर्भमा मुटु र गीतहरू - बिहङ्गम
निमेष निखिल
म जहिले मरूँ संसारमा पहाड बनेर मर्न सकूँ
बगरमा मेरो चिता जल्दा एउटा सन्देश छर्न सकूँ ।
पुरुषोत्तम आचार्य (२०४२) मकवानपुरे साहित्यबाट क्रमशः राष्ट्रिय साहित्यको मूलधारतिर अभिमुख नाम हो । साहित्यको खासगरी काव्य विधाका नजिक रहेर आफ्नो सिर्जना कर्मलाई निरन्तरता दिइरहेका आचार्यका भोको मझेरी मुक्तक सङ्ग्रह
(२०६८) र मुटु र गीतहरू गीतसङ्ग्रह (२०७०) प्रकाशित छन् । मकवानपुरमा छन्दोबद्ध कविता लेखनलाई शैली र शिल्पसचेत ढङ्गले अगाडि बढाइरहेका आचार्यले कविता, गीत, मुक्तक र गजल सिर्जनामा आफूलाई तल्लीन गराएको देखिन्छ । लेखनका साथसाथै गायन र सङ्गीतलाई पनि आÇनो रुचि र अभीष्टि बनाउँदै आएका यिनै कविको सद्य प्रकाशित गीत सङ्ग्रह मुटु र गीतहरूको सामान्य परिचर्चा यहाँ गर्न खोजिएको छ ।

साताको कविता - आर आर चौँलागाईँ
आरआर चौलागाईँ मकवानपुरको साहित्यमा सुपरिचित नाम हो । सरल शैलीमा कविता लेख्ने र पाठकमा प्रभाव छाड्न सक्ने कविका रूपमा यिनलाई लिइन्छ । विशेषत: मकवानपुरको साहित्यिक सङ्गठकका रुपमा पनि यिनलाई लिने गरिन्छ । सरलतालाई नै काव्यिक चिन्तनको आधार मान्ने कवि चौलागाईँ मूलतः कविकै रूपमा परिचित छन् । समसामयिक विषयलाई आधारकेन्द्र बनाई कविता रचना गर्ने हुनाले यिनका कतिपय कविता सामाजिक अभिधा चित्रणमा सफल छन् । यिनै कविको कवितालाई हामीले यस अङ्कमा समेटेका छौँ ।
बाटो फरक भएपछि
मैले साधारण जीवन बिताऔँ भनेँ
तिमी तडक भडकमा रमायौ
मैले गहकिलो विचार अँगालौँ भनेँ
तिमीले कामचलाउ भए पुग्छ भन्यौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।
हामी केही समय सँगै हिँडेको पनि हो
स्वर मिलाएर एउटै गीत गाएको पनि हो
दुःख पर्दा दुःख पनि बाँडेकै हो
सुख पाउँदा सुख पनि बाँडेकै हो
तर खै ¤ तिमी कताकता छेकियौ
यात्रामा भेटिएका झल्याकझुलुकमा हरायौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।
अब खोलामा पानी धेरै बगिसकेको छ
दिन, हप्ता, महिना र वर्ष पनि धेरै घर्किसकेको छ
तिमी बाटोको पल्लो तीरमा पुगिसकेकी छ्यौ
म पनि बाटोको वल्लो तीरमा घिस्रिरहेको छु
हामीलाई मिलाउने सेतु पनि कतै भेटिन्न
चौतारी, भन्ज्याङ र शीतल पाटी पनि कतै देखिन्न
न तिमीले हिजो मैले भनेको मान्यौ
न सुदूर भविष्यको रङ्गिन संसारलाई चिन्यौ
तिमी आÇनै ढिपीमा बस्यौ
र आँखा अगाडिको क्षणिक भुलभुलैयामा बेपत्ता भयौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।
के तिमी मजस्तो हुनुपर्छ
नत्र म तिमीजस्तो हुनुपर्छ ।
के यो सम्भव होला र ?
— हेटौँडा ४
शिक्षक–सञ्चालक सम्बन्ध
आशीष श्रेष्ठ
उद्योगमा काम गर्ने एउटा श्रमिकको न्यूनतम तलब रु ८२२० तोकिइसकेको छ, चाहे त्यो उद्योग घाटामा जाओस् या नाफामा । हाम्रा शिक्षक साथीहरू विना नीति नियमको त्यही चार हजार, पैतालीस सय मै काम गरिरहनु पर्छ भन्ने छैन। त्यसैले एउटा उच्चस्तरको कार्यदल बनाऔँ, त्यसले विद्यालयहरूको अवस्थाको अध्ययन
गरोस्, र त्यसैले के कसो गर्नु पर्ने हो त्यसको सिफारिस गरोस् भन्ने प्याब्सन तथा एनप्याब्सन मकवानपुरको चाहना हो ।
के छ ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ मा ?
२.१.६ विद्यालयले प्रत्यक वर्ष एउटा मात्र कक्षा थप गर्न पाउने छ ।
३.४.३ विद्यालयबाट १ किमि बन्दा टाढा रहेको आवास÷होस्टेलबाट विद्यार्र्थी आउन जान यातायातको व्यवस्था गरिएको हुनु पर्ने छ ।
४.२.६ विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्क को १ महिनाको भन्दा बढि लिन पाइने छैन ।
४.३.२ अध्ययन अनुमतिपत्र, तालिम प्राप्त र निर्धारीत योग्यता पुगेको उमेदवारलाई मात्र आंशिक, करार, अस्थायी र स्थायी पदमा नियुक्ति गर्नु पर्ने छ ।
४.३.५ शिक्षक कर्मचारी नियुक्ति गर्दा विद्यालयले शुरुमा १÷१ शैक्षिक सत्रकोलागि करारमा नियुक्ति गर्ने छ, यस्तो नियुक्ति करार ऐन अनुसार हुनेछ ।
४.३.९ विद्यालयको शुल्क वृद्घि शैक्षिक सत्रको शुरुबाट लागू हुने भएकाले शिक्षक कर्मचारिहरूको तलब सुविधा समेत सोही समयमा समायोजन हुनेछ ।
४.४.६ विद्यालय आफैँले पाठयपुस्तक तथा स्टेशनरी खरिद विक्री गर्न पाउने छैन ।
६.२ संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमश सतप्रतिशत र पचासप्रतिशत शुल्क मिनाहा गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।
शिक्षक साथीहरूले उठाउनु भएको माग गलत हो, नाजायज हो भनेर प्याब्सन, एनप्याब्सनले कहिल्यै भनेको छैन । तत्कालका लगि आन्दोलनलाई सम्बोधन गर्नेगरी शिक्षक कर्मचारीलाई खाइपाई आएको अहिलेको तलब को १६.५% वा रु एक हजार जुन बढी हुन आउँछ सो रकम एकपटक यही भाद्र मसान्त भित्र उपलब्ध गराउने निर्णयमा शिक्षक साथीहरू सहमत हुनु भएको छ । तलब बृद्घि तथा न्यूनतम तलब

दुःख बिर्सेको हाँसो
संप्रस पौडेल ‘दिवस’
अभाव र महँगीले भदौरे झरीमा बादलभन्दा घुर्मैलो भै ढाकेपछि एक जोडी छाक टार्ने टन्टाले पिरप्रसाद पण्डितलाई यो रात पनि निन्द्रा परेन । सल्काएको चुरोट सकिएर हत्केला पोलेपछि मात्रै थाहा पाउने पिरप्रसाद आपूmजस्तै पीडित अभावले डामेको राजाराम रम्तेलकोमा जाने निधो गर्छन् । आधा रातमा चौथी खेल्न आएको ठान्लान् भन्दै आँगनबाटै लुसुक्क फर्कन लागेका उनलाई राजारामले देख्ने बित्तिकै चुल्हामा डाक्छन् । अघि नै खोलेकाजी पनि आइसकेकामा सबै मिली सङ्कटको
सारङ्गी बजाई अभावको गीत गाउँन थाल्छन् । “हेर पिरप्रसाद यो साँझ पनि खोलेपाङ्ग्रोले गर्जो टा¥यौं ।” खोलेकाजीले दुखेसो पोखे । आवाजले पल्लोपट्टि बार्दलीमा सुतेका लखन्तरे पनि बिउँझिए र “के गर्दै आधी रातसम्म ?” भन्दै अर्धाङ्गिनी र एकजोडा जवान छोराछोरीको आÇनै हातले किरिया गरेका लखन्तरे पनि आइपुगे । भट्टीबाट छुटेर आइपुगेको भीमबहादुर भुजेल कराउँदै थियो, “भोलि बिहानै काउलीको वृक्षारोपण र भुस्याहा कुकुरको भ्यासेक्टोमी उद्घाटनका लागि केही थान नेताहरू गाउँ आउँदैरछन् । तिमेरु पनि भ्यासेक्टोमी गर्ने हो ?” भन्दा “रातरात बाटोमा होहल्ला गर्दै हिँड्ने तिम्लाई पो लाउनुपर्ने” लखन्तरेले बके । सबै गलल्ल हाँसे ।
बेरोजगारी समस्याले राज्यले एमआरपी छपाएर लखेट्न बाँकी नेताहरूको महान् जनयुद्धमा गाउँमै बस्दा नमारिएको एउटै सग्लो ठिटो यही भीमबहादुर मात्रै हो । शिकारीले दच्काएको हरिण भएका काइँलादाइ र सम्पत्ति रित्तिएर चौध जोडा करङका
भरले ठडिरहेका इमानसिंह साहुको मुखियापन फिर्ता हुने छाँटकाँट छैन । यिनका मुहारमा फेरि हाँसो आउँला र ? यी प्रश्नका जवाफहरू भेटिएलान् ?
ठुटे बिँडी ठोस्दै जरिकोटको खल्तीमा राख्छन् पिरप्रसाद । ‘जिन्दगी खोला सरी बगिरहेछ’ विरक्तिएको गीत गाउँदै गाइने काका आधा रातमै होटल जाँदै छन् । धन्न एउटा भैंसी छ र बेलाबेलामा दूध बेचेर तीनपाने चाख्न पाइयाछ । “आउनोस् गाइने भाइ, एक सर्को चिलिम तानेर जानोस् ।” खोलेकाजीले निम्त्याए । “आउन त आएँ, चिलिम सिलिम तान्दिनँ भो, खाँसी लागेर मर्नु भा’छ । बरु चिया खाउँ ।” गाइने काकाले चियाको किट्लीमा एक कचौरा दूध खन्याए र उत्तिनै पानी दूधको भाँडोमा । भन्छन्, “साहुले दूध पातलो भो भने भैँसीले कुँडो ज्यादा खाएछ भन्नुपर्ला ।”
चिया तात्दै गएपछि किट्ली पल्टेर खरानीमा झ्वाँस्स... भयो । भ्यागुतो उफ्रेर बत्तीको उज्यालोतिर भाग्यो । हडबडाउँदै गाइने काका भन्छन्, “भैंसीले दूध दिन नमानेर लात्ती बजाएपछि जसोतसो सेतो लागेको दूधको भाँडो पोखरीमा डुबाएर मानो पु¥याएँ । त्यही मौकामा भ्यागुतो भाँडोभित्र पसेछ । माछो भए त पोली खान हुन्थ्यो, भ्यागुतो...
(छिस् छिस्....) ।” भीमबहादुरसँगै पिरप्रसाद पनि नक्कली दाँतै गिजाबाट छुटेर मजेरीमा पुग्ने गरी हाँस्दा हाँसोको अट्टहास गुञ्जियो । दुखिया र गरिबहरूले हाँस्नु नहाँस्नु मात्र हो, हाँसेपछि दुःख बिर्सेर हाँसेको हाँसो कति मिठो हुँदोरहेछ। अस्तु !

नेपालको एकमात्र सारथि नेपाली काँग्रेस
विष्णु दाहाल
केहि दिन पहिले देखि केहि छापाहरुले भावि निर्वाचनलाई लिएर जनमत सर्भेक्षण गरिरहेका छन् र जनमतको परिणाम नेपाली काँग्रेसको पक्षमा देखिएको छ । राष्ट्र«वैंकका पूर्व गर्भनर तीलक रावल काँग्रेसको आफ्नो उपेक्षा भएको सन्धी केहिदिन अन्यत्र भट्किए । फेरि नेपाली काँग्रेसमा नै फर्किएका छन् भने नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल केहिदिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका तर्फबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने पूर्व अर्थमन्त्रि भरतमोहन
अधिकारीसँग असहमति जनाउँदै नेपाल सरकारको अर्थमन्त्रालयको सचिव जस्तो गरिमामय पदबाट एक झट्कामा राजिनामा दिएर निस्कन सक्ने उनीजस्ता निष्ठावान राष्ट्र«सेवक औँलामा गनिन सक्ने भन्दा बढी नहोलान् । मन्त्रि भरतमोहन अधिकारीसँग उनले जे जस्तो विषयमा असहमति जनाए, त्यसले गर्दा उनको लोकप्रियता ह्वात्तै बढेको छापाहरुमा पढ्न पाइन्थ्यो । त्यहि लोकप्रियतालाई आफ्नो पक्षमा पार्न कमरेड डा. भट्टराईले आफु प्रधानमन्त्रि भएपछि उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरे । नेपाली काँग्रेस, एमाले र एमाओवादीको नेतृत्वमा भएका सरकारहरुको नीति र कार्यशैली नजिकबाट हेरेका रामेश्वर खनाल अहिले नेपाली काँग्रेसबाट नै राजनीतिमा सक्रिय रहने घोषणासहित काँग्रेसप्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्दा त्यही पार्टी नै प्रवेश गर्नु पर्नाको प्रमुख आधार के हो त भन्दा उनले भने “काँग्रेसको विगत” लाई जनताको हितमा भएको पुष्टि गर्न सकिने पर्याप्त आधार भएको र अरु पार्टीको विगत र वर्तमान जनहितमा भएको पुष्टि गर्न कठिन रहेको भावार्थ संचार माध्यमलाई दिएका छन् । उनी र उनी जस्ता इमान्दार व्यक्तित्वको काँग्रेस प्रवेशबाट पनि के पुष्टि हुन आउँछ भने जनताको पक्षमा यो मुलुक हाँक्न सक्ने क्षमता राख्ने एकमात्र पार्टी नेपाली काँग्रेस नै रहेछ ।
केहि दिन पहिले देखि केहि छापाहरुले भावि निर्वाचनलाई लिएर जनमत सर्भेक्षण गरिरहेका छन् र जनमतको परिणाम नेपाली काँग्रेसको पक्षमा देखिएको छ । राष्ट्र«वैंकका पूर्व गर्भनर तीलक रावल काँग्रेसको आफ्नो उपेक्षा भएको सन्धी केहिदिन अन्यत्र भट्किए । फेरि नेपाली काँग्रेसमा नै फर्किएका छन् भने नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल केहिदिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका तर्फबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने पूर्व अर्थमन्त्रि भरतमोहनअधिकारीसँग असहमति जनाउँदै नेपाल सरकारको अर्थमन्त्रालयको सचिव जस्तो गरिमामय पदबाट एक झट्कामा राजिनामा दिएर निस्कन सक्ने उनीजस्ता निष्ठावान राष्ट्र«सेवक औँलामा गनिन सक्ने भन्दा बढी नहोलान् । मन्त्रि भरतमोहन अधिकारीसँग उनले जे जस्तो विषयमा असहमति जनाए, त्यसले गर्दा उनको लोकप्रियता ह्वात्तै बढेको छापाहरुमा पढ्न पाइन्थ्यो । त्यहि लोकप्रियतालाई आफ्नो पक्षमा पार्न कमरेड डा. भट्टराईले आफु प्रधानमन्त्रि भएपछि उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरे । नेपाली काँग्रेस, एमाले र एमाओवादीको नेतृत्वमा भएका सरकारहरुको नीति र कार्यशैली नजिकबाट हेरेका रामेश्वर खनाल अहिले नेपाली काँग्रेसबाट नै राजनीतिमा सक्रिय रहने घोषणासहित काँग्रेसप्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्दा त्यही पार्टी नै प्रवेश गर्नु पर्नाको प्रमुख आधार के हो त भन्दा उनले भने “काँग्रेसको विगत” लाई जनताको हितमा भएको पुष्टि गर्न सकिने पर्याप्त आधार भएको र अरु पार्टीको विगत र वर्तमान जनहितमा भएको पुष्टि गर्न कठिन रहेको भावार्थ संचार माध्यमलाई दिएका छन् । उनी र उनी जस्ता इमान्दार व्यक्तित्वको काँग्रेस प्रवेशबाट पनि के पुष्टि हुन आउँछ भने जनताको पक्षमा यो मुलुक हाँक्न सक्ने क्षमता राख्ने एकमात्र पार्टी नेपाली काँग्रेस नै रहेछ ।
वनविज्ञानमा मनोविज्ञान
एउटै क्याम्पसमा २ वटा विश्वविद्यालय अटाएको छ हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको वनविज्ञान अध्ययन संस्थानमा सरकारले गठन गरेको नयाँ विश्वविद्यालय कृषि तथा वनविज्ञान विश्वविद्यालय दुबैले वनविज्ञानलाई काखी च्यापिरहेका छन् । वर्षौंदेखि वनविज्ञान कार्यक्रम चलाउँदै आएको त्रिविले आफ्नो सम्पत्ति गुम्ने चिन्ताले नयाँ विश्वविद्यालयलाई स्वामित्व हस्तान्तरण गर्न सकेको छैन ।
दुबैले हेटौँडाको क्याम्पसमा आँखा खाडेपछि आआफ्नो स्वामित्वमा ल्याउन हरसम्मव प्रयास गरिरहेको छन् । नयाँ विश्वविद्यालय ऐनले नै २ वटा क्याम्पस गाभिसिएपछि स्वतः आफ्नो भएको नयाँको तर्क छ । आफ्नो सम्पत्ति बिनासहमति अरुलाई हस्तान्तरण गर्न नसकिने त्रिविको भनाइ छ । उसले त आफ्नो त्रिविसभाको बहुमतले नै नढिने निर्णय गरेकाले दिन नसक्नेसम्म बताउँदै आएको छ । ऐन लागू हुनासाथ कार्यन्वयन हुनुपर्ने कृषिवनको तर्क र आफ्नो सम्पत्ति नदिने त्रिविको अडानले एउटै क्याम्पसमा २ वटाको एकोहोरी, दोहोरी र तेहरी समेत चल्ने गरेको छ । कतिपय अवस्थामा मुठभेड होलाहोला झैँ समेत हुने गरेको छ । दोहोरो प्रशासन, दोहोरो भर्ना, प्राध्यापक विद्यार्थी फरकफरक । एकै क्याम्पसमा २ वटा साइनवोर्डले आममानिसलाई नै अल्मल्याई राखेको छ । आपसी विवाद र मतभेद सहतहमै आउने गरेको छ । त्यसमाथि अन्य सरोकारवालाले आगोमा घ्यू थप्ने काम पनि गरिरहेका छन् । त्रिविले यसवर्षदेखि वीएस्सीमा भर्ना नलिने पूर्वसहमति तोडेपछि त झन विवाद चर्केको हो । मकवानपुर राजनीतिक दलसमेत त्रिविलाई नै साथ दिएका छन्, यसले त्रिविलाई अझै उचाल्लिन बल पुगेको छ ।
पछिल्लोपटक त्रिवि प्राधयापक संघले अघि सारेको प्रस्ताव सकारात्मक छ । दुबै आवश्यक रहेको ठहर गर्दै वनविज्ञान सँगैको नेपाल ट्रष्टको जग्गामा नयाँ विश्वविद्यालय अन्गर्ततको क्याम्पस सार्ने सके राम्रो हुने उसको सुझाव छ । यसले द्वन्द्व पनि घट्ने र जिल्लावासीलाई पनि फाइदा पुग्ने प्राध्यापक संघको प्रस्ताव सकारात्मक नै मान्नुपर्छ । सरकारले विषयगत विशिष्टीकरणका लागि विश्वविद्यालय थपेको हो, त्यसैले क्याम्पस गाभेको हो । स्वामित्वका लडाईँ भनिए पनि दुबैको अस्तित्वको लडाईँ भएकाले तत्काल दुबैपक्ष राखेर निर्णय लिनु आवश्यक छ, नत्र विद्यार्थीको भविष्य अन्यौल हुन सक्छ ।

मान्छेभित्रका व्यक्तिसत्ता
सुवास खनाल
एउटा गजबको विषय यो बनेको छ कि — मानौँ हामी राजनीति र राजनेतालाई गाली गरेपछि स्वर्ग वा अन्य त्यस्तै आकर्षक ठाउँको टिकेट मिल्छ । राजनीति आफैँमा गलत वस्तु होइन । बरु यो अत्यन्त आवश्यक पक्ष हो । हामी राजनीतिलाई आवश्यकताभन्दा बढी उचालिरहेछौँ । कुनै पनि विषयको महŒव त्यत्ति बेला झल्किन्छ, जब अर्को पक्षले त्यसलाई सबलताका साथ महŒव दिन सुरु गर्दछ । हाम्रो दृष्टिकोणका कारण नै हामीमाथि राजनीति हावी भइरहेछ । हामी यसलाई अनावश्यक महŒव
दिइरहेछौँ । हरेक मान्छेभित्र आÇनो व्यक्तिसत्ता हुन्छ । हामीले त्यसलाई प्रयोग गरियो भने कुनै सेलुलर इनर्जी रूपमा त्यसले व्यक्तिसत्तास्वरुप काम गर्न सक्छ । यो शक्ति लेखकीय सत्तामा रहेर कुनै सर्जकले उपयोग गर्न सक्छ । व्यक्ति सत्ताको समूहीकरणले देशलाई सही मार्गनिर्दिेशक राज्यसत्ताको प्रतिपक्ष समूह निर्धारण हुने अवस्था सिर्जना हुने देखिन्छ । विश्वमा यो पक्षीय चेतना स्तर पनि बिस्तारै वृद्धि हुँदै गइरहेको छ । हामी बढी राजनीतिक भएर बिग्रिरहेका छौँ । गलत देख्दादेख्दै हामी झिना स्वार्थ साँध्नका निम्ति राजनैतिक भुत्ते करौँतीमाथि विश्वास भरिरहेछौँ । हामी हाम्रो स्वमाथि कुनै विश्वासको प्रतिमूर्ति खडा गर्ने पक्षमा छैनौँ । के यो सम्भव छैन कि कुनै कर्मप्रति इमान्दार व्यक्तिलाई राजनीतिक पखेटामा भएको रङ होइन कर्मको आधारमा मूल्याङ्कन गर्न सकियोस् ।
हामी हाम्रो गल्तीलाई कुनै अर्कोप्रति औँल्याउन नेताहरूलाई औँलो ठड्याउँछौँ । यसरी नेता जुन बनेर गएको हुन्छ त्यो पनि हामीबीचबाटै निक्लेको प्रोडक्ट हो, न कि कुनै दोस्रो ग्रहबाट झिकाइएको हो । यसैले उसलाई हाम्रै चेतनाशक्तिले हो बन्धनमा राख्न सक्ने । चुनाव आइरहेको छ । देशसँग अहिले यसको विकल्प छैन । बुख्याँचा अनुहार बोकेका राजनीतिक व्यक्तित्वहरू फेरि अर्काेपटक हाम्रो अघि निउरीमुन्टी न गर्न आइपुग्छन् । उनीहरूको भोट माग्ने शैली पनि गतिलो हुनेछ यसपटक । हामीले सबै किसिमको गल्ती ग¥यौँ, यसमा माफी चाहन्छौँ । अब एकपटक हामीलाई जिताउनुहोस् । गल्ती गर्नेलाई त कार्बाही गर्ने हो कि माफी दिएर फेरि अर्को पटक अर्को भयानक गल्ती गर्ने सुअवसर प्रदान गर्ने ?
हामीले प्रयोग गर्ने नाममा अनेक प्रयोग गरिसकेका छौँ । चोरको हातमा चाबी दिने प्रयोग पनि गरेकै हो । देशमा कुन शासन पद्धतिको विकास गर्ने भन्ने विवाद र उल्झनमै समय Çयाँकेका छौँ । सही प्रणालीको विकास हुने र त्यसले सही निकास दिने भन्ने कुरा कुनै स्वप्नमहलजस्तो मात्र भइरहेछ । मूलतः हाम्रो आआÇनो ससाना वा ठुल्ठुला कमजोरीकै परिणामस्वरुप यस्तो विषमताको स्थिति सिर्जना भएको छ ।
विषमता वा असहजपन जे होस् मानिसलाई सपना देख्न कसैले छेक्न सक्दो रहेनछ । सपना मानिसको एउटा दिशाबोध पक्कै हो । हामीसँग केही दुखद् यथार्थहरू छन्, यसमा कमेन्ट गर्नुपर्ने कुनै पक्ष छैन । तर हामी समाज परिवर्तनको युगबोधमा भने छौँ । यसमा सचेत प्रयासको जरुरी पर्दछ । हामीले गर्ने अबको यात्रा पुरानो किसिमकै दिग्भ्रमित र असचेत रÞयो भने फेरि पनि हामी कहीँ पुग्नेवाला छैनौँ । अब हामीमा दायित्वबोध र अधिकारप्रति सचेत दिमागी भाँडो निर्माण गर्नु आवश्यक छ । र त्यो भाँडो चुहुने नहोस् ।
एउटा गजबको विषय यो बनेको छ कि — मानौँ हामी राजनीति र राजनेतालाई गाली गरेपछि स्वर्ग वा अन्य त्यस्तै आकर्षक ठाउँको टिकेट मिल्छ । राजनीति आफैँमा गलत वस्तु होइन । बरु यो अत्यन्त आवश्यक पक्ष हो । हामी राजनीतिलाई आवश्यकताभन्दा बढी उचालिरहेछौँ । कुनै पनि विषयको महŒव त्यत्ति बेला झल्किन्छ, जब अर्को पक्षले त्यसलाई सबलताका साथ महŒव दिन सुरु गर्दछ । हाम्रो दृष्टिकोणका कारण नै हामीमाथि राजनीति हावी भइरहेछ । हामी यसलाई अनावश्यक महŒव दिइरहेछौँ । हरेक मान्छेभित्र आÇनो व्यक्तिसत्ता हुन्छ । हामीले त्यसलाई प्रयोग गरियो भने कुनै सेलुलर इनर्जी रूपमा त्यसले व्यक्तिसत्तास्वरुप काम गर्न सक्छ । यो शक्ति लेखकीय सत्तामा रहेर कुनै सर्जकले उपयोग गर्न सक्छ । व्यक्ति सत्ताको समूहीकरणले देशलाई सही मार्गनिर्दिेशक राज्यसत्ताको प्रतिपक्ष समूह निर्धारण हुने अवस्था सिर्जना हुने देखिन्छ । विश्वमा यो पक्षीय चेतना स्तर पनि बिस्तारै वृद्धि हुँदै गइरहेको छ । हामी बढी राजनीतिक भएर बिग्रिरहेका छौँ । गलत देख्दादेख्दै हामी झिना स्वार्थ साँध्नका निम्ति राजनैतिक भुत्ते करौँतीमाथि विश्वास भरिरहेछौँ । हामी हाम्रो स्वमाथि कुनै विश्वासको प्रतिमूर्ति खडा गर्ने पक्षमा छैनौँ । के यो सम्भव छैन कि कुनै कर्मप्रति इमान्दार व्यक्तिलाई राजनीतिक पखेटामा भएको रङ होइन कर्मको आधारमा मूल्याङ्कन गर्न सकियोस् ।
हामी हाम्रो गल्तीलाई कुनै अर्कोप्रति औँल्याउन नेताहरूलाई औँलो ठड्याउँछौँ । यसरी नेता जुन बनेर गएको हुन्छ त्यो पनि हामीबीचबाटै निक्लेको प्रोडक्ट हो, न कि कुनै दोस्रो ग्रहबाट झिकाइएको हो । यसैले उसलाई हाम्रै चेतनाशक्तिले हो बन्धनमा राख्न सक्ने । चुनाव आइरहेको छ । देशसँग अहिले यसको विकल्प छैन । बुख्याँचा अनुहार बोकेका राजनीतिक व्यक्तित्वहरू फेरि अर्काेपटक हाम्रो अघि निउरीमुन्टी न गर्न आइपुग्छन् । उनीहरूको भोट माग्ने शैली पनि गतिलो हुनेछ यसपटक । हामीले सबै किसिमको गल्ती ग¥यौँ, यसमा माफी चाहन्छौँ । अब एकपटक हामीलाई जिताउनुहोस् । गल्ती गर्नेलाई त कार्बाही गर्ने हो कि माफी दिएर फेरि अर्को पटक अर्को भयानक गल्ती गर्ने सुअवसर प्रदान गर्ने ?
हामीले प्रयोग गर्ने नाममा अनेक प्रयोग गरिसकेका छौँ । चोरको हातमा चाबी दिने प्रयोग पनि गरेकै हो । देशमा कुन शासन पद्धतिको विकास गर्ने भन्ने विवाद र उल्झनमै समय Çयाँकेका छौँ । सही प्रणालीको विकास हुने र त्यसले सही निकास दिने भन्ने कुरा कुनै स्वप्नमहलजस्तो मात्र भइरहेछ । मूलतः हाम्रो आआÇनो ससाना वा ठुल्ठुला कमजोरीकै परिणामस्वरुप यस्तो विषमताको स्थिति सिर्जना भएको छ ।
विषमता वा असहजपन जे होस् मानिसलाई सपना देख्न कसैले छेक्न सक्दो रहेनछ । सपना मानिसको एउटा दिशाबोध पक्कै हो । हामीसँग केही दुखद् यथार्थहरू छन्, यसमा कमेन्ट गर्नुपर्ने कुनै पक्ष छैन । तर हामी समाज परिवर्तनको युगबोधमा भने छौँ । यसमा सचेत प्रयासको जरुरी पर्दछ । हामीले गर्ने अबको यात्रा पुरानो किसिमकै दिग्भ्रमित र असचेत रÞयो भने फेरि पनि हामी कहीँ पुग्नेवाला छैनौँ । अब हामीमा दायित्वबोध र अधिकारप्रति सचेत दिमागी भाँडो निर्माण गर्नु आवश्यक छ । र त्यो भाँडो चुहुने नहोस् ।
जापानबाट समानुपातिक उमेद्वारमा "डा.घिमिरे"लाई सिफारिस
आगामी मंसिर ४ मा हुने दोस्रो संविधानसभा निर्वाचनमाका निम्ति नेकपा
एमालले स्वदेशबाट मात्र नभएर समुन्द्रपारि प्रवासमा रहनु भएका नेपालीहरुलाई
पनि समानुपातिक उमेद्वारमा सिफारिस गरेको छ ।
जापानमा रहेको नेकपा एमालेको संगठन प्रबासी नेपाली मन्चमार्फत एक जना महिला सहित तिन जना समानुपातिक सांसद सिफारिस गर्ने अधिकार दिएको छ । यसका निम्ति टोकियोमा सेम्टेम्बर ८ तारिख आईतबार बसेको नेपाली मंच जापानका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा बसेका रास्ट्रीय कमिटीको बैठकले समानुपातिक सांसद उमेदवारको नाम सिफारिस गरेको छ । उक्त बैठकले सर्बसम्मतिबाट मंचका पूर्ब अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे, पूर्ब उपाध्यक्ष जिबन अर्याल र पूर्ब अध्यक्ष डा. सूर्य प्रसाद पाठकलाई समानुपातिक सांसद उमेदवारमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रबासी नेपाली मंचको बैठकले उमेदवारको निम्ति सिफारिस प्राप्त डा. घिमिरे, अर्याल र डा. पाठकलाई आगामी संबिधान सभाको निर्बाचनमा उमेदवार बनी विजय हासिल गर्न समेत सुभकामना ब्यक्त गरेको मंचका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

Monday, September 9, 2013
Sunday, September 8, 2013
Thursday, September 5, 2013
थाहा सञ्चारद्धारा मानवबेचविखनविरुद्ध तिज गित प्रतियोगिता सम्पन्न
रेडियो थाहा संचारले आज आयोजना गरेको तीज गीत प्रतियोगितामा शान्ति समूह हेटौँडा ८ प्रथम भएको छ । यस्तै सृष्टि समूह गढी ६को समह द्वित्तीय, तथा साथीसंगी समूह आम भञ्ज्याङको समूह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम भएका शान्ति समूहले नगद ७ हजार ५ सय रुपैया पुरस्कार सहित प्रमाणपत्र पाएका छ । यस्तै दास्रो भएको सृष्टि समूह गढी ६ को समूहले ५ हजार ५ सय तथा तृतीय भएकोे समूह साथीसंगी समूह आम भञ्ज्याङले ३ हजार ५ सय प्राप्त गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा आज रेडियो थाहा सञ्चारले तीज गीत प्रतियोगिता आयोजना गरेको हो। मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसको अवसरमा मानव अधिकार स्ररक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल समूहको सहकार्यमा कार्यक्रम भएको हो ।
रेडियो थाहा संचारकी प्रबन्ध निर्देशक अनिता सुमार्गी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले मानव बेचबिखन अझै पनि जारी रहेको भन्दै बेचबिखनको तरिका बदलिएकोतर्फ सतर्क गराउनुभयो । उहाँले खाडी मुलुकहरुमा जाँदा राम्ररी बुझेर मात्र जान पनि महिलाहरुलाई सुझाव दिनुभयो ।
सोही अबसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ३ महिलाहरुलाई थाहा वर्ष
सम्मान २०७० प्रदान गरिएको छ । उद्यमतर्फ पदमपोखरीमा टेलर संचालन गरिरहनुभएकी वेलीमाया परियार, शिक्षा तर्फ नवोदय शिशु सदनकी प्रिन्सिपल सकुन्तला जोशी तथा स्वास्थ्यतर्फ महिला स्वयंसेविका प्रेम कुमारी अधिकारीलाई सम्मान गरिएको रेडियो थासंचारका स्टेशन मेनेजर पवनराज पौडेलले जानकारी दिनुभयो ।
यसैगरी मकवानपुर महिला समूहको सक्रियतामा एचआइभी प्रभावित वालवालिकाहरुका लागि सहयोगार्थ सञ्चालीत १ रुपैया संकलन अभियानमा रेडियोका तर्फबाट ७ हजार
रुपैया नगद प्रदान गरिएको छ । तीज गीत प्रतियाृेगिताको निर्णयमा प्रसिद्ध गायिका जुना प्रसाइँ गायिक सुशिला मानन्धर, तथा गीतकार अप्सरा तिमल्सिना रहनुभएको थियो । प्रतियोगितामा १६ वटा समूह सहभागी भएका थिए । कार्यक्रममा गायिका जुना प्रसाईका साथै विभिन्न राष्ट्रिय तथा स्थानीय गायक गायिकाको प्रस्तुतिसमेत रहेको थियो ।
Tuesday, September 3, 2013
Monday, September 2, 2013
आउट अफ ट्रयाक - बिजल श्रेष्ठ
राम्रो चीजमा आँखा गइहाल्छ !
बिजल श्रेष्ठ (कबु), अमरसिंहको खोजीमा अमरसिंह नाटककी महारानी । नाटककार तुल्सी थापाको नाटक मुलुकको विभिन्न सहरमा मञ्चन भएपछि बिजलको पहिचान बन्यो, अमरसिंहकी महारानीे । खेलकुद, नृत्य कलासँगै जागेको अभिनयमोहले उनको कलाप्रतिभा बिस्तारै उचाइउन्मुख हुँदै छ । २१ वर्षअघि काठमाडाँैमा जन्मिएर मकवानपुरको हर्नामाडी गाविसमा बसोबास रहेकी राजु र शर्मिला श्रेष्ठका छोरी बिजलसँग छवि अनित्यले गरेको अन्तरङ्ग कुराकानीः
महारानी बन्न कत्तिको सजिलो रै’छ ?
सजिलो त कुनै रोल पनि हुन्न । आआÇनो भूमिका आÇनै स्थानमा हुन्छ । तैपनि त्यत्ति धेरै गाह्रो चाहिँ भएन ।
महाराजहरू कत्तिको लाइनमा छन् ?
खै, लागे होलान् अलिअलि । आँखाले देख्ने गरी नै त भएन, लाइन भए त पक्कै देखिन्थ्यो होला नि है ?
फिल्म मेकरहरूले पनि आँखा लगाए भन्ने सुनियो नि ?
अफर त आएको हो, तर मेरो पढाइ पनि त छ नि । त्योसँगै ठूलो पर्दामा जानुपूर्व आफँैमा पनि त निखार हुनुप¥यो नि ।
कसले अफर गरेको थियो, भन्न मिल्छ ?
मिल्न त मिल्छ, तर अहिले नभनौँ न ल ¤
कलाकार भैसकेपछि सबैले आँखा लाउँछन्, किन होला ?
आँखा भनेकै हेर्नका लागि हो । त्यसमा पनि राम्रो चीजमा त आँखा जाने नै भयो नि
आफूलाई कत्तिको राम्री छु जस्तो लाग्छ ?
त्यस्तो खासै राम्री छु जस्तो त लाग्दैन । अरूसँग त म आफूलाई दाँज्दिन, जे छु ठीकै छु । ममा जे छ, त्यो अरूमा नहुन सक्छ । अरूमा जे छ त्यो ममा नहुन सक्छ ।
कुनै पनि कलाकार सेक्सका मामिलामा निकै अगाडि हुन्छन् । बिजलको धारणा चाहिँ के छ ?
म यो कुरा मान्दिनँ, सबैलाई एउटै तराजुमा राख्न मिल्दैन नि । जमाना जहाँसुकै पुगे पनि आखिर हाम्रो संस्कार त त्यहीँ छ ।
भनेपछि फस्र्ट सेक्स कहिले त ?
त्यो चाहिँ बिहेपछि मात्र उपयुक्त होला ।
बिहेका लागि उम्मेदवार भेटिसकेको हो ?
हराएको चीज त होइन नि, भेट्टाउनलाई ।
बिहे लभ कि एरेन्ज ?
अहिले आÇनो करिअर बनाउने समय हो, त्यसैले यसबारे केही सोचिहालेकी छैन । तर लभ र एरेन्ज दुबै मिल्नुपर्छ ।
अहिलेसम्म कसैलाई नभेटेकै हो त ?
भेटेँ त... अहिले भर्खर तपाइँसँग भेट भयो, परिचय भयो, कुराकानी भयो । यस्तै थुप्रैसँग भेटियो नि ।
आफैँ पो पछि लागियो कि ?
भनेँ त, यसको बारेमा केही सोचेकै छैन । अनि किन पछि लाग्नु हो ?
रिस कत्तिको उठ्छ ?
रिस भनेको आफैँमा राखे हुने चिज हो । एकबारको जीवनमा रिस, राग, अहम्, घमण्ड इत्यादि कुराहरूलाई स्वाहा गर्नुपर्छ । मरिच पनि त आÇनै रागले
चाउरिन्छ नि, हैन ?
कस्तो मान्छे भयो भने चाहिँ बिजलको मन जित्न सक्ला ?
यो जस्तो हुनुप¥यो त भन्दिनँ । एकअर्काको भावना बुझ्ने हुनुप¥यो । बरु एसएलसी नै सही तर मन बुझ्ने योग्यता, केही गर्ने सीप चाहिँ हुनुप¥यो ।
अन्तमा बिजललाई मन पर्ने कुनै ३ कुराहरू ?
परिवार, समाज र देशको सेवा गर्ने, चकलेट अनि मःमः खाने र नयाँनयाँ ठाउँ घुम्ने ।

खेल विकासमा सकारात्मक चिन्तन - राजन दाहाल
राजन दाहाल
कुनै एक समय थियो, मकवानपुर र खेलकुद एक अर्काका परिचय थिए । आज खेल भन्नासाथ बरालिनु भन्ने पुरानो मान्यताले आज पनि हाम्रो समाजका सदस्यहरूलाई छोडेको छैन । अनि आÇनो मान्यतालाई तपाईँ हामी सजिलै छोड्नेवाला छैनौ । त्यसैले आज जिल्लाको खेलकृुदको विकासको गति सुस्त भएको भन्न कदापि हिचकिचाउनु पर्र्दैन । खेलकुदको पुरानो अवस्थामा जिल्लालाई फर्काउने हो भने तपाईँ हामीले केही सकारात्मक सोचको विकास गर्नु पर्ने हुन्छ ।
जब एक जना अभिभावकले खेल्दैगरेको नानीलाई बरालिएको उपमा दिएर गाली गर्ने गर्दछ भने कसरी खेलकुदको विकास कल्पना गर्ने ? तर विश्व खेलको वर्तमान अवस्थालाई अध्ययन गर्ने हो भने खेलकुदलाई पहिलो स्थानमा राखेको छ । त्यतिमात्र होइन आÇना नानीहरू पहिलो पाठशाला नै खेलकुद क्षेत्रलाई बनाउँछन् । तर तपाई हामीले छातीमा हात राखेर भन्ने हो भने कोही पनि खेलकुृदलाई पहिलो पाठशाला बनाउन चाहदैनौ ।
खेलकुदको विकास र विस्तार त्यतिबेला मात्र संभव छ जतिवेला यसलाई शारीरिक र मानसिक विकासको प्रारम्भिक विन्दु् मानिन्छ । यही मन्यतालाई आत्मसात गर्दै जो खेलकुदमा निरन्तर क्रिायाशील हुन सके उनीहरूले आज आफूलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत स्थापित गराउन सफल भएका छन् ।
गणेश थापा आज जुन उचाईमा छन् उनलाई पनि मकवानपुरे माटोले नै खेलाडी बनाएको हो । यस्तै अभिभावकले गाली गर्दा लुकीलुकी भलिबल खेलेर केशवलाल श्रेष्ठ आज प्रमुख प्रशिक्षक भनेका छन । यस्तै कल्पना शर्मा आज दक्षिण एसियाकै पहिलो महिला निर्णायकका रुपमा परिचित छिन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी टीका प्रशिक्षक बनेर सफलता पाएका कुमार कटुवाल, यस्तै मार्सल आर्ट क्षेत्रका दर्जनौ नाम छन् जसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम परिचित गराउन सफल भएका छन् । उनीहरू सबै पारिवारीक असहमति बीच खेलेर स्थापित भएका हुन् ।
साच्चै खेलकुदको विकास गर्ने हो र जिल्लाको पुरानो नाम फर्काउनु छ भने सबै भन्दा पहिला अभिभावकहरूमा खेलकुदप्रति सकारात्मक चिन्तनको विकास आवश्यक छ । अनि प्रतियोगिताहरूको आयोजना । जब खेलाडीहरू नै छैनन भने प्रतियोगिता कसको बीचमा गर्ने ? आजभन्दा १५ वर्ष पहिला सम्म डोजो र जोजाङहरूबाट खेलाडीहरूको निस्कने लर्को र आज कोचहरूले खेलाडीहरूको खोजी गर्नु पर्ने अवस्थाले पनि खेल प्रतिको हाम्रो दृष्टिकोण के हो भन्ने प्रष्ट हुन्छ ।
जिल्लामा अहिले ३४ वटा विभिन्न खेलकुद सङ्घहरू गठन भएका छन । तर ती मध्ये
धेरै सङ्घहरू केन्द्रीय सङ्घको मान्यताका लागि मात्र गठन भएका छन् । जो त्यस्ता सङ्घका पदाधिकारी बसेका छन् उनीहरूलाई न त खेल प्रति चासो छ न त खेलाडीउत्पादनका लागि कुनै भूमिका निवार्हका लागि क्षमता नै छ । तर पनि अमुक सङ्घको पदाधिकारी बनेर जिल्ला सङ्घ गठन गरिदिएर केन्द्रीय पदाधिकारीका लागि खुड्किलो बनिदिएको अवस्था छ ।
जिल्लामा दर्ता भएका खेल सङ्घहरू मध्ये पूर्ण रुपमा सक्रिय भनेको ७÷८ वटा, आंशिक सक्रीय ६÷७ वटा, खेलाडी मात्र भएका सङ्घहरू ४÷ ५ वटा र बाँकी सङ्घहरू नामका लागि मात्र गठन भएको अवस्था छ ।
हो, खेल क्षेत्रमा लागेर केही हुदैन भन्ने आम धारणा छ तर के बुझ्नु पर्दछ भने जो निरन्तर खेलक्षेत्रमा लागि परे उनीहरूले के पाएका छैनन् । तर आफू केही दिन खेल्ने अनि केही पाइएन भनेर भन्नु भनेको आफ्नो असफलतालाई ढकछोप गर्ने राम्रो काइदा मात्र हो । सबै क्षेत्रमा लाग्नेहरू बीच प्रतिस्पर्धा हुन्छ । त्यसबाट जो अगाडि आउँछ उसले मात्र उचित मौका पाउँछ । यो यथार्थता खेलकुद क्षेत्रमा पनि लागु हुन्छ । त्यसैले यस क्षेत्रवाट निराश भएको भन्नु भन्दा पनि प्रतिस्पर्धामा पछाडि परेको भन्नु नै उत्तम हुन्छ होला । त्यसैले केही पाउनका लागि आÇनो क्षमता प्रतिस्पर्धी बनाउनु आवश्यक हुन्छ ।
खेल क्षेत्रमा लागनी कम छ । जहा वढी राज्यको लगानी हु्न्छ त्यस क्षेत्रको विकास कमजोर हुन्छ । तर लगानी बढाउनका लागि त्यो क्षेत्रमा नागरिकको चासो बढेको राज्यले महशुस गर्नु पर्छ । त्यसका लागि पनि तपाई हामीले पनि खेलप्रति सकारात्मक सोच राख्नु पर्दछ र नानी बाबुहरूको जमात खेल क्षेत्रमा देखिनु आवश्यक हुन्छ ता कि राज्यलाई खेल क्षेत्रमा लगानी गर्न दवाव परोस् । राज्य र यसका निकायले पनि खेल क्षेत्रमा गरेको लगानी बालुवाको पानी भन्ठान्नु हँुदैन । खेल क्षेत्रमा गरेको लगानीले व्यापारमा गरेको लगानी जस्तो तत्कालै प्रतिफल दिदैन । यस वास्तविकता बुझेको मानिस राज्य सञ्चालक वा स्थानीय निकायका प्रतिनिधिहरू आवश्यक हुन्छ खेलकुदको विकासका लागि । जे होस् जिल्लाको खेकलुद विकास गर्ने हो भने सबैभन्दा पहिला आमनागरिकमा सकारात्मक सोच, लगानीका लागि राज्यका निकाय र नीजी क्षेत्रको तत्परता, खेलकुद सङ्घहरूको सक्रियता र जिल्ला खेलकुद विकास समितिको सक्रिय समन्वयको खाँचो देखिन्छ ।
मकवानपुरले त्यो पुरानो परिचयखोजिरहेको छ । तर यतिबेला मकवानपुर जिल्लासँग पुरानो नाता गाँस्नुपर्ला भनी खेलकुद अलि परपर हुन लागेको जस्तो लाग्दै छ । जिल्ला र खेलको पुरानो सम्बन्ध कायम गराउन समाजले केही मेहनत गर्नु आवश्यक छ ।
कुनै एक समय थियो, मकवानपुर र खेलकुद एक अर्काका परिचय थिए । आज खेल भन्नासाथ बरालिनु भन्ने पुरानो मान्यताले आज पनि हाम्रो समाजका सदस्यहरूलाई छोडेको छैन । अनि आÇनो मान्यतालाई तपाईँ हामी सजिलै छोड्नेवाला छैनौ । त्यसैले आज जिल्लाको खेलकृुदको विकासको गति सुस्त भएको भन्न कदापि हिचकिचाउनु पर्र्दैन । खेलकुदको पुरानो अवस्थामा जिल्लालाई फर्काउने हो भने तपाईँ हामीले केही सकारात्मक सोचको विकास गर्नु पर्ने हुन्छ ।जब एक जना अभिभावकले खेल्दैगरेको नानीलाई बरालिएको उपमा दिएर गाली गर्ने गर्दछ भने कसरी खेलकुदको विकास कल्पना गर्ने ? तर विश्व खेलको वर्तमान अवस्थालाई अध्ययन गर्ने हो भने खेलकुदलाई पहिलो स्थानमा राखेको छ । त्यतिमात्र होइन आÇना नानीहरू पहिलो पाठशाला नै खेलकुद क्षेत्रलाई बनाउँछन् । तर तपाई हामीले छातीमा हात राखेर भन्ने हो भने कोही पनि खेलकुृदलाई पहिलो पाठशाला बनाउन चाहदैनौ ।
खेलकुदको विकास र विस्तार त्यतिबेला मात्र संभव छ जतिवेला यसलाई शारीरिक र मानसिक विकासको प्रारम्भिक विन्दु् मानिन्छ । यही मन्यतालाई आत्मसात गर्दै जो खेलकुदमा निरन्तर क्रिायाशील हुन सके उनीहरूले आज आफूलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत स्थापित गराउन सफल भएका छन् ।
गणेश थापा आज जुन उचाईमा छन् उनलाई पनि मकवानपुरे माटोले नै खेलाडी बनाएको हो । यस्तै अभिभावकले गाली गर्दा लुकीलुकी भलिबल खेलेर केशवलाल श्रेष्ठ आज प्रमुख प्रशिक्षक भनेका छन । यस्तै कल्पना शर्मा आज दक्षिण एसियाकै पहिलो महिला निर्णायकका रुपमा परिचित छिन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी टीका प्रशिक्षक बनेर सफलता पाएका कुमार कटुवाल, यस्तै मार्सल आर्ट क्षेत्रका दर्जनौ नाम छन् जसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम परिचित गराउन सफल भएका छन् । उनीहरू सबै पारिवारीक असहमति बीच खेलेर स्थापित भएका हुन् ।
साच्चै खेलकुदको विकास गर्ने हो र जिल्लाको पुरानो नाम फर्काउनु छ भने सबै भन्दा पहिला अभिभावकहरूमा खेलकुदप्रति सकारात्मक चिन्तनको विकास आवश्यक छ । अनि प्रतियोगिताहरूको आयोजना । जब खेलाडीहरू नै छैनन भने प्रतियोगिता कसको बीचमा गर्ने ? आजभन्दा १५ वर्ष पहिला सम्म डोजो र जोजाङहरूबाट खेलाडीहरूको निस्कने लर्को र आज कोचहरूले खेलाडीहरूको खोजी गर्नु पर्ने अवस्थाले पनि खेल प्रतिको हाम्रो दृष्टिकोण के हो भन्ने प्रष्ट हुन्छ ।
जिल्लामा अहिले ३४ वटा विभिन्न खेलकुद सङ्घहरू गठन भएका छन । तर ती मध्ये
धेरै सङ्घहरू केन्द्रीय सङ्घको मान्यताका लागि मात्र गठन भएका छन् । जो त्यस्ता सङ्घका पदाधिकारी बसेका छन् उनीहरूलाई न त खेल प्रति चासो छ न त खेलाडीउत्पादनका लागि कुनै भूमिका निवार्हका लागि क्षमता नै छ । तर पनि अमुक सङ्घको पदाधिकारी बनेर जिल्ला सङ्घ गठन गरिदिएर केन्द्रीय पदाधिकारीका लागि खुड्किलो बनिदिएको अवस्था छ ।
जिल्लामा दर्ता भएका खेल सङ्घहरू मध्ये पूर्ण रुपमा सक्रिय भनेको ७÷८ वटा, आंशिक सक्रीय ६÷७ वटा, खेलाडी मात्र भएका सङ्घहरू ४÷ ५ वटा र बाँकी सङ्घहरू नामका लागि मात्र गठन भएको अवस्था छ ।
हो, खेल क्षेत्रमा लागेर केही हुदैन भन्ने आम धारणा छ तर के बुझ्नु पर्दछ भने जो निरन्तर खेलक्षेत्रमा लागि परे उनीहरूले के पाएका छैनन् । तर आफू केही दिन खेल्ने अनि केही पाइएन भनेर भन्नु भनेको आफ्नो असफलतालाई ढकछोप गर्ने राम्रो काइदा मात्र हो । सबै क्षेत्रमा लाग्नेहरू बीच प्रतिस्पर्धा हुन्छ । त्यसबाट जो अगाडि आउँछ उसले मात्र उचित मौका पाउँछ । यो यथार्थता खेलकुद क्षेत्रमा पनि लागु हुन्छ । त्यसैले यस क्षेत्रवाट निराश भएको भन्नु भन्दा पनि प्रतिस्पर्धामा पछाडि परेको भन्नु नै उत्तम हुन्छ होला । त्यसैले केही पाउनका लागि आÇनो क्षमता प्रतिस्पर्धी बनाउनु आवश्यक हुन्छ ।
खेल क्षेत्रमा लागनी कम छ । जहा वढी राज्यको लगानी हु्न्छ त्यस क्षेत्रको विकास कमजोर हुन्छ । तर लगानी बढाउनका लागि त्यो क्षेत्रमा नागरिकको चासो बढेको राज्यले महशुस गर्नु पर्छ । त्यसका लागि पनि तपाई हामीले पनि खेलप्रति सकारात्मक सोच राख्नु पर्दछ र नानी बाबुहरूको जमात खेल क्षेत्रमा देखिनु आवश्यक हुन्छ ता कि राज्यलाई खेल क्षेत्रमा लगानी गर्न दवाव परोस् । राज्य र यसका निकायले पनि खेल क्षेत्रमा गरेको लगानी बालुवाको पानी भन्ठान्नु हँुदैन । खेल क्षेत्रमा गरेको लगानीले व्यापारमा गरेको लगानी जस्तो तत्कालै प्रतिफल दिदैन । यस वास्तविकता बुझेको मानिस राज्य सञ्चालक वा स्थानीय निकायका प्रतिनिधिहरू आवश्यक हुन्छ खेलकुदको विकासका लागि । जे होस् जिल्लाको खेकलुद विकास गर्ने हो भने सबैभन्दा पहिला आमनागरिकमा सकारात्मक सोच, लगानीका लागि राज्यका निकाय र नीजी क्षेत्रको तत्परता, खेलकुद सङ्घहरूको सक्रियता र जिल्ला खेलकुद विकास समितिको सक्रिय समन्वयको खाँचो देखिन्छ ।
मकवानपुरले त्यो पुरानो परिचयखोजिरहेको छ । तर यतिबेला मकवानपुर जिल्लासँग पुरानो नाता गाँस्नुपर्ला भनी खेलकुद अलि परपर हुन लागेको जस्तो लाग्दै छ । जिल्ला र खेलको पुरानो सम्बन्ध कायम गराउन समाजले केही मेहनत गर्नु आवश्यक छ ।
काँग्रेसले जिते जिल्ला पनि बन्छ, संविधान पनि - रघुरमण न्यौपाने
सभापति न्यौपानेसँग राम अविकास र छवि अनित्यले गरेको कुराकानी ।
वैद्यपक्षले चुनाव हुन दिन्नौँ भनिरहेको मंसिर ४ मा चुनाव होला ?
चुनाव त हुन्छ । अहिले नगरेर सारियो भने पनि त्यतिबेलाचाहिँ सबै पक्ष चुनावमा आउँछन् भन्ने ग्यारेन्टी छैन । जहिले गरे पनि कुनै न कुनै पक्ष त बाहिर हुन्छ । अहिले नै माओवादी चुनावमा आउँदैन नै भन्ने बेला भैसकेको छैन । तर उनीहरूलाई पनि चुनावमा ल्याउनुपर्छ र त्यसका लागि हामीले आफ्नो तर्फबाट प्रयास गरिरहेकै छौँ ।
वैद्य पक्षले चुनावी प्रक्रियामा सहभागी हुन खिलराज रेग्मी सरकारलाई विघटन गरेर सर्वदलीय सरकार बनाउने सर्त राखेको छ । के त्यो सम्भव होला ?
सर्वदलीय सरकार बनाउने कुरामा पहिले पनि सहमति हुन नसकेपछि नै रेग्मी नेतृत्वको सरकारमा गएको हो । हिजो एकीकृत माओवादी भित्र पनि बाबुराम भट्टराईका विषयमा सबै एकमत हुन सकेका थिएनन् । एमालेभित्र पनि झलनाथ जाने कि माधव नेपाल भनेर झगडा भएकै हो । तर काँग्रेसभित्र त एकमतले निर्णय भएकै हो नि । अरू पार्टीमा आÇनै नेतृत्वलाई Çयाँक्ने कसरत भइरहेको र काँग्रेसभित्र एकमत भइरहेको अवस्था थियो । यतिबेला आएर नेकपा–माओवादीले रेग्मीलाई राजीनामा देऊ भन्नु सिद्धान्तका हिसाबले ठीकै कुरा होला, तर व्यवहारमा त त्यसो गर्न नसकिएरै विकल्प खोजिएको हो नि । त्यसैले रेग्मी सरकारको विकल्पको सम्भावना चाहिँ म देख्दिनँ ।
मकवानपुरे सान
भानुभक्त आचार्य
यो साता मकवानपुरको सानको रूपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा
सबै राजनीतिक दलहरूले कपडा उद्योग चलाउने बिषयमा प्रतिबद्धता देखाएका
छन् । त्यो कति साँचो छ भन्ने कुरामा पनि शंका नउठ्ला भन्न सकिन्न । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा हेटौंडा कपडा उद्योग चलाउने भनेर सबै तयारी
गरिसकेको अवस्थामा एमाले नेतृत्वको सरकारले फेरि खारेजीको प्रक्रियामा लगेको कपडा उद्योगको अवस्था बारे ब्यापक बहस गरिनु जरुरी छ । उद्योग सञ्चालन भएपछि फेरि अर्को दलको सरकारले खारेजी ग्यारेन्टी कसले दिने ? सरकार फेरिएपिच्छे भर्ती केन्द्र नहोला भन्ने कुरामा कसरी विश्वस्त हुने ?
उद्योगमा कामदार कर्मचारीहरूले सङ्गठन बनाएर चरम राजनीति गर्ने छैनन् र उद्योगको मुनाफाको अवस्था हेरेर मात्र सेवा सुविधाको माग गर्ने छन् भन्ने कुरामा कसरी आश्वस्त हुने ? मजदुरहरूले उद्योगमा मनैदेखि काम गर्नेछन् भन्ने निश्चितता कसले दिने ? यस्ता धेरै प्रश्नहरू छन् हेटौंडा कपडा उद्योगको सन्दर्भमा । फेरि पनि हेटौंडा कपडा उद्योग संचालन भएको अवस्थामा हेटौंडा बजारमा हरेक महिना तीन करोड रुपैयाँभन्दा बढीको कारोबार बृद्धि हुनेछ ।
हेटौंडा कपडा उद्योगले विगतमा निकालेको गुणस्तरको कपडाको बजार नेपालमा धेरै छ । विदेशी कपडा आयात गर्नुभन्दा स्वदेशी उत्पादनलाई बढावा दिनु जरुरी पनि
छ । बार्षिक चार सय अर्ब रुपैयाँ ब्यापार घाटा सहनु पर्ने मुलुकको नियतिलाई हेटौंडा कपडा उद्योगले केही राहत दिनेछ । मुलुकका सबै युवा जति वैदेशिक रोजगारीमा जाने र त्यसबाट आएको पैसाले किनेर व्यबहार धान्ने क्रम कहिलेसम्म जारी राख्ने ? त्यसैले मुलुकमा हेटौंडा कपडा उद्योगजस्ता एक दर्जन कपडा उद्योग सञ्चालन हुनु जरुरी छ ।
ग्रामीण क्षेत्रमा खेर गइरहेको पाखापखेरामा कपास खेती गर्नु जरुरी छ । कपास भारतसँग किनेर नेपालमा कपडा उत्पादन गर्नुको पनि खासै अर्थ छैन । हामी आयातमुखी बन्दै गएका छौं । हाम्रो समाजले यसलाई गम्भीरतापूर्बक विश्लेषण गरेको छैन । विगतका दिनमा नेपालले जुन जुन उत्पादन निर्यात गरेको थियो त्यो सबै आयात गर्नुपर्ने बाध्यता बनेको छ अहिले । त्यसैले आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि पनि हेटौंडा कपडा उद्योगमा राजनीति नगरी उत्पादन गर्ने र मुनाफा आर्जन गर्ने काम गर्नुपर्छ । उद्योगले जति धेरै मुनाफा आर्जन गर्छ त्यही अनुपातमा कामदार कर्मचारीलाई सेवा सुविधा दिने संस्कारको बिकास गर्न सकेको खण्डमा सबै उद्योगले राहत पाउनेछन् ।
फेरि बहस सुरु भएको छ । कपडा उद्योग चलाउने प्रयास नराम्रो होइन । नराम्रो त हाम्रो प्रवृत्ति हो । एउटै छानामुनी एक हजार महिलाले रोजगारी पाएको हेटौंडा कपडा उद्योगको नियति हिजोको जस्तै फेरि पनि नहोला भन्ने कुराको ग्यारेन्टी कसले लिने भन्ने सवाल उठ्न सक्छ । एउटै छानामुनि रहेको मेसिनमा कपास हालेपछि तयारी कपडा उत्पादन भएर निस्कने हेटौंँडा कपडा उद्योग जस्तो अर्को उद्योग नेपालमा थिएन । जतिबेलाको सरकारले हेटौंडा कपडा उद्योगको सबै खोले दायित्व भुक्तानी गर्दै उद्योग सटडाउन गर्ने निर्णय गर्दै थियो । बजारमा १५ रुपैयाँमा किन्न पाइने कुचोको बील हेटौंडा कपडा उद्योगमा पुग्दा ७५ रुपैयाँको हुन्थ्यो । यो त एउटा सामान्य उदाहरण मात्र हो कुचोको । कपडा उद्योगले बजारमा खरिद गर्ने सबै सामानको बिलिङ कसरी हुने गरेको थियो भन्ने उदाहरण कुचोको जस्तै जस्तै थियो । १५ रुपैयाँको सामान किन्दा ५ रुपैयाँसम्म भ्रष्टाचार भएको भए त्यो सÞय हुने थियो होला तर, हेटौंडा कपडा उद्योगमा रहेका प्रशासकहरूको नियति त्यस्तो थिएन । कपडा उद्योगलाई दुहुनो गाई मात्र बनाईएन । घाँसै नहाली दुहुन खोजियो र गाई मरेको जस्तै हो ।
यो साता मकवानपुरको सानको रूपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमासबै राजनीतिक दलहरूले कपडा उद्योग चलाउने बिषयमा प्रतिबद्धता देखाएका

Subscribe to:
Comments (Atom)