“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, September 2, 2013

प्रेमका 'पाइलाहरू’को मुक्त्तकीय स्वाद - बिहङ्गम

निमेष निखिल
पूर्व पश्चिम उत्तर दक्षिण क्लेश नदुखोस्
प्यारो हाम्रो मातृभाषा भेष नदुखोस्
भोग्नु परोस् पराजय अनेक जीवनमा
सर्वाङ्ग दुखोस् तर मेरो देश नदुखोस् ।
(देवराज खरेल÷प्रेमका पाइलाहरू÷पृ. १)
देवराज खरेल (२००७) नेपाली साहित्यमा पचासको दशकपछिको समयमा देखा परेका एक निरन्तर क्रियाशील स्रष्टा हुन् । साहित्यका कविता, निबन्ध र मुक्तकका क्षेत्रमा प्रतिबद्ध भएर लागेका यिनका ‘आत्मध्वनि’ कविता सङ्ग्रह (२०६५), ‘स्मृतिका टिपोट’ निबन्ध सङ्ग्रह
(२०६८) र ‘प्रेमका पाइलाहरू’ मुक्तक सङ्ग्रह (२०७०) प्रकाशित छन् । साहित्यिक पत्रकारका रूपमा समेत आÇनो चहकिलो छवि बनाएका खरेल प्रारम्भिक अङ्कदेखि नै ‘हाम्रो मातृभूमि’ को सम्पादन कार्य गर्दै आएका छन् । यिनको लेखनीको मुख्य विशेषता भन्नु नै सरलता र स्वाभाविकता हो विचारमा र व्यवहारमा पनि ।
मुक्तक कविताको लघुतम रूप अन्तर्गत पर्ने कविताकै उपविधा हो । यो प्रभावोत्पादक ढङ्गले
थोरैमा धेरै भन्नुपर्ने एउटा जटिल, यान्त्रिक र प्राविधिक साहित्यिक रूप हो । वर्तमान नेपाली साहित्यमा पहिलो, दोस्रो र चौथो हरफमा काफिया सहितको अनुप्रासीय संरचना रहने उर्दूको रुवाइयात वा रुवाईलाई मात्र मुक्तकका रूपमा स्विकार्दै आइए पनि मुक्तकका विभिन्न रूप हुन्छन् भन्ने कुरा यसै विषयमा विद्यावारिधी गर्ने डा. मुरारी पराजुलीले बताइसकेका छन् । मुक्तक नेपाली साहित्यमा अलिक कमै लेखिने क्षेत्र अन्तर्गत पर्ने भए पनि खरेलले मुक्तकलाई नै आÇनो लेखनीको तेस्रो माध्यम बनाएका छन् । देवराजका
मुक्तकले विषयगत विविधता अँगालेका छन् । खासगरी यिनका मुक्तकमा देशप्रेमको अभिव्यक्ति छ र सचेत नागरिकको देशप्रतिको दायित्वप्रतिको सचेतता पनि छ । देशमा सुशासन, सुसङ्गति र शान्ति नभएकोमा चिन्ताको भावना व्यक्त गर्छन् खलेलका मुक्तकहरू । विविध प्रकारका सामाजिक विभेदले जन्माएका पीडादायी प्रसङ्गहरू उल्लेख गरेर समाज मान्छे बस्न योग्य नभएकोमा यिनलाई दुःख छ । मुक्तकमा यदाकदा प्रेमप्रणयका रागविराग पनि छन् । प्रेमका संगोग र वियोगका दुबै व्यतिरेकहरूलाई कुशलतापूर्वक उन्ने काम उनले गरेका छन् । नेपाली प्रकृति, यहाँको संस्कृति, संस्कार र समाज, पछिल्लो समयमा मान्छेले भोग्दै आएका नियतिहरूलाई पनि उनले इमानदारीपूर्वक चित्रण गरेका छन् आÇना मुक्तकहरूमा । द्वन्द्व, विसङ्गत राजनीति र आर्थिक दुरवस्थाले आक्रान्त देश र त्यसको प्रतिफल भोगिरहेका मान्छेहरूका पीडा तथा मर्मलाई पनि उनले चित्रण गरेका छन् आÇना धेरै मुक्तकहरूमा । सङ्ग्रहका केही मुक्तकहरूलाई अङ्ग्रेजी अनुवादसहित प्रस्तुत गरिएको छ । तर यी मुक्तकहरू रुवाईको संरचनामा आउन सकेका छैनन् जुन सहज सम्भव पनि छैन ।
सङ्ग्रहका केही मुक्तकहरू निकै राम्रा छन् तर सबै मुक्तकहरूको स्तर समान देखिन्न । कतिपय मुक्तकहरू अत्यन्त सामान्य खालका पनि देखिन्छन् । कतिपय मुक्तकमा सामान्य अनुप्रासीय धर्मको निर्वाह गर्ने काम मात्र पनि भएको हो कि भन्ने आभास पाइन्छ । जे होस् पृथक पृथक लेखन क्षेत्रमा रुचि देखाउने र पुस्तकाकार कृतिकै रूपमा तिनलाई पाठक सामु पस्किने खरेलको निरन्तर क्रियाशीलता सम्मान्य छ । उनी आÇनो लेखनीको क्षेत्रमा अझ उचाइ हासिल गर्दै जान सक्छन् भन्ने तथ्यलाई उनको निरन्तर क्रियाशीलताले सङ्केत गर्दछ ।

No comments:

Post a Comment