“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Wednesday, November 20, 2013

किरियापुत्रीले गरे मतदान

छोरीको सहयोगमा मतदान गरिसकेपछि किरियापुत्री यज्ञकुमार श्रेष्ठ/छवि अनित्य
छवि अनित्य,
४ मंसिर÷हटियाः
देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको संविधानसभाको निर्वाचनमा मकवानपुरमा किरियापुत्रीले पनि भोट हालेका छन् । हटिया गाविसस्थित बालबोध उच्च माध्यमिक विद्यालयको ख मतदान केन्द्रबाट ५३ वर्षिय यज्ञकुमार श्रेष्ठले मतदान गरेका हुन् । बुबा शंकर श्रेष्ठको मृत्यु भएको ११ औँ दिनमा श्रेष्ठले छोरीको सहयोगमा मतदान गरेका हुन् । उनिसँगै कोरा बसेकी उनकी ७३ वर्षिय आमा विष्णुकुमारी श्रेष्ठले पनि सोही केन्द्रबाट मतदान गरेकी छिन् । कूल एक हजार सात सय ५६ मतदाता रहेको बालबोध उच्च मावि केन्द्रमा ८२.८० प्रतिशत मतदाताले भोट हालेको मतदान अधिकृत मित्रलाल पौडेलले बताएका छन् ।

No comments:

Post a Comment