मूल सरोकार समिति संयोजक एलडीओ
हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौ
सुरुङमार्ग निर्माणका लागि आवश्यक मुआव्जा, जग्गा
अधिग्रहणलगायतको स्थानीय समस्या सुल्झाउन स्थानीय विकास अधिकारी गोकर्णप्रसाद
शर्माको संयोजकत्वमा एक सय एक सदस्यीय मूल सरोकार समिति गठन गरिएको छ ।
समितिमा प्रभावित क्षेत्र मकवानपुर, काठमाडौं
र ललितपुरका राजनीतिक दल, स्थानीय निकाय र सरोकारवाला
सदस्य रहेका छन् । मूल समितिले एक साताभित्र प्रभावित १४ गाविसमै पुगेर समिति
बिस्तार गर्ने भएको छ । गाविसस्तरको समितिको संयोजक गाविस सचिव रहनेछन् भने अन्य
सदस्य रहेछन् । समितिले सुरण्¬मार्ग
निर्माणमा टुङ्ग्याउनुपर्ने मुआब्जा तथा अधिग्रहणको काममा सघाउ पु¥याउनेछ
भने बाटो निर्माणमा पनि सहयोग पु¥याउने नेपाल पूर्वाधार विकास
कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले बताए ।
समयमै
निर्माण सुरु गर्न नसकेको नेपाल पूर्वाधार विकास कम्पनीले वर्षातको कारण काम सुरु
नभएको भन्दै वर्षत हटेपछि काम सुर गर्ने जनाएको छ । असार मसान्तभित्रै काम सुरु
गर्ने घोषणा गरिए पनि बर्षातको कारण निर्माण गर्न नसकिएको भन्दै मौसमअनुकूल
हुनासाथ काम थालिने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।
कम्पनीले हेटौंडादेखि भैंसेसम्म सडक फराकिलो बनाएर
सुरुङ निर्माण सुरु गर्ने भने पनि अब सीधै सुरुङमार्गको निर्माण कार्य सुरु गरिने
भएको हो । मुलुकका बासिन्दा र विदेशमा रहेको नेपालको लगानीमा बन्न लागेको
परियोजनाको लागि कम्पनीले धमाधम लगानी पनि खोजी गरिरहेको छ । लगानी संकलन गर्दै
निर्माणको काम पनि सँगै अघि बनाउने सोचमा कम्पनी देखिएको छ । पूर्वाधार विकास
कम्पनीका अध्यक्ष जोशीले स्वदेशी तथा विदेशमा रहेका नेपालीबाट हालसम्म ५ अर्ब
रुपिया“ लगानीको प्रतिबद्धता आएको बताए ।
हालसम्म १६ सय नेपालीले लगानीका लागि पहिलो किस्तावापत्को रकम ८ करोड ५० लाख
उपलब्ध गराइसकेको उनले जानकारी दिए ।
सुरुङमार्गमा सर्वसाधारणले १० हजारदेखि १०
लाखसम्मको शेयर लिन पाउने प्रावधान छ । संघसंस्थाले भने एक करोडसम्म लगानी गर्न
पाउनेछन् । जसअनुसार १६ सय नेपालीले शेयर लिइसकेको जानकारी दिइएको छ । विेदेशमा
रहेका नेपालीले मुलुककै ठूलो परियोजनालाई नजिकबाट हेरिरहेको बताउँदै अध्यक्ष
जोशीले उनीहरु लगानी गर्न आतुर रहेको आफूले पाएको जानकारी दिए । ठूला र सम्पन्न
मुलुकमा बसेका नेपालीहरु लगानीका लागि आतुर रहेको जोशीको बुझाइ छ । पछिल्लोपटक
प्रभु फाईनाईन्स र प्रभु रेमिट्यान्स कम्पनीले बिदेशमा बस्ने नेपालीहरुबाट
रेमिटयान्सवापत एक अर्ब लगानी गर्ने सहमतिमा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
निजी
क्षेत्रबाट निर्माण हुन सबैभन्दा ठुलो आयोजनाको रुपमा सुरुङमार्गले अनुमति गत जेठ
महिनामा कन्सेसन एग्रिमेन्ट भएको थियो । मुलुकको आर्थिक विकासको मेरुदण्ड बन्ने
अपेक्षासहित चर्चा हुने गरेको सुरुङमार्ग निर्माणका लागि बढीमा साढे ३४ अर्ब
लाग्ने उल्लेख छ । ५८ किलोमिटर दुरी रहने मार्गमा ३ वटा सुरुङ बन्नेछ भने सुरुङलाई
एकआपसमा जोड्न ४ लेनको अत्याधुनिक राजमार्ग पनि निर्माण गरिने भएको छ । ४ वर्ष
अवधिमा निर्माण पूरा हुने आयोजना २०१६ डिसेम्बरसम्ममा पूरा हुने बताइएको छ ।
राजमार्गमा बन्ने ३ वटा सुरुङको लम्बाई ४.५ किमी रहने कम्पनीले जनाएको छ ।
मकवानपुरको हेटौंडाबाट सुरु हुने मार्ग काठमाडौंको बल्खुमा जोडिनेछ । राजमार्ग
निर्माण भएपछि एकघण्टामा हेटौंडाबाट काठमाडौं पुग्न सकिन्छ ।
सुरुङमार्ग निजी क्षेत्र, सार्वजनिक क्षेत्र, साझेदार
र समुदायको साढे ३४ अर्ब लगानीमा निर्माण हुने भएको हो । कम्पनीले ३० वर्षसम्मका
लागि सञ्चालनको अनुमति समेत पाएको छ । निर्माणपछि ३० वर्ष सञ्चालन गरेर सुरुङमार्ग
पूर्वाधार कम्पनीले सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । निर्माण, सञ्चालन
र स्वामित्व हस्तान्तरण (बुट) अबधारणाअनुसार पहिलोपटक निजी क्षेत्रले ठूलो
परियोजना निर्माण र सञ्चालनको अनुमति पाएको हो ।
No comments:
Post a Comment