“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Sunday, August 18, 2013

रश्मी सम्मानित


साहित्य सङ्गम मकवानपुरले साहित्यकार माधव भण्डारी रश्मीलाई सन्ध्या दिवस सम्मान २०७० बाट सम्मानित गरेको छ । मकवानपुर जिल्लाको साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले आफ्नो २४ औँ सन्ध्या दिवस वर्षको अवसरमा आइतबार भण्डारीलाई सम्मान गरेको हो। मासिक सन्ध्यामा निरन्तरताका साथ सहभागिता जनाएको भन्दै उनलाई सम्मान गरिएको सङ्गमका सचिव छवि अनित्यले  बताए। २०४७ भदौ २ गतेबाट नियमित रुपमा मासिक कार्यक्रम गर्दै आएको दिनको सम्झनामा साहित्य सङ्गम मकवानपुरले सन्ध्या दिवस मनाउदै आएको छ । स,गमले हालसम्ममा दुई सय १५ वटा साहित्य सन्ध्या शृंखला सम्पन्न गरिसकेको छ
हेटौंडाको भैरवरोडमा रहेको सङ्गमको आफ्नै भवनमा सम्पन यस कार्यक्रममा उपस्थित वक्ताहरुले सङ्गमका मासिक सन्ध्याहरु साहित्कि जमघट मात्र नभएर साहित्यको खुला विद्यालय समेत भएको बताए ।कार्यक्रमका प्रमुख अतिथि सङ्गमका संस्थापक आरआर चौलागाईँ,  अतिथिहरू भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापा , कवि तुलसी घिमिरे, कवि साम्ब ढकाल लगायतले मकवानपुरे साहित्यको विकासमा सङ्गमको भूमिका बारे चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु देवराज खरेल, शम्भुप्रसाद वास्कोटा, अप्सरा तिमल्सिना ,पुरुषोत्तम आचार्य जेनन नेपाल ,प्रमोद अधिकारी , मसान उपासक लगायत डेढ दर्जन साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए । सङ्गमका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव छवि अनित्यले गरेका थिए ।

No comments:

Post a Comment