मकवानपुर क्षेत्र न. १ मा नेपाली काँग्रेसका तर्फबाट 'इन्द्रबहादुर बानियाँ' ११, ८८८ मतका साथ विजयी भएका छन्। बानियाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका 'अणराज जर्गा मगर'ले ९,५२२ मत प्राप्त गरेका थिए ।
त्यस्तै, मकवानपुर क्षेत्र न. २ मा नेकपा एमालेका तर्फबाट 'सुवासचन्द्र ठकुरी' ११,७११
मतकासाथ विजयी भएका छन्। ठकुरीका निकटतम प्रतिद्वन्दी नेकपा एमाओवादीका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले १०,७४० मत प्राप्त गरेका थिए ।

त्यसैगरी, मकवानपुर क्षेत्र न. ३ मा नेकपा एमालेका तर्फबाट 'अनन्त पौडेल' १४,२६८
मतकासाथ विजयी भएका छन्। पौडेलका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका दीपकबहादुर सिंहले ११,४६७ मत प्राप्त गरेका थिए ।
यता, मकवानपुर क्षेत्र न. ४ मा नेकपा एमालेका तर्फबाट 'राजाराम स्याङ्तान' १०,९०४ मतका साथ विजयी भएका छन्। स्याङ्तानका निकटतम प्रतिद्वन्दी नेकपा एमाओवादीका सोनामसिं स्याङ्तान 'विजय' ले ७,७८८ मत प्राप्त गरेका थिए ।


























