जिल्ला बिकास समिति मकवानपुरका पूर्ब सभापती ओमुटेम्पा लामा 'तामाङ साहसी महिला सम्मान-२०७०'बाट सम्मानित भएका छन्। १९ औँ तामाङ्ग सञ्चार प्रशारण दिबसको अबसरमा आयोजित कार्यक्रममा तामाङ्ग सञ्चार समूह मकवानपुरले हिजो शनिबार उनलाई यस्तो सम्मान गरेको हो। लामा नेपालको पहिलो जिबिस महिला सभापति हुन्।
यसै कार्यक्रममा, समाजसेबी चमेली वाईबा तथा एसएलसी-२०६९ मा बिशिष्ट श्रेणी ल्याउन सफल चार तामाङ्ग बिद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । बिशिष्ट श्रेणी ल्याउने कालिका माबिका पासाङ्ग बल, बिरबहादुर थोकर, जनज्योति उमाबिका ईन्द्र मोक्तान र आधुनिक उमाबिका पासाङ्ग लामालाईपनि सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल तामाङ्ग घेदुङका केन्द्रिय महासचिब कुमार व्लोनको प्रमुख आतिथ्य तथा तामाङ्ग सञ्चार समूह मकवानपुरका अध्यक्ष आदर्श थोकरको अध्यक्षतामा भएको थियो।
No comments:
Post a Comment