“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Thursday, September 19, 2013

चक्का जाम भयो


चन्द्र घलान
पदमपोखरी, ३ असोज÷ मकवानपुरको पदमपोखरीमा स्थानियबासीहरुले बिहिबार गरेको चक्का जाम लगभग ३ घण्टा पछि खोलिएको छ । स्थानियबासीहरुले पदमपोखरीको स्थानिय रुटमा चल्ने बसमा पदमपोखरी चोक तथा बुद्ध चोकका स्थानियबासीहरुलाई यात्रा गर्न सहज नभएको भन्दै पदमपोखरीको बुद्ध चोकमा बिहिबार  बिहान लगभग ३ घण्टा चक्का जाम गरेका थिए ।
बुद्ध चोकमा स्थानियहरुले भेला भई बुद्धचोकबाट  बस थप्नु पर्ने माग गर्दै बस चल्न नदिए पछि सरोकारवालाहरु र स्थानियबासीहरुको बैठकले पदमपोखरी चोकबाट एउटा बस चल्ने सहमति गरे पछि बस चल्न दिइएको बताईएको छ । 
पदमपोखरीमा  स्थानिय रुटमा बसको संख्या कम भएको र सिमित संख्यामा भएको बसमा समेत पदमपोखरीको घरेडीडाँडा तथा हात्तीगौँडाबाट नै गाडी भरिएर आउने हुँदा बुद्ध चोकका स्थानियहरुले बसको छत तथा ढोकामा  झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानियहरुले गुनासो गरेका छन् । बस सञ्चालक समितिले बेवास्ता गरेका कारण यस्तो समस्या आएको स्थानियहरुले आरोप लगाएका छन् ।
पदमपोखरीमा यस भन्दा अघि पनि  पटक पटक चक्का जाम भएको थियो । यस अघि पनि पदमपोखरी१ वनस्पतिमा स्थानियहरुले चक्का जाम गरे पछि त्यहाँबाट छुट्टै माईक्रो र म्याजिक सञ्चालन गरिएको थियो ।

No comments:

Post a Comment