“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Monday, August 19, 2013

प्रकाशकीय


भूमध्येरेखा पृथ्वीको मध्यभागमा लमतन्न परेको काल्पनिक रेखा हो, जसले पूर्वपश्चिमबाट अक्षान्तर रेखाको समानान्तर हुने गरी पृथ्वीलाई पटुकाझैं फन्को मारेको हुन्छ । अन्डालाई चिरा पारिए झैँ सिङ्गो पृथ्वीलाई दुई वटा भागमा बाँडेर बसेको रेखाले कल्पनाशक्तिद्वारा आÇनो विभाजन लक्ष्य सादृश्य पार्दछ । भूगोलको विद्यार्थी तथा भौगोलिक अध्येताले प्रष्ट चिन्दछन् भूमध्यरेखालाई । उनीहरूले आदर्श पनि ठान्छन्, पृथ्वीलाई नै विभाजनको परिकल्पना साकार पार्न सक्ने, दीर्घकाल मस्तिष्कमा गडाउन सक्ने यो रेखा सर्वशक्तिमान् छ । त्यही भूमध्येरेखीय दृष्टिकोणलाई परिकल्पनाको प्राक्कथन मान्न सकिन्छ ।
सिङ्गो पृथ्वीलाई असल र खराबको आधारमा विभाजन गरेर दुई चिरा बनाइदिने ठान्दा आमसञ्चारमा यसको अर्थ पनि विशेष लाग्न पुग्छ । विश्व नै भूमण्डलीकरणले एकै भएको बेला काल्पनिक रेखाहरूद्वारा विभाजित समाजमा एकताको भाव लहरहरू पनि पैदा हुन थालेका छन् । रेखैरेखाले बाँधिएकालाई भूमध्यरेखाको शक्ति, धीरता, शालीन र अविचलन देख्दा कस्तो लाग्ला ? आग्रह र पूर्वाग्रहभन्दा माथि हुन्छ पत्रकारिता । कुनै विचार, वाद वा आग्रहमाथि उठेर नागरिकका आधारभूत आवश्यकता र मान्यतालाई टेको दिन, थप योगदान पु¥याउन र बदलिंँदै गरेको समाजको गतिलाई द्रुततर पार्न सघाउने हाम्रो लक्ष्य हो । कसैलाई कुनै पनि आधारमा विभेद नगर्ने भूमध्यरेखीय सारतŒव पत्रकारिता बन्नैपर्छ । दैनन्दिन पत्रकारितामा घटना, सवाल वा अघटनाहरूको सूक्ष्म विश्लेषण सम्भव हुँदैन ।
अनौपचारिकभन्दा बढी औपचारिक, सवालभन्दा बढ्ता घटना, विश्लेषणभन्दा बढी संश्लेषणमा जोड दिँदा परम्पारगत धार छाड्न मुस्किल पनि हुन्छ । हतारमा तीव्र वेगवान् यात्रुलाई रोकिएर दायाँबायाँ हेर्ने फुर्सत पनि हुँदैन । हामी कुनै दलीय वा गैरदलीय विचारको समर्थक होइनौं न विरोधी । कुनै एक जात, भूगोल वा समाजको पक्षपाती पनि होइनौं । राम्रा गर्ने सबै हाम्रा हुन्, प्रोत्साहन जरुरी हुन्छ । जथाभावी गर्नेको स्वेच्छाचारिता सहने पनि हाम्रो धर्म किमार्थ होइन । थुप्रै मूलधारका साप्ताहिक, दैनिक र अनलाइन न्यूज पोट्रल पनि छन् । हामीलाई थाहा छ, सहज छैन, तर पृथक्, मौलिक र यथार्थ विश्लेषणसहितको पठनीय सामग्री जहिल्यै आवश्यक हुँदोरहेछ । यही यात्रामा सहकार्य गर्न उद्यत छौं । हामी  राजनीतिक वा  अराजनीतिक मिसनमा केन्द्रित छैनौँ । पत्रकारिताबाटै परिवर्तनको मार्ग पहिल्याउन सकिन्छ भन्ने भिजन र दृढ विश्वास छ हामीसँग, यसैको प्रयोग सुरुवाती अभियान हो । पत्रकारिता साँच्चिकै परोपकारी हुन्छ र हुनुपर्छ । व्यावसायिकता नै हाम्रो पनि मूलबाटो हो । यही बाटोबाट समाज रुपान्तरण सुदूर लक्ष्यप्राप्ति गर्न सकिन्छ । ससाना कुराहरू सँगेल्न सके ठूल्ठूला सपना र आश्वासनले गलेकाहरूलाई त्राण दिन सकिएला कि !
भाषणभन्दा बढी काम, स्वार्थभन्दा बढी सक्रियता, सपनाभन्दा बढी समर्पण पनि समाजमै सिञ्चिएका होलान्, तिनको आवाज बन्नु आजको आवश्यकता पनि हो । ठुल्ठुला ठानिने र मानिने मात्र सदैव सही हुँदैनन्, सवाल्र्टन नै हाम्रा यथार्थहरू हुन् । यही लक्ष्यमा पुग्नुछ । पत्रकारितालाई निष्पक्ष र निरपेक्ष बाटो मान्न सकिन्न बरु यो जनपक्षीय र यथार्थपरक हुनैपर्छ । भूमध्यरेखाबाट हेर्दा कहींकतै पक्षधरता नदेखियोस्, सचेत छौं । तर यतिले पुग्दैन । तपाईंंको सल्लाह, सुझाव र चाहना आजको सबैभन्दा ठूलो सत्यता हो, पाठक नै पत्रिकाको मार्गदर्शक हुन् । पाठकको साथ र सहयोगको सदा अपेक्षा हाम्रो रहनेछ ।

No comments:

Post a Comment