“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, September 2, 2013

खेल विकासमा सकारात्मक चिन्तन - राजन दाहाल

राजन दाहाल
कुनै एक समय थियो, मकवानपुर र खेलकुद एक अर्काका परिचय थिए । आज खेल भन्नासाथ बरालिनु भन्ने पुरानो मान्यताले आज पनि हाम्रो समाजका सदस्यहरूलाई छोडेको छैन । अनि आÇनो मान्यतालाई तपाईँ हामी सजिलै छोड्नेवाला छैनौ । त्यसैले आज जिल्लाको खेलकृुदको विकासको गति सुस्त भएको भन्न कदापि  हिचकिचाउनु पर्र्दैन । खेलकुदको पुरानो अवस्थामा जिल्लालाई फर्काउने हो भने तपाईँ हामीले केही सकारात्मक सोचको विकास गर्नु पर्ने हुन्छ ।
 जब एक जना अभिभावकले खेल्दैगरेको नानीलाई बरालिएको उपमा दिएर गाली गर्ने गर्दछ भने कसरी खेलकुदको विकास कल्पना गर्ने ? तर विश्व खेलको वर्तमान अवस्थालाई अध्ययन गर्ने हो भने खेलकुदलाई पहिलो स्थानमा राखेको छ । त्यतिमात्र होइन आÇना नानीहरू पहिलो पाठशाला नै खेलकुद क्षेत्रलाई बनाउँछन् । तर तपाई हामीले छातीमा हात राखेर भन्ने हो भने कोही पनि खेलकुृदलाई पहिलो पाठशाला बनाउन चाहदैनौ ।
खेलकुदको विकास र विस्तार त्यतिबेला मात्र संभव छ जतिवेला यसलाई शारीरिक र मानसिक विकासको प्रारम्भिक विन्दु् मानिन्छ ।  यही मन्यतालाई आत्मसात गर्दै जो खेलकुदमा निरन्तर क्रिायाशील हुन सके उनीहरूले आज आफूलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत स्थापित गराउन सफल भएका छन् ।
गणेश थापा आज जुन उचाईमा छन् उनलाई पनि मकवानपुरे माटोले नै खेलाडी बनाएको हो । यस्तै अभिभावकले गाली गर्दा लुकीलुकी भलिबल खेलेर केशवलाल श्रेष्ठ आज प्रमुख प्रशिक्षक भनेका छन । यस्तै कल्पना शर्मा आज दक्षिण एसियाकै पहिलो महिला निर्णायकका रुपमा परिचित छिन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी टीका प्रशिक्षक बनेर सफलता पाएका कुमार कटुवाल, यस्तै मार्सल आर्ट क्षेत्रका दर्जनौ नाम छन् जसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम परिचित गराउन सफल भएका छन् । उनीहरू सबै पारिवारीक असहमति बीच खेलेर स्थापित भएका हुन् ।
 साच्चै खेलकुदको विकास गर्ने हो र जिल्लाको पुरानो नाम फर्काउनु छ भने सबै भन्दा पहिला अभिभावकहरूमा  खेलकुदप्रति सकारात्मक चिन्तनको विकास आवश्यक छ । अनि प्रतियोगिताहरूको आयोजना ।  जब खेलाडीहरू नै छैनन भने प्रतियोगिता कसको बीचमा गर्ने ? आजभन्दा १५ वर्ष पहिला सम्म डोजो र जोजाङहरूबाट खेलाडीहरूको निस्कने लर्को र आज कोचहरूले खेलाडीहरूको खोजी गर्नु पर्ने अवस्थाले पनि खेल प्रतिको हाम्रो दृष्टिकोण के हो भन्ने प्रष्ट हुन्छ ।
जिल्लामा अहिले ३४ वटा विभिन्न खेलकुद सङ्घहरू गठन भएका छन । तर ती मध्ये
धेरै सङ्घहरू केन्द्रीय सङ्घको मान्यताका लागि मात्र गठन भएका छन् ।  जो त्यस्ता सङ्घका पदाधिकारी बसेका छन् उनीहरूलाई न त खेल प्रति चासो छ न त खेलाडीउत्पादनका लागि कुनै भूमिका निवार्हका लागि क्षमता नै छ  । तर पनि अमुक सङ्घको पदाधिकारी बनेर जिल्ला सङ्घ गठन गरिदिएर केन्द्रीय पदाधिकारीका लागि खुड्किलो बनिदिएको अवस्था छ ।
जिल्लामा दर्ता भएका खेल सङ्घहरू मध्ये पूर्ण रुपमा सक्रिय भनेको ७÷८ वटा, आंशिक सक्रीय ६÷७ वटा, खेलाडी मात्र भएका सङ्घहरू ४÷ ५ वटा र बाँकी सङ्घहरू नामका लागि मात्र गठन भएको अवस्था छ ।
 हो, खेल क्षेत्रमा लागेर केही हुदैन भन्ने आम धारणा छ तर के बुझ्नु पर्दछ भने जो  निरन्तर खेलक्षेत्रमा लागि परे उनीहरूले के पाएका छैनन् । तर आफू केही दिन खेल्ने अनि केही पाइएन भनेर भन्नु भनेको आफ्नो असफलतालाई ढकछोप गर्ने राम्रो काइदा मात्र हो । सबै क्षेत्रमा लाग्नेहरू बीच प्रतिस्पर्धा हुन्छ । त्यसबाट जो अगाडि आउँछ उसले मात्र उचित मौका पाउँछ । यो यथार्थता खेलकुद क्षेत्रमा पनि लागु हुन्छ । त्यसैले यस क्षेत्रवाट निराश भएको भन्नु भन्दा पनि प्रतिस्पर्धामा पछाडि परेको भन्नु नै उत्तम हुन्छ होला । त्यसैले केही पाउनका लागि आÇनो क्षमता प्रतिस्पर्धी बनाउनु आवश्यक हुन्छ ।
 खेल क्षेत्रमा लागनी कम छ । जहा वढी राज्यको लगानी हु्न्छ त्यस क्षेत्रको विकास कमजोर हुन्छ । तर लगानी बढाउनका लागि त्यो क्षेत्रमा नागरिकको चासो बढेको राज्यले महशुस गर्नु पर्छ । त्यसका लागि पनि तपाई हामीले पनि खेलप्रति सकारात्मक सोच राख्नु पर्दछ र नानी बाबुहरूको जमात खेल क्षेत्रमा देखिनु आवश्यक हुन्छ ता कि राज्यलाई खेल क्षेत्रमा लगानी गर्न दवाव परोस् । राज्य र यसका निकायले पनि खेल क्षेत्रमा गरेको लगानी बालुवाको पानी भन्ठान्नु हँुदैन । खेल क्षेत्रमा गरेको लगानीले व्यापारमा गरेको लगानी जस्तो तत्कालै प्रतिफल दिदैन । यस वास्तविकता बुझेको मानिस राज्य सञ्चालक वा स्थानीय निकायका प्रतिनिधिहरू आवश्यक हुन्छ खेलकुदको विकासका लागि । जे होस् जिल्लाको खेकलुद विकास गर्ने हो भने सबैभन्दा पहिला आमनागरिकमा सकारात्मक सोच, लगानीका लागि राज्यका निकाय र नीजी क्षेत्रको तत्परता, खेलकुद सङ्घहरूको सक्रियता र जिल्ला खेलकुद विकास समितिको सक्रिय समन्वयको खाँचो देखिन्छ ।

मकवानपुरले त्यो पुरानो परिचयखोजिरहेको  छ । तर यतिबेला  मकवानपुर जिल्लासँग पुरानो नाता गाँस्नुपर्ला भनी खेलकुद अलि परपर हुन लागेको जस्तो लाग्दै छ । जिल्ला र खेलको पुरानो सम्बन्ध कायम गराउन समाजले केही मेहनत गर्नु आवश्यक छ ।

No comments:

Post a Comment