भानुभक्त आचार्य
संविधानसभाको दोस्रो निर्वाचन आउन अब करिव ८० दिन बाँकी छ । मुलुकको मुल कानून बनाउने निर्वाचन नभएसम्म संक्रमणकाल उस्तै रहने कुरामा दुईमत छैन । संबिधानसभाको दोस्रो निर्वाचन हुने हो वा होईन भन्ने कुराको टुंगो पनि लागिसकेको अवस्था छैन । बजारमा सासमान किन्न गयो भने पनि, चिया पसलमा बस्दा पनि निर्वाचन हुन्छ कि हुँदैन भनेर सोध्नेको भीड लाग्छ । मानौं निर्वाचन गर्ने निकाय भनेको पनि म आफैं हो ।
एक मनले भन्छ पत्रकार महासंघको अध्यक्ष भएको कारण मलाई नै सोधेको होला । मानौं पत्रकारलाई सबै कुरा ट्याक्कै थाहा हुन्छ वा पत्रकारले गरेको भविश्यवाणी पक्का मिल्छ । चार दलले भनेको कुरा त एक रात पछि अग्राख पलाई सकेको हुन्छ हामीले भनेको किन मिल्नु पर्ला र ? हिजो मात्र मुलुकको राजधानी काठमाडौंलाई तराईसंग जोड्ने भरपर्दो र छोटो बैकल्पिक मार्गमा बनेका खाल्डाखुल्डीको बारेमा सोच्दै आईरहेको थिएँ । सिस्नेरीमा तरकारी खरिद गर्न एउटा पसलमा पसें । तरकारी पसलेले भन्दै थियो संबिधानसभाको निर्वाचन मंसिर ४ मै होला र ? मैले सोधें तपाईको सिस्नेरीदेखि दक्षिणकालीसम्म पुग्दा कतिवटा खाल्डो छ ?
पसलेले भन्यो त्यो खाल्डो त दिनहँु थपिन्छ कसरी भन्ने ? मैले भने हो, संबिधानसभाको निर्वाचन गर्ने जिम्मा लिएका ठूला मान्छेले त दिनहँु बोली फेरिरहेको छ मैले कसरी अनुमान लगाउने त ? हेटौंडाबाट भीमफेदी, कुलेखानी भएर फर्पिङ, काठमाडौं पुग्ने छोटो बाटो बनेपछि धेरै यात्रुको ध्यान यतै तानिएको थियो ।
सिस्नेरी, कुलेखानी, सडकको स्वामित्व कसले लिने भन्ने बिषयमा स्थानीयबासीलाई कुनै चासो र चिन्ता छैन बरु प्रचण्डले यसो भनेका छन् वा झलनाथले यस्तो बोलेका छन् भन्दै कुरा नगरी उनीहरुलाई भात नपच्ला भन्ने चिन्ता छ । यो चिन्ता सिस्नेरीको मात्र होईन । सिस्नेरी त एउटा नमूनाको प्रतिनिधि मात्र हो, मुलुकमै यो समस्या छ । यसो सम्झें भारतीय दुताबासका एक जना अधिकारीले भनेको कुरा । भारतीय दुुताबासले कालोपत्रे गरिदिने बताएपछि सडक बिभागले सिस्नेरी सडक जिम्मा लियो । सडक निर्माण गर्दा जनताले आफ्नो पुख्यौली सम्पती पनि योगदान दिए र पसिना पनि बगाएका थिए । कुलेखानी र सिस्नेरी दुई गाबिसको करीब बीस किलोमिटर सडकको एक तीहाई क्षेत्रफल मात्र सार्बजनिक जग्गा रहेको र बाँकी स्थानीयबासीको नम्बरी आवादी क्षेत्र रहेको सडक कालोपत्रे गर्न भारतीय पक्षले ३० करोड लाग्ने अनुमान गरेर ३० करोड माग्नु भनेको रहेछ । नेपालका जान्ने प्राबिधिकले १७ करोड भए टालटुले नीति अनुसार कालोपत्रे गर्न पुग्ने अनुमान गरेर माग गरेछन् । हाम्रा निर्माण ब्यबसायी पनि केकम, १७ करोडको टेण्डर ९ करोडमा हालेछन् । अनि स्वामित्व हस्तान्तरण गर्दै जाने क्रममा ७ करोड जतिको काम भयो होला । खाल्डोको के हिसाबकिताव गर्नु म चुपचाप आईपोड सुन्न थालेँ ।
कुन क्षेत्रमा राजनीतिको हावाले नछोएको होला भनेर आजकल सोच्न छाडेको छु मैले । एकाथरी संबिधानसभाको निर्वाचनमा होमिएका छन् । अर्काथरी टाउकोमा कफन बाँधेर निर्वाचनको बिरुद्ध उत्रेका छन् । यस्तो बिडम्बनामा हामी निरिह प्राणीले के गर्नु ? के सोच्नु ? हिजो काठमाडौं जाने बेलामा साथीसँग लिएको उधारो पाँच हजार रुपैयाँ
कसरी फिर्ता गर्ने भन्ने चिन्ता गरौं कि सिस्नेरीको सडकको खाल्डो गनेर बसौं मैले निक्र्यौल गर्न सकिरहेको छैन । संबिधानसभाको निर्वाचन गर्ने वा नगर्ने बिषयमा टुंगो लगाउने कुरा जस्तै म पनि अन्योलमा छु ।

No comments:
Post a Comment