रामचन्द्र फुर्सती
६ वर्ष अगाडि न्वारन भैसकेको पत्रिका अहिले जन्मिएछ ‘भूमध्यरेखा टाइम्स’ । ढिलो होस् छोरै होस् भनेर पुरुषप्रधान उखानको सेरोफेरोमा भन्नुपर्दा यो साप्ताहिक निकै उत्साह, जोश, जाँगरको साथमा पैदा भएको रहेछ । ‘चिरञ्जीवी भव’ पत्रिकालाई निरन्तरता दिनु रेष्टुरामा बसेर चियागफ गरेजस्तो सजिलो चाहिँ छैन । तर तिर्खाएको कलम र निखारिएको परिश्रमको तालमेल मिलुन्जेल अल्छीको बाबुको दाल गल्दैन । अहिले प्रविधिको उपयोगले गर्दा लेखुवाहरुले नै आधा काम भ्याइदिन्छन् । तानतुन पारेर सेटिङ गर्ने मौका मिलेपछि पत्रिकाको नयाँ अङ्क फुत्त जन्मन्छ ?
लौ हेर्नोस् हेर्दाहेर्दै दोस्रो अङ्क टुप्लुक्कै तपार्इंको हातमा आइसक्यो । अबको ५० हप्तापछि त सातवर्षे केटोजस्तै हुनेछ । अघिअघि भए सात वर्षमा ब्रतबन्ध (उपनयन) पो गरिसकिन्थ्यो । त्यसको केही वर्षपछि बिहे हुनेछ, त्यसपछि सन्तान जन्माउनेछ । युवा प्रौढ हुँदै बृद्ध हुनेछ अनि सन्तानहरुले त्यसलाई बृद्धाश्रममा लगेर थन्क्याउनेछन् ।
लौजा ¤ कहाँ पत्रिकाको कुरो गर्न थालेको आजकलका नवधनाढ्यहरुले आफूलाई जन्म दिने बाबुआमालाई बृद्ध भएपछि घरमा स्याहार गर्न नसकेर बृद्धाश्रममा पु¥याएजस्तै पत्रिकालाई पनि बृद्धाश्रम पु¥याउने कल्पना पो गरिएछ । पत्रिकालाई त्यस्तो गर्न मिल्दैन क्यारे । मिले पनि नमिले हाम्रो संस्कृतिको नीतिनियम यस्तै छ । आखिरमा हामी हाम्रो परम्परागत रीतिरिवाज छाड्न सक्दैनौँ त । बाबु आमा बृद्ध भएजस्तै आफु पनि बृद्ध हुनु पर्दछ आफ्नो सन्ततिले भोलि आफूलाई त्यस्तै व्यवहार गर्लान् भन्ने डर नभएपछि कसको के लाग्दछ । अन्तमा एउटा किस्सा– बूढो भएको बाबुको गन्गन् खप्न नसकेर उसको छोराले बाबुलाई भीरबाट गुल्ट्याउन भनी डोकामा हालेर बोक्न खोज्दा सानो छोरोले भनेछ, ‘बाबा, हजुरबालाई फाले पनि डोको चाहिँ नफाल्नोस् है– केही वर्षपछि मैले तपाईंलाई यही डोकामा यसैगरी बोकेर लगी यस्तै ढंगबाट फल्नु पर्नेछ ।
No comments:
Post a Comment