“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, September 2, 2013

मकवानपुरे सान

भानुभक्त आचार्य
यो साता मकवानपुरको सानको रूपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा
सबै राजनीतिक दलहरूले कपडा उद्योग चलाउने बिषयमा प्रतिबद्धता देखाएका
छन् । त्यो कति साँचो छ भन्ने कुरामा पनि शंका नउठ्ला भन्न सकिन्न । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा हेटौंडा कपडा उद्योग चलाउने भनेर सबै तयारी
गरिसकेको अवस्थामा एमाले नेतृत्वको सरकारले फेरि खारेजीको प्रक्रियामा लगेको कपडा उद्योगको अवस्था बारे ब्यापक बहस गरिनु जरुरी छ । उद्योग सञ्चालन भएपछि फेरि अर्को दलको सरकारले खारेजी ग्यारेन्टी कसले दिने ? सरकार फेरिएपिच्छे भर्ती केन्द्र नहोला भन्ने कुरामा कसरी विश्वस्त हुने ?
उद्योगमा कामदार कर्मचारीहरूले सङ्गठन बनाएर चरम राजनीति गर्ने छैनन् र उद्योगको मुनाफाको अवस्था हेरेर मात्र सेवा सुविधाको माग गर्ने छन् भन्ने कुरामा कसरी आश्वस्त हुने ? मजदुरहरूले उद्योगमा मनैदेखि काम गर्नेछन् भन्ने निश्चितता कसले दिने ? यस्ता धेरै प्रश्नहरू छन् हेटौंडा कपडा उद्योगको सन्दर्भमा । फेरि पनि हेटौंडा कपडा उद्योग संचालन भएको अवस्थामा हेटौंडा बजारमा हरेक महिना तीन करोड रुपैयाँभन्दा बढीको कारोबार बृद्धि हुनेछ ।
हेटौंडा कपडा उद्योगले विगतमा निकालेको गुणस्तरको कपडाको बजार नेपालमा धेरै छ । विदेशी कपडा आयात गर्नुभन्दा स्वदेशी उत्पादनलाई बढावा दिनु जरुरी पनि
छ । बार्षिक चार सय अर्ब रुपैयाँ ब्यापार घाटा सहनु पर्ने मुलुकको नियतिलाई हेटौंडा कपडा उद्योगले केही राहत दिनेछ । मुलुकका सबै युवा जति वैदेशिक रोजगारीमा जाने र त्यसबाट आएको पैसाले किनेर व्यबहार धान्ने क्रम कहिलेसम्म जारी राख्ने ? त्यसैले मुलुकमा हेटौंडा कपडा उद्योगजस्ता एक दर्जन कपडा उद्योग सञ्चालन हुनु जरुरी छ ।
ग्रामीण क्षेत्रमा खेर गइरहेको पाखापखेरामा कपास खेती गर्नु जरुरी छ । कपास भारतसँग किनेर नेपालमा कपडा उत्पादन गर्नुको पनि खासै अर्थ छैन । हामी आयातमुखी बन्दै गएका छौं । हाम्रो समाजले यसलाई गम्भीरतापूर्बक विश्लेषण गरेको छैन । विगतका दिनमा नेपालले जुन जुन उत्पादन निर्यात गरेको थियो त्यो सबै आयात गर्नुपर्ने बाध्यता बनेको छ अहिले । त्यसैले आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि पनि हेटौंडा कपडा उद्योगमा राजनीति नगरी उत्पादन गर्ने र मुनाफा आर्जन गर्ने काम गर्नुपर्छ । उद्योगले जति धेरै मुनाफा आर्जन गर्छ त्यही अनुपातमा कामदार कर्मचारीलाई सेवा सुविधा दिने संस्कारको बिकास गर्न सकेको खण्डमा सबै उद्योगले राहत पाउनेछन् ।
फेरि बहस सुरु भएको छ । कपडा उद्योग चलाउने प्रयास नराम्रो होइन । नराम्रो त हाम्रो प्रवृत्ति हो । एउटै छानामुनी एक हजार महिलाले रोजगारी पाएको हेटौंडा कपडा उद्योगको नियति हिजोको जस्तै फेरि पनि नहोला भन्ने कुराको ग्यारेन्टी कसले लिने भन्ने सवाल उठ्न सक्छ । एउटै छानामुनि रहेको मेसिनमा कपास हालेपछि तयारी कपडा उत्पादन भएर निस्कने हेटौंँडा कपडा उद्योग जस्तो अर्को उद्योग नेपालमा थिएन । जतिबेलाको सरकारले हेटौंडा कपडा उद्योगको सबै खोले दायित्व भुक्तानी गर्दै उद्योग सटडाउन गर्ने निर्णय गर्दै थियो । बजारमा १५ रुपैयाँमा किन्न पाइने कुचोको बील हेटौंडा कपडा उद्योगमा पुग्दा ७५ रुपैयाँको हुन्थ्यो । यो त एउटा सामान्य उदाहरण मात्र हो कुचोको । कपडा उद्योगले बजारमा खरिद गर्ने सबै सामानको बिलिङ कसरी हुने गरेको थियो भन्ने उदाहरण कुचोको जस्तै जस्तै थियो । १५ रुपैयाँको सामान किन्दा ५ रुपैयाँसम्म भ्रष्टाचार भएको भए त्यो सÞय हुने थियो होला तर, हेटौंडा कपडा उद्योगमा रहेका प्रशासकहरूको नियति त्यस्तो थिएन । कपडा उद्योगलाई दुहुनो गाई मात्र बनाईएन । घाँसै नहाली दुहुन खोजियो र गाई मरेको जस्तै हो ।

No comments:

Post a Comment