“हेटौडाबाट हरेक सोमबार प्रकाशित हुने 'भूमध्यरेखा टाइम्स साप्ताहिक' पढ्नु भयो ? हेटौँडाका सवै स्टेशनरी लगाएत नगरपालिका आसपासका गाबिसहरूमा पनि उपलब्ध छ !”

  • के हामी कम छौँ र !
  • एनेकपा माओबादीका पूर्वसभासद् प्रल्हाद लामिछानेसँग भूमध्यवार्ता गर्दै
  • हरेक बिहान उठ्ने बित्तिकै ...
  • नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष रामेश्वर रानासङ्ग उहाँकै निवास डाङ्डुङेमा भूमध्यवार्ता गर्दै
  • नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेसँग भूमध्यवार्ता गर्दै

Friday, November 22, 2013

हार्दिक बधाइ !






मकवानपुर क्षेत्र न. १ मा नेपाली काँग्रेसका तर्फबाट 'इन्द्रबहादुर बानियाँ' ११, ८८८ मतका साथ विजयी भएका छन्। बानियाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका 'अणराज जर्गा मगर'ले ९,५२२ मत प्राप्त गरेका थिए । 











                 


 


त्यस्तै, मकवानपुर क्षेत्र न. २ मा नेकपा एमालेका तर्फबाट 'सुवासचन्द्र ठकुरी' ११,७११
मतकासाथ विजयी भएका छन्।  ठकुरीका निकटतम प्रतिद्वन्दी नेकपा एमाओवादीका पुर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले १०,७४० मत प्राप्त गरेका थिए ।

















त्यसैगरी, मकवानपुर क्षेत्र न. ३ मा नेकपा एमालेका तर्फबाट 'अनन्त पौडेल' १४,२६८
मतकासाथ विजयी भएका छन्। पौडेलका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका दीपकबहादुर सिंहले ११,४६७ मत प्राप्त गरेका थिए ।

























यता,  मकवानपुर क्षेत्र न. ४ मा नेकपा एमालेका तर्फबाट 'राजाराम स्याङ्तान' १०,९०४ मतका साथ विजयी भएका छन्। स्याङ्तानका निकटतम प्रतिद्वन्दी नेकपा एमाओवादीका सोनामसिं स्याङ्तान 'विजय' ले ७,७८८ मत प्राप्त गरेका थिए ।

Wednesday, November 20, 2013

किरियापुत्रीले गरे मतदान

छोरीको सहयोगमा मतदान गरिसकेपछि किरियापुत्री यज्ञकुमार श्रेष्ठ/छवि अनित्य
छवि अनित्य,
४ मंसिर÷हटियाः
देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको संविधानसभाको निर्वाचनमा मकवानपुरमा किरियापुत्रीले पनि भोट हालेका छन् । हटिया गाविसस्थित बालबोध उच्च माध्यमिक विद्यालयको ख मतदान केन्द्रबाट ५३ वर्षिय यज्ञकुमार श्रेष्ठले मतदान गरेका हुन् । बुबा शंकर श्रेष्ठको मृत्यु भएको ११ औँ दिनमा श्रेष्ठले छोरीको सहयोगमा मतदान गरेका हुन् । उनिसँगै कोरा बसेकी उनकी ७३ वर्षिय आमा विष्णुकुमारी श्रेष्ठले पनि सोही केन्द्रबाट मतदान गरेकी छिन् । कूल एक हजार सात सय ५६ मतदाता रहेको बालबोध उच्च मावि केन्द्रमा ८२.८० प्रतिशत मतदाताले भोट हालेको मतदान अधिकृत मित्रलाल पौडेलले बताएका छन् ।

Thursday, November 14, 2013

कार्तिक २५ गतेको पत्रिका

कार्तिक २५ गतेको पूरै पत्रिका








Friday, November 1, 2013

कार्तिक ११ गतेको पत्रिका

कार्तिक ११ गतेको पूरै पत्रिका







कार्तिक ४ गतेको पत्रिका

कार्तिक ४ गतेको पूरै पत्रिका