“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, September 10, 2013

साताको कविता - आर आर चौँलागाईँ

आरआर चौलागाईँ मकवानपुरको साहित्यमा सुपरिचित नाम हो । सरल शैलीमा कविता लेख्ने र पाठकमा प्रभाव छाड्न सक्ने कविका रूपमा यिनलाई लिइन्छ । विशेषत: मकवानपुरको साहित्यिक सङ्गठकका रुपमा पनि यिनलाई लिने गरिन्छ । सरलतालाई नै काव्यिक चिन्तनको आधार मान्ने कवि चौलागाईँ मूलतः कविकै रूपमा
परिचित छन् । समसामयिक विषयलाई आधारकेन्द्र बनाई कविता रचना गर्ने हुनाले यिनका कतिपय कविता सामाजिक अभिधा चित्रणमा सफल छन् । यिनै कविको कवितालाई हामीले यस अङ्कमा समेटेका छौँ ।
बाटो फरक भएपछि
मैले साधारण जीवन बिताऔँ भनेँ
तिमी तडक भडकमा रमायौ
मैले गहकिलो विचार अँगालौँ भनेँ
तिमीले कामचलाउ भए पुग्छ भन्यौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।

हामी केही समय सँगै हिँडेको पनि हो
स्वर मिलाएर एउटै गीत गाएको पनि हो
दुःख पर्दा दुःख पनि बाँडेकै हो
सुख पाउँदा सुख पनि बाँडेकै हो
तर खै ¤ तिमी कताकता छेकियौ
यात्रामा भेटिएका झल्याकझुलुकमा हरायौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।

अब खोलामा पानी धेरै बगिसकेको छ
दिन, हप्ता, महिना र वर्ष पनि धेरै घर्किसकेको छ
तिमी बाटोको पल्लो तीरमा पुगिसकेकी छ्यौ
म पनि बाटोको वल्लो तीरमा घिस्रिरहेको छु 
हामीलाई मिलाउने सेतु पनि कतै भेटिन्न
चौतारी, भन्ज्याङ र शीतल पाटी पनि कतै देखिन्न
न तिमीले हिजो मैले भनेको मान्यौ
न सुदूर भविष्यको रङ्गिन संसारलाई चिन्यौ
तिमी आÇनै ढिपीमा बस्यौ
र आँखा अगाडिको क्षणिक भुलभुलैयामा बेपत्ता भयौ
तिम्रो र मेरो कुरा मिलेन
हामी हिँड्ने बाटो फरक प¥यो
र त्यसपछि हामी अलग भयौँ ।

के तिमी मजस्तो हुनुपर्छ
नत्र म तिमीजस्तो हुनुपर्छ ।

के यो सम्भव होला र ?
—  हेटौँडा ४

No comments:

Post a Comment