निमेष निखिल
म जहिले मरूँ संसारमा पहाड बनेर मर्न सकूँ
बगरमा मेरो चिता जल्दा एउटा सन्देश छर्न सकूँ ।
पुरुषोत्तम आचार्य (२०४२) मकवानपुरे साहित्यबाट क्रमशः राष्ट्रिय साहित्यको मूलधारतिर अभिमुख नाम हो । साहित्यको खासगरी काव्य विधाका नजिक रहेर आफ्नो सिर्जना कर्मलाई निरन्तरता दिइरहेका आचार्यका भोको मझेरी मुक्तक सङ्ग्रह
(२०६८) र मुटु र गीतहरू गीतसङ्ग्रह (२०७०) प्रकाशित छन् । मकवानपुरमा छन्दोबद्ध कविता लेखनलाई शैली र शिल्पसचेत ढङ्गले अगाडि बढाइरहेका आचार्यले कविता, गीत, मुक्तक र गजल सिर्जनामा आफूलाई तल्लीन गराएको देखिन्छ । लेखनका साथसाथै गायन र सङ्गीतलाई पनि आÇनो रुचि र अभीष्टि बनाउँदै आएका यिनै कविको सद्य प्रकाशित गीत सङ्ग्रह मुटु र गीतहरूको सामान्य परिचर्चा यहाँ गर्न खोजिएको छ ।
मुटु र गीतहरू कूल पचास वटा आधुनिक गीतहरूको सञ्चयन हो । यस सङ्ग्रहका गीतहरूलाई गीतकार आचार्यले तिन खण्डमा विभाजन गरेर प्रस्तुत गरेका छन् । ‘फुलेको मन’ खण्डका गीतहरूको सेरोफेरो प्रेम प्रणयभावको वरिपरि घुमेको छ । यहाँ मानवीय प्रेम र देशप्रेमका अभिव्यक्तिहरूलाई वाणी दिइएको छ । यस खण्डका गीतहरूमा नेपाली प्रकृति, नेपाली संस्कृति र राष्टिूयताका गीतहरूकै बाहुल्य रहेको छ । मानव प्रमका थोरै मात्र गीतहरू यहाँ सङ्कलित छन् । यस खण्डमा रहेका गीतहरूको सङ्ख्या तेह्र रहेको छ ।
दोस्रो खण्डका छब्बिस गीतहरूलाई ‘सुस्केराहरू’ शीर्षक दिइएको छ । यस खण्डका गीतहरूले मूलभूत रूपमा समाजको आर्थिक सामाजिक असमानताले सिर्जना गरेका
समस्या र पीडाहरूलाई प्रस्तुत गरेका छन् । गीतकार समाजको यस्तो दुरवस्था देखेर चिन्तित देखिन्छन् । त्यस्तै प्रेम वियोगका मानसिक पीडाका अभिव्यक्तिहरूलाई पनि यस खण्डका गीतहरूमा प्रस्तुत गरिएको छ । खास गरी सामाजिक आर्थिक असमानताले प्रेमको मार्गमा भाँजो हालेको स्थितिलाई गीतकारले यस खण्डका गीतहरूमा प्रस्तुत गसरएको छ ।
तेस्रो तथा अन्तिम खण्डका गीतहरू ‘उज्यालोको खोजी’ शीर्षकमा देखा परेका छन् । यी गीतहरूको विषयगत सन्दर्भ क्रान्ति र परिवर्तनसँग सम्बन्धित छ । क्रान्ति र विद्रोहबाट मात्र समाजबाट गरिबी, शोषण, अन्याय, अत्याचार जस्ता समाजका खराबीहरूलाई हटाउन सकिन्छ भन्ने गीतकारको मान्यता रहेको देखिन्छ । यी गीतहरूले जीवनलाई अत्यन्त आशावादी ढङ्गले हेरेका छन् । मान्छेले गर्न नसक्ने कुरा केही छैन । केवल आशा र उत्साहका दृष्टिले जीवनलाई हेर्नुपर्छ । समय शक्तिशाली छ । समयसँग हरेक चोटहरूको औषधि छ, समय नै घाउ हो र समय नै मलहम पनि हो भन्ने
विचारले यस खण्डका गीतहरू प्रेरित देखिन्छन् ।
निष्कर्षमा भन्नु पर्दा यस सङ्ग्रहका गीतहरू अत्यन्त उच्चकोटिका पनि हैनन् र अति सामान्य पनि हैनन् । धेरै गीतहरू मध्यम स्तरका छन् भने केही गीतहरू उच्चस्तरका छन् । गेय धर्मको निर्वाह हुन सक्नु यस सङ्ग्रहका गीतहरूको उल्लेख्य पक्ष हो । गीतकार आफैँ कुशल गायक पनि भएकाले यिनका गीतमा साङ्गीतिक चेत अत्यन्त सबल छ । वर्णविन्यासका केही हुनु नपर्ने त्रुटिहरूलाई छोड्ने हो भने यो एउटा राम्रो गीतसङ्ग्रह हो भन्दा अन्यथा नहोला ।

No comments:
Post a Comment