“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Thursday, August 15, 2013

हेटौंडामा पनि बर्डफ्लुको आशंका

२ वटा फार्मका ८ सय कुखुरा भकाभक मरे, एक साताका लागि कुखुरा ओसारपसारमा रोक

रामशरण पुडासैनी
मकवानपुर, साउन ३१
एकसातादेखि हेटौंडा–८ कमानेको दुई वटा पोल्ट्रीफार्ममा कुखुरा भकाभक मर्न थालेपछि वर्डफ्लुको आशंका गरिएको छ । कमानेको हिमाल पोल्ट्री फार्म र अर्काे एक फार्मको कुखुरा भकाभक मर्न थालेको हो ।
एक साताअघिदेखि कुखुरा मर्न थालेपछि हिमालका सञ्चालक हेमबहादुर गुरुङले जिल्ला पशुसेवा कार्यालय गुहारेका थिए । उनले प्राविधिकलाई खबर गरेपछि नमूना संकलन गरेर परीक्षण गर्नका लागि काठमाडौ पठाए पनि अझै रिपोर्ट आएको छैन । पशुसेवा कार्यालयका डाक्टरले औषधि दिए पनि ३ दिनदेखि मृत्युदर झन बढेपछि मंगलबार बिहान पुनः नमूना संकलन गरेर केन्द्रीय पशुरोग परीक्षण प्रयोगशाला पठाइएको जिल्ला पसुसेवा कार्यालय मकवानपुरका प्रमुख डा चेतनारायण खरेलले बताए । गुरुङको फार्ममा तीनदेखि दैनिक मृत्युदर बढिरहेको छ । एक हजार लियर्स कुखुरा रहेकोमा अहिले २ सयजति मात्र बाँकी रहेका छन् । ३ दिनमा करिब ३ सय कुखुरा खाल्डो खनेर गाडिएको गुरुङले जानकारी दिए । उनको करिब ४ सय कुखुरा मरिसकेका छन् । दैनिक भकाभक कुखुरा मर्न थालेपछि उनको फार्मलाई विशेष निगरानीमा राखिएको छ ।
    त्यस्तै, कमानेकै दीपक न्यौपानेको फार्ममा रहेका ६ सय कुखुरामध्ये करिब ४ सय कुखुरा मरेको उनले बताए । दैनिक सयौंको संख्यामा कुखुरा मर्न थालेपछि उनको फार्म पनि निरगानीमा राखिएको छ । पशुसेवा कार्यालयका प्राविधिकले मंगलबार बिहानै फार्ममा पुगेर सर्तकता अपनाउन लगाएका थिए । डा खरेलको नेतृत्वको टोलीले सतर्कता अपनाउन सुझाव दिंदै रानिखेतको औषधि सिफारिस गरेका थिए । अनुगमनपछि डा खरेलले बर्ड फ्लुकै आशंका भए पनि परीक्षणको रिपोर्ट नआएसम्म पुष्टि हुन नसक्ने बताए । उनले ४८ घण्टामा १० प्रतिशत कुखुरा मर्न थालेपछि वर्डफ्लु परीक्षण गर्नुपर्ने मापदण्डअनुसार नै नमूना संकलन गरी पुनः परीक्षणका लागि पठाएको बताए ।
    बर्ड फ्लु संक्रमणका हल्ला फैलिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, देवीदल गण सुपारीटारका प्रमुख सेनानी रोशन खड्का, प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनी, सशस्त्र प्रहरी नायब उपरीक्षकलगायतकोृ टोलीले फार्म अवलोकन गरेका थिए । प्रजिअ अर्यालले प्रशासनमा सरोकारवालाको बैठक राखेर अवस्था जनाकारी गराउँदै सतर्कताका लागि विशेष निगरानीमा राखिने जानकारी गराएका छन् । बैठकले पसुसेवा कार्यालयका डा चेतनारायण खरेको संयोजकत्वमा विशेष निरानी समिति गठन गरेको छ । समितिको सदस्यमा कुखुरा व्यवसायी तथा सुरक्षाकर्मी रहेका छन् । समितिले २ वटा फार्म रहेको स्थानबाट एक किलोमिटर टाढासम्म विशेष निगरानी गर्दै कुखुरा आसारपसार गर्न नदिने भएको छ ।
 प्रशासनले हेटौंडाबाट कुखुरा ओसारपसार गर्न पनि रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले एक साताका लागि मकवानपुरमा कुखुरा आयात निर्यातमा रोक लगाइएको जानकारी दिए । उनले उच्च सतर्कतासाथ काम गर्न संयन्त्र परिचालन गरिने उल्लेख गरे ।

No comments:

Post a Comment