“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Tuesday, September 10, 2013

नेपालको एकमात्र सारथि नेपाली काँग्रेस

  विष्णु दाहाल
  केहि दिन पहिले देखि केहि छापाहरुले भावि निर्वाचनलाई लिएर जनमत सर्भेक्षण गरिरहेका छन् र जनमतको परिणाम नेपाली काँग्रेसको पक्षमा देखिएको छ । राष्ट्र«वैंकका पूर्व गर्भनर तीलक रावल काँग्रेसको आफ्नो उपेक्षा भएको सन्धी केहिदिन अन्यत्र भट्किए । फेरि नेपाली काँग्रेसमा नै फर्किएका छन् भने नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल केहिदिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका तर्फबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने पूर्व अर्थमन्त्रि भरतमोहन
अधिकारीसँग असहमति जनाउँदै नेपाल सरकारको अर्थमन्त्रालयको सचिव जस्तो गरिमामय पदबाट एक झट्कामा राजिनामा दिएर निस्कन सक्ने उनीजस्ता निष्ठावान राष्ट्र«सेवक औँलामा गनिन सक्ने भन्दा बढी नहोलान् । मन्त्रि भरतमोहन अधिकारीसँग उनले जे जस्तो विषयमा असहमति जनाए, त्यसले गर्दा उनको लोकप्रियता ह्वात्तै बढेको छापाहरुमा पढ्न पाइन्थ्यो । त्यहि लोकप्रियतालाई आफ्नो पक्षमा पार्न कमरेड डा. भट्टराईले आफु प्रधानमन्त्रि भएपछि उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरे । नेपाली काँग्रेस, एमाले र एमाओवादीको नेतृत्वमा भएका सरकारहरुको नीति र कार्यशैली नजिकबाट हेरेका रामेश्वर खनाल अहिले नेपाली काँग्रेसबाट नै राजनीतिमा सक्रिय रहने घोषणासहित काँग्रेसप्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्दा त्यही पार्टी नै प्रवेश गर्नु पर्नाको प्रमुख आधार के हो त भन्दा उनले भने “काँग्रेसको विगत” लाई जनताको हितमा भएको पुष्टि गर्न सकिने पर्याप्त आधार भएको र अरु पार्टीको विगत र वर्तमान जनहितमा भएको पुष्टि गर्न कठिन रहेको भावार्थ संचार माध्यमलाई दिएका छन् । उनी र उनी जस्ता इमान्दार व्यक्तित्वको काँग्रेस प्रवेशबाट पनि के पुष्टि हुन आउँछ भने जनताको पक्षमा यो मुलुक हाँक्न सक्ने क्षमता राख्ने एकमात्र पार्टी नेपाली काँग्रेस नै रहेछ ।

    केहि दिन अगाडी नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाको भारत भ्रमण भयो । भारतीय सरकारको निमन्त्रणामा भारत भ्रमण गरेका कोइरालालाई राजकीय सम्मानका साथ भ्रमण गराइयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल, शेर बहादुर देउवा र माधव नेपालले पाउन नसकेको सम्मान “गन्धि समाधि स्थल (राजघाट जहाँ महत्वपूर्ण अतिथिहरुलाई मात्र लगिन्छ) लगेर देखाइयो । हिजोका दिनमा नेपाली काँग्रेसको विकल्प खोज्दै हिडेको भारतको संस्थापन पक्षले कमरेड बाबुराम, प्रचण्ड, माधव र काँग्रेस भित्रकै शेर बहादुर देउवालाई छामी सकेपछि सभापति शुशील कोइरालाको भारत भ्रमण गराई दिएको सम्मानबाट के पुष्टि हुन आउँछ भने भारतले आजका दिनमा नेपाली काँग्रेस र यसका नेता शुशील कोइरालालाई पहिलो पटक गम्भीररुपमा लिएको पाइन्छ । यसरी लिनु पर्नाको निहितार्थ भोलि आउने सम्भावित जनमत र भरपर्दो मित्रशक्ति हुन सक्ने आकलनगरिएको बुझ्नुपर्ने हुन्छ । आमजनताको भरोसा र मित्र राष्ट्र«को शुभकामना हुँदाहुँदै पनि काँग्रेस आफै भित्रको दीर्घ रोगबाट मुक्ति पाउन सकेको छैन । महाभारतकालका पात्र शकुनि र शिखण्डी प्रवृत्ति नेपाली काँग्रेस भित्र ऐले पनि मौलाई नै रहेको छ । “आफू ठिक आफूबाहेक सवै बेठिक प्रवृत्तिले गर्दा नजदिकिँदो सम्भावित निर्वाचनमा पनि प्रभाव पार्ने संभावना ज्यूका त्यूँ छ । निष्ठा, निरन्तरता, क्रियाशिलता योग्यता, क्षमता आदिलाई हेरेर संविधानसभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने केन्द्रको निर्देशन विपरित कतिपय जिल्लाहरुमा पैसाको बलमा एकहातले साधारण सदस्यको टिकट र अर्को हातले संविधानसभा सदस्यको सिफारिस गरेको दृष्यहरु पनि देख्न र सुन्नमाआइरहेका छन् । पैसाको बलमा सम्मान खोज्ने र दिने परिपाटीले गर्दा भोलिका दिनमा पार्टी र नेतृत्वमाथिको जनताको भरोसा टुट्न सक्ने सम्भावना प्रति नेतृत्व पंक्ति अत्यन्त चनाखो हुनुपर्दछ । अन्यथारामेश्वर खनाल र उनी जस्ता योग्य पात्रहरु जो काँग्रेसको भविष्य निर्माण गर्न अग्रसर भएका छन्, विस्थापित हुने खतरा रहन जान्छ ।
    यतिखेर नेपाली काँग्रेस मात्र एउटा यस्तो पार्टी देखिएको छ जसले लोकतन्त्र र राष्ट्रि«यता प्रति अविचल निष्ठा देखाएको छ । कुनै समयमा काँग्रेस सभापति शुशिल कोइरालाको राष्ट्रियता र सार्वभौमिकताको सवालमा भारतीय संस्थापनका छोटे नेताहरुसंगको विमत्तिका बारेमा छापाहरुमा पर्याप्त टीकाटिप्पणीहरु भएका थिए ।
त्यहिकारणबाट प्रस्तावित प्रधानमन्त्रीको कुर्सिमा उनी बस्न नपाएको चर्चा
परिचर्चा पनि भएका थिए । यदि त्यस्तो थियो भने पनि यतिखेर भारतले त्यसलाई आफ्नो गल्ति स्वीकार गरी सकेको छ । मुर्ख मित्र भन्दा विद्वान शत्रु नै फलदायी हुन सक्ने सहि आँकलन मित्र राष्ट्र«बाट भएको छ । नेपाली जनता लोकतन्त्र र राष्ट्रि«यता प्रति सचेत छन् भन्ने कुरा विगतका आन्दोलनहरुले नै देखाएको छ । लोकतन्त्र र राष्ट्रि«यता नेपाली काँग्रेसले मात्र बचाउन सक्ने रहेछ भन्ने कुरा माओवादी र एमालेका विगत सरकारको कृयाकलापबाट जनताले बुझि सकेका छन् । यसको अलावा माओवादीको राजनीतिक अपराधिकरण, भ्रष्टाचार, विकृति र फट्याइँबाट जनता वाक्कदिक्क भएको अहिलेको अवस्था छ । व्यक्तिहत्यालाई अग्रगमनकारी कदम र हत्यारालाई कारवाही गर्न पाउँ भन्नु प्रतिगमनकारी कदम भन्ने बाबुराम डक्ट्रि«नले गर्दा आम जनताको एमाओवादी प्रति वितृष्णा जागेको छ । त्यसै गर्न कमरेड मदन भण्डारीले लोकतान्त्रिक धारमा ढालेको एमाले यतिखेर तेश्रो लिङ्गीको पगरी बुन्न पुगेको छ । आफ्नो स्पष्ट अडान नभएको, ढुलमुले, जतापनि ठिक्क पर्न सक्ने, अवसरवादी, लोकतन्त्र र राष्ट्रि«यताको पक्षमा दरोसँग उभिन नसक्ने पार्टीको रुपमा एमाले देखिएको छ । मधेशी दलहरु आआफ्नो स्वार्थ भन्दा माथि उठ्न सकेका छैनन् । अन्य पार्टीहरुको जनमत न्युन छ । यदि शकुनी प्रवृत्ति हावी नहुने हो भने यसपटक मकवानपुरले समेत रेकर्ड बनाउने सम्भावना बढेको छ ।

No comments:

Post a Comment