सूचनाको
हक सम्बन्धी ऐन आएकै वर्ष २०६४ सालमा दर्ता भएको भूमध्यरेखा टाइम्स साप्ताहिक
सूचना हक दिवसकै दिन अर्थात् भदौ ३ बाट प्रकाशन आरम्भ भएको छ । दर्ता भएको छ वर्ष
अवधिमा मुलुक, समाज र पत्रकारिता
जगत्मा ठूला हलचल पैदा भएका छन् । दिनदिनै परिवर्तन भइराख्ने मुलुकको राजनीति, उतारचढाव झेलिराख्ने
समाज र परिवर्तनको बाहक बन्न अभिप्रेरित गरिराख्ने पत्रकारिताका आआफ्नै बहाव छन् । पत्रकारितामा
पनि यान्त्रिक रुपान्तरणहरु भएका छन् ।
दिनदिनैजसो अखबार, अनलाइन र एफएम रेडियो खुलिरहेका
छन् । जति धेरै सङ्ख्यामा माध्यम बढ्यो, त्यसका
महत्व र प्रभाव घट्न सकेन ।
सञ्चारमाध्यमसँगै
सामाजिक सञ्जालहरु आए । तिनको परिवर्तन सामाथ्र्य हेर्दा हरेकका जीवन शैली बनेर
भित्रिएका छन् । हरेक व्यक्ति सञ्चारकर्मी बनेर निस्किएका छन्, व्यावसायिक सञ्चारकर्मीका लागि चुनौती नै बनेको
छ तर सञ्चारमाध्यमको महत्व घट्न सकेको छैन, बरु
युगानुसार विशिष्टीकृत हुनै पर्ने आवश्यकता देखिएको छ । आआफ्नो क्षेत्र, विषय वा सन्दर्भ केन्द्रित विशिष्टलेखनको
भविष्य उज्ज्वल बन्दैछ । समाजमा पहरेदारी
जति गरे पनि बढी भयो भन्ने हुँदैन यसर्थ भूमध्यरेखीय
दृष्टिकोणको आवश्यकता झनै बढेको छ ।
समाज
बदलिनुमा, परिवर्तन हुनुमा र जीवनशैली स्थापित
गराउनुमा यी माध्यमको महत्व कम पाइन्न । अझै पर्याप्त गर्नुपर्ने आवश्यकता देखिन्छ
। थुप्रै माध्यम हुँदाहुँदै ‘अब त पुग्यो’ भन्ने हुँदोरहेनछ । एकेक इँटा उठाउने र समाज
निर्माणमा लागिपर्ने हातहरु कहिल्यै धेरै
हुँदारहेनछन् । यही वाह्य पर्यवेक्षणले भूमध्यरेखा टाइम्स प्रकाशन आरम्भ भएको छ
यसलाइृ जिम्मेवारी र दायित्वसँग जोडेर लैजाने हाम्रो अभिलाषा छ । अपेक्षा छ, पाठक वर्गको सहयोग मिल्ने नै छ ।
No comments:
Post a Comment