“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, September 10, 2013

शिक्षक–सञ्चालक सम्बन्ध

आशीष श्रेष्ठ
उद्योगमा काम गर्ने एउटा श्रमिकको न्यूनतम तलब रु ८२२० तोकिइसकेको छ, चाहे त्यो उद्योग घाटामा जाओस् या नाफामा । हाम्रा शिक्षक साथीहरू विना नीति नियमको त्यही चार हजार, पैतालीस सय मै काम गरिरहनु पर्छ भन्ने छैन।  त्यसैले एउटा उच्चस्तरको कार्यदल बनाऔँ, त्यसले विद्यालयहरूको अवस्थाको अध्ययन
गरोस्, र त्यसैले के कसो गर्नु पर्ने हो त्यसको सिफारिस गरोस् भन्ने प्याब्सन तथा एनप्याब्सन मकवानपुरको चाहना हो । 

के छ  ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ मा ?
२.१.६ विद्यालयले प्रत्यक वर्ष एउटा मात्र कक्षा थप गर्न पाउने छ ।
३.४.३ विद्यालयबाट १ किमि बन्दा टाढा रहेको आवास÷होस्टेलबाट विद्यार्र्थी आउन जान यातायातको व्यवस्था गरिएको हुनु पर्ने छ ।
४.२.६ विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्क को १ महिनाको भन्दा बढि लिन पाइने छैन ।
४.३.२ अध्ययन अनुमतिपत्र, तालिम प्राप्त र निर्धारीत योग्यता पुगेको उमेदवारलाई मात्र आंशिक, करार, अस्थायी र स्थायी पदमा नियुक्ति गर्नु पर्ने छ ।
४.३.५ शिक्षक कर्मचारी नियुक्ति गर्दा विद्यालयले शुरुमा १÷१ शैक्षिक सत्रकोलागि करारमा नियुक्ति गर्ने छ, यस्तो नियुक्ति करार ऐन अनुसार हुनेछ ।
४.३.९ विद्यालयको शुल्क वृद्घि शैक्षिक सत्रको शुरुबाट लागू हुने भएकाले शिक्षक कर्मचारिहरूको तलब सुविधा समेत सोही समयमा समायोजन हुनेछ ।
४.४.६ विद्यालय आफैँले पाठयपुस्तक तथा स्टेशनरी खरिद विक्री गर्न पाउने छैन ।
६.२ संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमश सतप्रतिशत र पचासप्रतिशत शुल्क मिनाहा गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।

शिक्षक साथीहरूले उठाउनु भएको माग गलत हो, नाजायज हो भनेर प्याब्सन, एनप्याब्सनले कहिल्यै भनेको छैन । तत्कालका लगि आन्दोलनलाई सम्बोधन गर्नेगरी शिक्षक कर्मचारीलाई खाइपाई आएको अहिलेको तलब को १६.५% वा रु एक हजार जुन बढी हुन आउँछ सो रकम एकपटक यही भाद्र मसान्त भित्र उपलब्ध गराउने निर्णयमा शिक्षक साथीहरू सहमत हुनु भएको छ । तलब बृद्घि तथा न्यूनतम तलब
निर्धारणबारे राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष साधुराम चौँलागाईँको संयोजकत्वमा गठन भएको १७ सदस्यीय कार्यदलले साठी दिन भित्रमा दिने प्रतिवेदनको आधारमा गर्ने गराउने निर्णयमा पनि शिक्षक साथीहरू सहमत हुनु भएको छ ।
शिक्षक, कर्मचारी, चालक, सहचालकहरूको मागको वरिपरि रहेर जिल्लामा
रहेका ७२ वटा संस्थागत विद्यालयहरूको अध्ययन कार्यदलले गर्छ । कार्यदलले दिएको अन्तिम प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन प्रतिबद्ध छौँ । कार्यदललाई आवश्यक सम्पूर्ण जानकारीहरू नदिने बिद्यालय संगठनको सदस्यबाट निष्कसित हुने हुँदा कार्यदललाई सबै विद्यालयहरूले सहयोग गर्ने कुरामा शंका छैन । अब हामीले बनाउने तथा कार्यान्वयन गर्ने सबै नीति, नियमहरू ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ अनुसार हुने छ।  
प्याब्सन मकवानपुर र एनप्याब्सन मकवानपुरले रातारात केन्द्रमा निर्णय
गराएर आन्दोलनलाई प्राभावित पार्ने काम गर्यो भन्ने कुरा गलत हो । हिसान, प्याब्सन, एनप्याब्सन, इस्टु, एनइस्टु, अभिभावक संघ, राष्ट्रिय अभिभावक संघ लगायत एक्काइस जानको संयुक्त बैठक भदौ १२ गते बसेको छ । बैठकमा इस्टु, एनइस्टुका जिम्मेवार केन्द्रीय ७ जना नेताहरूले हस्ताक्षर गरेका छन् ।
   शिक्षक र सञ्चालकहरूको विचमा सम्बन्ध सुमधुर रहन्छ । शिक्षक साथीहरूको माग जायज छन् । आमशिक्षक साथी साथीहरू विस्वस्त हुनु भए हुन्छ कि कार्यदलले हाम्रो न्यूनतम तलब तोक्छ । बढी खाइपाई रहनु भएका साथीहरूको पनि घट्दैन ।  (निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) मकवानपुर अध्यक्ष श्रेष्ठसँग कुराकानीमा आधारित )

No comments:

Post a Comment